हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ संक्षेप

अरू नपुगेको ठाउँमा हामी पुग्छौँ'

वीरगञ्जस्थित प्रधान कार्यालयबाट कारोबार शुरु गरेको ग्लोबल ब्याङ्क लिमिटेड रु.२ अर्बको अधिकृत र १ अर्बको चुक्ता पूँजी भएको क' वर्गको ब्याङ्किङ कारोबार इजाजत प्राप्त नेपालको १९ औँ वाणिज्य ब्याङ्क हो। ब्याङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्' हाम्रो रणनीति नै भिन्नै छ।

किरण पाण्डे
चन्द्रप्रसाद ढकाल अध्यक्ष, ग्लोबल ब्याङ्क

ग्लोबल ब्याङ्क कसरी आयो?
नेपाली ब्याङ्किङ व्यवसायको प्रमुख जब' नै रेमिट्यान्स हुन थालेपछि हामी रेमिट्यान्स व्यवसायमै लागेका मनि ट्रान्सफर एजेन्सीहरूले आफैँ ब्याङ्क शुरु गर्नेबारे सोच्यौँ, अन्य उद्योग तथा व्यापारको पृष्ठभूमि भएकाहरूसँग पनि छलफल चलायौँ र त्यसैको परिणामस्वरुप ग्लोबल ब्याङ्क स्थापना भयो। रेमिट्यान्सलाई गैरब्याङ्किङ च्यानलबाट ब्याङ्किङ च्यानलमा ल्याउन मनि ट्रान्सफर एजेन्सीले शुरु गरेका अभियान सफल हुँदै गएकोले पनि आˆनै ब्याङ्क हुँदा सजिलोहुन्छ भनेर यसमा लागेका हौँ।

ब्याङ्कले तपाईंहरुको व्यवसायमा आक्रमण गर्न थालेपछि ब्याङ्किङमै आउनुभएको?
आक्रमण नै भन्न त मिल्दैन। मनि ट्रान्सफर मात्रै त ब्याङ्कका निम्ति निकै सानो कारोबार हो। तर पछिल्ला वर्षहरूमा यो ब्याङ्कहरूको प्राथमिकतामा परेको छ। स'साना मनी ट्रान्सफर व्यवसाय रहेका ठाउँमा समेत ब्याङ्क पुगेका छन्। त्यसैले आˆनो ब्याङ्क भयो भने हामीले गर्दै आएको विदेशी मुद्राको कारोबार त्यसैले पाउँछ भनेर पनि आएका हौँ।

यसले गर्दा मनी ट्रान्सफरमा आश्रित स'साना कम्पनीको अस्तित्व खतरामा पर्दैन त?
वास्तवमा मनी ट्रान्सफरले दिनेजतिको व्यक्तिगत सेवा ब्याङ्कले दिन सक्दैन। मनी ट्रान्सफर कम्पनीहरूले एकजना कर्मचारी मात्रै राखेर पनि कारोबार गर्न सक्छन् भने ब्याङ्कले सक्दैन। ब्याङ्कलाई एउटा शाखा खोल्न सुरक्षादेखि लिएर अनेकौँ औपचारिकता पूरा गर्नुपर्छ। त्यसैले साना कम्पनीले जत्तिको सेवा ठूला ब्याङ्कले दिनसक्छन् जस्तो मलाई लाग्दैन।

ग्लोबल ब्याङ्क अरु वाणिज्य ब्याङ्कहरू भन्दा के कुरामा फरक छ?
अन्य ब्याङ्कहरूले प्रदान गरिरहेका सेवा, सुविधा र प्रोडक्ट' त हामी दिर्न्छौँ नै, त्यो बाहेक रेमिट्यान्समा हाम्रो जुन अनुभव छ, त्यसमा पनि ठूलै अवसर देखेका छौँ। आउँदा दिनहरूमा रेमिट्यान्सको ठूलो अंश ग्लोबल ब्याङ्कमार्फत् नै आउँछ भन्नेमा हामी विश्वस्त छौँ। अर्कोतर्फ हामीले इन्फोसिसद्वारा विकसित फिनाकल सˆटवेयर पनि प्रयोगमा ल्याएका छौँ। हुन त अरू ब्याङ्कले पनि यसको प्रयोग गरेका छन्, तर जति सुविधा दिनुपर्ने हो दिन सकेका छैनन्। हामी यसको अधिकतम प्रयोग गरेर ग्राहकहरूलाई सरल र सुलभ सेवा प्रदान गर्नेर्छौँ।

तर प्रतिस्पर्धा गर्न त गाह्रै होला।
धेरै ब्याङ्कहरू भएपनि अै सबै जनतामा ब्याङ्किङ सेवा पुगिसकेको छैन। यसर्थ, हाम्रा लागि बजार र अवसर दुवै छ। अन्य ब्याङ्कहरूले प्रदान गरिरहेका सबै सेवाहरूसँगै अतिरिक्त सेवाहरू प्रदान गर्ने हाम्रो उद्देश्य छ। राष्ट्रियस्तरको वाणिज्य ब्याङ्कको प्रधान कार्यालय काठमाडौँ बाहिर स्थापना गर्ने हामी नै हौँ। यसबाटै स्पष्ट हुन्छ कि हामी अरूभन्दा फरक रणनीति अनुरुप काम गरिरहेका छौँ। यहाँका निजी तथा संयुक्त लगानीका ब्याङ्कहरू नपुगेका ठाउँहरूमा हामी जान्छौँ।

भर्खरै खुलेका नयाँ ब्याङ्कहरूको लगानीको प्रतिफल निक्कै कम छ। यो अवस्थामा पनि तपाईहरू ब्याङ्कमै लगानी गर्न किन तम्सिनुभएको नि?
५'६ वर्षभित्रमै लगानीको राम्रो प्रतिफल प्राप्त गरिरहेका ब्याङ्कको हाराहारीमा पुग्छौँ भन्नेमा हामी विश्वस्त छौँ। आगामी दिनमा हामीले सार्वजनिक गर्ने प्रोडक्टहरूबाट पनि हामी आˆनो लक्ष्यतर्फ उन्मुख छौँ भन्ने कुरा देखिनेछ।


करोडौँको प्रविधि अलपत्र

बुटवल धागो कारखानाको स्थापनासँगै जडान गरिएको यार्न डाइङ प्लाण्ट' (धागो रंगाउने मेसिन) अहिलेसम्म एक पटक पनि प्रयोगमा नआएको सुन्दा अचम्म लाग्न सक्छ। करिब २० वर्षअघि रु.४ करोडको लागतमा जडान गरिएको सो प्लाण्टमा खिया लागेको छ, मेशिन घर वरिपरि घाँसले ढाकेको छ।

चीन सरकारको प्राविधिक सहयोगमा स्थापित धागो कारखानाले २०४८ सालदेखि व्यावसायिक उत्पादन शुरु गरे पनि व्यवस्थापकीय अकर्मण्यताका कारण कारखाना अहिलेसम्म पनि पूर्ण रूपले सञ्चालनमा आउन सकेको छैन। त्यसो त यो प्लाण्ट मात्रै होइन समग्र कारखानाको सञ्चालनमा नै पटक'पटक समस्या आएका छन्। तीन वर्षयता दुई पटक बन्द भइसकेको यो कारखाना पछिल्लो पटक गएको कात्तिकपछि मात्र सञ्चालन भएको हो।

प्राविधिकहरूको भनाइमा रङ्गीन सूती धागो उत्पादनका लागि लगाइएको यो प्लाण्ट अहिले बजारको समस्याले सञ्चालनमा ल्याउन नसकिएको हो। यसको प्रयोगले रङ्गीन पोलिष्टर धागो उत्पादनको लागत बढाउने तिनको तर्क छ। कारखानाका वर्क्स मेनेजर सरोजकुमार शाह भन्छन्, “डाइङ र ब्वाईलर (पानी उमाल्ने यन्त्र) को उत्पादन सन्तुलन शुरुदेखि नै नमिलेका कारण यसको प्रयोग हुन नसकेको हो। डाइङको भन्दा ब्वाईलरको उत्पादन क्षमता बढी छ, मेसिन खरिद गर्ने बेलामै त्रुटि भएको हो।”

उता पटक पटक बन्द हुने गरेको कारखाना कसरी खुलाउने भन्नेमै बढी ध्यान दिनुपरेका कारण यो प्लाण्टतर्फ ध्यान नपुगेको महाप्रबन्धक रामस्वार्थ यादव बताउँछन्। भन्छन्, “बेवारिसे बनेको यो मेसिन लिजमा दिने कि बिक्री गर्ने भन्ने बारेमा छिट्टै निर्णय लिँदैछौँ।”

भरत केसी, बुटवल


खेती सुन्तलाको मात्र

कुनै बेला गाई'भैँसी चराउने बाँ‰ोखर्क भनिने पर्वत, बाँसखर्कका किसानहरूले शुरु गरेको व्यावसायिक सुन्तला खेतीले बर्सेनि रु.१ करोडभन्दा बढी आम्दानी दिन थालेको छ। पर्वतको उत्तरी भेगमा पर्ने बाँसखर्कको स्वादिला सुन्तलाले नजिकैका कुस्मा, बाग्लुङ, बेनी र पोखरामा मात्र नभई नारायणघाट र काठमाडौँमा समेत बजार बनाएको छ।

राम्रो बजार पाएपछि आम्दानी बढेकोले यस क्षेत्रमा प्रमुख बालीकै रूपमा सुन्तला लगाउन थालिएको छ। पाँच पाथी कोदो फल्ने पाखोबारीमा सुन्तला लगाउँदा वार्षिक रु.१० हजारभन्दा बढी आम्दानी हुने किसानहरू बताउँछन्। सुन्तला कृषक निवर्तमान गाविस अध्यक्ष दलबहादुर फकामी मगरका अनुसार गाउँबाट बर्सेनि रु.१ करोडभन्दा बढीको सुन्तला बिक्री हुन्छ। उनको भनाइमा गाउँमा सुन्तला बेचेरै बर्षमा रु.१ लाखभन्दा बढी आम्दानी गर्ने कृषकहरूको सङ्ख्या सयको हाराहारीमा छ।

डेढ दशकअघि व्यावसायिक रूपमा सुन्तला खेती शुरु भएको यो गाउँमा सुन्तला लगाउन एउटा वार्ड मात्र बाँकी छ। जिल्लाका अन्य क्षेत्रको तुलनामा यो स्थानमा असिना कम पर्ने कारण पनि किसानहरू यो बालीतर्फ आकर्षित भएका हुन्। जिल्ल्ाा कृषि विकास कार्यालय, पर्वतका प्रमुख नरबहादुर केसी खेतीयोग्य सबै जमिनमा सुन्तला खेती गर्ने बाँसखर्कलाई सुन्तला खेतीको नमूना गाउँ बनाउन विशेष कार्यक्रम तय गरिएको बताउँछन्।

दुर्गाप्रसाद शर्मा, पर्वत


जनकपुरमा बिओके

आˆनो कारोबार विस्तार गर्ने क्रममा बैंक अफ काठमाण्डूले जनकपुरमा नयाँ शाखा खोलेको छ। योसहित देशभर बिओकेका शाखाहरू १३ वटा पुगेका छन्। मुलुकका अन्य शाखाबाट ैँ यसबाट पनि निक्षेप, लगानी, प्रतीतपत्र, रेमिट्यान्स, मनिट्रान्सफर लगायतका ब्याङ्किङ सेवा प्रदान गरिने ब्याङ्कले जनाएको छ। जनकपुर शाखाबाट धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी जिल्लाका ग्राहकहरू लाभान्वित हुने विश्वास ब्याङ्कको छ।

हङकङ गयो गोर्खा बियर

गोर्खा ब्रुअरीले आˆनो उत्पादन गोर्खा बियर हङकङ निर्यात गर्न शुरु गरेको छ। कम्पनीका अनुसार नयाँ वर्ष सन् २००७ को अवसर पारेर हङकङस्थित नेपाली फुड सर्भिस प्रालिको सहयोगमा यसको निर्यात गर्न थालिएको हो। आठ महिनादेखि नेपालको बजारमा आएको गोर्खा बियर हङकङका बियर पारखीमा‰ पनि लोकप्रिय हुने विश्वास कम्पनीको छ।

युनिलिभरका उपहार

विभिन्न सौन्दर्य प्रसाधनहरूको उत्पादक युनिलिभर नेपालले दुई महिनाअघि शुरु गरेको लक्स स्टार फर अ डे' तथा ल्याक्मे ब्राइड' प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। प्रतियोगीहरूले एक दिनमा रु.५० हजार कसरी खर्च गर्ने भन्नेबारे पठाएका सिर्जनात्मक लेखमध्येबाट स्टार फर अ डे' प्रतियोगितामा विजयी भएर काठमाडौँकी लजना श्रेष्ठले रु.५० हजार बराबरको शपिङ भाउचर प्राप्त गरेकी छन्। त्यसैगरी बेहुलीको भेषमा सजिएको फोटो पठाउनुपर्ने अर्को प्रतियोगितामा सर्वोत्कृष्ट बेहुली' घोषित सोनु रञ्जित, कृति नकर्मी मानन्धर, ममता सिंह र नवदिता कोइरालाले आ'आˆना श्रीमानसँग सिङ्गापुर जाने अवसर वा एकमुष्ट रु.५० हजार प्राप्त गर्ने भएका छन्।

सूर्य नेपालको नयाँ कारखाना

चार वर्षदेखि जोन प्लेयर ब्राण्डबाट नेपालमा उत्पादित तयारी पोसाकलाई अन्तर्राष्ट्रिय बजारमा पुहयाउँदै आएको सूर्य नेपालले रु.२५ करोडको लगानीमा आˆनै कारखाना स्थापना गर्ने भएको छ। विराटनगरमा स्थापना गरिने सो कारखाना आगामी नोभेम्बरदेखि सञ्चालन हुने कम्पनीले जनाएको छ। सूर्य नेपालमा भारतको आईटीसी, बेलायतको बीटीसी र नेपाली लगानीकर्ताहरूको शेयर छ।

कुमारीपाटीमा यूएफओ

विभिन्न प्रकारका तयारी लुगाफाटो पसल यूएफओले अन्तर्राष्ट्रिय ब्राण्डका पछिल्ला डिजाइनहरूको पहिरनलगायत गरगहना, सौन्दर्य प्रसाधन, ब्याग र बालबालिकाका निम्ति खेलौना राखेर ललितपुरको कुमारीपाटीमा नयाँ पसल शुरु गरेको छ। परिवारका सबै सदस्यका लागि चाहिने सामानहरू एकैथलोमा उपलब्ध गराउने उद्देश्यका साथ खोलिएको यूएफओको यो १२ औँ शाखा हो।

चिकेन करी मामा

वाइवाइ चाउचाउको उत्पादक चौधरी ग्रुपले चिकेन करीको स्वादमा मामा तयारी चाउचाउ बजारमा ल्याएको छ। परिमार्जित स्वाद र नयाँ प्याकमा ल्याइएको मामा चाउचाउको बजार प्रबर्द्धन गर्न कम्पनीले हाललाई रु.२५ मा तीन प्याकेट चाउचाउ उपलब्ध गराउने जनाएको छ।

मिस नेपाल २००७' को आवेदन

काठमाडौँ जेसिसको संयुक्त सहभागितामा द हिडेन ट्रेजरले २४ चैतमा आयोजना गर्न लागेको डाबर वाटिका मिस नेपाल २००७' प्रतियोगितामा उम्मेदवार हुन चाहनेहरूका लागि आवेदन खुला गरेको छ। १९'२५ वर्ष उमेर समूह, १२ कक्षा उत्तीर्ण वा सो सरहको शैक्षिक योग्यता, न्यूनतम ५ फिट ४ इञ्च उचाइ भएका अविवाहित नेपाली युवतीका लागि आह्वान गरिएको यो आवेदन काठमाडौँलगायत वीरगञ्ज, धरान, पोखरा र बुटवलबाट पनि भर्न सकिने व्यवस्था गरिएको छ।

एडभान्स पावरको यूपीएस

देशभर हप्तामा २१ घण्टा लोडसेडिङ भइरहेको बेला एडभान्स पावर डिभाइसेसले विभिन्न मोडलका यूपीएसहरू बजारमा ल्याएको छ। बिजुली नभएको बेलामा पनि विद्युतीय उपकरण निरन्तर चलाउन डिजिटल सिग्नल प्रोसेसर र माइक्रो कन्ट्रोलर प्रविधि भएका इनभर्टर र अनलाइन तथा अफलाइन यूपीएसहरूको बिक्री शुरु गरिएको कम्पनीले जनाएको छ।