आवरण अन्तर्वार्ता
'अन्तरिम संविधानखारेज गरे वार्ता हुन्छ'
 |
| ज्वाला सिंह |
तपाईको प्रमुख माग के
हो?
मधेशलाई स्वतन्त्र बनाउने जनतान्त्रिकको प्रमुख माग हो।
तर, अन्य मधेशी सङ्गठनहरूले
त मधेशलाई स्वायत्त बनाउनुपर्ने माग गरिरहेछन् नि?
हो, गरिरहेछन्, म उनीहरूको मागलाई समर्थन पनि गर्छु।
तपाई स्वतन्त्र मधेशका
पक्षमा कि स्वायत्त मधेशको पक्षमा?
आन्दोलनमा दुई वटा कुरा बिर्सन मिल्दैन। एउटा रणनैतिक दृढता जसअन्तर्गत
नै स्वतन्त्र तराईको माग गरिएको छ। अर्को कार्यनैतिक लचकता जस अन्तर्गत
हरेक कुरा परिवर्तन गर्न सकिन्छ। त्यसैले अन्य मधेशी सङ्गठनहरूको मागलाई
समर्थन पनि गर्दछु। किनकि स्वायत्तताको मागका लागि भइरहेको आन्दोलनसँगै
स्वतन्त्र तराईको माग पनि बलियो हुँदै गइरहेको छ।
सरकारसँग वार्ता गर्न
तयार हुनुहुन्छ?
सरकारले उचित वातावरण बनाएर बोलाए किन वार्ता नगर्ने? अहिले सरकारले
वार्ता गर्छु भन्छ तर माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईले
जनतान्त्रिक र मधेशी अधिकार फोरमलाई अपराधीको संज्ञा दिँदै वार्ता
नगर्ने भन्छन्। यसबाट सरकारले भनेको कुरा षड्यन्त्र मात्र भएको मलाई
आशङ्का लागेको छ। त्यसैले वार्ताका लागि सरकारले पनि दृढ भएर प्रस्तुत
हुनुपर्छ।
वार्ताका लागि कुनै
शर्त पनि छ कि?
अन्तरिम संविधान खारेज हुनुपर्छ, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र
कायम गरिनुपर्छ।
प्रस्तुतिः श्रवणकुमार देव
|