आवरण अन्तर्वार्ता
तराईका मुद्दा सम्बोधन नगरे वार्ता हुँदैन'
 |
| जयकृष्ण गोइत, अध्यक्ष, जनतान्त्रिक तराई मुक्ति मोर्चा |
देशमा शान्ति प्रक्रिया
शुरु भएपछि तपाईंहरूको आन्दोलन केका लागि?
देश शान्ति प्रक्रियामा गएकै छैन। माओवादी शान्ति प्रक्रियामा सम्मिलित
भएकै छैन। भएको हुँदो हो त माघ ५ गते सिरहाको लहानमा कसको गोलीबाट
हत्या भयो? १० कक्षामा अध्ययनरत् रमेशकुमार महतोको हत्या माओवादीले
गरेका हुन्। माओवादीले शान्ति सम्ौतामा हस्ताक्षर गरिसक्यो, जनमुक्ति
सेना ब्यारेकमा गइसक्यो भने बन्दुक कहाँबाट आयो? अब पनि तपाईँहरू भन्दै
हुनुहुन्छ, देश शान्ति प्रक्रियामा गइसक्यो, यो सरासर ूठ हो।
तपाइँहरुको माग के?
स्वतन्त्र र मुक्त तराई।
देशलाई सङ्घीय स्वरुपमा
लैजाने माग हुँदैछ, तपाइँलाई के लाग्छ?
यो गैर'ऐतिहासिक, गैर'राजनीतिक र अवैज्ञानिक कुरा हो। यसबाट तराईवासीको
समस्या समाधान हुनसक्दैन। जबसम्म तराई स्वतन्त्र हुँदैन त्यहाँको आर्थिक,
सामाजिक, राजनीतिक, सांस्कृतिक कुनै समस्याको दिगो र सही समाधान हुनसक्दैन।
सरकारले वार्ताको कुरा
गरिरहेको छ, त्यसलाई कसरी लिनुभएको छ?
उनीहरू त बरोबर वार्ताको कुरा गरिरहेका छन्। प्रधानमन्त्रीले भने,
मन्त्रीहरू भन्दैछन्। उनीहरू कुरा बुझ्दछन्। मेरो मुद्दाबाट उनीहरू
प्रभावित पनि छन्। यथार्थमा यस मुद्दाको समाधान नगरी नेपालको समस्या
समाधान हुनसक्दैन।
कस्तो शोषण देख्नुहुन्छ
तराईमा?
एउटा औपनिवेशिक शासकले गुलाम जनतामा जस्तो व्यवहार गर्छ, त्यस्तै शोषण
तराईमा छ। जति पनि नोकरीको कुरा छ, राजनीतिक पदहरूको सवाल छ, तराई
मुक्तिको आन्दोलनलाई पाखा लगाउने मनसायले हात्तीको देखाउने दाँतैँ
एक'दुईजनालाई राख्ने गरिन्छ। तराईमै हरेक कुर्सीमा नेपालीहरू भरिएका
छन्, सेना'पुलिस सबैतिर नेपाली मात्रै छन्। शिक्षकहरूसमेत नेपाली छन्।
भन्सार जस्ता तराईमै मात्र भएका कार्यालयहरूमा पिउनसम्म पनि नेपालीहरू
मात्रै छन्। राजस्वको ७९ प्रतिशत उठ्ने तराईमा लगानी भने १२ प्रतिशत
मात्र छ। आर्थिक शोषणको ठूलो नमूना यही हो। आज सम्पन्न तराई विपन्न
भएको छ। अन्नको भण्डार भएर पनि तराईवासी भोका छन्। खान नपाएर उनीहरू
हरियाणा, पञ्जाबतिर लाग्न बाध्य छन्। यी सबै एउटा गुलाममाथि शासकवर्गले
गर्ने शोषणभन्दा कत्ति पनि फरक छैन।
तपाईंको मोर्चाले चुनाव
लडेर आफ्नो अभियानलाई अगाडि बढाउन सक्दैन र?
तराईलाई यसरी सेट गरिएको छ, जति गरे पनि तराईवासीले चुनाव जित्नै सक्दैनन्।
पञ्चायतकालमा तराईवासीहरू एक'दुईजना जितेर जान्थे। संसदीय व्यवस्थामा
पनि तराईबाट उनै जमिन्दारहरू जो राणाकाल, पञ्चायतकालका शोषक थिए, जितेर
आउँथे। सामान्य तराईवासीको प्रतिनिधित्व अपवादको रूपमा मात्र हुनसकेको
थियो। त्यसैले चुनावबाट यस समस्याको समाधान हुँदैन। विभिन्न पाटर्ीेहरूले
टिकट पनि त्यस्तालाई मात्र दिन्छन् जो उनीहरूको दास बन्न जान्छन्।
स्वाभिमानपूर्वक मुक्तिको कुरा गर्नेहरूलाई पार्टीले टिकट दिँदैनन्,
पार्टीको निर्णायक तहमा जान दिइँदैन। विगतको इतिहासलाई हेर्ने हो भने
यो कुरा छर्लङ्ग हुन्छ।
तराईमा भड्केको आन्दोलनलाई
तपाईंहरू कुन रूपमा लिइरहनुभएको छ?
तराई आन्दोलनको जड लहानमा भएको रमेश महतोको शहादत हो। यसले के देखाउँछ
भने माओवादीले हतियार बुाएका छैनन्। जतिसुकै संसद र सरकारमा सामेल
भए तापनि माओवादी बन्दुककै भरमा हिँडिरहेका छन्। बन्दुकको बलमा जङ्गलराज
चलाउने ध्याउन्नमा माओवादी लागेको र त्यसको प्रतिकारमा तराईवासीहरू
उत्रेकाले नै हाल तराई आन्दोलनमय देखिएको हो। तराई घटनाको अ चुरो पछ्याउँदै
जाने हो भने यसलाई नेपालगञ्ज घटनासँग जोड्न सकिन्छ।
यसलाई राजतन्त्रवादीहरुको
मिलोमतोमा गरिएको षड्यन्त्र पनि भनिँदैछ नि?
यो माओवादीको अपराधलाई ढाकछोप गर्ने कुरा हो। माओवादीले गोली चलाएर
गरेको हत्याको प्रतिकारमा भएको आन्दोलनमा राजदरबार र भारतको नाम लिनु
षड्यन्त्रकारी कुरा हो। मूल कुरा जसले शान्तिवार्ता गरेको छ, जसले
हतियार बु‰ाइसकेको छ उसले गोली चलायो। यस्तो अपराधको प्रतिकारमा तराईका
जनता जाग्दा नानाभाँती कुरा गर्ने गरिन्छ। यस्ता कुराले समस्याको समाधान
हुँदैन, न् चर्कन्छ।
प्रस्तुतिः धीरेन्द्र प्रेमर्षि
अन्तर्वार्ताको पूर्ण विवरण www.himalkabar.com
|