| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
““बन्दुकबाट समस्या समाधान हुँदैन भन्ने विगतले देखाएको
छ।”
मातृका
यादव
नेता, माओवादी
कान्तिपुर दैनिक, २९ पुस २०६३
“दिल्ली सम्झ्ौताका बेला सेरेमोनियल किङसहितको
लोकतान्त्रिक पद्धति अवलम्बन गर्ने सम्झ्ौता भएको थियो।”
गोपालमान
श्रेष्ठ
आवास तथा भौतिक योजना मन्त्री
राजधानी दैनिक, २७ पुस २०६३
अङ्क
र अर्थ
१,६७९ जना
अहिलेसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेहरू। यीमध्ये
७४ जना महिला छन्।
१५,३८,८८७
नेपालमा टेलिफोन प्रयोग गर्ने ग्राहकको सङ्ख्या। यसमा फिक्स्ड लाइन
(४,९५,५६९), मोबाइल (९,१६,६३९), डब्ल्यूएलएल (१,०५,८८५), स्याटेलाइट
(९५१) र सीडीएमए मोबाइल (१९,८४३) छन्।
नेटीभी/नेपाल दूरसञ्चार प्राधिकरण
हिँड्दा-हिँड्दै
राज्यको पुनःसंरचना र समावेशीकरणको बहस चलिरहेका
बेला नेपाल आदिवासी जनजाति महासंघका नव निर्वाचित अध्यक्ष पासाङ्ग
शेर्पा भन्छन्, “आदिवासी, जनजातिहरूलाई फुटाउने दाउमा रहेकाहरूको
प्रहारबाट महासंघलाई बचाउनु चुनौतीपूर्ण छ।”
 |
| किरण पाण्डे |
आदिवासी, जनजातिहरुको
चुनावमा त विवाद देखियो नि!
खासै विवाद भएको होइन। लोकतान्त्रिक तरिकाबाटै ४२ मतले म अध्यक्षमा
चुनिएको हुँ।
मल्ल के. सुन्दरको समूहले
चुनावै बहिष्कार गर्यो रे हो?
वहिष्कार गर्नुभएको होइन। उहाँले मलाई निर्वाचन तिम्रो पक्षमा छ, समझ्दारीमा
जाऔँ, मिलेर बसौँ भन्नुभएको थियो। तर उहाँ उम्मेदवारी 'नोमिनेशन' पछि
हलबाट बाहिरिनुभयो।
असन्तुष्ट पक्षले समानान्तर
महासंघ खोल्दैछ रे नि?
उहाँहरू अत्यन्तै समझ्दार र बौद्धिक हुनुहुन्छ। महासंघका जिम्मेवार
साथीहरू हुनुहुन्छ। त्यसैले महासंघलाई कमजोर बनाउन कसैले चलाएको हल्ला
हुनसक्छ यो। उहाँहरूले त्यस्तो गर्नुहुन्छ भन्ने मलाई कत्ति पनि विश्वास
छैन।
अब तपाइँका योजनाहरु
के के छन्?
संविधानसभाको प्रक्रियामा देशभरिका ४० प्रतिशत स्थान ओगट्ने आदिवासी,
जनजातिहरूको अर्थपूर्ण भूमिका र सहभागिता कसरी गराउन सकिन्छ भन्ने
सवालमा नै मेरो ध्यान केन्द्रित हुनेछ।
आदिवासी र जनजाति फरक–फरक
हुन्?
आदिवासी भनेको इतिहाससँग गाँसिएको शब्द हो भने जनजाति विशेष समुदायसँग
जोडिएको शब्द। त्यसैले सबै आदिवासीहरू जनजाति हुन् तर सबै जनजाति आदिवासी
नहुन पनि सक्छन्।
|