विज्ञान–विचार
बट्टाईंको जुधाइ
त्यो सोख, सीप र प्रविधि अब रहेन
• डा. तीर्थबहादुर श्रेष्ठ
अपने युग में सबको अनुपम
ज्ञात हुई अपनी हाला,
अपने युग में सबको अद्भुत
ज्ञात हुआ अपना प्याला,
फिर भी वृद्धों से जब पूछा
एक यही उत्तर पाया–
अब न रहे वे पीनेवाले,
अब न रही वह मधुशाला!
कवि हरिवंशराय
वच्चनको मधुशाला बाट उद्धृत यो कविताले पुस्तान्तरको मर्मलाई हृदयसम्म
पुर्याउँछ भन्ने मलाई लागेको छ। सबैलाई आफ्नै युग प्यारो हुन्छ, आफ्नै
युग राम्रो लाग्छ। त्यसमा पनि बाल्यावस्थामा खेलिने खेल र मनोरञ्जनका
कुरा त झ्नै स्नेहपूर्ण हुन्छन्। विज्ञान र प्रविधिको चमत्कार, त्यसमा
पनि कम्प्युटर, टेलिभिजन र विभिन्न सूचनाप्रविधिले गर्दा आजका बालबालिका
र ४०/५० वर्ष पहिलेका बालबालिकाको जीवनशैली र अभिरुचि, खेल र मनोरञ्जन,
लहड र लडकपन आदि दाँजेर हेर्ने हो भने पुस्तान्तर कहालीलाग्दो हुन्छ।
त्यसमा पनि उहिलेका कैयाँै खेल, सौखहरू लोप भइसकेका छन्। कतिको अवशेष
भेट्टाउन पनि गाह्रो होला। यसै सन्दर्भमा आफ्नो बाल्यावस्थाको सम्झ्ाउनी–बिर्साउनीको
लुकामारीमा बट्टाई चरा जुधाउने सोखका बारेमा केही जानकारी प्रस्तुत
गर्ने जमर्को गरेको छु।
खेलकुद बाल्यावस्थाको सबभन्दा महवपूर्ण विषयवस्तु हो।
मुक्केबाजी, पहलमानी, जुडो, कराँते, ते–क्वान्दो जस्ता मान्छेसँग मान्छे
जुध्ने खेलले मनोरञ्जनको ठूलै फाँट ओगटेका छन्। अरूलाई जुधाएर मज्जा
लिनु वास्तवमा रमाइलो सोख हो। पक्ष–विपक्ष लिएर सोख पूरा गर्दा पनि
विपक्षको प्रहारले आफूलाई चोट लाग्दैन। आफ्नो पक्षले जितेमा छाती फुलेर
चौडा हुन्छ। गर्वको अनुभव हुन्छ।
ट्टाई–जुधाइ हेरेर यस्तो अनुभव गर्न हप्तौँ र महिनौँको
मेहनत र तयारी आवश्यक पर्छ। यो खेलको रमाइलो पक्ष यसको 'सिजन' अर्थात्
याम हो। त्यतिबेला काठमाडौँका सबै स्कूल, पाठशालाहरू मीनपचास लागेपछि
बिदा हुन्थे। अचेलजस्तो स्कूल पाठशालाले आ–आफ्नो सुविधाअनुसार लामो
बिदा दिने चलन थिएन। २१ मङ्सिरबाट १० माघसम्म ५० दिन माछालाई पनि जाडो
लाग्ने भएकाले 'मीनपचास' बिदा पाउँदथ्यो। त्यही मीनपचास छुट्टी बट्टाई
जुधाउने उपयुक्त समय मानिन्थ्यो र जाँचमा पास पनि भइयो भन्ने खुशियालीमा
बुबासँग मिलेर बट्टाई सोख पूरा गरिन्थ्यो।
बट्टाई के हो? सबभन्दा पहिलो कुरो त यो बगेडी हैन। आजभोलि
छाला खुइलाई मासु खाने स–साना चरालाई बगेडी भन्ने चलन छ। त्यस्ता अधिकांश
चरा 'बन्टिङ' ९द्यगलतष्लन० प्रजातिभित्र पर्दछन्। ती चरा 'इम्वेरिजिडी'
९भ््कदभचष्शष्मबभ० परिवारका हुन्। बट्टाई भने 'फेजियानिडी' ९एजबकष्बलष्मबभ०
परिवारभित्र पर्दछ जसमा डाँफे, मुनाल, च्याखुरा, कालिज, पिउरा, तित्रा
मात्र हैन217 लुइँचे र कुखुरा पनि समावेश छन्। यी चरा जमिनमा नै चहार्ने
स्थलचर प्रकृतिका हुन्छन्। आहारा खाँदा खुट्टाले खोस्रने र चुच्चोले
टिप्ने साझ्ा बानी हुन्छ। आफ्नो बचाउ गर्न तेजले दगुरेर झ्ाडीभित्र
लुक्ने चुलबुले स्वभावका हुन्छन्। बट्टाई हाम्रो मुठ्ठीभित्र टम्म
अटाउने सानो चरा हो। गौँथली वा चिबे जस्तै आकाशमा धेरैबेर उडेर बस्न
सक्तैन। एक बेग हानेपछि जमिनमा हवाईजहाज ओर्लिएझ्ैँ कुद्न थाल्छ। यो
चरालाई आकाशभन्दा जमिन नै प्यारो लाग्छ।
जीवन सङ्घर्षमा धेरै प्राणीहरू पोथीका लागि जुध्छन्,
युद्ध गर्दछन्। बट्टाई पनि पोथीका लागि जुध्छ। पाल्तु अवस्थामा भने
दानाका लागि समेत जुध्ने गर्छ। 'मानिस लड्छ खानामा बट्टाई लड्छ दानामा'
भन्ने उखानै छ। तर त्यो लडाइँ पुरुषार्थको लडाइँ हुन्छ। बट्टाई र पिउरा
भिड्दैनन्। भेडा र बोका पनि जुध्दैनन्। गोरुसँग राँगा पनि जुध्दैन।
कुखुराको भालेसँग अर्को भाले जुध्दछ। भाले–भालेको इर्ष्या, प्रतिस्पर्धा
र जुधाई बट्टाईको लडाइँमा पनि देख्न सकिन्छ।
नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन्। तीमध्ये 'कमन
क्वेल' बट्टाई पाल्ने सोख र अण्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ।
आजभोलि यसको अण्डा र मासुको व्यापार बढ्दैछ तर लडाउने सोख लोप भइसक्यो
भन्दा हुन्छ। उहिले उहिले लडाउने बट्टाई मासु पसल छेउमा नराखेर रानीपोखरीछेउ
घण्टाघरनिर बेच्न राखिन्थ्यो। लडाकु बट्टाई छान्न पनि अनुभव र सीप
चाहिन्छ। कद मिलेको चिल्लो चनाखो चरा छानेर त्यसको कण्ठ निरीक्षण गर्नुपर्छ।
सेतो कण्ठमा चुच्चोमुनिबाट शुरु भएर मुसारिँदै चौडा भएर त्रिकोण मिलेको
कालो दागले भाले चरा भन्ने जनाउँदछ। त्यो कालो चिह्न कण्ठको तल पुगेपछि
सलक्क दुवै कानतिर पोतिन्छ। चराको छनौटमा बट्टाईबाजहरू कण्ठको त्यही
कालो बुट्टा नियालेर आफ्नो निर्णय लिन्छन्।
बट्टाई घर ल्याएपछि त्यसलाई पाल्न सुगा, मैना, स्यामा,
पट्टु वा क्यानटी पाल्ने खालको पिँजडा काम लाग्दैन। यसका लागि कावुज
भनिने विशेष पिँजडा हुन्छ। वास्तवमा यो स–साना खोपा भएको खोर हो। कमलो
काठको फ्रेममा बाँसका सिन्काहरूले बार लगाएर यो खोर बनाइएको हुन्छ।
चरालाई कतै घाउचोट नलागोस् भनेर सिन्काहरूलाई गोला र चिल्ला बनाइन्छ।
प्रत्येक कावुजमा दुईदेखि ८ वटासम्म खोपा हुन्छन्। प्रत्येक खोपा खोल्न
मुसाको खोरमा झ्ैँ ढोकालाई माथि उचाल्नुपर्छ। खोरभित्र धेरै चलखेल
गर्ने ठाउँ हुँदैन।
उठबस गर्न मात्र पुग्छ। दाना–चारा, पानी खोरबाहिर ख्वाइन्छ।
बट्टाईलाई जाडोबाट बचाउन कावुजलाई न्यानो बनाई टम्म ढाकिने कपडाको
खोल लगाइएको हुन्छ। कावुजभित्र हात छिराएर चरालाई समातेर बाहिर भित्र
गर्नुपर्छ। हातको स्पर्शले नै बट्टाई रत्याउने काम गरिन्छ। नयाँ बट्टाईलाई
शुरुमा केही मनतातो पानीले भिजाएर हातको मुठ्ठीभरी 'मूठ' (मुठ्ठीमा
च्याप्ने काम) गरेर १५/२० मिनेट राखेपछि पानी सुक्छ। जीउ सुख्खा भएपछि
त्यसलाई कावुजमा छोडिन्छ। प्रत्येक दिन एकछिन बिहान र एकछिन बेलुका
बट्टाईलाई मूठ गर्नुपर्छ। मूठ गर्न बिरायो भने बट्टाई बिग्रन्छ। लडाकु
नभई काँतर हुन्छ, चुत्था बन्दछ।
बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। कोदोको गेडा जस्तो
तर पहेँलो सुनौला दाना कावुजबाहिर सफा कपडामा छरिदिएपछि भोको चरा चल्बलाउन
थाल्छ। ढोका खोलिदिएमा आफैँ बाहिर आउँछ र दाना खान थाल्छ। आठ, दश दिनमा
बट्टाई रत्तिन्छ। हातले खेलाएमा बोल्न थाल्छ र ठुँङ्ने गर्छ। बिहान,
बेलुका दाना ख्वाउँदा उफार्ने र खेलाउने गर्नुपर्छ। प्रत्येक दिन बिहान
भर्रभर्र गरी ५–१० पटक उफारेमा त्यसलाई कसरत हुन्छ, छिटो थाक्दैन।
खाना दिने बेलामा बट्टाईले आफ्नो छाती फुलाएर बोल्न र खुट्टाले दाना
खोस्रेर छर्न थाल्यो भने त्यो मस्त भएछ भनी बुझ्े हुन्छ। यस्ता बट्टाईलाई
अरू बट्टाई देखाइदियो भने झ्म्टन थाल्छन्। शुरु शुरुमा बट्टाईलाई थोरै
थोरै मात्र लडाउने र छुटाउने गर्नुपर्छ। नलड्ने चुत्था बट्टाईलाई हातमा
समातेर 'चुत्था टोकाउने' अभ्यासमार्फत् टोक्ने, लुछ्ने, झ्टार्ने र
लात हान्ने कला सिकाइन्छ। यो निकै निष्ठुरी तालिम हो– चुत्था टोकाउने।
बट्टाईलाई लड्नका लागि अरूको टोकाइ र आक्रमण खप्न सक्ने
बनाउनुपर्छ। अरूको लात खप्न सक्नेकै जीत हुन्छ। त्यसका लागि 'पान मूठ'
सहायक हुन्छ। प्रत्येक दिन बिहान घाम लागेपछि पान चपाएर त्यसको थुकले
बट्टाईलाई ल्याप्प भिजाउनुपर्छ अनि मूठ लिएर घाममा सुकाउनुपर्छ। यसका
लागि एक घण्टा लाग्न सक्छ। पारिलो घाममा बट्टाईबाजहरू हातमा बट्टाई
मूठ लिएर गफ चुट्दै नयाँ माहोल सिर्जना गर्दछन्। पानमा हुने खयरले
बट्टाईलाई रातो बनाउने मात्र हैन, त्यसमा रहेको 'टानिन' पदार्थले छालालाई
मजबूत, घाउचोट नलाग्ने र अरूको टोकाइमा नदुख्ने समेत बनाउन मद्दत पुर्याउँछ।
यसरी लडाउने बट्टाईको अवतारै फेरिएको हुन्छ। त्यो जङ्गली बट्टाईजस्तो
पात र परालको धूपछायाँमा हैन, खयरको गाढा रातो रङमा प्रस्तुत हुन्छ।
बट्टाईबाजहरू आफ्नो बट्टाईलाई बेलुकी सुत्ने बेलामा
एकपटक त्यसको कान लठ्ठिने गरी कु...कु... कराइदिन्छन्। 'कु' दिएपछि
कानले बाहिरी आवाज टिप्न सक्दैन र लड्ने बेला बाहिरी अप्रत्यासित आवाजबाट
त्यो चरा तर्संदैन। बट्टाई लडाउन बाजी पर्छ। बाजी हालेर 'नकआउट' खेल
खेलाइन्छ जसलाई 'बुरुच' भनिन्छ। बुरुच खेलमा एउटाले नहारेसम्म, नभागेसम्म
खेल चालू रहन्छ। एकले अर्कालाई टोक्ने र उफ्रेर भर्र लात हान्ने क्रिया
नै बट्टाई खेलको मुख्य आकर्षण हो। त्यही लातलाई गनेर कति लात लड्यो
भनी रेकर्ड कायम गरिन्छ। 'मेरो बट्टाईले ५० लात, ७५ लात वा १०० लात
लड्यो' भन्ने घमण्ड नै बट्टाईबाजहरूको विजय–लक्ष्य हुन्छ। त्यसैले
क्रिकेट खेलमा रन गनेझ्ैँ वा विकेट गनेझ्ैँ बट्टाई खेलमा लात गनिन्छ।
मानिसका खेलकुदमा खेलाडीलाई अवैध औषधि सेवनले बढी तेजिलो बनाउने कुरा
सुनिएजस्तै बट्टाई लडाउँदा आफ्नो चरालाई 'टाई' ख्वाएर ल्याउने पनि
गरिन्छ। रक्सीले ढाडिएको कागुनोका केही दाना लडाउनु अगाडि ख्वाइएको
हुन्छ, जसले बट्टाईलाई थोरै नशामा उतार्छ। कसै–कसैले टाई बनाउने रक्सीको
सिसीमा सिङ्गो बिच्छी डुबाएका हुन्छन् भन्ने सुनेको थिएँ। तर टाई खुवाएर
बट्टाई जुधाउन ल्याउनु अवैध तरिका हो र त्यसमा बट्टाईबाजबीच ठूलै रगडा
झ्गडा पनि मच्चिन्छ।
बट्टाई सौखिनहरूका आ–आफ्नै घराना थिए। बागदरबार, बहादुर
भवन आदि राणादरबार र यस्तै ठूलाबडा अन्य परिवारले ठाउँठाउँमा बट्टाई
लडाउने 'पाली' को ऐलान गर्दथे। विशेष गरेर मङ्गलबार र शनिबार यस्तो
पाली लाग्ने गर्थ्यो। बागदरबारमा सुशीलशमशेर जबराको पालीमा बट्टाई
लडाउन गएको एउटा सम्झ्ना छ।
जुवामा कौडा फ्याँक्ने खालमा झ्ैँ चारैतिर बट्टाईबाज
बस्ने र बीचमा सेतो सुकिलो नयनसुतको कपडा ओछ्याएर पहेँला कागुनोका
दाना छरिएको थियो। दर्शकहरू कोही बसेर र कोही उठेर हेर्ने व्यवस्था
मिलाइएको थियो। कसको बट्टाई कसकोसँग भिडाउने, हाँक चल्यो। त्यसबेला
सुशील राजाको बट्टाईसँग जुधाउने त मूल कार्यक्रम नै थियो। पालैपालो
बट्टाई मैदानमा उतार्ने र त्यसलाई हाँक दिने बट्टाईको बुरुज एकपछि
अर्को चल्ने क्रम हुँदोरहेछ। बुरुज खेलमा जित्नेले हार्ने बट्टाई नै
लिने चलन हुन्छ। हारेर अरूको हातमा पुगेको बट्टाई किनबेच पनि हुन्छ
र बेच्ने नबेच्ने कुरा जित्ने बट्टाईबाजको अधिकार हुँदोरहेछ। बट्टाई
खेल रोमाञ्चक र रमाइलो हुन्छ तर त्यहाँ दर्शक चुपचाप बस्नुपर्छ। चरा
झ्स्कने जुनसुकै कुरा पनि त्यहाँ वर्जित हुन्छ। फूटबल, क्रिकेट वा
बक्सिङमा झ्ैँ हौस्याउने, होच्याउने कुनै सम्भावना हुँदैन। 'पिन ड्रप
साइलेन्स' मा चराको च्व च्व र पँखेटाका भारभुर बाहेक केही सुनिँदैन।
भीम र दुर्योधनको कुस्तीझ्ैँ यो खेल–रोमाञ्चमा शारीरिक व्यायाम, कसरत,
तालिम र मेहनतको पूरै प्रदर्शन हुन्छ।
अघाएको बट्टाई लड्दैन। मोटाएको बट्टाई पनि काम लाग्दैन।
'स्लिम' नबनाई बट्टाई पनि फूर्तिलो हुँदैन। बट्टाई स्लिम गर्ने तरिकालाई
'जुलाफ गर्ने' भनिन्छ। बट्टाईमा बोसो लाग्यो भने जुलाफ गरिन्छ। दिनभर
पखाला लगाउने विधि नै जुलाफ हो। पहिले सानो कुड्का असल मिश्री घाँटीमा
ठेलेर चरालाई ख्वाइन्छ। त्यसपछि नर्स कम्पाउण्डरले इन्जेक्सन दिने
'सिरिञ्ज' मा सियो झ्िकेर बाइसाइकलको ट्यूबमा जडिने मसिनो रवरको 'भल्भ
ट्यूब' लगाइन्छ। त्यसमा मेथी उमालेर निकालेको झ्ोल अर्थात् मेथीपानी
भरेर चराको चुच्चो फटाएर घाँटीभित्र ट्यूब हुलेर बिस्तारै पेटभरी झ्ोल
भरिदिइन्छ। अलिकति तलमाथि पर्यो भने बट्टाई मर्न सक्छ।
यस्तैमा एउटा बट्टाई मर्दा म धुरुधुरु रोएको छु। त्यही
आँसुको सम्झ्नामा यो लेख यहाँ प्रस्तुत छ। त्यस्तो आँसु अब कहाँ पाइन्छ
र?
|