आवरण रिपोर्ट
उच्च निकाय बनाउन प्रस्ताव
अहिलेसम्म भगवानभरोसे चलेको प्रधानमन्त्रीको
कार्यालयलाई साँच्चिकै उच्च निकाय बनाउने प्रस्ताव मन्त्रिपरिषदमा
पुगेको छ।
• केदार सुवेदी
 |
| किरण पाण्डे |
| प्रम कक्ष । |
प्रधानमन्त्रीमा जनताको
छोरो छानिन थालेको साढे पाँच दशकपछि मात्र मुलुकको शासनव्यवस्था सञ्चालन,
नीतिनिर्माण र कार्यान्वयनमा नियन्त्रण एवं निर्देशन गर्ने सर्वोच्च
निकाय प्रधानमन्त्री कार्यालयको संरचना सुधार गर्न खोजिँदैछ। २००८
सालमा मातृकाप्रसाद कोइरालापछि नेपालमा १५ जना प्रधानमन्त्री भए, तर
सिंहदरबारस्थित प्रम कार्यालय भने सधैँ कर्मचारीलाई दण्डित गर्न पठाइने
र कसैमाथि नियन्त्रण र निर्देशन गर्न नसक्ने निकाय भएर चलिरह्यो।
अहिले भारतीय र मलेसियाली प्रधानमन्त्रीका कार्यालयको
सिको गरेर नेपालको प्रम कार्यालयलाई व्यवस्थित गर्न खोजिएको छ। प्रधानमन्त्री
तथा मन्त्रिपरिषदको कार्यालयमा प्रत्येक मन्त्रालय र निकायहरूलाई नियन्त्रण,
निर्देशन गर्ने 'डेस्क' हरू रहनेछन्। सिंहदरबारको मूल भवनलाई प्रधानमन्त्री
कार्यालयको लागि मात्रै उपयोग गर्ने गरी त्यहाँबाट उपप्रधानमन्त्रीको
कार्यालय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई हटाइने छ। यो
प्रस्ताव 'प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सङ्गठन संरचना
तथा कार्य विवरण पुनरावलोकन समितिको प्रतिवेदन २०६३' ले गरेको हो।
यसअनुसार कार्यालयको पुनर्संरचना गर्दा कुनै थप आर्थिक दायित्व नबढ्ने
र विद्यमान कर्मचारी सङ्ख्यामा करीब २० जना थपे पुग्ने समितिको राय
छ।
समितिले प्रधानमन्त्रीका राजनीतिक, वैदेशिक, आर्थिक
तथा विकास, शासकीय सुधार तथा सुरक्षा र सामाजिक सेवा, प्रेस तथा सूचना
गरी पाँच सल्लाहकार रहने छन्। अहिलेसम्म प्रधानमन्त्रीले आफूले चाहेजति
र चाहेको हैसियतको पद दिएर सल्लाहकार राख्ने चलन थियो।
अन्तरिम संविधान घोषणा भएपछि प्रधानमन्त्रीले राष्ट्राध्यक्षको
समेत हैसियतबाट थप ४४ वटा काम गर्नु पर्नेछ। प्रस्तावित सुधारले भाविष्यमा
प्रधानमन्त्रीय पद्धतिबाट देश राष्ट्रपतीय पद्धतिमा रुपान्तरित भयो
भने त्यो खाँचो पनि पूरा गर्नेछ। प्रधानमन्त्री कार्यालयका सचिव तथा
प्रतिवेदक दीपेन्द्रविक्रम थापा भन्छन्, “परिवर्तित अवस्थाको चुनौती
र भूमिकामा यो कार्यालयको सुधार नगरी सुखै छैन।”
अहिले मन्त्रिपरिषदमा विचाराधीन प्रतिवेदनका केही अंशले प्रधानमन्त्रीको
कार्यालय कसरी चलेको छ भन्ने देखाउँछ।
• केन्द्रीय
डकुमेन्टेशन शाखामा सरकारका सबै मन्त्रालय र आयोगका वार्षिक प्रतिवेदन,
विभिन्न आयोग, कार्यदल आदिले प्रधानमन्त्रीसमक्ष बुझ्ाएका प्रतिवेदन,
अन्य राष्ट्रिय महवका डकुमेन्ट तथा विदेशी राष्ट्रसँग भएका सन्धि सम्झ्ौतालगायतका
कागजात एकीकृत गरी राखिएका छैनन्।
• बैठक
शाखाका जरुरी र संवेदनशील प्रकृतिका चिठीपत्र मन्त्रिपरिषदका सदस्यहरूको
अध्ययनका लागि पठाउनुपर्ने, मन्त्रिपरिषदको बैठकमा छलफल हुने कार्यसूची,
मन्त्रालयमा पठाउनुपर्ने मन्त्रिपरिषदका निर्णय सम्बन्धी निस्सापत्र,
अदालतमा समय समयमा पेश गर्नुपर्ने निर्णय फाइललगायतका कागजपत्रहरू
समयमै सुरक्षित तवरले पुर्याउन सो शाखामा विद्यमान जनशक्ति पर्याप्त
छैन।
• कार्यालयका
सबैजसो शाखामा दैनिक कार्यसम्पादन गर्न आवश्यक फोटोकपी, फ्याक्स मेसिनलगायतका
उपकरण ज्यादै जीर्ण भई समयमै कार्य फर्स्यौट गर्न कठिन भएको छ। धेरै
सङ्ख्यामा र तत्काल फोटोकपी गर्नुपर्ने कागजात बाहिरै लगेर फोटोकपी
गर्नुपर्ने बाध्यता छ। कतिपय शाखामा अझ्ै पनि फोटोकपी मेसिन र फ्याक्स
जडान हुनसकेको छैन। मन्त्रिपरिषद र यस अन्तर्गतका समितिको एजेण्डा
तथा निर्णय तयार गर्नेलगायतका सिलसिलामा सयौँको सङ्ख्यामा कागजपत्र
फोटोकपी गर्नुपर्ने बैठक शाखाको फोटोकपी मेसिन ज्यादै पुरानो छ।
• मन्त्रिपरिषदको
एजेण्डा तयार गर्ने तथा निर्णय मन्त्रीहरूलाई पठाउने क्रममा दर्जनौँ
कागजात एकैपल्ट स्टिचिङ र पञ्चिङ गर्ने, स्टिच उप्काउने आदि काम गर्नुपर्ने
हुन्छ। हालसम्म ती काम कर्मचारीहरूले चोटपटक सहँदै हातैले गर्दै आएका
छन्। काम छिटोछरितो र गुणस्तरीय बनाउन बैठक शाखालगायत विभिन्न शाखामा
इलेक्ट्रिकल स्टिचिङ, पञ्चिङलगायतका उपकरणको व्यवस्था भएको छैन।
• कार्यालयका
प्रत्येक शाखामा फाइल र कागजपत्र राख्न आधुनिक फाइलिङ क्याविनेट र
स्टिल दराजको पर्याप्त व्यवस्था छैन। कतिपय शाखाका दराजका ह्याण्डिल
भाँचिएका, साँचो बिग्रिएका छन्। मन्त्रिपरिषदको निर्णयका फाइल, लालमोहर
जस्ता महवपूर्ण कागजातको सुरक्षाको लागि स्टिल दराज, फाइलिङ क्याविनेट,
केमिकल, आदिको व्यवस्था भएको छैन।
• मन्त्रीहरूबाट
फिर्ता प्राप्त हुने प्रस्ताव, निर्णय लगायतका गोप्य कागजात टिप्पणी
उठाई चरणवद्ध रूपमा धुल्याउने गरिएको छ। यी गोप्य कागजात हालसम्म झ्न्झ्टिले
हुने गरी गृहमन्त्रालय परिसरमा लगी जलाउने गरिएको छ। कार्यालयका गोप्य
कागजातहरू सहज, सरल र व्यवस्थित तरिकाले जलाउन वा धुल्याउन सिंहदरबार
हाताभित्र उपयुक्त ठाउँमा एक आधुनिक इन्सिनेरेटरको तथा कार्यालयभित्रै
एक स्रेडरको व्यवस्था छैन।
• सिंहदरबार
मूलभवनको मर्मतसम्भार, रेखदेख लगायतका काम भौतिक योजना तथा निर्माण
मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयबाट
हुँदै आएको छ। तर कार्यालय भित्र कुनै सामान्य कुरा बिग्रिएमा, जस्तो
कि ढोकाको चुकुल फुस्किएमा वा शौचालयको धारा बिग्रिएमा पनि, फेर्नका
लागि उक्त कार्यालयमा लेखापढी गर्नुपर्ने र त्यसपछि लगत इष्टिमेट तयार
गरेर मात्र मर्मत गर्ने प्रचलन रहेको देखिन्छ। यसले गर्दा सामान्य
प्रकृतिका मर्मतसम्भारका कार्य पनि समयमै नभई कठिनाई भोग्नुपरिरहेको
छ।
|