रिपोर्ट | राजनीति
'राजा सक्रिय हुने सम्भावना छ'
•
रवीन्द्रनाथ शर्मा
 |
| तस्बिर: मीन बज्राचार्य/ किरण पाण्डे |
किन पार्टी अध्यक्ष हुनुभएको?
लाखौँ कार्यकर्ता भएको यो पार्टीलाई प्रजातान्त्रिक ट्रयाकमा ल्याउन
सक्यो भने भविष्यमा यसले वैकल्पिक प्रजातान्त्रिक पार्टीको रूपमा काम
गर्न सक्छ भन्ने दृढ विश्वास भएर मैले यो जिम्मेवारी स्वीकार गरेको
हुँ।
आफैँले अस्वीकार गरेको
जिम्मेवारी अहिले स्वीकार्नुपर्ने कारण?
३–४ महिना पहिले मैले अस्वीकार गरेको सत्य हो। राजनीतिक परिस्थितिमा
एउटा दृढ प्रजातान्त्रिक शक्तिको आवश्यकता रह्यो। यो पार्टी जुन शक्तिसँग
टुक्रिएको छ, यसलाई पनि एकठाउँमा ल्याउन अनिवार्य र आवश्यक छ। त्यो
काम अरूबाट हुन्न, मबाट हुनसक्छ कि भन्ने हो। यसलाई वैकल्पिक प्रजातान्त्रिक
पार्टी बनाउन सक्याँै भने नेपाली काङ्ग्रेसको विकल्प हुनसक्छ।
संविधानसभामा तपाईँहरूको
भूमिका के हुन्छ?
हामी जुन धरातलमा खडा भएका छौँ, हामी गणतन्त्रवादी हुन सक्दैनौँ। संवैधानिक
राजतन्त्र चाहे डेकोरेटिभ होस् चाहे सेरेमोनियल, चाहे सिम्वोलिक होस्
त्यसकै पक्षमा हामी छौँ। पहिलेको जस्तो संवैधानिक राजतन्त्रको स्वरुप
सम्भव छैन। डेकोरेटिभ वा सिम्वोलिक र गिरिजाबाबुको सेरेमोनियलको 'सेन्स'
एउटै हो।
राजा जोगाउने अभियान
चलाउन तपाईँलाई ल्याइएको पनि भनिन्छ!
यो सङ्कटको घडीमा राजसंस्था बचाउन सक्ने वा त्यसको निम्ति पहल गर्न
सक्ने सामर्थ्य रवीन्द्रनाथ शर्मामा छैन। राजा त सक्रिय हुन सक्या
छैनन्, राजतन्त्रवादीहरू सक्रिय हुन के सक्थे।
राजा सक्रिय हुने अवस्था
देख्नुहुन्छ?
उत्तरदायित्व र जिम्मेवारी नलिने, डेलिभरी नदिने, जनता मारिने, अपहरण
हुने, सम्पत्ति कब्जा गरिने, गरेका सम्झौता लागू नगर्ने, सरकारको अस्तित्व
नहुने, राज्य र कानुनविहीन हुने, एउटा वर्ग कानुन भन्दा माथि हुने
अवस्था आयो भने त्यो सम्भावनालाई तपार्इँ नकार्न सक्नुहुन्न।
तपाई जनमत सङ्ग्रहको
पक्षमा किन?
दुनियाँको इतिहासमा हेर्नुस्, राजा या क्रान्तिले हट्या छ या जनमत
सङ्ग्रहले। जनताले गरेको निर्णयलाई च्यालेन्ज गर्ने कोही पनि हुँदैन।
तर, संविधानसभा भयो भने पनि हामीले भाग लिन्छौँ। त्यसको विरोध गर्ने
क्षमता र बल हामीसँग छैन। यो कटुसत्यलाई हामीले स्वीकार गरेका छाँै।
|