हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्‌मि

मूहूर्त

 

 


भनेको/सुनेको

“लेखिराख्नुस्, विचरा माओवादीले संविधानसभामा नौ सीट कटाउँदैनन्160। बन्दूक रह्यो भने बेग्लै कुरा, बन्दूक नरहेको भोलिपल्ट माओवादीसँग केही रहन्न।”

प्रदीप नेपाल
एमाले स्थायी समिति सदस्य
राजधानी दैनिक, १३ कात्तिक २०६३


अङ्क र अर्थ

५० हजार हेक्टर नेकपा (माओवादी) ले अधिराज्यभर कब्जा गरेको जग्गा। ती जग्गा राजनीतिक निकास नभएसम्म फिर्ता नगरिने अखिल नेपाल किसान संघ (क्रान्तिकारी) को दाबी छ।

१०५७ २०६२ साउनदेखि २०६३ असारसम्म मुलुकभरि हराएका बालबालिकाहरूको सङ्ख्या। तीमध्ये बालक ५३३ र बालिका ५२४ छन्।

२० करोड सन् २००५ मा संसारभरि प्रवासमा रहेका मानिसहरूको सङ्ख्या। सन् २००० मा यो सङ्ख्या १७ करोड थियो भने, सन् १९६० मा साढे सात करोड।

नेपाल प्रहरी/न्यू इकोनोमिक फाउण्डेशन


हिँड्दा-हिँड्दै

आपूर्ति, स्वास्थ्य, सञ्चार र गृह मन्त्रालयमा सचिवको जिम्मेवारी वहन गरिसकेका नवनियुक्त प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, “सरकारले वैशाखमा नागरिकता समस्या टुङ्ग्याएर जेठमा संविधानसभाको चुनाव गराउन भन्यो भने सम्भव हुँदैन।”


किरण पाण्डे

जेठमा संविधानसभाको चुनाव गराउन आयोगले कस्तो तयारी गर्दैछ?
सरकारले स्पष्ट खाका दिएपछि मात्र आयोगले निर्वाचन कार्यक्रमहरू अगाडि बढाउन सक्छ160।

कस्तो खाका भन्नुभएको?
निर्वाचन पद्धति कस्तो हुने, क–कसले भाग लिन पाउने र निर्वाचनक्षेत्र कस्तो हुने भन्ने कुरा सरकारले आयोगलाई कानूनी रूपमा नै दिनुपर्छ।

त्यसो भएमा आयोगले जेठमा चुनाव गराउन सक्छ?
कात्तिक मसान्तभित्र सरकारले कानूनी संयन्त्रहरू तयार गरिदियो भने सम्भव हुन्छ। मङ्सिरको शुरुदेखि नै आयोगले निर्वाचन कार्यक्रम बनाएर अघि बढ्छ।

त्यसोभए सरकार र दलहरूको निर्णयविना आयोग अगाडि बढ्नै सक्दैन?
संविधानसभाको चुनाव भनेेको अन्य चुनावजस्तो होइन। छिटोभन्दा छिटो शान्ति सम्झ्ौतामा पुग्नु र निर्वाचनबारे कानूनी प्रक्रियाहरूको व्यवस्था गरिनुपर्छ। दललगायतका सरोकारवालाहरूले निष्पक्ष निर्वाचनका लागि प्रतिबद्धता देखाउनुपर्छ। यस्तो महवपूर्ण सवालमा जनतालाई सचेत गराउने जिम्मेवारीबाट हामी पन्छिन मिल्दैन। यो राष्ट्रिय प्राथमिकतालाई पूरा गर्न स्पष्ट खाकासहित सरकार, दल, नागरिक समाजलगायत सबैको सहयोग भयो भने ६ महिनामा चुनाव गराउन सकिन्छ160। त्यो निर्वाचनको नेतृत्व चाहिँ आयोगले गर्छ।

संसदसामु शपथ लिँदा कस्तो लाग्यो?
सार्वभौम संसदमा शपथ लिन पाउँदा खुशी लागेको छ।