| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“राजालाई पनि स्पेस दिन्न, सेनालाई पनि स्पेस दिन्न,
माओवादीलाई पनि स्पेस दिन्न भनेर बिच्क्याउने हो भने अन्तिममा आफैँलाई
स्पेस नभए के गर्ने?”
केपी
शर्मा ओली,
उप–प्रधानमन्त्री
मेरो संसार डट कम
१ असोज २०६३
अङ्क
र अर्थ
१०८ जना सन्
२००६ अक्टोबरको पहिलो सातासम्म इरानमा मृत्युदण्ड पाउनेहरूको सङ्ख्या।
यो वर्ष इरान सबैभन्दा बढी मृत्युदण्ड दिने राष्ट्रको सूचीमा परेको
छ।
४,२८६
फागुन मसान्तसम्म दर्ता भएका पत्रपत्रिकाहरूको सङ्ख्या। यीमध्ये नेपाली
भाषाका २,९५६ र अङ्ग्रेजी भाषाका ३५५ पत्रपत्रिका प्रकाशन भएका थिए।
६.५ लाख सन् २००२ मा
शुरु भएको इराक युद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मारिएका इराकी
नागरिकहरूको सङ्ख्या।
एआई/सूचना विभाग/इन्डिपेन्डेन्ट न्यूज
हिँड्दा-हिँड्दै
दक्षिण–पूर्वी एशियामा महामारीका रुपमा देखिएको
'डेङ्गे'को प्रभाव नेपालमा पनि पर्नसक्ने शुक्रराज ट्रपिकल अस्पताल
टेकू, काठमाडौंका भाइरोलजिष्ट डा. वासुदेव पाण्डे
बताउँछन्। भन्छन्, “हाम्रो तराई क्षेत्र पनि जोखिमबाट टाढा
छैन।”

किरण पाण्डे |
'डेङ्गे' कस्तो महामारी
हो?
यो 'डेङ्गे भाइरस'बाट फैलिन्छ। एडिस जातको पोथी लामखुट्टेको
टोकाइबाट यो भाइरस सर्ने गर्छ। यो 'डेङ्गे ज्वरो' र 'डेङ्गे हेमोरेजिक
ज्वरो' गरी दुई प्रकारको हुन्छ।
यो रोग लागेको कसरी थाहा
पाउने?
'डेङ्गे फिवर' मा अकस्मात् उच्च ज्वरो आउने, टाउको दुःख्ने, शरीरमा
स–साना विमिरा देखिने, मांशपेसी र जोर्नीहरू दुःख्ने गर्छ। 'डेङ्गे
हेमोरेजिक'मा नाक, गिजा र दिशाबाट रगत आउने र वान्ता हुने गर्छ। र,
अन्त्यमा मृत्यु हुन्छ।
यसबाट बच्न के गर्नुपर्छ?
लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। यो लामखुट्टे जङ्गलमा बस्दैन, घर
वरिपरि बस्छ र दिउँसो टोक्छ। यी जातका लामखुट्टे २० डिग्रीभन्दा कम
तापक्रममा पाइँदैनन्।
यसको भ्याक्सिन पनि होला
नि!
अहिलेसम्म छैन।
रोकथामका लागि सरकारले
के गर्दैछ?
बिरामीको जाँच–पड्ताल निम्ति विशेष गरेर तराईका विभिन्न ठाउँहरूमा
स्वास्थ्य टोलीहरू पठाएको छ। लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेको
छ। र, हामीले पनि एभरेष्ट इन्टरन्याशनल क्लिनिक, कलङ्कीमा निजीक्षेत्रबाट
डेङ्गेलगायत अन्य भाइरस सम्बन्धी रोगहरूको परीक्षण खोपको व्यवस्था
गरेका छौँ।
त्यसोभए नेपाल खतराजन्य
क्षेत्रमा पर्छ, हैन?
चारवर्ष अघि नेपालगञ्जमा यसका रोगी भेटिएका थिए। त्यस्तै
सन् २००४ मा भरतपुरमा जाइकाका एकजना जापानी स्वयंसेवकलाई डेङ्गे भएको
थियो। र, अस्ति मात्र दिल्लीबाट फर्केका हेमन्त सापकोटामा पनि डेङ्गे
भेटियो।
|