खेलकुद
“खेलाडीका लागि उचित माहौल बनाउनुपर्छ”
दुई साताअघि पुनर्गठित क्रिकेट एशोसिएसन अफ
नेपाल (क्यान) को नेतृत्व सम्हालेका अध्यक्ष
विनयराज पाण्डे नेपालको यस विजयबाट निकै उत्साहित देखिन्छन्।
 |
| किरण पाण्डे |
| अध्यक्ष पाण्डे |
तपाईँका
प्राथमिकताहरू के–के हुन्?
समस्याहरू पहिचान गर्नु छ। अरूलाई आरोप लगाउँदैमा केही हुन्न। विगतका
कमी–कमजोरी पत्ता लगाएर अगाडि बढ्नुपर्छ। नयाँ राष्ट्रिय लीग सुरुआत
गर्ने र खेलाडीका लागि उचित माहौल बनाउने काम गर्नुपर्छ भन्ने हामीलाई
लागेको छ। राष्ट्रिय टोलीको स्तर बढाउन, उनीहरूलाई बाहिर पठाउने या
विदेशी टोलीलाई यहाँ बोलाउने भन्ने कुरामा विचार गर्दैछौँ। साथै हाम्रो
लक्ष्य भनेको प्रिमियर लीगमा उत्कृष्ट नतिजा दिने हो।
क्यानभित्र
हुने गरेका भ्रष्टाचार र अनियमितता बारे के भन्नुहुन्छ?
हामीहरू स्वयंसेवक हौँ, क्रिकेटमा। भ्रष्टाचारको छानबिन गर्ने खेलकुद
परिषदले हो। जसले नियुक्त गर्छ, गल्ती गरेमा त्यसले नै कारबाही गर्नुपर्छ।
क्रिकेट
एकेडेमीको सम्भावना टरेकै हो?
सन् २००२ मै त्यसको खाका बनेको थियो। संघले अगाडि बढाउन सकेन। पछि,
एसीसीले आफ्नो प्राथमिकतामै पारेन। अपारदर्शिता, भ्रष्टाचार र हाम्रो
बलियो लबिङको कमीले एकेडेमी अगाडि बढ्न सकेन। त्यसपछि भारत, पाकिस्तान,
श्रीलङ्कामा एकेडेमी खुलिसके। हामी आफ्नै कारणले पछि पर्यौँ। फेरि
प्रयास गर्दैछौँ।
खेलाडीहरूलाई
खेलमै बढी सुरक्षित बनाउन के सोच्नुभएको छ?
हुन त देशकै आर्थिक अवस्था कमजोर छ। तैपनि यस विषयमा हामीहरू निकै
गम्भीर छौँ। प्रदर्शन र योग्यताको आधारमा जागिरको व्यवस्था गर्ने सोच
छ। यति एअरलाइन्सले केही सहयोग गरेको छ, त्यसमा। अधिकांश खेलाडी पढी
नै रहेका छन्। पढाइ सक्ने र जागिरको इच्छा भएकाहरूका लागि त्यसको प्रयास
शुरु गरेका छौँ। केही ब्याङ्कहरूसँग कुरा भइसकेको छ।
क्रिकेटमा
प्रायोजकहरूको त्यति चासो देखिँदैन नि?
विगतका प्रायोजकहरूले आफूलाई अपहेलित महसूस गरेका रहेछन्। उनीहरू चाहन्छन्,
आफूले दिएको पैसाको सदुपयोग होस्। अहिले फेरि नयाँ ढङ्गबाट शुरु गर्ने
पहल भइसकेको छ। प्रायोजकहरूलाई चित्त बुझाउन सक्नु पर्छ। पैसा पनि
दिने, आफूलाई आक्षेप पनि लागेकाले उनीहरू तर्सिएका हुन्।
तपाईँको
टीमले चुनावबाट वैधानिकता पाउने कहिले?
चुनाव नगर्ने भन्ने प्रश्नै भएन। चुनाव गरिसकेपछि शङ्का गर्ने आधार
नछोडी नयाँ र निष्पक्ष ढङ्गले गर्नुपर्दछ। एक वर्षभित्र गर्ने विचार
छ। हतारमा चुनाव गर्दा कुनै अर्थ रहँदैन। सबैसँग समझदारी गरेर गर्नुपर्छ।
म आफू गएपछि पनि रहने 'सिस्टम' बसाल्न चाहन्छु।
प्रशिक्षक
रोय डायसको प्रशिक्षणमाथि पनि प्रश्न उठ्न थालेको छ नि?
उनी मेहनती छन्। बीचमा उनलाई पनि अप्ठ्यारो थियो, टुर्नामेन्टहरू नहुँदा।
संघबाट उनलाई त्यति सहयोग भएन, काठमाडौँ बाहिर लग्ने प्रयास नै भएन।
पाकिस्तानी प्रशिक्षक पनि व्यहोरिसकेको छ, नेपालले। तर त्यति 'कमिटमेन्ट'
देखिएन। डायसले सक्दो गरिरहेका छन्। अर्को उचित विकल्प नभएसम्म कुरा
गर्नु ठीक हुन्न।
•सुरेश
न्यौपाने
|