| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
“सेनाले ४९ जनालाई बेपत्ता पारेको निरन्तर अस्वीकार
गर्दै आएको भएपनि सबैलाई १० औँ बाहिनीको अधिकारअन्तर्गत पक्राउ गरिएको
र विशेषगरी भैरवनाथ गणले सन् २००३ सेप्टेम्बरदेखि डिसेम्बरसम्म उनीहरूलाई
राखेको पाइयो।”
राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित
कार्यालयले १२ जेठ २०६३ मा सार्वजनिक गरेको प्रतिवेदन।
“संविधानसभाको निर्वाचनले राजा नराख्ने पक्षमा
निर्णय दिएपनि हामी त्यो बेला धर्म बिर्सँदैनौँ, विशाल हृदय राखेर
राजालाई सामान्य नागरिकसरह देशमै बस्न दिन्छौँ।”
माधवकुमार
नेपाल, महासचिव, एमाले
१४ जेठ २०६३, अन्नपूर्ण पोष्ट दैनिक।
अङ्क
र अर्थ
४६०
जनामाओवादी सशस्त्र विद्रोहका कारण १ फागुन २०५२ देखि हालसम्म मारिएका
१६ वर्षमुनिका बालबालिकाहरूको सङ्ख्या।
१८ औं
पटकसन् १९३० बाट शुरु भएको विश्वकप फूटबलको यो १८ औँ प्रतियोगिता हो।
विश्वकपका सबै संस्करणमा सहभागी ब्राजिलले पाँच पटक उपाधि जितेको छ।
स्रोतः एनआरसीसीसी
हिँड्दा-हिँड्दै
जनमोर्चा नेपालबाट विभाजित चित्रबहादुर
केसी भन्छन्, “माओवादीका कारण प्रतिगमनलाई फाइदा पुग्यो।”

मीन बज्राचार्य |
यसपालि तपार्इँलाई संसदीय
दलको नेता बनाएनन् नि?
२०५६ सालमै संसदीय दलको नेता चुनिएको म कहिले हटाइएँ र! नेता हुन नपाउने?
सरकारले मन्त्री हुन आऊ भनिरहेका छन् तर हामी जाँदैनौँ। हामीसित असहमतहरू
मन्त्री बन्न खुट्टा उचालेर बसेका छन्।
आन्दोलनमा प्रतिगमनलाई सघाएकोले
तपाईँलाई नबोलाइएको भनिन्छ नि?
धोबीघाटबाट निस्केर भीडमा छिरी कलङ्की पुग्ने अनि साँझ सुरक्षित डेरामा
लुक्न जानेहरूको आरोप हो यो। जसले २६ जिल्ला, ९ अञ्चल घुमेर जनतालाई
आन्दोलित बनायो त्यो प्रतिगामी?
दल–माओवादीबीच सम्पन्न १२ बुँदे
समझदारीको विरोध गर्नुको कारण?
विदेशीले सुरक्षा निकायको 'सुपरभिजन' गर्ने कुराको मात्र विरोध गरेका
हौँ, सबैको हैन।
त्यसोभए पार्टी फुट्नाको कारण
के हो?
चारवर्षअघि एक हुँदादेखि नै एकता केन्द्र र हामीहरूबीच डेढ दर्जन मतभेदहरू
थिए। हामी माओवादीका कारण प्रतिगमनलाई सहयोग पुग्यो भनेर विरोध गर्ने
उहाँहरू चाहिँ तिनकै प्रवक्ता बनेर हिँड्ने? पार्टीलाई सुइँको नदिई
वार्ता गर्न दिल्ली जानेजस्ता घातक क्रियाकलाप गरेकाले राष्ट्रिय भेलाद्वारा
यो निर्णय लिएका हौँ।
कम्युनिष्टहरूमा फूट राजनीतिको
'भाइरस' मार्क्सले नै 'फिट' गरिदिएका हुन् कि क्या हो?
माओले १२–१२ पटक विवाद झेल्नु भो। लेनिनले पनि सङ्घर्ष गर्नु पर्यो।
पार्टीभित्र विभिन्न थरीका मान्छेहरू आउँछन्, अन्तर–सङ्घर्ष हुन्छ।
सँगै बस्न नसक्ने भएपछि छुट्टिन्छौँ।
|