| पुस्तक | परिचय
किताबः स्मरणका पानाहरू
लेखकः स्व. तुल्सीलाल अमात्य
प्रकाशकः तुल्सीलाल स्मृति प्रतिष्ठान,
ललितपुर, २०६२
पृष्ठः २८१, मूल्यः रु.२००
८१ वर्षको उमेरमा
आठ वर्षअघि बित्नुभएका नेपाली कम्युनिष्ट आन्दोलनका नेता तुल्सीलाल
अमात्यद्वारा विभिन्न समयमा लिखित सामग्रीहरूको सङ्कलन हो– 'संस्मरणका
पानाहरू'।
प्रस्तुत संस्मरणले तुल्सीलाल अमात्यलाई आफ्नो वैचारिक
आस्थामा दृढ, इमान्दार, निश्छल र सरल राजनीतिक व्यक्तित्वको रूपमा
चिनाउँछ। उहाँको जीवनकालमै संसारबाट कम्युनिष्ट साम्राज्यहरू ढले,
देशभित्रै पनि कम्युनिष्ट राजनीति गर्नेहरूको विचार बदलिन थाल्यो,
तर तुल्सीलाललाई समाजवादी–साम्यवादी सिद्धान्त, राजनीतिक आदर्श र मूल्यमान्यताबाट
पछिहटेको देखिँदैन चाहे त्यो इतिहासलाई हेर्ने कुरा होस् या राजनीति,
दर्शन, धर्म–संस्कृति, शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकारप्रतिको
दृष्टिकोण।
पृथ्वीनारायण शाहको 'एकीकरण' भन्दा पहिलेको नेपालको
प्रसङ्गबाट शुरु भएका स्व. अमात्यका लेख–रचनाहरू क्रमशः आफ्नो जन्मस्थल
पाटनको इतिहास र विशेषता, अमात्य वंशजका आदि व्यक्तित्वहरूको विवरण
र आफ्नै पारिवारिक–व्यक्तिगत जीवनका प्रसङ्गहरू कोट्याउँदै राजनीतिक
जीवन, दृष्टिकोण र विश्लेषणसँग सम्बन्धित विषयवस्तुहरूमा गएर टुङ्गिन्छन्।
किताबमा तुल्सीलालले अँगालेका सिद्धान्त, राजनीति, दर्शन अनि उहाँकै
सामुन्ने बितेको आधा शताब्दीभन्दा लामो नेपाली राजनीतिको उतारचढाव,
प्रजातन्त्रको लागि भएका दुई–दुई वटा सङ्घर्ष, प्रजातन्त्र स्थापना–पुनःस्थापनापछिका
आरोह–अवरोह तथा यीसँग सम्बन्धित विभिन्न राजनीतिक पक्षहरूसँगका रोचक
अन्तरक्रिया र घटनाहरूबारे प्रशस्त खुराक पाइन्छ। देश पुनः परिवर्तनको
सङ्घारमा आइपुगेको बेला राजनीतिक–सम्बैधानिक प्रक्रियालाई अघि बढाउन
प्रस्तुत किताबका साथै उहाँका अन्य कृतिहरू पनि उपयोगी हुनसक्छन्।
जस्तै, प्रतिष्ठानद्वारा नै प्रकाशित २०४७ सालको संविधान निर्माणताका
उहाँले लेख्नुभएको 'नेपालको भावी संविधान कस्तो हुनुपर्छ' भन्ने पुस्तिका।
किताबः नेपालमा औद्योगीकरणका
समस्या
लखेकः भरतमोहन अधिकारी
प्रकाशकः रत्नपुस्तक भण्डार, काठमाडौँ, २०६२
पृष्ठः २६९+१६, मूल्यः रु. २९५
जीवनको उत्तरार्द्धतिर
आएर प्रायः नेताहरूबीच आफ्ना पूर्व प्रकाशित लेखरचना र कार्यपत्रहरू
जम्मा गरेर किताब निकाल्ने फेसन नै देखिन थालिसकेको छ। तर नेकपा (एमाले)का
नेता भरतमोहन अधिकारीले यस्तो ढर्राबाट अलग रहेर देशको आर्थिक विकासको
एउटा मह140वपूर्ण विषय– औद्योगीकरणबारे खँदिलो किताब लेख्नुभएको छ–
नेपालमा औद्योगीकरणका समस्या। किताबले वामपन्थी राजनीतिक नेताको रूपमा
चिनिनुहुने भरतमोहन अधिकारीको छुट्टै व्यक्तित्व अगाडि ल्याएको छ।
उहाँको यही 'आर्थिक' व्यक्तित्वलाई चिनेर होला एमालेले उहाँलाई २०५१–२०६१
को बीचमा तीन पटक अर्थ र एक पटक निर्माण तथा यातायात मन्त्री बनाएको
थियो।
किताबले नेपालमा उद्योगधन्दाको इसापूर्वको प्राचीन
इतिहासदेखि विभिन्न आवधिक योजनामा औद्योगिक विकास, देशको औद्योगिक
वातावरण, सरकारी नीति तथा व्यवस्था, औद्योगिक विकासको वर्तमान स्थिति,
औद्योगीकरणका समस्या, अवधारणा र प्राथमिकता, अन्तर्राष्ट्रिय वित्तीय
संघसंस्था र सन्धि–सम्झौताले यसमा पार्ने प्रभाव, जस्ता धेरै कुरालाई
समेटेको छ। आफू एउटा कम्युनिस्ट पार्टीमा भए पनि किताब दलगत दृष्टिकोणको
आधारमा नलेखिएको अधिकारी स्वयंले स्पष्ट गर्नुभएको छ।
अर्थविद् डा. गोविन्दबहादुर थापाको साढेचार पृष्ठ लामो
भूमिकाले नेपालको औद्योगिक विकासको समग्र अवस्थाको चित्रण गर्नुका
साथै प्रस्तुत किताबको छोटो चिनारी पनि दिन्छ। थापाले 'नेपालमा औद्योगिक
विकास हुनसक्ला र' भनी आशङ्का व्यक्त गर्नेहरूको दृष्टिकोण नै परिवर्तन
गर्न सक्ने क्षमता भएको भन्दै यो किताबलाई 'नेपालको औद्योगिक विकासका
सन्दर्भमा मार्गनिर्देश गर्ने महत्वपूर्ण दस्तावेज' भन्नुभएको छ।
•
बद्री पौड्याल
प्राप्त कृति
 |
राज्यको पुनःसंरचना,समावेशी प्रजातन्त्र र
किरातहरूको प्रजातान्त्रिक अधिकार
(लेख सङ्ग्रह) लेखकः टङ्कबहादुर राई
प्रकाशकः उत्तमकुमार चाम्लिङ राई, २०६२
पृष्ठः १४०, मूल्यः रु.१५५
|
 |
मभित्र यसरी बोल्छ
(कविता–सङ्ग्रह) कविः नारदमणि पौडेल
प्रकाशकः प्रवर्तमान पब्लिकेशन्स, काठमाडौँ,
२०६२ पृष्ठः ५८, मूल्यः रु.५०
|
 |
ॐकारभित्रको संसार
(आध्यात्मिक चिन्तन) लेखकः मुकुन्दप्रसाद
उपाध्याय प्रकाशकः सुनिलकुमार खेतान वीरगञ्ज,
सन् २००६ पृष्ठः १४८+, मूल्यः रु.१२२
|
 |
नेपाल डीबीआई
(७५ जिल्लाको भौगोलिक, आर्थिक विवरण) लेखकः
राजेन्द्रप्रसाद नेपाल प्रकाशकः इन्दु शर्मा
नेपाल, काठमाडौँ, २०६२ पृष्ठः १७३, मूल्यः
रु.३०० |
 |
कुहिराको कम्बल
(कविता–सङ्ग्रह) रचनाकारः प्रह्लाद पोख्रेल
प्रकाशकः प्रज्ञा पेशा, २००५ पृष्ठः
९६, मूल्यः रु.१०१ |
 |
इतर किनाराको वरिपरि
(कविता–सङ्ग्रह) कवयित्रीः डा. बेञ्जु शर्मा
प्रकाशकः भीमनिधि तिवारी साहित्य समिति,
काठमाडौँ, २०६२ पृष्ठः ८४, मूल्यः
रु.८० |
|