हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

पानी प्रशोधन गर्ने नयाँ मेसिन

'शुद्ध पिऔँ, स्वस्थ जिऔँ' भन्ने नारासाथ हिलटेक कम्पनीले घरमै पानी प्रशोधन गर्ने अत्याधुनिक आरओ (रिभर्सअस्मसिस) उपकरण बजारमा ल्याएको छ। रौंभन्दा सयौँ गुणा मसिना प्वालबाट प्रशोधन हुने भएकाले यसबाट छानिएको पानीमा स्वाथ्यलाई प्रतिकूल असर गर्ने सबै प्रकारका हानिकारक भौतिक, रासायनिक तथा जैविक तत्वमुक्त हुने कम्पनीको दाबी छ। पाँच विभिन्न तहमा पानीको प्रशोधन गर्ने उक्त उपकरणबाट प्रशोधित पानीलाई खानेपानी संस्थानको केन्द्रीय प्रयोगशाला र रोनास्टले समेत प्राविधिक जाँचपछि उत्कृष्ट रहेको प्रमाणित गरेको कम्पनीले जनाएको छ। विभिन्न आकार र क्षमता अनुरुप उक्त उपकरणको उपभोक्ता मूल्य रु.२४ हजारदेखि रु.९२ हजारसम्म तोकिएको छ।

फिलिप्सको विश्वकप योजना

आगामी महिना जर्मनीमा सम्पन्न हुने विश्वकप फूटबल–२००६ मा अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा) ले फिलिप्सलाई आधिकारिक हिस्सेदार चयन गरेको उपलक्ष्यमा नेपालका लागि फिलिप्सको अधिकृत बिक्रेता स्याकार कम्पनीले नयाँ उपभोक्ता योजना सञ्चालन गर्ने भएको छ। यस अन्तर्गत आउँदो जेठको अन्त्यसम्म लागु हुने गरी फिलिप्सको ६ हजार रुपैयाँ वा त्यसभन्दा बढीका कुनै पनि उत्पादनको खरीदमा उपभोक्ताले १० प्रतिशत नगद छुट र सितैँमा फिफा लोगो अङ्कित उपहारहरू प्राप्त गर्ने छन्।

गोर्खा बियर बजारमा

काल्सवर्ग, टुवोर्ग, सानमिगेल, रोयल डेनिस र टुवोर्गस्ट्रङ बियर उत्पादन गर्दै आएको गोर्खा ब्रुअरी प्रालिले नयाँ बियर 'गोर्खा' बजारमा ल्याएको छ। ६५० मिलिको बोतलमा उपलब्ध ५.५ प्रतिशत अल्कोहल रहेको गोर्खा उत्कृष्ट होप्स, शुद्ध पानी र जौको संयोजनबाट परम्परागत शैलीमा उत्पादन गरिएको कम्पनीले जनाएको छ। यो बियर भविष्यमा बेलायत, डेनमार्क, हङकङ, सिङ्गापुर, मलेसियालगायतका मुलुकमा निर्यात गर्ने योजना रहेको बताइएको छ।

यतिको नयाँ जहाज

वितेको वर्ष आन्तरिक उडानबाट सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सफल यति एअरलाइन्सले बेलायतमा निर्मित 'जेटस्ट्रिम ४१' (जे४१) नयाँ जहाज भित्र्याएको छ। १५ स्थानमा नियमित उडान गर्दै आएको यति एअरलाइन्सले जे४१ को आगमनपछि उडान क्षेत्र अझ् विस्तार गर्ने विश्वास लिएको छ। २९ जना यात्रु सवार गर्न मिल्ने उक्त विमान फराकिलो र शौचालययुक्त पनि छ। भविष्यमा अरू ६ वटा नयाँ जहाज भि156याउने योजना रहेको पनि विज्ञप्तिमा उल्लेख छ।