रिपोर्ट राजधानीमा अपराध
चोरी र लुटपाट सात महिनामा
नौसय
राजधानीमा चोरी र लुटपाट नभएको दिनै हुँदैन।
मन्त्रीदेखि पूर्व प्रधानसेनापति, पूर्व प्रहरी महानिरीक्षक समेत लुटिएका
छन्, तर पनि प्रहरी कारबाही प्रभावकारी छैन।
• दीपेश के.सी.
 |
| रविन साय्मि |
काठमाडौँ उपत्यकामा
चोरी र लुटपाट बढेको छ। साउनदेखि माघसम्म सात महिनामा राजधानीमा ५७७
वटा चोरी र ३१६ वटा लुटपाट भए। प्रहरीको भनाइमा, कतिले डरत्रासका कारण
उजुरी नगर्न सक्ने भएकाले सङ्ख्या अै बढी हुनसक्छ।
लुटपाट र चोरीको शिकार सर्वसाधारण मात्र होइन, बहालवाला मन्त्री,
पूर्व प्रधानसेनापति, पूर्व प्रहरी महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत
र ठूला व्यापारीहरूसमेत भएका छन्। ८ फागुनमा धुम्बाराहीस्थित आपूर्ति
मन्त्री हृदयेश त्रिपाठीको घर चोरी भयो। मन्त्रीक्वाटरमा बस्ने गरेका
त्रिपाठीको घर दिउँसै चोरिएको थियो। मन्त्रीको घरमा भएको कारण सो चोरी
बढी चर्चामा आए पनि हिजोआज उपत्यकामा चोरी र लुटपाट हुनु सामान्य मानिन
थालिसकेको छ।
केही समयअघि ललितपुर, कुसुन्तीमा पूर्व प्रधानसेनापति अर्जुननरसिंह
राणाको घरबाट करिब रु.१ करोड बराबरको धनमाल लुटियो। राणाले उजुरी नदिएपनि
प्रहरीले आफैँ थाहा पाएर घटनाबारे जानकारी लिएको थियो। यद्यपि उनी
सेनाको माथिल्लो तहको अधिकारी भएको भनेर प्रहरीले अनुसन्धानमा हात
हालेन। राणाले सेनाबाटै घटनाको अनुसन्धान गराइरहेको बुिएको छ।
१६ माघमा पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोरामाथि सांघातिक हमला
भयो। साँतिर मोबाइलमा कसैसँग कुरा गर्दै नयाँबानेश्वर घर फर्किरहेका
बोहोराको मोबाइल लुट्ने प्रयास गर्ने क्रममा लुटेराले उनीमाथि हमला
गरेका थिए। २३ पुसमा पूर्व प्रहरी नायव महानिरीक्षक किसनसिंह गुरुङको
कुसुन्तीस्थित घरमा लुटपाट भयो। नेपाल प्रहरीका दुई पूर्व अधिकारी
लुटिएपछि प्रहरीले अनुसन्धानमा सक्रियता बढाएर केहीलाई पक्राउ गर्यो
तर पनि लुटपाट र चोरीको क्रम उस्तै छ।
नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, हनुमानढोकाका अनुसार
यस वर्ष साउनमा ५५ वटा चोरीका घटना प्रहरीको जानकारीमा आएको थियो भने
माघमा ९७ वटा आयो। लुटपाट पनि साउनमा ४९ थियो भने पुसमा ७३ पुग्यो।
माघमा भने लुटपाटका १४ वटा मात्रै उजुरी परेका थिए। महानगरीय प्रहरी
प्रमुख दीपकसिंह थाङदेन भन्छन्, “काठमाडौँ उपत्यकामा अपराध गर्ने अनि
भागेर गाउँघरतिर गएर बस्ने समूह देखिएको छ।”
अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनौपचारिक भनाइमा, यस्ता
घटनामा संलग्नमध्ये थोरै मात्र पक्राउ पर्ने गरेका छन्र पक्राउ परेकाले
पनि सकेसम्म अरू को'को संलग्न थिए भन्ने जानकारी दिँदैनन्। चाहिएको
समयमा सवारी नहुने, सवारी पाइए पनि राजधानीका ट्राफिक जामले घटनास्थलमा
समयमा पुग्न नसकिने प्रहरीको गुनासो छ। अभियुक्त यहाँ बसेको छ भन्ने
थाहा पाउँदापाउँदै प्रहरी भ्यान लिएर जाँदा अभियुक्त भाग्ने सम्भावना
हुने, निजी नम्बर प्लेटको गाडी आफूहरूसँग नहुने पनि उनीहरूको गुनासो
छ। प्रमुख थाङदेन समूहमा आबद्ध भएर अपराध गर्नेहरूलाई नियन्त्रणमा
लिन मोबाइल फोनको मोनिटरिङ गर्ने प्रविधि ल्याउन पनि जरुरी भइसकेको,
नत्र त्यस्ता समूहले ठूला'ठूला घटना गराउन सक्ने बताउँछन्।
यस बाहेक प्रहरी स्वयंका कमजोरी पनि छन्। वैज्ञानिक अनुसन्धान प्रणालीको
अभाव, अपराधीसँग प्रहरीकै मिलेमतो जस्ता समस्या छँदैछन्। कतिपय अवस्थामा
प्रहरीले प्रयोग गरेका सुराकीहरू समेत चोर र लुटेराहरूसँग मिलेका पाइएको
छ। एक प्रहरी अधिकृत नै भन्छन्, “सुराकीका रूपमा प्रयोग गरिएकाहरूले
उल्टो लुटेरालाई सघाउ पुर्याएका पनि पाइयो।” यसले गर्दा कतिपय मुद्दाको
कारबाही अघि बढ्दैन।
'प्रमाणको अभाव भएको' भनेर प्रहरीले चोरीको मुद्दा मिलाउने गरेका
उदाहरणहरू समेत छन्। प्रहरी स्वयं यसलाई नकार्न सक्दैन। महानगरीय अपराध
अनुसन्धान महाशाखाका प्रहरी नायव उपरीक्षक बलराम पौडेल भन्छन्, “मेरो
अनुभवमा त्यस्तो छैन, तर म अरूको जिम्मा लिन सक्दिनँ।” लुटपाटमा संलग्न
प्रहरीलाई सेवाबाट हटाएर कारबाही गरेको थाङदेन बताउँछन्।
कहाँ'कहाँ हुन्छन् लुटपाट
 |
| 'स्पाइडर ग्रुप' का सन्दीप पाठक (मिलन लामा) |
प्रहरीको अभिलेख अनुसार अहिलेसम्म उपत्यकाका तीनकुने, गोंगबु, सामाखुशी,
बानेश्वर, कुलेश्वर, लैनचौर, धापासी, सानेपा र थसिखेलमा लुटपाट धेरै
हुने गरेको छ। तीन महिनायता कुलेश्वरमा ६ पटक लुटपाट भएको छ। पुसमा
लैनचौरका रविप्रसाद कसजुको घरमा आएका १० लुटेराले लाखौँ रुपैयाँ बराबरको
धनमाल लुटेका थिए। गोंगबुका प्रकाश जीसीको घरबाट रु.११ लाख बराबरको
सम्पत्ति लुटियो। ३ पुस बिहान १०'१२ जनाको समूहमा आएका लुटेराले रु.४३
हजार नगद र ३५ तोला सुन लुटे। नजिकै सामाखुशीमा १ मङ्सिरमा लीलाधर
केसीको घर लुटियो। उनको घरबाट २२ तोला सुन र रु.१ लाख १७ हजार नगद
लुटिएको थियो।
उपत्यकामा पछिल्लो समयमा भएका लुटपाटका घटनामा सङ्गठित समूहको सक्रियता
देखिएको छ। रामेछाप, गोश्वाराको एकै गाउँ पासिवनका ३० भन्दा बढी युवा
लुटपाटमा सङ्गठित रूपमा लागेको प्रहरीको अनुसन्धानले देखाएको छ। उनीहरूमध्ये
प्रेम घैँटे, भोजबहादुर थापामगर, गोपी थापामगर पक्राउ परेपनि अरू फरार
छन्। प्रहरीको बुाइमा यस्ता फरार अभियुक्तहरू नै चोरी र लुटपाटमा संलग्न
छन्।
कुलेश्वरमा हालै आधा दर्जनभन्दा बढी लुटपाट गर्ने समूहका सात अभियुक्त
पक्राउ परेपनि मुख्य अभियुक्त ठानिएका नारायण थापा फरार छन्। पक्राउ
परेकाहरूले थापा मुख्य नाइके भएको बयान दिएर आफूहरू उम्कन खोजेका छन्।
उनीहरूले फरार रहेको सहकर्मीलाई देखाएर सजायबाट उम्कने र धनमाल लुकाउने
प्रयास गरेको प्रहरीको भनाइ छ। लुटपाटमा संलग्न कतिपय पुराना समूहहरू
पक्राउ परे पनि नयाँ'नयाँ समूहको उदय भइरहेको देखिन्छ।
प्रहरीकै शब्दमा, कुलेश्वर आसपासको क्षेत्रमा लुटपाट मच्चाउने …माी
ग्रुप' समातिए पनि अहिलेको चर्चित …स्पाइडर ग्रुप' का लुटेरा समातिएका
छैनन्। काठमाडौँमा स्पाइडर ग्रुपका नाममा सन्दीप पाठक (खास नाम मिलन
लामा) नाम गरेका व्यक्तिले पैसा उठाउने गरेका छन्। तर उनी पक्राउ परेका
छैनन्। सो समूहले भारतीय टेलिफोन प्रयोग गरेर र इमेलमार्फत् धम्क्याएर
पनि पैसा उठाउने गरेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका
अध्यक्ष एलपी साँवा लिम्बूमाथि यही समूहले आक्रमण गरेको अनुमान गरिएको
छ। तर यसको आधिकारिक पुष्टि भएको छैन।
सङ्गठित गिरोहका सदस्यहरूले पक्राउ परेर जेलमा बस्दा पनि विभिन्न
सम्पर्क सूत्रमार्फत् लुटपाटको काममा सहयोग जारी राख्ने गरेको अनुसन्धानमा
संलग्न प्रहरीको दाबी छ। तर कसले, कसरी, कुन'कुन जेलबाट यस्तो गतिविधि
सञ्चालन गरिरहेका छन् भन्ने बताउन असमर्थ प्रहरीसँग यसको विस्तृत विवरण
पाइँदैन।
सामान्यतया दोषीहरू पक्राउ परेपनि पीडितले लुटिएको धनमाल पाउने सम्भावना
कम हुन्छ। उनीहरू थोरै लुटेको वा लुटिएको सामान फरार साथीसँग रहेको
बताएर उम्किन खोज्छन्। उपरीक्षक पौडेल भन्छन्, “पीडितले धेरै बिगो
देखाउँछन् भने लुट्नेले थोरै लुटेको बताउँछन्। अनुसन्धानमा यस्तो विवाद
पटक'पटक हुन्छ।”
लुटेराहरूले प्रायः नक्कली पेस्तोल र खुकुरी प्रयोग गर्ने गरेको
देखिन्छ। लुटेरा पक्राउ पर्दा यस्तै हतियारहरू समातिएका छन्। तर हतियार
देखाएर लुटपाट गरेपनि त्यसलाई प्रयोग गरेर आक्रमण नै गरेको उदाहरण
भने कम छ। ११ मङ्सिरमा ललितपुर, नबहालका सुनपसले हीरारत्न शाक्य लुटिँदा
उनीमाथि खुकुरी प्रहार भएको थियो।
लुटेराहरूले भाग्न र लुकाउन सजिलो हुने भएकाले मोटरसाइकलको प्रयोग
धेरै गर्ने गरेको देखिन्छ। तर राजमार्ग र चक्रपथ क्षेत्रमा लुट्ने
एक समूहले मारुति भ्यान प्रयोग गरेको पनि पाइएको छ। चक्रपथमा भारतीय
सवारी लुटेको उजुरीका आधारमा पक्राउ परेका बीरु थापा, नवराज पराजुली,
सुवास पराजुली र रमेश कार्कीले ना २ च ४९१८ नम्बरको मारुति भ्यान प्रयोग
गरेको तथ्य फेला परेको थियो। सो लुटपाटमा १२ वर्षका प्रेमबहादुर कार्कीको
पनि संलग्नता देखिएको थियो।
विगतमा जस्तो सुरक्षा जाँच नहुँदा लुटेराले हतियार र सवारीको प्रयोग
सजिलै गर्न पाएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ। आˆनो नाम नबताउने
शर्तमा एक प्रहरी अधिकृत भन्छन्, “प्रहरी प्रशासन नै निष्त्रि्कय छ।
शहरका चोकचोकमा सुरक्षाजाँचको आवश्यकता महसूस गरिए पनि सर्वसाधारणलाई
कठिनाई पर्ने र विरोध हुने विश्लेषण गरेर सुरक्षाजाँच गर्ने गरिएको
छैन।”
लुटपाट र चोरी नियन्त्रणका लागि विशेष अभियान नै चलाउनुपर्ने अवस्था
देखिँदा पनि प्रहरी भने …साधनस्रोतको अभाव' भनेर मौन बसेको छ। सर्वसाधारणलाई
पनि पूर्व सतर्कता अपनाउन सुाव दिँदै महानगरीय प्रहरी प्रमुख दीपकसिंह
थाङदेन भन्छन्, “ब्याङ्क र लगानी गर्ने प्रशस्त ठाउँ हुँदाहुँदै घर'घरमा
बढी नगद र गरगहना राख्ने प्रवृत्तिले गर्दा पनि चोरी र लुटपाटको क्रम
बढेको हुनसक्छ।” |