रिपोर्ट
तथ्याङ्कमा महिला
 |
| सोमनाथ बास्तोला |
निजामती किताबखानाका अनुसार, निजामती सेवाका ३८ वटा
विशिष्ट श्रेणीका पदमा एकजना महिला पनि छैनन्। ७,७३२ वटा प्रथम, द्वितीय
र तृतीय श्रेणीका अधिकृतमा ४९६ तथा अधिकृतभन्दा तल्लो तहका ६३ हजार
८९० पदमा ८,३७५ महिला कार्यरत छन्।
कृषि पेशामा भने ५७.८ प्रतिशत महिला र ४६.७ प्रतिशत पुरुष संलग्न छन्।
आम्दानीको निम्ति कम आकर्षक मानिने सो क्षेत्रमा बढी श्रम महिलाको
खर्च भए पनि त्यसले दिने उत्पादनमा हालिमुहाली पुरुषकै हुन्छ। जबकि,
गैरकृषि क्षेत्रको ज्यालादारी रोजगारीमा ८२.५ प्रतिशत पुरुष र १७.५
प्रतिशत महिला छन्।
अचल सम्पत्तिमा महिलाको स्वामित्व पुरुषको तुलनामा निकै
कम छ। केन्द्रीय तथ्याङ्क विभागका अनुसार, ४२ हजार घरपरिवार रहेको
नेपाली समाजमा १०.८ प्रतिशत जग्गा र ५.५ प्रतिशत घर मात्र महिलाको
नाममा छ। आˆनै पौरखले गरिने स्वरोजगारीमा पुरुषभन्दा महिलाको संलग्ना
बढी छ' महिला ७८ प्रतिशत र पुरुष ५९ प्रतिशत।
शिक्षामा पनि महिलाको तुलनामा पुरुषले नै बढी अवसर
पाएका छन्। १०० पुरुष शिक्षक बराबर प्राथमिक विद्यालयमा करिब ४०, निम्नमाध्यमिकमा
१९ र माध्यमिकमा ११ जना मात्र शिक्षिका छन्। पढ्ने अवसर पनि छोराभन्दा
छोरीले नै कम पाउँछन्। प्राथमिक विद्यालयमा ७८ प्रतिशत महिला र ९०
प्रतिशत पुरुष, निम्नमाध्यमिकमा ४० प्रतिशत महिला र ४८ प्रतिशत पुरुष
तथा माविमा २९ प्रतिशत महिला र ३५ प्रतिशत पुरुष भर्ना हुन्छन्। ६
वर्षभन्दा माथिका ५७.५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुष निरक्षर छन्।
माओवादी आन्दोलनले छाउपडी र जारी प्रथा सहेका महिलालाई
समेत पुरुषसरह बन्दूक बोकायो, यसलाई ठूलै परिवर्तन मान्नुपर्छ। तर
शान्तिको सन्देश दिने महिलालाई हिंसाको सन्देश दिने हतियार बोकाउनुलाई
सकारात्मक मात्र मान्न सकिन्न।
डा. मीना आचार्य, अर्थशास्त्री
|