| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“माओवादी शिविर व्यवस्थापन र खानपिनका लागि सरकारले
रु.३५ करोड दिइसकेको छ। जनताले तिरेको करको रकम उनीहरूले मनोमानी र
गुपचुप तरिकाले खर्च गर्न पाउँदैनन्, जनताले यसको हिसाब खोज्नेछन्।”
डा. रामशरण
महत,
अर्थमन्त्री
गोरखापत्र दैनिक, १२ फागुन २०६३
अङ्क
र अर्थ
४,७८० जना नेपालमा
सन् २००५ सम्म चिकित्सकहरूको सङ्ख्या। पर्वते बाहुन तथा क्षेत्री (पुरुष):
१५६८, पर्वते बाहुन तथा क्षेत्री (महिला): ५५२, तराई बाहुन तथा क्षेत्री
(पुरुष): ५९६, तराई बाहुन तथा क्षेत्री (महिला): १६६, तराई मध्यम जाति
(पुरुष): १०५, तराई मध्यम जाति (महिला): १९, पहाडे दलित (पुरुष): ६,
पहाडे दलित (महिला): २, आदिवासी जनजाति (पुरुष): १०००, आदिवासी जनजाति
(महिला): ६११, मुस्लिम तथा चुरौटे (पुरुष): ५२, मुस्लिम तथा चुरौटे
(महिला): ११ र अन्य समुदाय: ९२।
स्रोत: नेपाल स्टाटिस्टिक्स इन्डिजिनस पिपल्स
हिँड्दा-हिँड्दै
३२ वर्षदेखि काठमाडौँमा होली मनाउँदै आएकी नेपाल
मैथिल समाज, चित्रगुप्त महिला समिति तथा सिरहा समाजसेवालगायत थुप्रै
संघ/संस्थासँग आवद्ध रेखा दास भन्छिन्,
“विगत सात'आठ वर्षयता हाम्रो काठमाडौँको घर होलीमा रङ्गिने थलो बन्दै
आएको छ।”
 |
| किरण पाण्डे |
तपाइँको घरमा होली मधेशी
मूलकाले मात्र खेल्छन् कि अरु पनि हुन्छन्?
डा.अञ्जनीकुमार शर्मा, शिरोमणि उपाध्यायलगायतका पहाडे मूलका परिवारहरूसँग
हामी वर्षौँदेखि नियमित होली खेल्दै आएका छौँ। चिने'जानेकाहरू आउनुहुन्छ।
सय जनाभन्दा बढी पो हुन्छौँ हामी खेल्नेहरू। मस्तीको खेल हो नि होली!
यसपटकको तयारी कस्तो
छ?
फोनबाट निम्तो गरिँदैछ। कतिजनाले तपाइँहरूलाई मात्रै आर्थिक भार पर्छ,
हामी पनि यसमा योगदान गर्छौँ भन्नुहुन्छ, तर मलाई त्यस्तो मन पर्दैन।
किनभने कसैले केही लगानी गर्यो भने त्यसको हिसाब राख्नुपर्ने हुन्छ।
वर्षको एकदिनको चाड मनाउन पनि हिसाबकिताब राख्नुपर्ने कुरा मलाई अलिक
निको लागेन।
कति खर्च लाग्छ नि!
हिसाबकिताबकै कुरो गर्ने हो भने त्यस्तै रु.१०'१५ हजार लाग्ला। मधेश
आन्दोलमा शहीद भएकाको सम्मान र राज्यको विरोधमा रातो रङ प्रयोग नगर्ने
भनिँदैछ नि! खै, मलाई त त्यो कुरा थाहा भएन। म त त्यस्तो पक्षमा पनि
छुइनँ।
तराई र यहाँको होलीमा
केही फरक पाउनुभा'छ?
उता ज्यादा रङसहित पानीको होली यता रङविनाको। त्यस्तै जोगिरा... गाउने
चलन छ, तराईमा। यहाँ हामी प्रयास त गर्छौँ तर मौलिक खाले जोगिरा गाउने
मानिसहरूको अभाव छ। शास्त्रीय गायक गुरुदेव कामत, धीरेन्द्र प्रेमर्षिलगायतका
कलाकारहरू आएर त्यो अपुरोपनलाई पूरा गर्ने प्रयास गर्नुहुन्छ।
|