देश | समाचार
हतियार बिसाएर बिहे
 |
| लक्ष्मी फुयाँल र विनोद घिमिरे तथा सुरेश गुरागाइँ र मनकुमारी
गिरीको जोडी। |
सात फागुनमा
विराटनगरकी २७ वर्षीया मनकुमारी गिरीले सासू'ससुरा र समाजको स्वीकृति
लिएर दोस्रो बिहे गरिन्। यतिसम्म कि, ससुरा तुलसी पोख्रेलले आफैँ बिहेमा
आएर वर'वधुलाई आशीर्वाद दिए। “घरमा प्रस्ताव आयो। उनले पनि इच्छा गरिन्।
बिहेको अनुमति दिएँ। बुहारी गुमाएर अर्की छोरी र छोरा गुमाएर अर्को
छोरा पाएको छु”, पोख्रेल भन्छन्।
माओवादी सेनाका तत्कालीन प्लाटुन कमाण्डर दिवाकर पोख्रेलसँग
२०६१ सालमा पहिलो विवाह गरेर श्रीमान्सँगै माओवादी आन्दोलनमा लागेकी
मनकुमारी बिहेको १५ दिनमै पक्राउ परेकी थिइन्। त्यसलगत्तै सेनाको कारबाहीमा
दिवाकरको मृत्यु भयो। जेलमुक्त भएपछि सुरेश गुरागाइँसँग बसेको उनको
प्रेम अहिले बिहेमा परिणत भएको होे। मनकुमारी अखिल नेपाल महिला संघ
(क्रान्तिकारी) र सुरेश अनेरास्ववियु (क्रान्तिकारी) मोरङका सचिव छन्।
मनकुमारी भन्छिन्, “हाम्रो समाजले विधवा महिलालाई स्वतन्त्रता दिँदैन
र उसको पुनर्विवाहलाई स्वीकार गर्दैन। हामीले त्यस्तो संस्कार परिवर्तन
गर्नुपर्ने नयाँ पाठ सिकाएका छौँ।”
त्यसैदिन माओवादी कार्यकर्ता लक्ष्मी फुयाँलकी छोरी
रीताको पनि माओवादी कार्यकर्ता तथा जनविद्रोह दैनिक का सम्बाददाता
विनोद घिमिरेसँग विवाह भएको थियो। माओवादीसम्बद्ध अखिल नेपाल किसान
संघ (क्रान्तिकारी) का तत्कालीन सुनसरी'मोरङ जिल्ला अध्यक्ष लक्ष्मी
फुयाँललाई सेनाले हत्या गरेको थियो। माओवादीका मोरङ सेक्रेटरी सुशील
भन्छन्, “जनयुद्ध शुरु भएयता मोरङ जिल्लामा शहीद परिवारसँग माओवादी
कार्यकर्ताले विवाह गरेको यो पहिलो उदाहरण हो। यस्ता बिहेलाई पार्टी
बाहिर पनि लैजानुपर्छ।
•
कमल आरएल, विराटनगर
संसद वेबसाइटको बिजोक!
दश महिनादेखि
संसदको वेबसाइट अद्यावधिक भएको छैन। जनआन्दोलनको बलबाट पुनर्स्थापित
भएपछि १६ वैशाख २०६३ मा अन्तिम पटक अपडेट भएको सो वेबसाइट ९उबचष्बि्कभलत।
नयख।लउ० मा राखिएका १ माघपछि बनेको अन्तरिम विधायिका'संसदको भवन, नयाँ
प्रतीक'चिह्न (लोगो) र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बैठकलाई
सम्बोधन गरिरहेको तस्बिर तथा विभिन्न शीर्षक'उपशीर्षक देख्दा केही
थपघट र फेरबदल गरिएको हो कि जस्तो बुिन्छ, तर तिनमा कतिपय गल्ती र
पुरानै विवरण मात्र फेला पर्छन्।
संसद सचिवालयमा व्यवस्थापिका'संसदबारे
जानकारी लिन सचिवालयको वेबसाइट हेर्न सकिने सूचना टाँसिएको छ, तर साइट
खोलेर 'इन्ट्रोडक्सन अफ लेजिस्लेचर' मा छिर्यो भने संसद सचिवालयको
मात्र परिचय पाइन्छ। 'मेम्बर अफ लेजिस्लेचर (न्यू)' मा छिर्दा १ माघमा
गठन भएको नयाँ संसदका माओवादी र अन्य पार्टीबाट मनोनीत सांसदहरूको
नामावली भेटिँदैन, शाही सरकारमा बसेको कारण जनआन्दोलनपछि हटाइएका केही
बाहेक २०५६ सालमै निर्वाचित सांसदहरूको नाउँ मात्र भेटिन्छ। संसद सचिवालयका
दुई 'ज्वाइन्ट सेक्रेटरी' (हाल विशेष सचिव) कृष्णप्रसाद पाण्डे र मनोहरप्रसाद
भट्टराईकै नाम र तस्बिर उल्टोपाल्टो परेको देखिन्छ।
माओवादी
सेना प्रहरीखोरमा
माओवादीको नवलपरासीस्थित चौथो डिभिजनको शिविरबाट घरबिदामा
पर्वत, बर्राचौर आएका छापामार हिमलाल पुरीलाई २ फागुनमा हुवासमा बन्दुक
देखाएर हिँडिरहेको बेला स्थानीयवासीले भरुवा बन्दुक र एसएलआरका दुई
गोलीसहित समातेर प्रहरीको जिम्मा लगाएका छन्। शिविरबाट २९ माघमा घरबिदामा
हिँडेका पुरीसँगै माओवादीकी स्थानीय नेतृ भगवती तिवारी पनि समातिएकी
थिइन्।
जिल्ला प्रहरी कार्यालय, पर्वतले ६ फागुनमा म्याद थपेर पुरीलाई थुनामै
राखी अनुसन्धान गरिरहेको छ। उनलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत
मुद्दा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गोपीमान श्रेष्ठ
बताउँछन्।
पुरीले प्रहरीलाई गाउँमा बाँदर लखेट्न काम लाग्छ भनेर
बन्दुक ल्याएको बयान दिएका छन्। उनले बोकेको हतियार प्रमाणीकरण भइसकेको
नेकपा (माओवादी) पर्वतका जिल्ला सदस्य सविनले बताए। उनले भने, “बिदामा
आएको जनमुक्ति सेना भएकोले प्रक्रिया पुर्याएर रिहा गराउन पहल भइरहेको
छ।”
•
दुर्गाप्रसाद शर्मा, पर्वत
कम्प्युटर पाउँदा
स्कूलै खुशी
जर्मन नागरिक वाल्टर
वर्मनबाट कम्प्युटर पाएपछि पर्वत, पूर्णास्थित हिमालय निमाविका विद्यार्थीहरू
हर्षित भएका छन्। तीन वर्षअघि ट्रेकिङ जाँदा खाना खान बसेका बेला वाल्टरको
नजिकैको स्कूलका शिक्षकहरूसँग भेट भएको थियो। शिक्षकहरूले उनलाई आˆनो
विद्यालयमा लगेका र विद्यालयमा उनले विद्यार्थीहरूसँग रमाउँदै कुरा
गरेर र कथा सुनाएर केही घण्टा बिताएका थिए। यस क्रममा उनले विद्यार्थीहरूलाई
'तिमीहरूलाई के सिक्ने इच्छा छ' भनेर पनि सोधे। कक्षा ७ र ८ का विद्यार्थीले
भने' कम्प्युटर। यति सुनेर त्यहाँबाट हिँडेका वाल्टर तीन वर्षपछि कम्प्युटर
बोकर आइपुगे। यसैगरी उनले यसअघि ललितपुर, लुभूको श्री महालक्ष्मी माविलाई
पनि कम्प्युटर दिएका थिए। त्यहाँका विद्यार्थीहरू अहिले वाल्टरलाई
इमेल गरेर आˆना प्रगति र इच्छा बताउँछन्।
विद्यालयलाई कम्प्युटर दिने विचार कसरी आयो? वाल्टर भन्छन्, “शिक्षक
र विद्यार्थीले असाध्यै माया गरेर माला लगाइदिएका थिए। यसैले उनीहरूका
निम्ति केही गर्न हौस्यायो।
बन्द भएन ढुङ्गाखानी
ललितपुर,
चापागाउँका पूर्ण र चम्पापुर नामका दुई रोडा तथा ढुङ्गा
उद्योग बन्द नभएकाले स्थानीयवासी र उद्योगको विवाद चर्किने भएको छ।
जनस्वास्थ्य र वातावरणमा प्रतिकूल असर पारेको भन्दै लामो समयदेखि खानी
बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका स्थानीय बासिन्दाले साउनको अन्तिम
साता विरोध प्रदर्शन गर्दा डपको स्थिति समेत सिर्जना भएको थियो। त्यसबेला
उनीहरूले प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको बाटो छेकेर
विवाद समाधान गर्न दबाब दिएपछि सर्वपक्षीय सहमतिअनुसार केही समय बन्द
भएका खानीहरू फेरि चलाइएका छन्।
यसबीच ढुङ्गाखानीको स्थलगत अध्ययन गर्न
गठित प्राविधिक कार्यदलको प्रतिवेदनका आधारमा जिविसले पनि ६ महिनाभित्र
वैकल्पिक ठाउँको व्यवस्था गरेर खानी बन्द गर्ने निर्णय गरेको छ। तर
त्यसको प्रक्रिया मिलाउने जिम्मा पाएको कार्यदलले बीचैमा काम छोडेकाले
बन्द हुने छाँटकाँट नभएको स्थानीय विकास अधिकारी डुण्डुराज घिमिरे
बताउँछन्। खानी तथा भूगर्भ विभागले खानी सार्ने ठाउँ खोजिदिन नसक्ने
बताएको र सात राजनीतिक दलका जिल्लास्तरीय नेताहरू पनि बन्द गर्ने कुरामा
एकमत नभएकाले कार्यदल पछिहटेको बुिएको छ।
पूर्ण र चम्पापुर रोडा तथा ढुङ्गा उद्योगका
सञ्चालकहरू क्रमशः खड्गलाल महर्जन र कृष्णबहादुर देशाइले वन र खानी
तथा भूगर्भ विभागको स्वीकृति लिएर नियमअनुसार चलाएको र सरकारले अन्यत्र
ठाउँ छुट्याइदिए बन्द गर्न तयार रहेको बताएका छन्। नेपाली काङ्ग्रेसका
जिल्ला सभापति चन्द्र महर्जनले सरकारकै नीति स्पष्ट नभएकाले काम गर्न
गाह्रो परेको बताए। स्थानीय झ्यालुन्टार सामुदायिक वन उपभोक्ता समूहका
अध्यक्ष चेतनाथ सञ्जेल र उपाध्यक्ष मीना तामाङ सर्वपक्षीय सहमति र
जिविसको निर्णय कार्यान्वयन ढिलो भए दबाबमूलक कार्यक्रम शुरु गर्ने
बताउँछन्।
४५ हेक्टर क्षेत्रफल ओगटेका यी खानीमा
१०'१२ हेक्टरमा काम भइरहेको छ। चापागाउँमै अरू ३० वटा जति ढुङ्गा खानी
छन्।
•
सुनिल महर्जन, ललितपुर
एक युगको
अन्त्य
नेपाली कविताका
एक शिखर व्यक्तित्व मोहन कोइराला मान्छेको जीवनलाई फर्सीको जराजस्तै
जेलिएको देख्थे। १० फागुनका दिन ८१ वर्षको उमेरमा काठमाडौँमा 'मस्तिष्काघात'
बाट उनको निधन भएपछि भाषा'साहित्यप्रेमीहरूको पहिलो टिप्पणी थियो,
“आधुनिक कविताको एउटा गर्वलाग्दो आयामकै जरा चुँडियो।” संयोग नै भन्नुपर्छ,
उनका कविता/काव्यहरूमध्ये 'फर्सीको जरा' नै सबैभन्दा चर्चित थियो।
२००७ सालको सेरोफेरोमा स्वच्छन्दतावादी कविहरूको बोलवालालाई
चिर्दै नेपाली कवितामा प्रयोगवादी धारको नेतृत्व गरेका कोइराला आधुनिक
नेपाली कविताका युग'प्रवर्तक समेत मानिन्थे। २००७ सालको जनक्रान्तिमा
समेत उनको उल्लेख्य सक्रियता थियो। २०२० को दशकमा भएको 'अमलेख आन्दोलन'
मार्फत् प्रजातान्त्रिक चेतनाको शंखघोष गर्ने कवि कोइरालाले २०३६ सालताकाको
'सडक कविता क्रान्ति' मा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति (२०५६'२०६०) समेत रहिसकेका उनी
कवितालेखनमा केही क्लिष्ट मानिएपनि व्यवहारमा शालीन र सरल मानिन्थे।
लेक, मोहन कोइरालाका कविता, सारङ्गी बोकेको समुद्र,
हिमचुली रक्तिम छ, नदी किनारका माी, ऋतुनिमन्त्रण र गरलपान, नीलो मह,
मौन शिखरहरू, सूर्यदान, एउटा पपलरको पात, गजपथ, यतीका पाइला टेक्दै,
आज कसैलाई बिदा गर्नु छ लगायतका काव्यकृतिमार्फत् प्रयोगवादी कवितालेखनको
अगुवाई गरेका कोइराला मदन, साा आदि पुरस्कारबाट पनि सम्मानित भएका
छन्। नयाँ पुस्ताका साहित्यकारहरूले समकालीन कविलेखकले हत्तपत्त नभेट्टाउने
उचाइ बनाएका कोइरालाको अवसानबाट ठूलै रिक्तताको अनुभव गरेका छन्।
ठूलै
गिरोह कब्जामा
प्रहरीले
माओवादी छापामारहरूले लगाउने युद्ध पोशाकमा एकअर्कालाई
'कामरेड' भन्दै सामान्य हतियार प्रयोग गरेर छापामार शैलीमा विराटनगर,
इटहरी र धरानलगायतका ठाउँमा चोरी गर्दै हिँड्ने गरेको पूर्वाञ्चलको
ठूलै गिरोह समातेको छ। गिरोहका नाइके मानिएका इलाम, साँखेजुङका दीपक
भन्ने बलराम राईलाई हालै भारतको सिलीगुडीमा समातेपछि प्रहरीले यो कुरा
खुलासा गरेको हो।
राईसहित पाँच जनाको समूहले गएको भदौयता
धरानका जयबहादुर लिम्बूको घरबाट रु.२५ लाख, इटहरीका नेत्र कटुवालको
घरबाट रु.३ लाख ५० हजार र विराटनगर'६ का रमेश उपाध्याय पौडेलको घरबाट
रु.७ लाख बराबरको चोरी गरेको प्रहरीको दाबी छ। धरानमा चोरी भए लगत्तै
दुई महिनाअघि फिपराज र तिलेन शेर्पा पक्राउ परेपछि यी तीन वटै घटनामा
एउटै समूहको हात रहेको आशङ्कामा प्रहरीले छानबिन तीब्र पारेको थियो।
गिरोहका अन्य दुई सदस्य ज्ञानबहादुर (योगेश) र चन्द्रबहादुर राईको
अै खोजी भइरहेको छ।
•
महेन्द्र विष्ट, विराटनगर
बिरामी खोज्दै
घरदैलोमा
मधुमेह,
मृगौला, उच्च रक्तचाप र मुटुरोगका बिरामी खोज्दै एकहुल स्वास्थ्यकर्मी
हरेक शनिबार धरानका विभिन्न वडा चहार्छन्। वडावासीहरूलाई कुनै स्वास्थ्य
समस्या भए, नभएको परीक्षण गर्छन् र उपचारमा सहयोग पुर्याउँछन्।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान र रोट्रयाक्ट क्लब, घोपाले 'निःशुल्क घरदैलो रोग परीक्षण
कार्यक्रम' को नाममा चलाएको यो अभियानले नेपालमा क्रमशः महामारीको
रूप लिँदै गएका यी रोगको पहिचान (खोजपडताल) गर्ने र तिनको उपचारमा
सहयोग पुर्याउने उद्देश्य राखेको यसका सञ्चालकहरू बताउँछन्। अभियानका
अगुवा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. संजीवकुमार
शर्माले यसरी हरेक हप्ता घर'दैलोमा गएर परीक्षण, उपचार र जनचेतना विस्तार
गर्ने कार्यक्रम नेपालमै सम्भवतः पहिलो भएको बताउँदै धरानमा सात हजार
भन्दा बढीलाई यस्तो सेवा प्रदान गरिसकिएको र धरानपछि अन्य क्षेत्रमा
पनि गर्ने योजना रहेको जानकारी दिएका छन्।
दुई वर्षअघि इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको
अन्तर्राष्ट्रिय भेलाले विकासोन्मुख देशहरूमा महामारीका रूपमा फैलँदै
गएका मधुमेह, मृगौला, उच्च रक्तचाप, मुटुरोगजस्ता रोगलाई नियन्त्रण
गर्न तत्काल केही कार्यक्रम गर्नैपर्ने निष्कर्ष निकालेको थियो। त्यही
भेलामा सहभागी भएर आएपछि डा. शर्माले यो कार्यक्रमको पहल गरेका हुन्।
उनी भन्छन्, “कार्यक्रम निकै महवपूर्ण भएपनि अहिलेसम्म सरकारी संघसंस्थाकोकुनै
सहयोग पाएका छैनाँै, मागेरै काम चलाइरहेका छौँ। औषधि कम्पनीसँग औषधि
माग्छौँ, सक्ने बिरामीलाई पर्चा छपाइदिन भन्छौँ, मान्छे भेला गरिदिन
पनि स्वयंसेवक खटाउँछौँ।”
कार्यक्रमका स्थानीय संयोजक नारायण लिम्बू
भन्छन्, “डाक्टरहरूलाई कहिलेकाहीँ अस्पतालमा भेटिँदैन। परीक्षण र उपचार
गराउन धेरै खर्च लाग्छ। तर यहाँ त घरघरमै आएर डाक्टरले सेवा पुर्याएका
छन्।”
रविन गिरी, धरान
|