अर्थ संक्षेप
भारतीयलाई नगद, नेपालीलाई
टोकन
गएको
१८ पुसमा बेचेको १५० क्वीन्टल उखुको भुक्तानी लिन एक महिनाभन्दा लामो
समयदेखि कपिलवस्तु, जभारीस्थित महालक्ष्मी सुगर मिल धाउँदै आएका वीरपुरका
मनिराम कुर्मीलाई मिलले १८ माघतिरै भुक्तानीको लागि टोकन दिएपनि पैसा
दिएको छैन। “एक महिनादेखि दिनदिनै धाउँदा पनि पैसा पाएको छैन, कहिले
पाउने त्यो समेत थाहा छैन”, ६ फागुनमा मिलमा भेटिएका कुर्मीले बताए।
मिलले भुक्तानी नगरेको कारण रोजगारीका लागि मलेसिया जाने भिसा पाइसकेका
कुर्मी त्यता जान पाइरहेका छैनन्। समयमा भुक्तानी नपाउँदा उनले मलेसिया
जान भनी खर्च गरेको पैसा पनि गुम्ने स्थिति बनेको छ।
महालक्ष्मी सुगर मिलमा उखु बेच्ने अधिकांश नेपाली किसानको
हालत कुर्मीकै जस्तो छ। गणेशपुरका जगदीश वाल पनि भुक्तानी लिन मिलमा
धाउन थालेको १५ दिनभन्दा बढी भइसकेको छ। चन्द्रौटाका किसान मोहम्मद
हारुनका अनुसार भुक्तानीकै लागि मात्र दैनिक करिब दुई सय किसानहरूको
भीड लाग्छ। हारुनको भनाइमा भुक्तानीको समस्या नेपाली कृषकहरूलाई मात्र
हो, भारतीय कृषकहरूले बेचेकै दिन पाउँछन्।
नेपाली किसानहरूको उखुले मात्रै नपुग्ने भएका कारण भारतबाट
समेत उखु किन्ने मिलले नेपाली र भारतीय उखुको दररेटमा समेत भेदभाव
गरेको छ। नेपाली किसानहरूलाई प्रति क्वीण्टल रु.१७५ दिँदै आएको महालक्ष्मी
सुगर मिलले भारतबाट आउने उखुलाई रु.२०० सम्म दिन्छ। भाउमा फरक र भुक्तानीमा
विलम्ब भएपनि यसक्षेत्रका किसानहरूलाई यही मिलमा उखु नबेची सुख छैन।
उखु उत्पादन हुने कपिलवस्तुको दक्षिण पश्चिम क्षेत्रमा अर्को चिनी
मिल नभएको र त्यस क्षेत्रको चन्द्रौटादेखि कृष्णनगरसम्म भेली र गुँड
बनाउने करिब दुई दर्जन साना क्रेसर मिलहरू भएपनि तिनले किसानहरूको
सबै उखु खपत गर्न नसक्ने भएका कारणले किसानहरूलाई त्यहीँ बेच्नुपर्ने
बाध्यता छ।
न्द्रौटास्थित अहमद गुँड उद्योगका म्यानेजर हरिप्रकाश
यादवका अनुसार, कतिपय त्रे्कसर मिललाई आˆनै उखु पेल्दा ठिक्क हुन्छ,
अरू किसानको उखु किन्नै पर्दैन। वीरपुरका किसान अब्दुल हफिद क्रेसरले
दिने मूल्य चिनी मिलको भन्दा पनि कम हुने हुँदा किसानहरूलाई फाइदा
नहुने बताउँछन्।
चिनी मिलले समयमै उखु नलिएर पनि किसानहरूलाई मर्कामा
पारेको छ। असोज'कात्तिकतिरै खेतमा उखु तयार भइसक्ने भएपनि मिलले भने
पुसदेखि मात्रै किन्न थाल्छ। असोज/कात्तिकमै उखु काट्न पाए किसानहरूले
मुसुरो, गहुँ लगाउन पाउँछन्। त्यस क्षेत्रको उखु अन्यत्र कतै जाँदैन
भन्ने विश्वासका कारण पनि मिलले आफूहरूलाई दुःख दिएको किसानहरूको ठम्याइ
छ।
मुकेश पोखरेल, भैरहवा
सञ्चारगृह'आन सहमति
नेपाली विज्ञापन व्यवसायलाई
व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नेपाल विज्ञापन
संघ (आन) र देशका मूलधारका विभिन्न सञ्चारगृहबीच एक सहमति भएको छ।
सहमतिमा विज्ञापन एजेन्सीले बिलमा एजेन्सी कमिसन छुट दिन नपाउने, एजेन्सी
परिवर्तन गर्दा विज्ञापनदाताले पहिलो एजेन्सीको …नो अब्जेक्सन लेटर'
लिनुपर्ने, सञ्चारमाध्यम र एजेन्सीले एकअर्काको भूमिका न्यूनीकरण हुने
क्रियाकलाप नगर्ने, भुक्तानी नगर्ने विज्ञापनदाता एवं एजेन्सीलाई क्रमैसँग
कालोसूचीमा राखेर नामावली प्रकाशन गर्ने, बक्यौता असुल उपर संयुक्त
प्रयासबाट गर्ने तथा विज्ञापनदाता'विज्ञापन एजेन्सी र सञ्चारमाध्यमहरूबीचको
भुक्तानी प्रक्रिया, शैली र समयलाई आपसी सहमतिको एउटा परिधि भित्र
ल्याउने रहेको छ।
विज्ञापन उद्योगभित्रको अस्वस्थ प्रतिस्पर्धाले यहाँको विज्ञापनको
प्रभावकारितामै ह्रास पुगेको तथा त्यसबाट सञ्चारमाध्यमको लगानीको प्रत्याभूतिमा
समेत नकारात्मक असर पर्न गएको ठम्याउँदै यस्तो सहमति गरिएको आनले जनाएको
छ। नेपालका विभिन्न ९० वटा विज्ञापन एजेन्सीहरूको समर्थन रहेको भनिएको
यस सहमतिबाट ण्डै सवा दुई अर्ब रुपैयाँ लगानी भएको नेपाली विज्ञापन
व्यवसायलाई भविष्यमा उद्योगको रूपमा विकास तथा विस्तार गर्न सहयोग
पुर्याउन सकिने विश्वास आनको छ।
हिमपातः धेरै हाँसे, कृषक रोए
जीवनमै पहिलो पटक
हिउँ परेको देखेर रमाउनेहरू धेरै भए, तर त्यही हिमपात पर्वत, बाँसखर्कका
किसानहरूका लागि अभिशाप बन्यो। हिउँ परेको कहिल्यै नदेखेका यहाँका
कृषकहरूले गाउँमा डेढ'डेढ फिटसम्म हिउँ पर्ला भन्ने कल्पनासम्म गरेका
थिएनन्। १ फागुन रातिदेखि २ फागुन बिहानसम्म परेको हिउँले बाँसखर्कका
दर्जनौँ सुन्तला बगैँचाका रूख भाँचिएर र टिप्न तयार सुन्तला भुईंमा
रेर कामै नलाग्ने भएका छन्। “सोच्दै नसोचेको विनास भोगियो”, कृषक अमरबहादुर
पाइजाले हिउँले सखाप बनाएको बगँैचा देखाउँदै भने।
गाउँको प्रमुख बालीका रूपमा सुन्तला लगाइएको बाँसखर्कको ९ नम्बरबाहेक
सबै वडाका सुन्तलाका बोट भाँचिएका छन्। हिउँले सुन्तला टिपेका बोटमा
कम क्षति पुर्याएको र सुन्तलासहितका बोट कामै नलाग्ने पारिदिएको छ।
कतिपय किसानले ठेकेदारले पैसा दिँदा पनि फागुनको पहिलो साता दोब्बर
मूल्य पाइने आशमा सुन्तला बिक्री नगरी राखेका थिए। स्थानीय किसान जगतबहादुर
खत्री भन्छन्, “सुन्तला र्दा एक वर्षको हानि भयो, बोटै भाँचिदा सात
वर्षको उत्पादनमा नोक्सानी हुने भएको छ।”
कोडाक डिजिटल प्रविधितर्फ
फोटोग्राफी प्रविधिमा आएको परिवर्तनसँगै कोडाक ले आफूसँग आवद्ध स्थानीय
कलरल्याबहरूलाई अत्याधुनिक डिजिटल प्रविधिमा लैजाने भएको छ। …गो डिजिटल'
भन्ने नाराका साथ शुरु गरिएको यस अभियानअन्तर्गत नेपालमा कोडाक का
१२८ डिलरमध्ये काठमाडौँको फोटो कन्सर्न र डिजी प्लस कलर ल्याब डिजिटल
प्रविधिमा गइसकेका र अन्य ल्याबहरूलाई निकट भविष्यमा लैजाने जनाइएको
छ।
माछापुच्छ्रे को नयाँ काउण्टर
३६५ दिन नै ब्याङ्किङ सेवा उपलब्ध गराउँदै आएको माछापुच्छ्रे ब्याङ्क
लिमिटेड ले काठमाडौँको बालुवाटारमा नयाँ काउण्टर खोलेको छ। ब्याङ्कले
बालुवाटार काउण्टरबाट सो आसपासका ग्राहकहरूलाई नियमित ब्याङ्किङलगायत
एटीएम, लकर, मोबाइल बिल भुक्तानी जस्ता सेवा प्रदान गर्ने जनाएको छ।
सुन व्यापारमा एनआईसी
एनआईसी ब्याङ्कले अबदेखि बाहिरी मुलुकबाट सुनको आयात समेत गर्ने भएको
छ। ब्याङ्कका अनुसार यस सेवामार्फत् उपभोक्ताहरू सुनको गुणस्तरबारे
निश्चिन्त हुनसक्छन् भने सरकारलाई पनि राजस्व उठ्तीमा सहयोग हुन्छ।
हाल मुलुकमा भित्रिने सुनमा गुणस्तरमा निश्चिन्त हुन नसक्ने तथा उठ्नुपर्ने
जति सरकारी राजस्व नउठेको ब्याङ्कको दाबी छ। १०० ग्रामको बारमा उपलब्ध
सुन खरिद गर्न चाहने ग्राहकलाई ब्याङ्कले ऋण पनि उपलब्ध गराउने जनाएको
छ।
साउदी अरबमा वाइवाइ
थाइल्याण्डको प्राविधिक सहयोगमा चौधरी समूहद्वारा उत्पादित वाइवाइ
तयारी चाउचाउ साउदी अरबमा निर्यात हुने भएको छ। रियादस्थित सवाना कर्पोरेशनको
सहयोगमा निर्यात गर्न थालिएको वाइवाइ त्यसतर्फ जाने पहिलो नेपाली उत्पादन
भएको दाबी कम्पनीको छ। यसअघि वाइवाइ चाउचाउ कतार, बेलायत, हङकङ, मलेसिया,
सिङ्गापुरलगायतका १० वटा मुलुकमा निर्यात हुँदै आएको कम्पनीले जनाएको
छ।
रिलायवल को घर बिक्रीमा
गुण को'अपरेटिभले प्रबर्द्धन गरेको ललितपुर, भैसेपाटीस्थित रिलायवल
कोलोनीका घरहरूको बुकिङ र बिक्री खुल्ला गरिएको छ। परियोजनाअन्तर्गत
६२ वटा घरको निर्माण भइसकेको र आउँदो ६ महिनाभित्र थप ११० घर निर्माण
भइसक्ने जनाइएको छ। स्वीमिङ पुल, हेल्थ क्लब, ब्याङ्क र डिपार्टमेन्टल
स्टोरजस्ता सुविधाहरूसहितको यस कोलोनीभित्रका रु.४० लाखदेखि रु.५५
लाख मूल्य पर्ने घर खरिद गर्नका लागि ७ देखि ११ प्रतिशतमा २० वर्षको
ऋण सुविधाको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ। |