| •
ऋतुराज |
 |
ऋतुविचार
राजनीतिक
राजदूत
लेखक अभि सुवेदीले एउटा भेलामा नेपालमा विदेशी कूटनीतिज्ञहरू
नेपालको राजनीतिबारे औसत नेपालीभन्दा बढी चासो लिन्छन् र राजनीतिबारे
बढी ज्ञान राख्छन् भनेका थिए। त्यो भनाइ ठीक जस्तो लाग्दछ। विदेशी
कूटनीतिज्ञहरू यहाँको राजनीतिबारे चासो र ज्ञान मात्र राख्दैनन् त्यसबारे
अह्रन'खटन पनि गर्छन् र नमागेको सल्लाह पनि दिने गर्छन्। यस्तो काममा
सबैभन्दा अगाडि अरू को हुन्थ्यो र उही संसारको हवल्दार भई टोपलेको
संयुक्त राज्य अमेरिकाकै राजदूत महोदय छन्। उनका सल्लाह'साव र विचार
छापामा नआए बुझ्नुपर्छ' कि त उनी बिदामा छन्, कि त निर्देशन लिन वासिङटन
गएका छन्। नेपालमा हुँदा त उनी केही न केही फलाकी रहन्छन्। केही नपाए
प्रधानमन्त्रीसित भेट मुलाकात गरेर पनि समाचारमा आइरहन्छन्।
भन्छन्, कूटनीतिज्ञहरू भन्नुपर्ने कुरा गल्फ खेल्दाखेल्दै
वा ककटेल पार्टीमा ह्विस्कीको चुस्की लिँदालिँदै अनौपचारिक तवरमा सुटुक्क
मन्त्रीहरूलाई भन्ने गर्दछन्। मोरियार्टी शायद गल्फ खेल्न रुचाउँदैनन्
वा हाम्रा मन्त्रीहरू गल्फ खेल्न जान्दैनन्। (प्रधानमन्त्रीको कुरै
छाडिदिउँ्क, उमेर र स्वास्थ्य दुवैका कारण मिल्दैन।) अनि जन्डिसले
थलिएका मन्त्रीहरू शायद हिजोआज ककटेल पार्टीमा पनि जाँदैनन्। त्यसैले
मोरियार्टी महोदय भाषण, प्रवचन र अन्तर्वार्ताको माध्यमबाट सरकारले
यस्तो गर्नुपर्यो उस्तो गर्नुपर्यो भनेर अह्रन'खटन गरिरहन्छन्। कहिले
यसो भन्छन्, कहिले उसो भन्छन्। उनको भनाइ लागेको भए त माओवादीहरू संसदमा
नै पुग्ने थिएनन्। अनि घरिघरि हाम्रा प्रधानमन्त्रीलाई भेटेर िँझ्याइरहन्छन्।
हाम्रा पनि त प्रधानमन्त्री अब प्रधानमन्त्री मात्र रहेनन्। जसरी उनका
जर्ज बुस राष्ट्रप्रमुख र सरकारप्रमुख दुवै हुन्, त्यसरी नै हाम्रा
प्रधानमन्त्री पनि सरकार र राष्ट्रप्रमुख दुवै हुन्।
अमेरिका ठूलो, धनी र बलियो छ। त्यसका सामु नेपाल सानो,
गरिब र लुते छ। तैपनि दुवै सार्वभौम राष्ट्र हुन्, दुवै संयुक्त राष्ट्रका
सदस्य हुन्। एक मित्रका नाताले मोरियार्टीका मुखबाट अमेरिकाले नेपाललाई
सल्लाह दिएको हो भने नेपालले पनि मित्रकै हैसियतले अमेरिकालाई दिन
सक्ने सल्लाह धेरै छन्। वर्तमान समयमा नेपालले दिन सक्ने केही प्रमुख
सल्लाह छोटकरीमा देहाय बमोजिम छन् :
• जुन कारणले इराकमाथि
आक्रमण गरियो त्यो हावादारी साबित भइसकेको छ। त्यहाँ सेना थप्ने होइन,
बरु भएका सेनालाई फिर्ता बोलाउने।
• छेउको इरानमाथि आक्रमण गर्न निहुँ
नखोज्ने। भियतनामबाट मिलेको पाठ सम्ने।
• ग्वान्टानामावे जस्ता विभिन्न देशमा
राखिएका गैरकानुनी बन्दी शिविरहरू बन्द गर्ने।
• क्योटो प्रोटोकलमा बिना विलम्ब हस्ताक्षर
गर्ने र वातावरण सुधारमा तत्काल ठोस कदम चाल्ने।
• अर्काको भूमिमा सेना नराख्ने। कोरिया,
ओकिनावा जस्ता ठाउँबाट सेना हटाउने।
• छेउछाउका साना देशलाई नहेप्ने। क्युबामाथिको
नाकाबन्दी हटाउने।
• सी.आई.ए. लगाएर ल्याटिन अमेरिका र
अफ्रिकाका देशहरूमा …कु देता' नगराउने। अहिले ल्याटिन अमेरिकाका देशहरूमा
वामपन्थी सरकार बनेका छन् तिनलाई साल्भाडोर आयेन्डेको सरकारलाई जस्तो
गिराउने प्रयत्न नगर्ने।
• मेक्सिकोसितको सिमानामा पर्खाल नहाल्ने।
• आतङ्कवादसित लड्ने नाममा इस्लाम धर्मका
अनुयायीलाई भेदभावको शिकार नबनाउने।
• संयुक्त राज्य अमेरिका जन्मिएदेखि
नै कुनै महिला वा कुनै काला जातिका मानिस राष्ट्रपति वा उपराष्ट्रपति
भएका छैनन्। अब आउँदो निर्वाचनमा त्यस गल्तीलाई सच्याउने।
• गरिबीको रेखामुनिका साढे तीन करोडभन्दा
बढी आˆना नागरिकहरूको जीवनस्तर उकास्ने।
• आˆना डेढ करोड बेरोजगारहरूलाई रोजगार
उपलब्ध गराउने।
• संयुक्त राष्ट्रसङ्घको वक्यौता तिर्ने।
विश्व संस्थालाई दबाब नदिई स्वतन्त्रतापूर्वक काम गर्न दिने।
• आणविक पारमाणविक आयुधको पूरै भन्डार
राखेको आफैँले निरस्त्रीकरणको इमानदार थालनी गर्ने।
आदि ... इत्यादि।
हुन त अहिले अमेरिकामा हाम्रो राजदूत छैन, तर भए पनि उसले यी कुरा
सार्वजनिक रूपमा भन्न सक्ला? उसलाई अमेरिकाले राजनीति गरेको नभन्ला?
उसलाई अमेरिकाले कुम्लो कुटुरो बोकाई प्रशान्त महासागर कटाएर फिर्ता
नपठाउला?
भीसाका लागि अनसन
विचराहरूले पुसको जाडो खाए। माघे री पनि व्यहोरे फुटपाथमा
त्रिपालमुनि बसेर। पालैपालो भए पनि अनसन बसे। पेट भोको राखेर आˆनो
भनाइ मनाउने चलन महात्मा गान्धीले थालेका हुन्। उनी अनसन बस्थे, तर
देशको स्वाधीनताका लागि, साम्प्रदायिक सद्भावका लागि, जनजागरणका लागि।
तर अहिले कुनै देशमा जान पाउने भीसाका लागि पनि अनसन बस्नुपर्ने दिन
आएको छ। काठमाडौँको पानीपोखरी सडकको पेटीमा अमेरिका जाने भीसा नपाएकाहरूका
मानिसहरू अनसन बसिरहेछन्। भीसाको चिठ्ठा खुल्छ भन्थे त्यस्तो चिठ्ठामा
भाग लिने कसरी …शिकार' (अङ्ग्रेजीमा भिक्टिम) भए त्यो कुरा त यस अज्ञानीलाई
थाहा भएन। तर मर्का परेकै हुनाले उनीहरूले काठमाडौँको जाडोमा त्यत्रो
दुःख बेसाएका होलान् भन्ने अड्कल छ उसको। वास्तवमा सरकारले उनीहरूको
माग पूरा गराउन सहयोग गर्नुपर्ने हो। केही गरी उनीहरू भीसा पाएर जर्ज
बुसले राज गरेको देश अमेरिकामा जान पाए भने भोलिपर्सि दूरभाषद्वारा
देशभक्ति प्रकट गर्ने गैरआवासीय नागरिक हुने थिए।
उता अमेरिकाका राजदूत महोदयलाई यस्ता दुईचार जनाको
अनसन'तनसनको मतलब हुने कुरै आएन। उनको देशमा कसैले अनसन बस्ने काम
पनि गर्दैन। …सिट इन' भन्छन् उनीहरू, जो कहिलेकाहीँ गर्छन्। अनि पुलिस
आएर सबैलाई तह लगाइहाल्छ। यस्ता साना मसिना कुरामा राजदूत महोदयको
ध्यान किन पनि जाँदैन भने उनी नेपालमा अमेरिकाको जस्तै प्रजातन्त्र
फलाउने फुलाउने काममा लागेका छन्। अनि आˆना हाकिमको पार्टी त्यहाँको
संसदमा कमजोर भएकाले विपक्षी डेमोक्र्याटिक पार्टीले आच्छुआच्छु खेलाउन
लागेकाले चिन्तित पनि होलान्।
फेरि अर्को कुरा, अनसनकारीले अनसन बस्नलाई छानेको ठाउँ
पनि मिल्दो भएन। अमेरिकाको राजदूत र राजदूतावासको ध्यान खिच्नलाई त
फोहोरा दरबारको फराकिलो पारिएको पेटी सुहाउँदिलो हुन्थ्यो। अथवा साबिकको
ब्रह्म कटेजमा बन्दै गरेको नयाँ राजदूतावास भवनको गेटै सामुन्ने बस्नुपर्थ्यो।
केही नभए राजदूतावासको गेट अघिल्तिर पहिले ब्याम्वु ग्यालेरी रहेको
घर छेउको पेटीमा बस्नुपर्थ्यो। अनसन बस्ने खानेपानी संस्थानको पेटीमा
अनि महामहिम राजदूतज्यूले कसरी देखुन् अनसनकारीहरूलाई? |