रिपोर्ट सोख
कुकुरसँग लगाव
सुरक्षाका लागि पालिने गरेको कुकुर अहिले शहरिया
नेपालीहरूका लागि सोख पनि बनेको छ।
• डम्बरकृष्ण श्रेष्ठ
 |
| डम्बरकृष्ण श्रेष्ठ |
| घरमा पालिएका कुकुरका साथ धरानकी कलाकार
सरस्वती ताम्राकार। |
गएको कात्तिकको पहिलो
साता 'गेन' नामको भोटेकुकुर धुम्बाराहीबाट हराएपछि छिरिङ लामाले फेला
पार्नेलाई रु.५ हजार पुरस्कार घोषणा गर्दै कुकुरको तस्बिरसहित पत्रिकामा
विज्ञापन छपाए। २६ कात्तिकको कान्तिपुर दैनिक मा १० हजार खर्च गरेर
विज्ञापन छापेको भोलिपल्टै कुकुर फेला परेको बताउँदै उनले भने “नभेटेको
भए टिभीमा पनि दिने सोचेको थिएँ।” छिरिङ त आˆनो चारवर्षे कुकुर हराएकोमा
चिन्तित मात्र थिए तर, कुकुरले एक दिन खाना नखाँदा रुने उनकी श्रीमती
मायुमीको त बेहालै भएको थियो।
डेढ वर्षअघि आफूहरूको प्रिय कुकुर 'जिम्बा' हराउँदा मैतीदेवीका दाजुबहिनी
रोशेन्द्र र रेजिना खड्काले पनि रेडियो सिटी एफएममा विज्ञापन गरेर
फेला पारे। गएको जनआन्दोलनमा फेरि हराएको 'जिम्बा' बन्द र कˆर्यूका
कारण नभेटिए पछि भने उनीहरूले सानो तिब्बतियन कुकुर 'भुण्टे' पालेका
छन्।
कुकुरप्रति शहरिया नेपालीहरूको लगावका यस्ता उदाहरण धेरै भेटिन्छन्।
विगतमा सुरक्षाका लागि पाल्ने गरिएको कुकुर अहिले सोखको लागि पालिन्छ।
महङ्गा'महङ्गा कुकुर पाल्ने घरानियाँहरूको सोख विस्तारै मध्यम वर्गमा
पनि सर्दै गएको छ। रु.४ हजारदेखि रु.१ लाखसम्ममा कुकुर किनेर पाल्नेहरूको
जमात राजधानी र बाहिरका शहरहरूमा उल्लेख्य छ।
विकसित मुलुकहरूमा घरपालुवा जनावरका रूपमा 'पेट्स' अर्थात् कुकुर,
बिरालो पाल्ने चलन निक्कै छ। सुरक्षासँगै एकल पारिवारिक माहौलले निम्त्याएको
पट्यारलाग्दो एकाङ्की जीवनबाट पार पाउन 'पेट्स'हरूले निक्कै ठूलो भूमिका
खेलेका छन्, त्यहाँ। संभवतः नेपाली शहरिया समाज पनि विकसित मुलुकको
त्यही बाटोमा जाँदैछ। एभरेष्ट केनल क्लबका कार्यकारी निर्देशक सुरेश
शाह सोखका लागि पाल्ने पहिलेभन्दा बढिरहेको बताउँछन्।
कुकुरले मान्छेको भाषा नबुे पनि उसले सङ्केतको आधारमा अह्राएको काम
गर्दछ। तीक्ष्ण दिमाग र बफादारीकै कारण नेपाल प्रहरीले २०२६ सालदेखि
नै कुकुरलाई तालिम दिएर सेवामा लगाउँदै आएको छ भने यसै वर्ष वैशाखदेखि
सशस्त्र प्रहरीले कुकुरको छुट्टै स्क्वाड खडा गरेको छ। नेपाली सेनाले
भने कुकुरलाई प्रयोग गर्न थालेको आठ वर्ष भइसकेको छ। ती कुकुरले सुँघेर
अपराधी पत्ता लगाउने गर्दै आएका छन्।
यद्यपि अहिले पनि शहर'बजारमा 'भुस्याहा' भनेर खुल्ला छाडिएका धेरै
कुकुर भेटिन्छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को सहयोगमा
काठमाडाँै एनिमल टि्रटमेण्ट सेण्टर (क्याट) ले पशु स्वास्थ्य र जिल्ला
पशु स्वास्थ्य सेवा केन्द्रसँग मिलेर चार महिनाअघि गरेको गणनामा राजधानीको
चक्रपथभित्र २० हजार पाँचसय यस्ता कुकुरहरू भेटिएका थिए। क्याट ले
यस्ता कुकुरलाई 'भुस्याहा' भनेर हेप्नुको साटो 'सामुदायिक कुकुर'को
रूपमा संरक्षण गर्न आह्वान गर्दै 'एनिमल बर्थ कन्ट्रोल' कार्यक्रम
चलाउँदै आएको छ।
कुकुरसँग यो लगाव
तीन वर्षअघि मरेको 'जेनी' नामको आˆनो कुकुरलाई सम्िँदा हास्यकलाकार
हरिवंश आचार्यको आँखा अै रसाउँछ। १३ वर्षको उमेरमा मरेको तिब्बतियन
जातको 'जेनी' आˆनो परिवारको सदस्य नै रहेको उनी बताउँछन्। काठमाडाँै
क्याट का अध्यक्ष समेत रहेका आचार्य भन्छन्, “जेनी मरेपछि तीन दिनसम्म
त रोएको रोएकै भएँ।” जेठो छोरा त्रिलोकले सानै छँदा रहर गरेर पालेको
कुकुर सबैको प्रिय नै बनेको थियो। “कोही भेट्न आउँदा सुँघ्थ्यो, झ्यालबाट
मैले हेरेपछि स्कर्टिङ गर्दै बैठक कोठासम्म लैजान्थ्यो।” आचार्यले
अहिले कुकुर पालेका छैनन्। भन्छन्, “कुकुर १२/१३ वर्षभन्दा बढी नबाँच्ने,
मरेपछिको पीडा सहनै गाह्रो हुने भएकाले अर्को कुकुर पाल्न मन लागेको
छैन।”
आˆना मरेका प्रिय कुकुरहरूको सम्नामा भैँसेपाटीका भुवनसिंह लिम्बूले
घरैमा कुकुरको तस्बिर ठूलो बनाएर फ्रेममा राखेका छन्। लिम्बूकी श्रीमती
धनरानीका अनुसार तिहारको समयमा मरेका 'फुच्ची' र 'सायाङ'को तस्बिरमा
फूलमाला लगाएर उनीहरूले मृत कुकुरहरूलाई सम्न्छन्। अहिले पनि लिम्बूको
घरमा ११ वटा कुकुर छन्। तीमध्ये चार वटा सडकमा भेटेर ल्याइएका 'भुस्याहा'
हुन्। नियमित स्वास्थ्य परीक्षणसँगै डग फुड र हड्डी नभएको कुखुराको
मासु कुकुरहरूलाई खुवाउँछन्। भुवनसिंहकी माइली छोरी नन्दा भन्छिन्,
“घाँटी बिग्रन्छ भनेर हड्डी खान दिँदैनौँ, हाम्रो घरमा त मान्छेले
भन्दा बढी माया कुकुरले पाउँछ।”
अनामनगर, काठमाडाँैकी कमला राई आफूले पालेको सानो कुकुरलाई तेस्रो
सन्तान नै ठान्छिन्। उनले 'बेथु' नाम राखेर पालेको कुकुर छोरा'छोरी
नीता र विशालका लागि पनि प्रिय छ। 'बेथु' एकछिन् कतै हरायो भने पनि
राई परिवारमा छट्पटी चल्छ। कमला भन्छिन्, “एक दिन कुकुर हराउँदा हामी
सब काम छाडेर खोजिमा भौँतारिएका थियाँै।”
महङ्गो सोख
 |
| किरण पाण्डे |
| मरेको कुकुरको तस्बिरमा खादा लगाउँदै |
बूढानीलकण्ठ, काठमाडाँैका अजय गुरुङले घरमा एकैसाथ 'फेन वर्नाड' जातका
तीन, 'रट वाईलर' एक र 'डोबरम्यान' एक गरी पाँच वटा कुकुर पालेका छन्।
१० फरक जातका कुकुर पाल्ने चाहना राखेका अजय 'ब्रुजर' र 'ब्राउनी'
नाम राखेको 'फेन वर्नाड' जातको जोडी कुकुर आफूले डेढ लाख रुपैयाँमा
किनेको बताउँछन्। यो जोडीबाट जन्मेका दश सन्तानमध्ये एउटा राखेर अरू
उनले २५ देखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरेका थिए। 'डोबरम्यान'
भने उनले तीन वर्षअघि उद्योगपति विनोद चौधरीकी श्रीमती लिली चौधरीसँग
दश हजार रुपैयाँमा किनेको बताए। सुरक्षासँगै आˆनो सानैदेखिको सोखका
लागि कुकुर पालेको बताउने लाहुरे परिवारका अजय ती कुकुरको पालन पोषणमा
मासिक रू.५० हजार जति खर्च गर्छन्। उनका अनुसार बढ्दो उमेरमा दुई वर्षसम्म
घरेलु खानाभन्दा विदेशी 'डग फुड' खुवाउन, स्याहार र उपचारका कारण खर्च
बढेको हो। भन्छन्, “कुकुर हेर्ने छुट्टै मान्छे पनि राखेको छु। केहीअघि
एकैसाथ साढे तीन लाखको अमेरिकन डग फुड विदेशबाट मगाएको थिएँ।”
 |
| पालिएका कुकुरका साथ धनरानी लिम्बू। |
केहीलाई भने कुकुर पटक्कै मन पर्दैन। तर, कुकुरलाई मनै दिएर पालेकोले
मात्र कुकुरले दिने मानसिक सन्तुष्टि र यसबाट पाउने आनन्द महसूस गर्न
सक्ने कुकुर पालकहरू बताउँछन्। कुकुरसँगको हेलमेलले ऊर्जा दिने बताउँदै
हरिवंश भन्छन्, “कुकुर भएको घर स'साना बच्चाबच्ची भएको घर जस्तै हो।”
एभरेष्ट केनल क्लबका शाह पनि कुकुरको वफादारिता र यसले दिने सुरक्षा
बाहेक कामबाट थाकेर घर फर्केको मान्छेले कुकुरबाट मानसिक 'रिफ्रेशमेण्ट'
पाउने बताउँछन्।
धेरै मानिसले रहर भएर पनि ठूलो कम्पाउण्ड भएको घर र टोलमा कुकुरलाई
डुलाउने ठाउँ र मैदानहरू नभएका कारण सोख पूरा गर्न पाएका छैनन्। जोडिएका
बाक्ला घरहरू भएका कारण रातभरि कुकुर भुक्दा र जथाभावी दिशा'पिसाब
गर्दा छिमेकीहरू रिसाउने समस्या पनि कुकुर पाल्नेहरूले भोग्दै आएका
छन्। रोयल केनल क्लबका हिम केसी भन्छन्, “सोखले पाल्नेहरू त बढेका
छन् तर खुल्ला वातावरणको अभाव छ।”
 |
| किरण पाण्डे |
| अजयले पालेको 'फेन वर्नाड' जातको कुकुर। |
कुकुर पाल्नेको 'सर्कल' बढ्दै जाँदा नयाँ व्यवसायको अवसर सृजना हुँदै
गएको छ। विदेशमा ैँ कुकुरहरूको हेरचाह गरिदिने, तालिम दिने तथा कुकुरका
बच्चा र खानेकुरा उपलब्ध गराउने 'केनल क्लब'हरू खुल्ने क्रम बढ्दो
छ। राजधानीमा काठमाडाँै केनल क्लब, रोयल केनल क्लब, एभरेष्ट केनल क्लब,
क्यान एण्ड केयर, महानगर एनिमल रिसर्च सेण्टरलगायत १५ जति क्लब छन्।
विदेशकै सिकोमा कुकुर प्रतियोगिताहरू पनि हुन थालेका छन्। चार वर्षअघिसम्म
स्व. फादर युजिन वाटि्रनले काठमाडाँै केनल क्लबमार्फत् सञ्चालन गरेको
'डग शो' लाई अन्य क्लबहरूले निरन्तरता दिँदै आएका छन्। यस्ता 'शो'मार्फत्
आˆना कुकुरहरूको प्रदर्शन गर्ने कार्यमा कुकुर मालिकहरूको रूचि बढ्दो
छ। २०६२ असोजमा क्यान एण्ड केयर नामक क्लबले आयोजना गरेको 'डग शो'
मा ६२ वटा कुकुरहरू सहभागी भएको सञ्चालक प्रविन बज्राचार्य बताउँछन्।
त्यसअघि २०६१ कात्तिकमा एभरेष्ट केनल क्लबले १०० कुकुरहरूसहितको 'डग
शो' आयोजना गरेको थियो। विदेशतिर हुने 'डग शो' मा उत्कृष्ट हुने कुकुरहरूबाटै
त्यो नश्लको कुकुरको मूल्य निर्धारण हुने गर्दछ, कुकुर समेत 'सुपरस्टार'
घोषित हुन्छ।
कस्तो कुकुर पाल्ने
 |
| जेनीका साथ हरिवंश। |
सौखिनहरू यसको रुपरङ, उचाइ र स्वभावका आधारमा कुकुरको छनौट गर्छन्।
'वर्किङ्ग डग', 'टोय डग' र 'स्पोर्टिङ् डग'का रूपमा कुकुरहरूको वर्गीकरण
गरिन्छ। सुरक्षाको हिसाबले बलियो र काम गर्नसक्ने कुकुरहरूमा 'फेन
वर्नाड', 'डोबरम्यान', 'बक्सर', 'रट वाइलर', 'जर्मन सेफर्ड', 'ग्रेट
डेन', 'मास्टिफ' आदि जातका कुकुरहरू 'वर्किङ्ग डग'मा पर्छन्। यीमध्ये
'मास्टिफ' र 'रट वाइलर' नेपालमा त्यति पालिँदैन। खेलौनाका रूपमा पालिने
'जापानिज स्पिच', 'लासा एप्सो', 'पग' आदि 'टोय डग' हुन्। साना र हेर्दै
आकर्षक लाग्ने यीमध्ये नेपालमा बढी जसो 'जापानिज स्पिच' पालिन्छन्।
'लाब्राडोर', 'ककर स्पेनल', 'गोल्डन रिटि्रवर', 'इङ्लिस सेटर' आदि
जातका कुकुर 'स्पोर्टिङ् डग'को श्रेणीमा पर्छन्। पहिले साँढे र अन्य
जनावरसँग लड्ने र रिसाहा स्वभाव भएको 'बुल डग' अहिले 'नन स्पोर्टिङ
डग'को श्रेणीमा 'शो डग'को रूपमा मात्र रहेका छन्। शान्त स्वभावको नश्लमा
परिणत हुँदै गएपनि उच्च नश्लको 'बुल डग' भने महङ्गो हुन्छ।
गाउँघरमा सबैभन्दा बढी पालिने कुकुरहरूमा तिब्बतियन जातको 'भोटेकुकुर'
हो भने शहर/बजारमा रु.४ हजारदेखि रु.१२ हजारसम्म पर्ने 'जापानिज स्पिच',
'जर्मन सेफर्ड', 'डोबरम्यान', 'बक्सर', 'लाब्राडोर' हुन्। 'जर्मन सेफर्ड'को
मूल्य ४० हजारसम्म पर्छ। त्यस्तै ३० देखि ६० हजारसम्म पर्ने 'न्यू
फाउण्ड ल्याण्ड', ५० हजारसम्म पर्ने 'ग्रेड डेन', 'फेन वर्नाड' आदिको
पनि किनबेच हुने गरेको छ। संसारमा कहीँ पनि कुकुरको मूल्यमा एकरूपता
पाइँदैन। मनपरेको कुकुरलाई जतिसुकै मूल्य हाल्न तयार हुने भएकाले बेच्ने
र किन्नेबीचको सहमतिमा मात्र मूल्य निर्धारण हुने गरेको सौखिनहरू बताउँछन्।
विदेशतिर प्रतियोगितामा उत्कृष्ट घोषित भएका र उच्च नश्लका कुकुर बढी
मूल्यवान हुन्छन्।
राम्रोसँग एउटा कुकुर पाल्न मासिक रु.६ सयदेखि बढीमा रु.५ हजार खर्च
हुने भएकाले त्यती खर्च गर्न सक्नेले सुरक्षासँगै सोख पनि पूरा गर्न
सक्छन्। सम्पन्न सौखिनहरू त कुकुरबाट पाइने आत्मीयताको निम्ति जतिसुकै
खर्च गर्न पनि तयार हुन्छन्।
पारसलाई उपहार
युवराज पारसलाई गत
वर्ष पुसमा उनकी बहिनी प्रेरणाले एभरेष्ट केनल क्लब, बानेश्वरबाट रु.
५० हजारको ग्रेट डेन जातको कुकुर उपहारस्वरुप दिइन्। १५ पुस पारसको
जन्मदिन हो। पारसले चार महिनाअघि बूढानीलकण्ठका अजय गुरुङसँग ३२ हजारमा
सेण्ट वर्नाड जातको कुकुर किनेका छन्। मोलतोलपछि कुकुर पुर्याउन आफैँ
दरबार गएको गुरुङले हिमाल लाई बताए।
दाजुलाई कुकुर उपहार दिने प्रेरणा पनि कुकुरको सौखिन हुन्। छाउनीस्थित
विजयघरमा उनले दुइटा 'डाल्मासियन' र दुइटा 'जर्मन सेफर्ड' पालेकी छन्।
प्रेरणाले आˆना कुकुरसँग बोलचालका लागि ०६२ वैशाखदेखि पाँच महिनासम्म
दैनिक एक घण्टाका दरले एभरेष्ट केनल क्लबबाट तालिम समेत लिएकी थिइन्।
तालिम लिनुअघि भरेको क्लबको फारममा उनले सोख र साथीको लागि कुकुर पालेको
लेखेकी थिइन्। जसमा कुकुर खेलाउँदा खुशीको अनुभव गर्ने प्रेरणाका चारै
कुकुरलाई बिहान ७ बजे ल्याक्टोजिन र सेरेलेक्स, ९ बजे पेडिग्रीलगायतका
डग फुड, दिउँसो १ बजे र ५ बजे मासु'भात र 'स्पाईनाक' खुवाउने गरेको
उल्लेख छ।
सामुदायिक कुकुर
'भुस्याहा' भनेर हेपिन्छन्
सडकका कुकुरहरू। लात र ढुङ्गा, सडकको धूलो'मैलो, जाडो'गर्मीको दुःख
यिनीहरूका जीवनसाथी हुन्। राज्य र नगरपालिकाले पनि यिनीहरूलाई देखी
सहँदैनन् र 'स्ट्रिकनाइन' विष खानु परेर छट्पटाहटको मरण पनि यिनले
भोग्नुपर्दछ। आधुनिकीकरणको असंवेदनशीलता यस्तो विष सेवन अभियानले दर्शाउँछ।
वास्तवमा यी कुकुर 'भुस्याहा' होइनन्। यी त सामुदायिक कुकुर हुन्।
टोल'बस्तीका कुनै किराना पसलेले यिनीहरूसँग मितेरी गाँसेको हुन्छ।
छिमेकका बच्चाबच्चीले यी कुकुरसँग खेल्ने गर्छन्। कसैले यिनलाई खान
दिन्छन्, सडक दुर्घटनामा परेर चोट लागे कसैले घाउमा मल्हम लगाइदिन्छन्।
यी कुकुरले टोलको सुरक्षा र पहरेदारी गर्छन्। सौखिनहरूले 'पेडिग्री'
कुकुर पाल्छन्। हाम्रै रैथाने सामुदायिक कुकुरलाई 'नेपाली पेडिग्री'
भन्न मिल्छ। चंखमा अति चंखे, हत्तपत्त रोग नलाग्ने, मायालु, वफादार,
स्वतन्त्र हुँदाहुँदै नजिक पनि रहन चाहने। पहरेदार हुँदाहुँदै फोहोर
सरसफाइमा पनि सक्रिय सामुदायिक कुकुरहरूले मुसा नियन्त्रणमा पनि सहयोग
गर्छन् ताकि गुजरातको सुरत शहरमा जस्तो 'र्याट प्लेग' को महामारी
नफैलियोस्।
'भुस्याहा कुकुर'लाई हेप्ने प्रवृत्ति परिवर्तन गरेर 'सामुदायिक
कुकुर' को स्याहार गर्ने परम्परा बसालौँ। कुनै पनि निकायले विष खुवाएर
कुकुर सङ्ख्या घटाउने विचार गर्दछन् भने 'एनिमल बर्थ कन्ट्रोल' को
तरिका अपनाउन आग्रह गरौँ। अहिले 'काठमाडौँ एनिमल टि्रटमेन्ट सेन्टर'
ले कुकुर सङ्ख्या नियन्त्रण कार्यक्रम चलाएको छ। जसअन्तर्गत सामुदायिक
कुकुर समाएर (विशेष गरी पोथीलाई) परिवार नियोजन तथा स्वास्थ्य उपचार
गरी 'एण्टी रेविज् भेक्सिन' दिएर फेरि सो कुकुर रैथाने टोल वा बस्तीमा
फिर्ता लगिन्छ। यसो गरेपछि विष खाएको कुकुरको दर्दनाक मरण बच्चाबच्चाले
समेत हेर्नुपर्दैन भने सामुदायिक कुकुर स्वस्थ हुन्छन् र रेविज रोग
टाढै बस्दछ।
“भुस्याहा कुकुर भनेर नहेपौँ, हाम्रा सामुदायिक कुकुरलाई आˆनै ठानौँ।”
कनकमणि दीक्षित
दीक्षित काठमाडौँ एनिमल टि्रटमेन्ट सेन्टरसँग आवद्ध छन्।
|