हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

नया शैली भ्यालेन्टाइन्स् डे

अनुशील श्रेष्ठ र प्रेरणा मरासिनी

तस्बिरः किरण पाण्डे
नवदम्पती दीपाञ्जली लामा र अशिम शाह।

सेन्ट भ्यालेन्टाइन्स् डे' १४ फेब्रुअरीमा अन्तर्राष्ट्रिय रूपमा मनाइने प्रणय'उत्सव। नेपालमा पनि धेरै जोडाजोडीले प्रेम प्रकट गर्ने वा माया गाढा बनाउने अवसरका रूपमा यसको उपयोग गर्दै आएका छन्। तर कतिपय तन्नेरीलाई माया बाँड्न यही नै सबैभन्दा राम्रो दिन जस्तो लाग्दैन। पहिले पहिले मनाउनै पर्छ भन्नेहरूले पनि अहिले यसलाई धेरै महव दिन छाडेका छन्। तिनको ठाउँ विद्यालय, क्याम्पस, 'प्लस टु' पढ्दै गरेका तन्नेरीहरूले लिने क्रम पनि जारी नै छ।

बादलिँदो नेपाली परिवेशमा यसलाई मनाउने शैलीमा केही परिवर्तन आएको देखिन्छ। भ्यालेन्टाइन्स् डे विशेषगरी शहरी क्षेत्रका तन्नेरीहरूमा बढी लोकप्रिय देखिन्छ तर त्यो पुस्तामा पनि विगतको जस्तो तडकभडक देखिन्न आजभोलि। विद्यालय र 'प्लस टु'का तन्नेरीमा यसको निक्कै प्रभाव देखिए पनि अधिकांश युवाहरू 'पहिले करिअर त्यसपछि प्रेमका कुरा' भन्न थालेका छन्। काठमाडौँ अनामनगरमा बस्दै आएका पूर्ण राई भन्छन्, “बितेका तीन भ्यालेन्टाइन्स् डे फरक'फरक प्रेमिकासँग मनाएँ, अब लभ'सब छाडेर करिअर बनाउनतिर लाग्छु।” यसपटक भ्यालेन्टाइन्स् डे का दिन आˆनो 'ब्रेक' भइसकेको प्रेमलाई पुनर्जीवन दिने प्रयास चाहिँ गर्ने उनी बताउँछन्। केही महिनाअघि मात्र टुटेको तेस्रो प्रेम सम्ँदै २४ वर्षीय पूर्ण भन्छन्, “एक पटक उनलाई फोन गरेर टुटिसकेको सम्बन्ध जोड्ने प्रयास गर्नेछु।”

काठमाडाँैकी स्वेच्छा राना मगर (१७) प्रेम गर्न अथवा मनका कुरा भन्नलाई ३६५ दिनमध्ये एकै दिन मात्र उत्कृष्ट हुन्छ भन्ने ठान्दिनन्। भन्छिन्, “१४ फेब्रुअरी नै प्रेम प्रकट गर्ने उपयुक्त दिन हो जस्तो मलाई लाग्दैन।” तर उनकै समकालीन, विदेशी बाबु तथा नेपाली आमाका छोरा, आर्थर आशीश भान दुजब्रग भने यो दिनलाई मौकाको रूपमा लिन सकिने बताउँछन्। १८ वर्षे आर्थर भन्छन्, “कतिपयसँग आˆनो कुरा सजिलै राख्न सक्ने क्षमता हुँदैन, उनीहरूका लागि यो एक उपयुक्त दिन नै हो”, आˆना बाबु'आमाको अन्तरदेशीय तथा अन्तरजातीय विवाहमा यस दिनले सघाउ पुर्‍याएको उनी सुनाउँछन्।

अनुप प्रकाश
मोडलहरूः सुमिका बज्राचार्य र मनचिन शाक्य

काठमाडौँ, न्युरोडकी सञ्जना श्रेष्ठ १४ फेब्रुअरी आˆनो मिल्ने साथी मुदिताको जन्मदिन भएकाले भ्यालेन्टाइन्स् डे उनकै 'बर्थडे' मनाएर बिताउँछिन्। प्रेमी'प्रेमिकाहरूको विशेष दिनका रूपमा यसलाई मनाएको देख्दा राम्रै लाग्ने बताउँदै सञ्जना भन्छिन्, “आफूले माया गर्ने र आफूलाई माया गर्नेलाई किन एक दिन मात्र; हरेक दिन उत्तिकै माया गरिराख्नुपर्छ नि!”

परम्परागत तथा जातीय संस्कृति र संस्कारमा युवायुवतीहरूले एकअर्काप्रति प्रेम'भाव प्रकट गर्ने सन्दर्भ र माध्यमहरू प्रशस्तै नभएका हैनन्। गीतकार भुपाल राई प्रेमी'पे्रमिकाका लागि हाम्रै संस्कारले धेेरै चाडपर्व र अवसरहरू दिए पनि युवा पुस्ताले आˆनै परम्परा र संस्कार बुझ्न नसक्दा विदेशी संस्कारले प्रश्रय पाएको बताउँछन्। हुन पनि गुरुङ जातिको रोदीघर, लिम्बूहरूको धाननाच, राईको साकेला, मगरको हुर्रादेखि विभिन्न चाडपर्वमा आयोजना हुने मेला र उत्सव सदियौँदेखि युवाहरूमा भेटघाट र परिचय आदानप्रदानको सजिलो माध्यम बन्दै आएका छन्। राई भन्छन्, “प्रेम शाश्वत् कुरा भएकाले यसलाई जसरी मनाए पनि हुन्छ। भ्यालेण्टाइन्स् डे प्रेमको प्रतीकको रूपमा भित्रिएकोले म नकारात्मक चाहिँ मान्दिनँ।” २ फागुनमा राजधानीको गुरुकुल थिएटरमा आयोजना हुने प्रेम कविता महोत्सव २०६३ मा कविता वाचन गर्ने तयारी गरिरहेका राई थप्छन्, “प्रेम भनेको चेतना हो, चेतना रहुञ्जेल हरकोहीले प्रेम गरिरहन्छ।”

प्रणय दिवसको यो दिनलाई मौकाको रूपमा भन्दा शङ्काको बीउ रोप्ने दिनको रूपमा लिनेहरू पनि भेटिन्छन्। अै पनि छोराछोरीले ब्वाइयफ्रेन्ड वा गर्लफ्रेन्ड नबनाइदिएहुन्थ्यो भन्ने सोचाइ भएको हाम्रो समाजमा तन्नेरी प्रेमी'प्रेमिकालाई यस दिनले नचाहिँदो 'टेन्सन' देला भन्ने डर पनि छ। त्यसैले काठमाडौँकी रीना श्रेष्ठ (१९) १४ तारिखको भ्यालेन्टाइन्स् डे लाई आफू र आˆनो प्रेमीलाई मिल्ने अन्य दिनमा सार्ने गर्छिन्। बाबुआमाले शङ्का गर्न नपाउन् भनेर त्यसो गरेको बताउँदै उनी थप्छिन्, “आजकलका बाबुआमा पनि त बाठा भइसके नि, १४ तारिखका दिन घर चाँडै नआए, पैसा बढी खर्च गरेको थाहा पाए भने शङ्का गर्छन्।”

भ्यालेन्टाइन्स् डे मा रातो रंगको गुलाफको फूलका साथमा ग्रिटिङ कार्ड लिएर आफूलाई मन परेको व्यक्तिका सामु आˆना कुरा खोल्ने पुरानो चलनलाई पछाडि पारेको छ इन्टरनेटमा पाइने फ्री कार्ड तथा एसएमएस का सन्देशले। यो बेला मनका कुरा राख्न मोबाइल फोन तथा इन्टरनेटको च्याटले समेत मद्दत पुर्‍याएको देखिन्छ। स्वेच्छा भन्छिन्, “केटीहरू सजिलै आˆना कुरा राख्न नसक्ने हुनाले च्याट तथा एसएमएसले सघाउँछ।” प्रेम बन्धनमा परिसकेकाले चाहिँ कसरी मनाउँछन् त? रीना भन्छिन्, “हामी चाहिँ लामो दूरीमा घुम्न जान्छौँ।” घुम्न जाने बाहेक महँगा रेस्टुरेन्टमा खान जाने तथा रात्रि शो फिल्म हेर्न जाने नयाँ शैली बनेको छ भ्यालेन्टाइन्स् डे मनाउनेको। “हामीलाई चाहिँ नयाँ ठाउँमा नयाँ खानाको स्वाद लिन मन पर्छ” भन्छन् काठमाडौँका सौरभ राई जो यसपालिको प्रेम दिवसमा आˆनी प्रेमिकासँग पोखराको लेकसाइडको एक रेस्टुरेन्ट जाने भएका छन्। त्यस्तै व्यस्त जीवन बिताउने केही जोडी भने सँगै बसी फिल्म हेर्न मन पराउँछन्। “फिल्म हेर्दाको रमाइलो बेग्लै हुन्छ र यो हामी दुवैलाई मन पर्छ” भन्छन् २६ वर्षे सरोज के.सी.। के.सी. पेशाले प्रहरी हुन् र उनकी प्रेमिका ब्याङ्कमा कार्यरत छिन्।

किरण पाण्डे
२७ माघमा राजधानीको ठमेलस्थित क्युपिड गिफ्ट शपमा भ्यालेन्टाइन्स् डे का लागि कार्ड हेर्दै युवाहरु।

हामीकहाँ प्रेमाभाव प्रकट गर्ने कतिपय संस्कार भए पनि समाज अै रुढिवादी भएकाले युवाहरूले खोजेको स्वतन्त्रता भ्यालेण्टाइन्स् डे ले पूरा गरिदिएको छ। तर, आˆनै देशका चाडपर्व, उत्सव र विभूतिका जन्मोत्सव थाहा नहुने तर भ्यालेण्टाइन डे को तयारी हप्तौँ अघिबाटै गर्ने तन्नेरीहरू पनि प्रशस्तै छन्। पश्चिमा विकास र प्रगतिलाई पछ्याइरहेका आजको पुस्ताले यसलाई अपनाउनु गलत नभएको मान्नेहरू पनि हाम्रो समाजमा छन्। प्रेम प्रस्ताव राख्न र स्वीकार्न विदेशी आयातीत संस्कारलाई नै अपनाउन जरुरी नभएको बताउनेहरूको पनि कमी छैन। धरानका २१ व्ार्षे रवि लिम्बूलाई भ्यालेन्टाइन्स् डे मन पर्दैन। भन्छन्, “मलाई यो दिन अनावश्यक रूपमा विदेशीको नक्कल गर्ने दिन जस्तो लाग्छ। मनाउने नै भए हाम्रा आˆनै चाडपर्व मनाए भइहाल्छ नि!” आˆना मनका कुरा राख्न कुनै तोकिएको दिन चाहिएन उनलाई, गएको श्रीपञ्चमीका दिन आफूले मन पराएकीलाई प्रेम प्रस्ताव राखेपछि अहिले दुवै प्रेम रमाइरहेको उनी बताउँछन्। त्यस्तै, विराटनगरका २३ वर्षे विनय ढकाल पनि भ्यालेन्टाइन्स् डे नमनाउने पक्षमा छन्। कहाँ र कसरी पैसा खर्च गरौँ भन्ने किशोर'किशोरीकै लागि मात्र यो दिन आएको जस्तो लाग्छ उनलाई। भन्छन्, “अहिले त यो दिनको मलाई कुनै महव नै लाग्दैन।”

भ्यालेन्टाइन्स् डे का बारेमा विभिन्न किंवदन्तीहरू भए पनि इ.सं.२७० तिर रोमका एक पादरी सेण्ट भ्यालेण्टाइनको नामबाट यो दिवस अस्तित्वमा आएकोे मानिन्छ। युद्धमा होमिएका रोमन सम्राट क्लौडियसले आˆना सिपाहीहरूले बिहे गर्न नपाउने नियम लगाएपछि सेण्ट भ्यालेन्टाइनले भित्री रूपमा प्रेमीहरूको मिलन गराउने काम गरेका थिए। यो थाहा पाएर क्लौडियसले भ्यालेन्टाइनलाई जेलमै हाले। तर जेलर एसटेरियसकी दृष्टिविहीन छोरीसँगै उनको माया बस्यो, भ्यालेन्टाइनको प्रेमले उनी आँखा समेत देख्ने भइन्। आफूलाई ुण्ड्याइएको दिन सेण्ट भ्यालेन्टाइनले आˆनी प्रेमिकालाई “म तिमीलाई पे्रम गर्छु” भन्दै पत्र लेखे। आज त्यही दिन प्रेम दिवसको रूपमा विश्वभर चर्चित बनेको छ।


हरेक दिन भ्यालेन्टाइन्स् डे!

दीपाञ्जली र अशिमको जोडी।

थरले लामा भएपनि हिन्दू संस्कृति मान्ने दीपाञ्जली र मुसलमान अशिम शाहको प्रेम विवाहमा परिणत होला भन्ने दुवैलाई लागेकै थिएन तर उनीहरूबीच मागी'विवाह नै भयो। करिब डेढ वर्षको प्रेम सम्बन्ध सफल पार्न न्ोपाल वान टेलिभिजनमा ट्राभल च्याट कार्यक्रम चलाउने अशिम तथा इमेज च्यानलमा एसएमएस एण्ड मोर चलाउने दीपाञ्जलीले गत साल बिहे गरे।

उनीहरूलाई शुरुमा चिनाउने माध्यम बनेका थिए दीपाञ्जलीका भाइ आदित्य जसले नेपाल वानमा बाल कार्यक्रम चलाउँथे। संयोगवश, त्यो कार्यक्रमका प्रोड्युसर थिए अशिम। अशिम भन्छन््, “शुरु शुरुमा च्याटमा कुरा हुन्थ्यो, पछि फोनवार्ता शुरु भयो, अनि भेटघाट।” मित्रता प्रेम सम्बन्धमा परिवर्तन भएपछि एक दिन अशिमले विवाहको प्रस्ताव राखे, तर सोै स्वीकार गर्न सकिनन् दीपाञ्जलीले। “आमालाई मरिससमा फोन गरेँ र हाम्रो बारेमा बताएँ, उहाँले पहिला त ठाडै हुँदैन भन्नुभयो तर पछि अशिम 'कन्भिन्स' गर्न सफल हुनुभयो”, दीपाञ्जली सुनाउँछिन्। “यता मेरो पनि आमा पौडेलकी छोरी हुनुभएकाले खासै गाह्रो भएन सम्ाउन” अशिम भन्छन्। यी दम्पतीले बिहे गर्दा हिन्दू तथा मुसलमान चलन दुवै अपनाए। दीपाञ्जलीको घरमा अशिमले उनलाई पोते लगाइदिए र दीपाले उनको खुट्टामा ढोगिन् भने यता अशिमको घरमा उनीहरूको मुसलमानकै चलन अनुसार 'निकाह' भयो।

यो जोडीको बिहेपछिको जीवन पनि उत्तिकै व्यस्त छ। दीपाञ्जलीले बिहानको भान्छाको कामसँग्ौ इमेज एफएममा हप्ताको छ दिन एक एक घन्टाको कार्यक्रम चलाउँछिन्, इमेज च्यानलको एसएमएस एण्ड मोर कार्यक्रम उनको सार्वजनिक चिनारीको माध्यम नै भएको छ। नेपाल वानमा सिनियर प्रोड्युसरका रूपमा कार्यरत अशिम भने टिभीका अलावा जी २१ न्ाामक म्युजिक भिडियो कम्पनी आˆना दाजु आशिफ शाहका साथ चलाउँछन्। मोडलिङ पनि गर्ने दीपाले भने अशिमले निर्देशन गरेको एउटै मात्र म्युजिक भिडियो' सनुप पौडेलको पहिलो पिरती मा खेलेकी छिन्। आˆनो सफल पिरतीका बारे उनी भन्छिन्, “साँचो माया छ भने जस्तोसुकैै बाधा पनि हल गर्न सकिन्छ।” यी नव दम्पतीले भ्यालेन्टाइन्स् डे चाहिँ कसरी मनाउँछन् नि? भन्छन्, “हाम्रो लागि त हरेक दिन भ्यालेन्टाइन्स् डे! ”


रमझम रिपोर्ट

साँच्चिकै दुई पाङ्ग्रा

नेपाली साङ्गीतिक क्षेत्रमा दुई दर्जन भन्दा बढी दम्पतीको सहयात्रा देख्न सकिन्छ। यीमध्ये केही जोडीका लागि जीवननिर्वाह, उन्नति, ख्याति सबैको माध्यम बनेको छ, सङ्गीत।

अनुशील

उदय'मनिला सोताङ

एकै रथका दुई पाङ्ग्रा, हाम्रो जिन्दगानी
तिमी आगो बन्यौ भने, म बनुँला पानी

मन्तव्य अल्बमका लागि कृष्ण अविरलको शब्दमा उदय'मनिला सोताङले गाएको यो गीत सोताङ दम्पतीसँगै कुन्ती'शीलाबहादुर मोक्तान, गणेश'यशोदा पराजुली जस्ता एकै क्षेत्रमा सहयात्रा गरिरहेका अरु जोडीलाई पनि सुहाउँछ।

त्यसो त नेपाली साङ्गीतिक क्षेत्रमा दुई दर्जन भन्दा बढी दम्पतीको साङ्गीतिक सहयात्रा देख्न सकिन्छ। उदितनारायण र दीपा ा तथा सिन्धु मल्ल र सुदाम थापा जस्ता केही जोडी चर्चामा आए पनि धेरै जोडी उदय'मनिला, कुन्ती'शिला, गणेश'यशोदा जस्तै सक्रिय र सफल भने छैनन्। एकताका चर्चामा रहेका पप गायक सञ्जीव प्रधान र सरिष्मा अमात्यको विवाहित जोडी अमेरिका पलायन भएपछि गायनमा निष्त्रि्कय छन्। गायनकै क्रममा धेरै समय सिङ्गापुरमा बिताउने सोताङ दम्पतीले पछिल्लो समयमा आˆना नयाँ गीतहरू समेटेर आठौँ अल्बम मन्तव्य र हङकङमा रहने पराजुली दम्पतीले दोस्रो अल्बम सहयात्रा बजारमा ल्याएका छन्भने मोक्तान दम्पती आˆनो नवौँ अल्बमको तयारीमा छन्।

शिलाबहादुर र कुन्ती मोक्तान

कहिलेकाहीँ मलाई पनि हेरी देऊ है फर्केर,
सधैँभरि नजाऊ तिमी मदेखि तर्किएर...

विवाह हुनुअगावै २०४० सालमा शिलाबहादुरको शब्द र सङ्गीतमा कुन्ती मोक्तानको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको यो गीत जस्तै यो जोडीले कहिल्यै एकअर्काबाट तर्किएर हिँड्नु परेको छैन। २०३६ सालतिर शीलाबहादुर र कुन्ती दार्जीलिङमा गुरु जेसी राईसँग सङ्गीत सिक्दथे। त्यहीँ उनीहरू एकअर्काप्रति आत्मीय भइसकेका थिए। शिलाबहादुर भन्छन्, “साथी'साथी थियौँ, माया बस्यो, बिहे गर्ने निष्कर्षमा पुग्यौँ र मित्रतालाई दाम्पत्य जीवनमा परिणत गर्‍यौँ।” एकअर्काको दूरी घटाउन र मित्रतालाई पारिवारिक बन्धनमा बाँध्ने पुल सङ्गीत नै भएको दुवै बताउँछन्।

२०४१ सालमा विवाह गरेपछि नेपाल आएका मोक्तान दम्पतीको साङ्गीतिक जोडी अत्यन्तै सफल छ। कुन्तीले गाएका करिब साढे चार सयमध्ये आधा गीतमा शिलाबहादुरले नै सङ्गीत भरेका छन्। माथि'माथि शैलुङेमा..., चोली राम्रो पाल्पाली..., मायालुलाई..., लालीगुराँस अजम्बरी..., हुम्ला'जुम्ला..., खुट्टा तान्दै गर... जस्ता लोकप्रिय गीतमा यो जोडीको प्रतिभा ल्कन्छ। यही सफलताले अवार्ड र सम्मानको ओइरोसँगै देश विदेशको मञ्चहरूमा आज पनि कुन्ती मोक्तानको निकै माग छ। “हाम्रो त जीवन निर्वाहको माध्यम नै सङ्गीत हो” भन्ने पहिलो अल्बम कहिलेकाहीँ देखि शैलुङे सम्म आइपुग्दा यो जोडीको मात्र ८ अल्बम भइसकेको छ भने शिलाबहादुरको सङ्गीतमा अरूकै स्वरमा १० वटा सोलो अल्बम निस्किसकेको छ। कुन्ती राजधानीका एक दर्जन विद्यालयमा पार्टटाइम सङ्गीत शिक्षिका छिन् भने शिलाबहादुर म्युजिक नेपालका सङ्गीत एरेञ्जर हुन्।

मोक्तान दम्पतीका दुई छोरी शीतल र सुवानी पनि तीन वर्षअघि पहिलो माया अल्बमबाट गायन क्षेत्रमा लागेका छन्। यही फागुनमा छोरीहरूको दोस्रो अल्बम शीतल'सुवानी आउन लागेको कुन्ती बताउँछिन्। उनी भन्छिन्, “दुई पाङ्ग्रा बराबर हिँडे पारिवारिक जीवन चल्छ भनिन्छ तर हाम्रो त चार पाङ्ग्रा एउटै क्षेत्रमा छ।” हुन पनि शितल र सुवानीमा बुबा'आमा दुवैको गुण देखिन्छ। वाद्यवादनमा समेत चासो छ उनीहरूको। शीतल भायोलिन र सुवानी गितार, कीबोर्ड पनि बजाउँछिन्। चारै जना एकै क्षेत्रमा भएकाले उनीहरूको घरमा रमाइलो साङ्गीतिक वातावरण हुन्छ।

२०४१ सालमा विवाह बन्धनमा बाँधिएका उदय'मनिलाको जोडीले नेपाली साङ्गीतिक क्षेत्रमा लोभलाग्दो पहिचान बनाइसकेका छन्। दार्जीलिङका स्टेज कार्यक्रमहरूमा गीत गाउँदा गाउँदै माया साट्न पुगेको यो जोडी युगल गायनमा अगाडि छ। दार्जीलिङबाट २०४५ सालतिरै नेपाल आएका उदय'मनिलाले आफूलाई स्थापित गर्न निकै समय संघर्ष गर्नुपरेको थियो। सुरुआती दिनमा राजधानीका गजल रेष्टुरेण्टहरूमा गाउने उनीहरूले १७ वर्षअघि पहिलो अल्बम ल्को निकाले पनि २०५५ सालमा बजारमा आएको अल्बम मुस्कान ले उनीहरूलाई नयाँ उचाइ दिएको थियो।

मुस्कान पछि आएका कथा, भीडदेखि बाहिर, उपमा, आत्मकथा, मर्म जस्ता अल्बमका मन छुने गीतहरूबाट यो जोडीले श्रोतामा दरिलो छाप छाडेका छन्। संगीत नै जीवन मान्ने यो जोडीका लागि जीवन'निर्वाह, उन्नति, ख्याति सबैको माध्यम बनेको छ सङ्गीत। सोताङ दम्पतीका छोरा'छोरी श्रेया र सुयोग पनि उदीयमान कलाकारका रूपमा देखा परेका छन्। केही अल्बममा उनीहरूले आˆना बुबा'आमालाई समेत साथ दिएका छन्।

गणेश पराजुली र यशोदा पराजुलीलाई दम्पती बनाउने पनि सङ्गीत नै हो। शास्त्रीय सङ्गीतकी गायिका यशोदासँग ०४९ सालमा गणेशको भेट भएको थियो।

गणेश'यशोदा जोडी

दिन ढल्यो अँधेरी रातमा,
यो मन जल्यो निष्ठुरीको यादमा...

गणेशले यो गीतको सङ्गीत तयार गर्ने क्रममा नै दुवैले माया साटिसकेका थिए। गणेश भन्छन्, “सङ्गीत भइसक्दा एक'अर्कालाई मन पराउन थालेछौँ, गीत रेकर्डिङसँगै बिहे पनि गरिहाल्यौँ।” कसले पहिले प्रेमको प्रस्ताव राख्यो? यशोदा भन्छिन्, “एकअर्काले मन पराउँदा रहेछौँ भन्ने महसूस भयो, त्यसपछि कुरा चल्यो।”

गणेश'यशोदाको यो जोडीले २०५७ सालमा गाउँको माया नामक पहिलो युगल अल्बम निकालेको थियो। हालै दोस्रो अल्बमको रुपमा आएको सहयात्रा लाई उनीहरूले आˆनो साङ्गीतिक यात्राको अर्को कडीका रूपमा लिएका छन्। ज्ञानेन्द्र गदालको शब्द रहेको जोडीको लोकप्रिय गीत दिन ढल्यो अँधेरी रातमा... पुनः रेकर्ड गरी यसमा समेटिएको छ।

रेडियो नेपालमा उद्घोषिकाको जागिर छाडेर पाँच वर्षअघि श्रीमानका साथ गीत गाउनकै लागि हङकङ पुगेकी यशोदा हाल पारिवारिक कामले नेपालमै छिन्। आर्थिक रूपले सबल हुनका लागि विदेश गए पनि त्यहाँ सङ्गीतमै समर्पित रहेको उनी बताउँछिन्। हङकङमा रेष्टुरेन्टहरूमा गाउँदै आएका उनीहरू परदेशमा पनि साथ'साथ सङ्गीतमै डुबिरहन पाएकोमा भाग्यमानी ठान्छन्। यशोदा भन्छिन्, “हङकङको नेपाली समुदायमा आˆनो परिचय बनाउन पाएकोमा खुसी छौँ।” पराजुली दम्पतीकी। ११ वर्षीया छोरी निर्जलाका पनि चारवटा बालगीत रेकर्ड भइसकेका छन्। सबै एकै क्षेत्रमा हुँदा एकअर्काले सिक्ने र सिकाउने, छलफल हुने उनी बताउँछिन्। श्वास'प्रश्वासमा नै सङ्गीत भएको बताउने यशोदा भन्छिन्, “सङ्गीत नै बाँच्ने आधार बनेको छ, बाँचुञ्जेल गाइरहने इच्छा छ।”