हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्‌मि

मूहूर्त

 

 


भनेको/सुनेको

“नेपाली सेना सरकारको नीति'निर्देशन बमोजिम सञ्चालन हुन्छ। हाम्रो पेशाले राजनीति गर्न दिँदैन, हाम्रो पेशा राजनीति होइन।”

रुक्माङ्गद कटवाल
प्रधान सेनापति, नेपाली सेना
गोरखापत्र दैनिक, २७ माघ २०६३


अङ्क र अर्थ

५० अर्ब डलर अमेरिकामा विगत एक वर्षमा इन्टरनेट अपराध (जस्तै क्रेडिट कार्ड, इमेल ठेगाना, व्यक्तिगत विवरण चोरी) का कारण भएको घाटा।

८२ जना हालसम्म नेपालमा कृत्रिम गर्भधारण

(आईभीएफ) प्रक्रियाबाट जन्मिएका टेष्ट ट्यूब बालबालिकाको सङ्ख्या। अमेरिकामा यसको सङ्ख्या एक लाख १५ हजार पुगिसकेको छ।


हिँड्दा-हिँड्दै

११ पुसमा नेपालगञ्जमा सल्किन खोजेको साम्प्रदायिक हिंसा दुईदिनमै नियन्त्रणमा आयो। पूर्वमा मधेशी आन्दोलन चर्किदै जाँदा त्यो घाउ फेरि नबल्ियोस् भनेर सद्भाव जोगाउन नेपालगञ्जवासी अग्रसर भए। त्यसको अगुवाई गर्दा 'मधेशी कलङ्क' को आरोप पनि सुनेका नेपालगञ्ज उद्योग व्यापार संघका पूर्वअध्यक्ष सतीशचन्द्र अग्रवाल भन्छन्, “मूल कुरा त भाइचारा हो।”

रामेश्वर बोहरा

नेपालगञ्ज तनाव नियन्त्रणमा लिने सोचाइ कसरी आयो?
आपसी मारकाट र लुटपाट हेरेर बस्न नसकेपछि कˆर्यूमै सडकमा निस्क्यौँ। हामीमाथि ढुङ्गामुढा पनि भयो। डर हुँदाहुँदै पनि सडकमा अराजक बनेको समूहलाई सम्ाई'बुाई गर्‍यौँ। नभन्दै भोलिपल्टदेखि अवस्था सामान्य भयो।

हिंसा नियन्त्रणपछि सद्भाव वृद्धि गर्न के गर्नुभयो?
तनाव नियन्त्रणमा आए पनि बजार खुलेको थिएन। पहाडी'मधेशीहरू एकअर्काको बाहुल्य क्षेत्रमा जानै छाडेका थिए। व्यापार संघको अगुवाईमा सद्भाव समिति बनाई घरघर गई सहानुभूति दिने, सम्ाउने गर्‍यौँ, बजार खुलायौँ। क्षति विवरण बटुल्याँै। सद्भावको निम्ति सबैलाई प्रेरित गर्‍यौँ।

पूर्वी तराई आन्दोलित हुँदा यहाँ घटना दोहोरिने डर कत्तिको थियो?
त्यो खतरा देखेर सद्भाव जोगाउनतिर लाग्यौँ, नागरिक भेलाद्वारा बनाइएको शान्ति र सद्भावका लागि नागरिक समिति मार्फत्। टोलटोलमा सद्भावको निम्ति अपील गर्‍यौँ। 'मधेशीमाथि आक्रमण हुँदा लड्न छाडेर सद्भावका कुरा गर्ने मधेशीको कलङ्क' भन्ने आरोप लाग्दा पनि मूल कुरा सद्भाव र भाइचारा ठानेर अभियानमा हिँडिरह्यौँ।

सद्भाव जोगाइराख्न अब के गर्नुहुन्छ?
हिंसा फैलाउन खोज्ने तत्वहरू मौका खोजिरहेछन्। त्यसैले नगरका प्रत्येक टोल र आसपासका गाविससम्म सद्भाव समिति गठन गरी सङ्गठित पार्ने तयारीमा छौँ। आफू सङ्गठित भई सद्भाव कायम राख्यो भने कसैले हिंसा फैलाउने आँट गर्न सक्दैन।