हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

मन्तव्य

औषधिमा माफिया

एउटै औषधिको 'विकासोन्मुख' देशमा गरिने विज्ञापनमा 'कलेजोलाई हानि गर्दैन' भनिएको हुन्छ भने 'विकसित' देशमा 'असर गर्छ, प्रयोग नगर्नू' भनिन्छ। बुिानसक्नु छ, औषधि माफियाको खेल!

एकातिर महङ्गो भनेर बिरामीहरूले लामो समयसम्म सेवन गर्नुपर्ने औषधि पनि बीचैमा छाडिदिने गर्नाले उपचारमा अनेकन जटिलता उत्पन्न भएका छन् भने अर्कोतिर स्वास्थ्यकर्मीहरूले नै नचाहिँदा औषधि सिफारीस गरेर स्वास्थ्य सेवालाई न् महँगो बनाइदिएका छन्। नेपालमा मात्र होइन, अत्याधुनिक उपकरण र औषधि प्रयोग गर्ने संयुक्त राज्य अमेरिका र विशाल जनसङ्ख्या भएको भारतमा पनि स्थिति यस्तै छ।

मानिसहरूले बढी प्रयोग गर्ने, तर नचाहिने र अत्यधिक प्रयोगले हानि समेत गर्न सक्ने औषधिहरूमध्ये गाउँघर, शहरबजारका स्वास्थ्यचौकी, सरकारी र निजी अस्पताल, नर्सिङ होम र क्लिनिक जताततै प्रयोग गरिने विभिन्न भिटामिन पनि पर्दछन्। शरीरलाई भिटामिन चाहिन्छ भन्ने धेरैलाई थाहा छ र कसैलाई कुपोषण भयो, कोही कमजोर भयो भने 'भिटामिनको कमी' भएको भनिहाल्छन्। स्वास्थ्यकर्मीले पनि यसै भन्छन्। तर कमै मानिसलाई मात्रै थाहा छ' हामीले सधैँ आˆनै घर वा गाउँठाउँमा उपलब्ध खानेकुरा सन्तुलित मात्रामा लिने गर्‍यौँ भने मात्र पनि शरीरलाई पर्याप्त भिटामिन पुग्छ।

प्रायः मानिसहरू भिटामिनको कमी भएको भनेर त्यसका हेर्दै रहरलाग्दा रङ्गीचङ्गी ोल, क्याप्सुल र ट्याब्लेट किनेर खान्छन्। कतिपय स्वास्थ्यकर्मी पनि यस्तै महँगा 'टनिक' र 'भिटामिन' लेखिदिन्छन्। ती स्वास्थ्यकर्मीहरू यिनले शरीरमा खासै फाइदा पुर्‍याउँदैनन् भनेर बिरामी र तिनका आफन्तलाई भन्न भ्याउँदैनन् वा चाहँदैनन्। त्यसैले बिरामी वा ऊसँगै आउने मानिसले 'लौ न एउटा भिटामिन लेखिदिनुस्' भनेपछि स्वास्थ्यकर्मीहरू यसको जरुरत पर्दैन भनेर सम्ाउनु'बुाउनुको साटो 'लौ त' भनेर लेखिदिन्छन्। यसोगर्दा बिरामी पनि खुशी, स्वास्थ्यकर्मीको समय पनि बचत। कतिपय स्वास्थ्यकर्मीहरू भन्छन्, “बाहिर धेरै बिरामीहरू पालो पर्खेर बसिरहेका हुन्छन्। एक'एक जनालाई सम्ाएर साध्यै हुँदैन।”

एक स्वास्थ्यकर्मीले एउटा अनुसन्धानमा बिरामीलाई खुशी पार्न भिटामिन लेखिदिएको कुरा स्वीकार गरेका छन्। उनको भनाइमा, भिटामिन खाए बच्चा मोटोघाटो हुन्छ भनेर स्वयं आमाहरू नै भिटामिन लेखिदिन कर गर्छन्। घरमा भएका खानेकुरामै भिटामिन हुन्छ भन्ने कुरामा कमै आमाहरूलाई विश्वास छ। बास्तवमा सन्तुलित भोजनमा शरीरलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन, खनिज, आदि सबै तत्व पर्याप्त हुन्छन्। विभिन्न किसिमका खानेकुराहरूको उपयुक्त सन्तुलन मिलाएर र उचित तरिकाले पकाएर खाएमा कुनैपनि भिटामिन किनेर खानु पर्दैन।

त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थानका एक चिकित्सक भन्छन्, “भोक जगाउन, खाना पचाउन र रगत बढाउन भनेर दिइने विभिन्न किसिमका भिटामिनको कामै छैन।” भारत, पाकिस्तान र नेपालमा भोक बढाउन भनेर दिइने साइप्रोहेरटाडिन औषधि बेलायतमा पेरियाकिटन भन्ने व्यापारिक नाममा एलर्जीको समस्याका लागि प्रयोग गरिन्छ। यो औषधि खाएपछि बास्तवमै तौल र भोक बढ्छ, तर त्यो औषधिको फाइदा नभएर कुप्रभाव अर्थात् 'साइड इफेक्ट' हो। तर त्यही कुप्रभावलाई हामीकहाँ 'सकारात्मक' गुण देखाएर औषधि बेचिन्छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामद्वारा प्रकाशित डायना मेलराजको बिटर पिल्स भन्ने किताबमा लेखिएको छ, “साइप्रोहेरटाडिनको तेस्रो विश्वका देशमा गरिने विज्ञापनमा यो औषधि बच्चाहरूलाई दिन सकिन्छ, कलेजोमा प्रभाव पार्दैनभनिएको छ भने बेलायतमा त्यही औषधिको विज्ञापनमा कलेजोमा असर पार्छ, बच्चालाई दिनुहुँदैनभनिएको छ।” यसरी कम्पनीहरूले एउटै औषधिको तेस्रो विश्वका लागि र अरूका लागि भिन्दाभिन्दै मापदण्ड बनाएका छन्।

अर्कोतिर नचाहिने औषधिहरू पनि चाहिन्छ भनेर बारम्बार विज्ञापन गरिन्छ र हामी त्यसैको पछाडि दौडिन्छौँ। भिटामिन 'ए', 'बी', 'सी', आदि खानुपर्छ भन्ने कुरा सबैले थाहा पाइसकेका छन्। भिटामिन 'ए' को क्याप्सुल बाँड्न देशभर अभियान नै चलाइन्छ, तर अचम्म त के भने सो भिटामिन हुने खाद्यवस्तुहरू छ्याप्छ्याप्ती पाइने ठाउँमा पनि ती खाद्यवस्तुको बारेमा कुनै प्रचारप्रसार गरिँदैन। जताततै मेवा पाइने ठाउँमा गएर भिटामिन 'ए' को क्याप्सुल बाँड्नेहरू यस्ता फलफूल र ोल खानेकुराबाट यो भिटामिन पाइन्छ भन्ने जानकारी दिँदैनन्। गर्भवती महिलालाई आइरनको कमी हुन नदिन लामो समयसम्म खानुपर्ने भनेर महङ्गा 'आइरन' चक्की किन्न लगाउने स्वास्थ्यकर्मीहरू पनि 'फलामको ताप्के, कराई वा अरू भाँडोमा पकाएको कालो दालमा कागती निचोरेर खानुपर्छ' भन्दैनन्।
अहिले त फलामको भाँडामा पकाउने चलन गाउँघरबाट समेत हराउन थालिसकेको छ। केही साताअघि मात्रै सल्यानको एउटा गाउँमा गर्भवती महिलालाई आइरन चक्की बाँड्ने महिला स्वास्थ्य कार्यकर्ताहरूसँग मैले 'फलामको भाँडामा खानेकुरा पकाएर खाने सल्लाह दिनुहुन्न?' भनेर सोधेको थिएँ। एउटीको भनाइ थियो, “खोई, हाम्रो गाउँघरमा त दाल धेरै कालो हुन्छ भनेर फलामको भाँडामा पकाएर खाँदनैन्।” अर्कीले थपिन्, “त्यस्तो कालो दाल पनि कसरी खाने, छ्या...!” आइरन चक्कीले परम्परादेखि हाम्रो शरीरमा फलामको आपूर्ति गर्ने खानपान शैलीलाई विस्थापित गरेर 'छ्या...' बनाइदिएको छ औषधिले मात्रै पोषणका सबै समस्या समाधान गर्ने हामीजस्ता स्वास्थ्यकर्मी नै अहिले पनि गाउँघरमा भएका पोषणका बारेमा जानकारी दिँदैनौँर सकेसम्म बढी काम नलाग्ने भिटामिनका महङ्गा ोल, क्याप्सुल र ट्याब्लेटहरू किन्न लगाउँछौँ।

"आˆनै घर र गाउँठाउँमा पाइने खाद्यवस्तुको सही उपयोगबाट नै हामी कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, क्याल्सियम, खनिज आदि सबैजसो तत्व पाउन सक्छौँ। तर हामी यस्ता घरेलु खानेकुराको प्रयोग गर्न भन्नुको सट्टा बोतलका औषधि र प्याकेटका खाना खान प्रेरित गरिरहेका छौँ। मेरो छोरालाई मैले कहिले पनि बट्टाको दूध ख्वाइन। उसलाई केही समय आमाको दूध र उसकी आमा डा. निलम काममा जान थालेपछि डेरीको दूध ख्वायौँ। मेरो छोरा स्वस्थ र तन्दुरुस्त छ।"

डा. रमेश कान्त अधिकारी, डीन, चिकित्साशास्त्र अध्ययन संस्थान