खेलकुद भिजन'२०
कार्ययोजनामा
• अनुशील श्रेष्ठ र प्रेरणा
मरासिनी
पाँच माघमा राष्ट्रिय
खेलकुद परिषद् (राखेप) ले आगामी १५ वर्षका लागि नेपालको खेलकुद लक्ष्य
सार्वजनिक गर्यो। 'भिजन'२०' नामक उक्त कार्ययोजनामा २०१२ सम्ममा ३०
प्रतिशत र २०१४ सम्ममा ६० प्रतिशत विद्यालयलाई जिल्लास्तरीय प्रतियोगितामा
सहभागी बनाउने, २०१२ सम्ममा सागमा तेस्रो हुने, २०१४ को एसियाडमा उत्कृष्ट
२५ भित्र पर्ने, सन् २०२० सम्ममा ओलम्पिकमा स्वर्ण जित्नेलगायतका आकर्षक
र महवाकांक्षी लक्ष्यहरू समाविष्ट छन्। राखेपका सदस्यसचिव जीवनराम
श्रेष्ठ भिजन'२० ले दिशाहीन रहेको नेपालको खेल क्षेत्रलाई निश्चित
बाटो र लक्ष्यतिर डोर्याउने दाबी गर्छन् (हे.अन्तर्वार्ता)। लक्ष्य
हासिल गर्न केन्द्रमा अनावश्यक रूपमा रहेका कर्मचारीहरूलाई उचित ठाउँमा
खटाउने लक्ष्य रहेको बताउँदै राखेपका सदस्य पुरेन्द्र लाखे भन्छन्,
“त्यस्ता कर्मचारीहरूलाई राजधानी बाहिर विभिन्न क्षेत्रमा खटाउनेछौँ,
जान नमान्नेलाई परिषदको नियम अनुसार कारबाही गरिनेछ।”
लक्ष्य ठूलै राखेको भएपनि परिषदको वर्तमान संरचनाबाट यो योजना कार्यान्वयन
हुने कुरामा शङ्का गर्ने धेरै ठाउँ छ। राजनीतिक नियुक्तिबाट खेलकुदको
बागडोर सम्हाल्न पुगेका सदस्यसचिव जीवनराम श्रेष्ठको टीमको पदावधि
आफैँमा अनिश्चित छ, आगामी राजनीतिक घटनाहरूमा उनको भविष्य भर परेको
छ। पदावधि नै अनिश्चित भएको अवस्थामा मुलुकको समग्र खेल क्षेत्रलाई
दिशानिर्देश गर्ने यो कार्ययोजनाले साकार रुप लिने कुरामा खेलविज्ञहरू
पनि विश्वस्त छैनन्। मुलुक संविधानसभाको सँघारमा रहेको सङ्क्रमणकालीन
अवस्थामा यस्तो महवाकाङ्क्षी कार्यक्रम ल्याइनु अपरिपक्व ठान्ने जमात
पनि ठूलै छ। नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डे देशको खेलक्षेत्रलाई
एउटा लक्ष्यका साथ अघि बढाउन खोज्नु सकारात्मक भए पनि भिजन'२० को सफलता
कार्यान्वयनको गतिमा भरपर्ने विचार राख्छन्। उनी भन्छन्, “लक्ष्य बाहिर
ल्याउनु एउटा चरण हो, यसको सफलता दोस्रो चरणका कार्यक्रम माथि निर्भर
छ, जसका लागि अरू सहायक क्रियाकलाप तथा योजनाहरू अगाडि ल्याइनुपर्छ।”
त्यसनिम्ति संघहरूसँग पर्याप्त छलफल गरिनुपर्ने र खेलकुदलाई राजनीतिमुक्त
बनाइनुपर्ने उनको आग्रह छ।
खेलकुद परिषद्को वर्तमान नेतृत्वका लागि यी सल्लाह र आग्रहलाई कार्यान्वयनमा
ल्याउने काम सहज छैन। राखेप सदस्य लाखे भन्छन्, “हामीले आर्थिकलगायत
अन्य विषयहरूमा सम्बन्धित पक्षसँग साकार्ययोजनामाा धारणा निर्माण गर्न
छलफल शुरु गरिसकेका छौँ।” तयारी जे जस्तो भएपनि ६ महिना लगाएर तयार
पारिएको भिजन'२० ले खेलाडीहरूमा भने सकारात्मक सन्देश प्रवाह गरेको
छ। तेक्वान्दो खेलाडी दीपक विष्टको भनाइमा भिजन'२० लाई कसरी अगाडि
बढाइन्छ, त्यसमै निर्भर गर्छ खेलकुद क्षेत्रको सफलता। विष्ट भन्छन्,
“यो लक्ष्यलाई कागजमै सीमित पारिनुहुन्न अनि आश्वासनमा अल्मल्याइनु
हुन्न।” तर, गत भदौमा सम्पन्न दशौँ साग तथा दोहा एसियाडका पदक विजेताहरूलाई
राखेपले दिने घोषणा गरिएको पुरस्कार अहिलेसम्म नदिँदा विष्टको चिन्तालाई
भने बलियो आधार दिन्छ।
सदस्य लाखे भने पुरस्कारको निर्णयका लागि फाइल मन्त्रिपरिषदमा पुगिसकेको
र छिट्टै घोषणा गरिने बताउँछन्। उनी भन्छन्, “केही कमजोरी त भएको हो,
तर चाँडोभन्दा चाँडो पुरस्कार दिन हामी लागिपरेका छौँ।” राखेपको भिजन'२०
प्रति अत्यन्त सकारात्मक देखिने तेक्वान्दो प्रशिक्षक सङ्गीना वैद्य
भन्छिन्, “राष्ट्रका लागि पदक जित्नु नै सबभन्दा ठूलो पुरस्कार हो।”
भिजन'२० ले खेलाडीहरूमा बेग्लै उत्साह थपेको र यसले मुलुकको खेल क्षेत्रलाई
नयाँ ऊर्जा प्रदान गर्ने कुरामा ढुक्क छिन्, उनी। खेल मनोविज्ञ रमेश
खनालको भनाइमा भने भिजन'२० एउटा अवधारणागत लक्ष्य मात्र हो। उनी भन्छन्,
“यसमा धेरै गृहकार्य गर्न बाँकी छ। लक्ष्यमा अ स्पेसिफिक हुँदै जानुपर्छ।”
सुरेशराज न्यौपान
आर्मी कि पुलिस?
 |
| किरण पाण्डे |
| २३ माघको त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी
क्लबबीचको भिडन्त। |
२०६३ सालको शहीद स्मारक
सानमिगल ए'डिभिजन फूटबल लिग निर्णायक चरणमा पुगेको छ। १६ कात्तिकदेखि
राजधानीमा सञ्चालित यस वर्षको लिग कसले जित्ने भन्ने कुराको अन्तिम
निर्णय विभागीय दुई टोली महेन्द्र पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका
आगामी खेलहरूले निधो गर्नेछ, विशेषगरी उनीहरूबीच हुने अन्तिम प्रतिस्पर्धाले।
र, त्यसैले टुङ्गो लगाउने छ उपाधिसँगै रु.२० लाख कसले जित्ला भन्ने।
यसअघि लिगको २० म्याचसम्म शीर्षस्थानमै रहन सफल सेनाको त्रिभुवन क्लबलाई
१९ माघको जनस्तरको आरसीटीसँगको अप्रत्याशित पराजयले उसको उपाधि जित्ने
सपनालाई केही मात्रामा भए पनि धुमिल बनाउन पुगेको थियो। सेनाको कमजोर
प्रदर्शनको फाइदा उठाउँदै उसलाई शुरुदेखि नै पछ्याइरहेको महेन्द्र
पुलिस क्लबले आफूलाई पनि लिगको मुख्य दाबेदारको रूपमा प्रस्तुत गरेको
छ। २८ माघसम्म लिगको अङ्क तालिकामा २३ म्याच खेल्दै ५८ अङ्कका साथ
महेन्द्र पुलिस क्लब शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको त्रिभुवन
आर्मी क्लब ५७ अङ्कमा रहेको छ। त्यसैगरी थ्री'स्टार र एमएमसी क्रमशः
तेस्रो र चौथो स्थानमा रहेका छन्।
१४ क्लबहरूको सहभागिता रहेको यो वर्षको लिगलाई पहिलो पटक डबल लिगको
आधारमा खेलाइएको थियो। पहिलो लिगका सम्पूर्ण खेल सकिँदासम्म सेनाको
त्रिभुवन आर्मी क्लबले नै उपाधि हात पार्ने विश्वास धेरैले गरेका थिए।
तर, दोस्रो लिगको सुरुआतसँगै त्रिभुवन क्लबको कमजोर प्रदर्शन आरसीटीसँगको
म्याचमा आएर आक्कासिन पुग्यो। उक्त म्याचमा सेनाको क्लबले लिगको औसत
प्रदर्शन गरिरहेको आरसीटीसामु निरीह बन्दै ५'१ को लज्जास्पद हार व्यहोर्न
पुग्यो। त्यस परिणामसँगै त्रिभुवन आर्मी क्लब उपाधिको होडमा पहिलो
पटक महेन्द्र पुलिस क्लबभन्दा पछाडि पर्यो। त्रिभुवन आर्मी क्लबले
दोस्रो लिगमा अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेको छैन। गोल मेशिन भनेर
चिनिएका विकर्ण श्रेष्ठको पछिल्ला खेलहरूमा देखिएको कमजोर प्रदर्शन
आर्मीको लागि चिन्ताको विषय भएको छ। यद्यपि आर्मी विर्कणसँगै राजु
तामाङ, विश्ववैराग समाल, चुनबहादुर थापाजस्ता प्रतिभाशाली खेलाडीहरूका
कारण उपाधि जित्नेमा ढुक्क देखिन्छ, जसले खेललाई कुनै पनि समय आˆनो
पक्षमा पार्न सक्छन्। विकर्ण अहिलेसम्म २५ गोल गर्दै सर्वाधिक गोलकर्ताको
सूचीमा अग्रपंक्तिमा रहेका छन्। तसर्थ, आर्मी र पुलिस क्लबबीच हुने
म्याचको परिणामले नै यस वर्षको लिग विजेता निश्चित गर्नेछ।
आरसीटी र व्वायज युनियन जस्ता कमजोर मानिएका क्लबहरूसँग पराजित भए
पनि आफूलाई सम्हाल्दै लिगको महेन्द्र पुलिस क्लब उपाधि हात पार्न जोडतोडका
साथ लागिपरेको छ। पुलिससँग भेट्रान स्टाइकर हरि खड्का, जुमानु राई
र रमेश बुढाथोकीको धारिलो आक्रमण पंक्ति रहेको छ। जसको मद्दतले पुलिस
पछिल्ला खेलहरूमा थप आक्रामक देखिएको छ। पहिलो लिगमा यी दुईबीचको खेल
गोलरहित बराबरीमा सकिएको थियो।
अर्कोतिर शुरुदेखि नै अपेक्षा विपरीत खेल्दै आएका गत वर्षको लिग विजेता
एमएमसी र २०६१ सालको विजेता थ्री'स्टारको लागि भने यस वर्षको लिग त्यति
सुखद् हुन सकेन। अधिकांश राष्ट्रिय खेलाडीहरूले सुसज्जित यी दुई क्लबहरूले
उपाधि जित्नभन्दा पनि विभागीय क्लबहरूलाई पछ्याउनमै आफूलाई व्यस्त
राखेका छन्। त्रिभुवन क्लबको पछिल्ला कमजोर प्रदर्शनहरूबाट हौसिएको
थ्री'स्टारको उपाधि जित्ने िनो सम्भावनालाई पनि २४ माघमा सङ्कटाका
अण्डर'१७ राष्ट्रिय टोलीका खेलाडीहरूले पूर्णविराम लगाइदिए। थ्रीस्टारले
उक्त म्याचमा २'२ को बराबरीमा चित्त बुाउनु पर्यो।
लिग नजिते पनि आरसीटी, मच्छिन्द्र, सङ्कटा, फ्रेन्ड्स, एनआरटी र व्वायज
युनियन क्लबहरूले अप्रत्याशित परिणामहरू निकाल्दै लिगको समीकरणलाई
भने व्यापक फेरबदल गर्न सफल भएका छन्। लिगको सुरुआतमा नै फ्रेन्ड्स
क्लबले डिफेन्डिङ च्याम्पिअन एमएमसीलाई नै २'१ ले पराजित गरेर ठूला
क्लबहरूलाई लिगको दौड चुनौतीपूर्ण हुने सङ्केत दिएको थियो। यी 'जायन्ट
किलर' क्लबहरूले त्रिभुवन क्लब, महेन्द्र पुलिस क्लब, एमएमसी, थ्री'स्टार
र एपीएफजस्ता ठूला क्लबहरूलाई पालैपालो पराजयको स्वाद चखाउन सफल भएका
छन्। जसबाट एमएमसी, थ्री'स्टार र एपीएफको लिग जित्ने सपना नै चकनाचूर
हुन पुगेको छ। सशस्त्रको एपीएफ क्लब त मच्छिन्द्रसँग लिगका दुवै म्याचमा
पराजित भएको थियो।
शीर्ष स्थान ओगट्नेसँगै रेलिगेसनबाट बच्न पनि ठूलै प्रतिस्पर्धा चलिरहेको
छ। पुछारमा रहेका दुई क्लबहरू रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा र्ने
हुँदा १२ औँ स्थानभित्र पर्न सरस्वती, व्वायज युनियन, जावलाखेल युथ
क्लब, विग्रेड व्वायज जोडतोडका साथ लागिपरेका छन्।
'भिजन'२० खेलकुद जहाजको कम्पास हो'
जीवनराम श्रेष्ठ,
सदस्यसचिव, राखेप
भिजन'२० को आवश्यकता किन पर्यो?
अहिलेसम्म नेपालको खेलकुद दिशाविहीन थियो। प्रतियोगिता अघि मात्र क्याम्प
राख्ने अनि पदक अपेक्षा गर्ने, कसरी हुन्छ। नयाँ नेपाल निर्माणसँगै
आम नेपालीको अपेक्षा अनुसार खेलक्षेत्रलाई स्पष्ट दिशाबोध दिन ल्याइएको
हो, यो अवधारणा। कम्पास बिनाको जहाजमा हामीले कम्पास फिट गरेका छौँ।
'राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद' भन्ने नारालाई मुख्य
आधार बनाएका छौँ।
भौतिक पूर्वाधारका बारे स्पष्टता
छैन नि?
निश्चित रूपमा यो उद्देश्य पूरा गर्न तालिमका साथसाथै भौतिक पूर्वाधार
आवश्यक पर्नेछ। जिल्ला र क्षेत्रमा रहेका खेलकुद परिषदको अचल सम्पत्तिको
उपयोग गर्दै हामीले नयाँ निर्माण गर्दै जानुपर्छ। त्यसमा निजीस्तर,
अन्तर्राष्ट्रिय क्षेत्र तथा सरकारको भूमिका महवपूर्ण हुनजान्छ। खेल
खेलाउन खेलकुद परिषद् तथा संघहरूको भूमिका रहनेछ भने व्यावसायिकीकरणका
लागि निजी क्षेत्रको।
कुन खेलबाट पदक जित्ने भन्ने किन स्पष्ट
नपारिएको?
मुख्य कुरा परिणामलाई त्यहाँ पुर्याउने हो। जुन खेलको विकास गर्न
र खेलाउन सहज हुन्छ त्यसबाट नै बढी प्रतिफलको सम्भावना रहन्छ। हामीले
कसैलाई भेदभाव गर्न मिल्दैन। खेलकुद परिषद्ले सबै खेललाई उत्तिकै मौका
दिनुपर्छ र वातावरण पनि समान मिलाउनुपर्छ। त्यसपछि मात्र जुन खेलले
आफूलाई विकसित गर्दै जान्छ, त्यसले नै जित्ने छ, सन् २०२० को ओलम्पिकमा
पदक।
आर्थिक रुपमा कमजोर खेलकुद परिषद्ले
यसलाई कसरी अगाडि बढाउन सक्छ?
दृष्टिकोणको दरिद्रता मात्र हो। कार्यक्रम र योजना बिना कसरी आर्थिक
रूपमा बलियो भइन्छ? निश्चित लक्ष्य र उद्देश्य भए त्यति कठिन हुँदैन,
आर्थिक सहयोग जुटाउन। व्यावसायिक कम्पनीहरूलाई खेलकुद क्षेत्रतर्फ
मोड्न सकिन्छ। जसबाट उत्पादनको प्रचार'प्रसार सँगै राष्ट्रिय गौरवमा
पनि सम्मिलित हुने मौका पाउँछ निजी क्षेत्रले।
यत्रो महत्वाकांक्षी योजना राजनीतिबाट
टाढा रहन सक्ला त?
यो भिजन एक्लो जीवनराम श्रेष्ठको मात्रै होइन। यसलाई सफल बनाउन म हुनुपर्छ
भन्ने होइन। ट्रेनलाई लिकमा डोर्याउन ड्राइभर जो भए पनि हुन्छ। खेलकुदलाई
त्यो गन्तव्यमा पुर्याउन आगामी दिनमा आउने पदाधिकारीको भूमिका निर्णायक
हुन्छ।
|