जनता
सऒटका साथी
 |
| शब्द र तस्बिरः देवराज पोखरेल |
सिरहाको
लहानमा ५ माघमा एकैसाथ १० यात्रुबाहक बस जलाइँदा ण्डै ३५० यात्रु अलपत्र
परे। यातायात बन्दसँगै बेलाबखत साम्प्रदायिक कुरा समेत उठिरहेको अवस्थामा
स्थानीय युवा सुनिलकुमार साह (२९) भने आˆना साथीहरूका साथ अलपत्र यात्रुको
उद्धार र मानवीय सेवामा सक्रिय भए। २३ दिन लामो तराई'आन्दोलनको केन्द्रबिन्दु
बनेको लहानमा अलपत्र परेकाहरूलाई गाँसबासको व्यवस्था गर्ने कार्यमा
साह अध्यक्ष रहेको समग्र जन'उत्थान केन्द्र (एपेक) निकै सक्रिय देखियो।
अलपत्र अधिकांश यात्रुहरूलाई मारवाडी सेवा समितिसँग समन्वय गर्दै निःशुल्क
बास तथा भोजन उपलब्ध गराउन पहल गर्ने क्रममा लहान, नयाँ बजारका युवाहरूले
अर्थ सङ्कलन गरी औषधोपचार तथा बाटो खर्च समेत उपलब्ध गराए, त्यो पनि
सुनिलकै अगुवाईमा।
लहानबाट प्रकाशन हुने नवजागृति साप्ताहिक सँग आवद्ध
साह आफैँ पनि आन्दोलनमा सक्रिय थिए। भन्छन्, “राज्यको पुरातनवादी चिन्तन
र विभेद विरुद्धमा मधेश'विद्रोह भएको हो। तर, यसमा अलपत्र यात्रुको
कुनै दोष थिएन।” कˆर्यु अनि थुप्रै असहजताका बीच त्यस्तो सेवा पुर्याउनु
सजिलो पनि थिएन तर उनले त्यो जोखिममै आˆनो कर्तव्य देखे। विगत पाँच
वर्षदेखि मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका सुनिल भन्छन्, “सुरक्षित
एवं स्वतन्त्र रूपमा एक ठाउँबाट अर्को ठाउँमा हिँड्न पाउने सबैको अधिकार
हो। हामीले त्यो अधिकारको समेत सम्मान गर्न खोजेका हौँ।”
समुदायकै गौरव
 |
| शब्द र तस्बिरः कुमार सुब्बा |
दलित, त्यसमा पनि वादीकी छोरी। मायासिंह नेपाली (२१) का निम्ति सार्वजनिक
जीवनमा प्रतिभाशाली व्यक्तिका रूपमा आफूलाई उभ्याउनु सजिलो थिएन। तर
उनले धैर्य त्यागिनन् बरु इच्छाशक्तिलाई दृढ बनाइरहिन्। अहिले वादी
जातिकै पहिलो सञ्चारकर्मी बनेर मायाले सानै उमेरदेखिको आˆनो चाहनालाई
मूर्तरुप दिएकी छन्। भन्छिन्, “सानैदेखि केही फरक, आˆनो समुदायले नगरेको
काम गर्ने मेरो चाहना थियो।”
राष्ट्रियस्तरको पत्रकार बन्ने सपना बोकेर माया काठमाडौँ छिरेको
तीन महिना मात्र भयो। यो बीचमा उनले दलित सवालमा थुप्रै रेडियो फिचरहरूमा
रिपोर्टिङका साथै आवाज दिन समेत भ्याइसकेकी छन्। दाङको तुल्सीपुर'४
की माया अहिले जागरण मिडिया सेन्टरद्वारा सञ्चालित रेडियो पत्रिका
…कट्वाल' मा संवाददाताका रूपमा कार्यरत छिन्। कामप्रतिको लगाव र उत्साह
पनि थपिँदो छ र आफूलाई थप आत्मविश्वासी बनाउने अभियानमा छिन् उनी।
“तर वादीकी छोरीका रूपमा समाजबाट मैले पाएको उपेक्षालाई कहिल्यै भुल्न
सक्दिनँ”, उनी भन्छिन्। दुई वर्षअघि रेडियो तुल्सीपुरमा …के छ काइँला
बा?' शीर्षकको मनोरञ्जनात्मक कार्यक्रम शुरु गर्दा “वादीले चलाएको
कार्यक्रम पनि राम्रो होला र?” भन्ने टिप्पणी सुनेपछि पलाएको इखको
समेत भूमिका छ उनलाई सञ्चारकर्मी बनाउन। भन्छिन्, “त्यसपछि मैले केही
गर्नै पर्ने अठोट लिएँ र यहाँसम्म आइपुगेकी छु।”
|