हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ संक्षेप

अहिले देशको आर्थिक अवस्था कस्तो छ?
लोकतान्त्रिक सरकार आएपछि अर्थतन्त्रका विभिन्न पक्षमा सुधार र राष्ट्रिय आयमा वृद्धि भएको छ। गैरसरकारी क्षेत्रको राष्ट्रिय आम्दानीमा त यसपालि ण्डै सात प्रतिशतले वृद्धि हुने देखिन्छ। राजस्वको वृद्धिदर पनि १८'१९ प्रतिशतको हाराहारीमा छ। यो एउटा सकारात्मक पक्ष भएपनि प्रतिकूल मौसमका कारण कृषि क्षेत्र बिग्रेको छ। यसमा आएको ह्रासले कुल गार्हस्थ्य उत्पादनमा अपेक्षित पाँच प्रतिशतको वृद्धि हुने अवस्था रहेन। गैरकृषि क्षेत्रको योगदानको कारण यो चार प्रतिशतको हाराहारीमा रहने देखिन्छ। त्यस्तै आशा गरिएअनुरुप लगानीको वातावरणमा पनि सुधार आएन। आतङ्कको वातावरण कायम छ। माओवादीहरूबाट जबर्जस्ती चन्दा, मजदुरका समस्या, उद्यमीमाथि धम्कीपूर्ण व्यवहारलगायतका काम भई नै रहेका छन्।

राजनीतिक परिवर्तनपछि पनि आर्थिक क्षेत्रमा सुधार किन आउन सकेन त?
हामीले गर्न खोजेका छौँ। मैले नै भनेको हुँ, यसपालि विकास निर्माणमा निकै वृद्धि गर्नुपर्छ भनेर। त्यसका लागि हामीले महिनैपिच्छे प्रगति समीक्षा र मन्त्रालय तथा विभागहरूसँग अन्तरक्रिया गर्दै आएका छौँ। कतिपय काम अधुरो रहेको भए थप बजेट दिएर भए पनि सम्पन्न गराउन तदारुकता देखाइएको छ। सडक, सिंचाई, विद्युतीकरण, खानेपानीलगायतका क्षेत्रमा काम भइरहेको पनि छ। यो आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्ला वर्षहरूको भन्दा निकै प्रगति हुन्छ भन्नेमा म विश्वस्त छु।

साधारण र विकास खर्च तथा त्यसलाई धान्ने राजस्वबीचको तालमेल कस्तो छ त?
तथ्याङ्क हेर्ने हो भने अहिले गएको वर्षको तुलनामा विकास खर्चमा २१ प्रतिशतले वृद्धि भएको छ। तर यसबीचमा यति धेरै साधारण खर्चको दबाब छ कि कल्पना पनि गर्न सकिन्न। जनआन्दोलनका घाइतेहरूको उपचार खर्च, क्षतिपूर्ति, शहीद परिवारलाई राहत, माओवादीहरूको भरणपोषण, निर्वाचन, शान्तिसुरक्षा, नागरिकता वितरण, तलब वृद्धिलगायतले साधारण खर्चको ठूलो माग हुँदाहुँदै यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिएको छ। गत हप्तासम्मको तथ्याङ्कमा साधारण खर्चको वृद्धि पाँच प्रतिशतछ भने राजस्वको वृद्धिदर १८'१९ प्रतिशतको हाराहारीमा छ, जुन हाम्रो अनुमानभन्दा पनि राम्रो हो।

पछिल्लो प्रगति समीक्षामा मुख्य सचिवसँगै तपाईँले पनि प्रशासकीय क्षेत्रमा सुधार नआएको भनेर असन्तुष्टि जनाउनुभएको थियो नि?
कार्यशैलीमा केही सुधार भएपनि आमूल परिवर्तन आएको छैन। जति सुधार होला भनी ठानिएको थियो, भएको छैन। फेरि प्रगति समीक्षा बैठकहरूमा जहाँ'जहाँ कमजोरी छन्, तिनलाई बढी …हाइलाइट' गर्ने प्रयास पनि गरिएको छ।

यो आर्थिक वर्षमा के परिवर्तन देखिएला त?
खासगरी पूर्वाधारको क्षेत्रमा सडक यातायात, विद्युतीकरण, सिंचाई, खानेपानी, स्वास्थ्य, शिक्षातर्फ वृद्धि हुनेछ। समग्र कुल गार्हस्थ्य उत्पादनमै केही प्रगति देख्न सकिनेछ। तर यति हुँदाहुँदै पनि आशा गरेअनुरुप काम भएको छ भनेर म भन्दिनँ। भय र त्रासको वातावरण कायमै छ। औद्योगिक क्षेत्र अशान्त र उद्योगपतिहरू त्रसित छन्। सरकारी खर्चमा अकल्पनीय वृद्धि भएको छ। अहिले नै हामीले विनियोजन गरेको भन्दा करिब रु.१२'१४ अर्ब बढिसकेको छ। यसमध्ये सबैभन्दा बढी माग निर्वाचन र त्यसको सुरक्षाको लागि छ। जुन खर्च दिन सरकारी ढुकुटी सक्षम छैन। फेरि कतिपय क्षेत्रमा माग्ने बेला यही हो भन्ने पनि पर्न गएको देखिन्छ।

माओवादीले पनि धेरै माग्दै आएको छ नि?
माओवादीको माग पनि बढी छ। दुर्भाग्यवश अहिलेसम्म बिना हिसाबकिताब रकम गएको छ, उहाँहरूले हिसाब दिनुभएको छैन। ३५ दिनभित्र पेश गर्ने भन्नुभएको छ। यो खर्च सरकारको नियमको परिधिभित्र बसेर गरिनुपर्छ।

यसको अर्थ माओवादीहरूले सरकारी नियम कानून मानेका छैनन्?
त्यो त तिनले मान्नै पर्छ। आर्थिक नियम कानूनको परिधि भित्र रहेरै खर्च गर्नुपर्ने सहमति र सम्ौताको आधारमा हामीले रकम उपलब्ध गराएका हौँ।

पुरानो बजेटलाई नयाँ संविधान आइसकेको अवस्थामा वैधानिक बनाउनुपर्दैन?
यो वैधानिक नै छ। हामी आर्थिक नियम कानूनको परिधि भित्र बसेका छौँ। संविधान फेरिए तापनि कानून त उही रहन्छनि!

पूरक बजेट आउँदैछ?
तुरुन्तै आउँदैन, केही समयपछि आउन सक्ने सम्भावना छ। साधारण खर्चमा धेरै वृद्धि र संविधानसभा निर्वाचनका लागि अहिलेको बजेटले धान्न नसक्ने अवस्था देखिए पूरक बजेट आउला।

सबै खर्च धान्न सकिएला त?
अहिलेसम्म त धानिराखेका छौँ। तर जुन गतिमा माग बढिरहेको छ, त्यसलाई धान्ने स्थिति छैन। सबै माग पूरा गर्ने हो भने त देश टाट पल्टिन्छ। आएको मागलाई विश्लेषण गरेर, आर्थिक अनुशासन भित्र रहेर मात्र पूरा गर्न सकिन्छ।

वैदेशिक सहयोगबाट अपेक्षा गर्न सकिँदैन?
के भनेर विदेशीसँग माग्ने? अहिले नै विदेशी सहयोगको बढी आशा गर्न मिल्दैन। हो, विगतमा भन्दा लोकतान्त्रिक सरकार आएपछि सहयोग बढेको छ। आक्कासिएकै भने छैन। सबैभन्दा सकारात्मक पक्ष भनेको विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क जस्ता दाताहरूबाट हिजोसम्म ऋणको रूपमा मात्रै प्राप्त सहयोग अहिले केही मात्रामा अनुदानको रूपमा पनि आउन थालेको छ।

प्रस्तुतिः केदार सुवेदी


क्यालिवर बजारमा

नेपाली मदिरा पारखीहरूमा द अनुराग इण्टरनेशनलले क्यालिवर ह्विस्की र जीन ल्याएको छ। विदेशी कच्चापदार्थबाट ४० डिग्री यूपी मदिरा समूहमा उत्पादित क्यालिवर का दुवै ब्राण्ड ७५० मिलि, ३७५ मिलि र १०८ मिलिको बोतलमा उपलब्ध छन् र यिनको उपभोक्ता मूल्य क्रमशः रु.२४६, रु.१२४ र रु.६४ छ। कम्पनीले आˆनो ब्राण्ड प्रवर्द्धनका लागि सिने अभिनेत्री रेखा थापालाई …ब्राण्ड एम्बेसडर' बनाएको छ।

बजाज को घुम्ती सेवा

आˆना ग्राहकहरूका लागि बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौँ उपत्यकाभित्र घुम्ती मर्मत सेवा शुरु गरेको छ। कम्पनीले यो सेवा अन्तर्गत ग्राहकले एक कल फोन गर्नासाथ उपत्यकाको जुनसुकै स्थानमा प्राविधिकहरू पुर्‍याउने दाबी गरेको छ।

फेम को …फेस अफ द मन्थ'

सौन्दर्य प्रसाधनहरूको उत्पादक फेम ब्लिच इण्डिया ले …फेम फेस अफ द मन्थ' नामक प्रतियोगितात्मक बजार प्रवर्द्धन अभियान शुरु गरेको छ। नेपालमा फेम को अधिकृत बिक्रेता केडिया अर्गनाइजेसनले यो अभियानमा तस्विर पठाउने सहभागी महिलाहरूलाई …लाइफ साइज फोटो' उपलब्ध गराउने तथा विजयी महिलालाई हायर को वासिङ मेसिन थप उपहार प्रदान गर्ने जनाएको छ।

काठमाडौँमा चाइना साउदर्र्न

चीनको सबैभन्दा ठूलो विमान कम्पनी चाइना साउदर्न एयरलाइन्सले ग्वान्ाउ'काठमाडौँ सीधा उडान शुरु गरेको छ। यो सेवाबाट नेपालमा चिनियाँ पर्यटकहरूको आगमन बढ्नुका साथै नेपाली व्यवसायी तथा चीनमा अध्ययनरत विद्यार्थीहरूको आवागमन सहज हुने कम्पनीको विश्वास छ। सन् १९९५ मा स्थापित चाइना साउदर्न का करिब तीन सय जहाजले संसारका ८० गन्तव्यमा उडान गर्छन्।

० प्रतिशतमा कस्मिक

चिनियाँ प्राविधिक सहयोगमा नेपालमा निर्मित कस्मिक मोटरसाइकलले शून्य प्रतिशतको सरल किस्ताबन्दी बिक्री योजना शुरु गरेको छ। हाललाई त्रिपुरेश्वरस्थित शो'रुममा सीमित यस योजनाअन्तर्गत कम्पनीले नयाँ मोटरसाइकल खरिदमा फाइनान्स सुविधाका साथै …एक्स्चेञ्ज अफर' को समेत व्यवस्था गरेको छ।

हिमालयनको भीसा डेबिट कार्ड

आˆनो सेवा विस्तार गर्ने क्रममा हिमालयन ब्याङ्कले भीसा डेबिट कार्ड को वितरण शुरु गरेको छ। हिमालयन ब्याङ्कको डेबिट कार्ड प्रयोग गरेर ग्राहकहरूले ब्याङ्कका एटीएम काउण्टरहरूबाट रकम िक्न र भीसाकार्ड चल्ने पसलहरूमा किनमेल गर्न सक्नेछन्। ब्याङ्कले प्रत्येक तीन महिनामा खोलिने उपहार योजनामार्फत् भीसा डेबिट कार्ड का ग्राहकमध्येबाट विजयीलाई ब्याङ्कक र सिङ्गापुरको भ्रमण गराउने पनि घोषणा गरेको छ।

युनिलिभरमा नयाँ प्रबन्ध सञ्चालक

युनिलिभर नेपाल लिमिटेडको प्रबन्ध सञ्चालकमा यूनिलिभर बङ्गलादेशमा आपूर्ति संयन्त्र सञ्चालकका रूपमा कार्यरत कामरान बकर नियुक्त भएका छन्। बङ्गलादेशमा १६ वर्षदेखि कार्यरत बकरले अमेरिका र फ्रान्सबाट उच्च शिक्षा हासिल गरेका छन्।