हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अनुभूति

मलेसिया जानुअघि सोचौं

विदेश पठाउने मामिलामा दलालले हदैसम्म ूठ बोल्दा रहेछन्। दलालको चङ्गुलबाट निर्धा नेपालीलाई नबचाउने हो भने वैदेशिक रोजगार एउटा बद्नामी बाहेक केही हुन्न।

निनामहाङ कुलुङ 'किरात'

पैसा पठाउन आइएमइको कार्यालय बाहिर नेपालीहरू।

विदेश गएर केही कमाउने सपना बोकेर १८ माघ २०६२ का दिन म मलेसिया जान काठमाडौँबाट ढाकाका लागि जहाज चढेँ। किन हो ढाकामा तीन दिन बस्नु पर्‍यो। त्यहाँबाट मुस्किलले मलेसिया त पुगियो, त्यहाँको सेपाङ विमानस्थलमा पनि ३६ घण्टा कुर्नु पर्‍यो। म नयाँ थिएँ, कामदारको रूपमा मलेसिया जाँदा थुप्रै दिन त्यही विमानस्थलको चिसो छिँडीमा भोकभोकै बस्नुपर्ला भनेर मलाई थाहा थिएन।

मलेसियामा जहाजबाट उत्रिएपछि म खुरुखुरु अरू यात्रुसरह लाइनमा उभिएँ। मेरो पालो आएपछि कागजपत्र देखाउँदा मलेसियन भाषामा के के भनिन् महिला कर्मचारीले मैले बुिनँ। पुरुष कर्मचारीले 'आर यू न्यू?' भन्यो। मैले 'यस' भनेपछि हातले इशारा गर्दै उता जान भन्यो। त्यहाँ ठूलो मैदान जस्तो (भुइँ तल्ला) रहेछ। मान्छेहरूको ठूलै भीड! कोही कुर्सीमा, कोही भुइँमा सुतिरहेका, कोही तास खेलिरहेका। कोही चाहिँ एउटा सानो कोठा जस्तो जेलमा थुनिएका! ओहो म त छक्क परेँ। कहाँ आएछु जस्तो भयो।

के हुँदोरहेछ भने नेपाली दलालले उताको (मलेसियन) दलाललाई कमिशनबापत रकम नपठाएसम्म उसले कारखाना मालिकलाई कामदार लिन नबोलाउँदो रहेछ। एक हप्तासम्म पनि मलेसियन दलालले मैले मगाएको कामदार हो भनेर बुझ्न नआएपछि बल्ल त्यहाँको सरकारले थुनेर बिहान'बेलुका खाना खान दिँदोरहेछ। एक महिनासम्म पनि लिन आएन भने चाहिँ विमानस्थलबाटै फर्काउने रहेछ। दुःखको कुरा यसरी थुनिएर बस्नुपर्ने र पछि फर्किनुपर्ने नियति भोग्नेमा नेपालीहरू मात्रै रहेछन्। इण्डोनेशियन, बर्मिज, भियतनामी, बङ्गाली आदिलाई चाहिँ कारखानाबाट ढिलोमा पनि ४/५ दिनमा लिन आउने रहेछ।

हामी भुइँतलामा के पुगेका थियौँ, नेपालीहरू ुम्मिए। खान पाएको छैन, कैयौं दिनदेखि भोकै छौँ भनेर उनीहरूले खानेकुराको आश गरे। तर मसँग केही थिएन। मैले काठमाडौँमा खानेकुरा बोक्नुपर्छ कि भनेर सोधेको थिएँ। मलाई पठाउने म्यानपावर कम्पनी 'जीसीडी वर्ल्डवाइड' का मार्केटिङ डाइरेक्टर हिमाल थापा मगरले केही बोक्नुपर्दैन तपाईँहरू पुग्न पाएको हुँदैन, उनीहरू लिन आइसकेका हुन्छन् भनेको थियो। होला भनेर मैले खानेकुरा बोकेको थिइनँ। पहिले नै तीन वर्ष बसेर फर्केकाहरूले च्यूरा दालमोठ बोकेका रहेछन्। पहिलो दिन त्यही खायौँ। बिहान नेपालको साढे १० बजेपछि सूर्य गौचन र ढालबहादुर कार्कीले नेपालमा दलाललाई फोन गरे। आत्तिनुपर्दैन तपाईँहरूलाई लिन आउँदैछ भनेर फोन राख्यो। बेलुकीसम्म पनि आएनन्। त्यसपछि दलालहरूले फोन उठाउनै छाडे।

भोलिपल्ट साँपख एउटा कालो मानिस हिन्दीमा 'हर्तालेगा, हर्तालेगा' भन्दै आयो। उनी 'हर्तालेगा' कम्पनीको अधिकृत जो कामदार पुर्‍याउने र ल्याउने काम गर्दोरहेछ। हाम्रो अनुहार फुङ्ग उडिसकेको थियो। अब हामी पनि कति दिन भोकै'तिर्खै बस्नुपर्ने हो। ९० हजारभन्दा बढी रकम फसिसकेको अवस्था, एकआपसमा नबोली, आ'आˆनै पाराले कोही सुतेका, कोही बसेका थियौँ। उनको आवाज सुन्ने बित्तिकै हाम्रा कान ठाडा भए। अलिकति आशा पलायो। हामी ती हिन्दी भाषीलाई पछ्याउँदै फारम भर्ने ठाउँमा गयौँ। उसले हरेकको पासपोर्ट लियो र फारम भर्‍यो। त्यही बीचमा एकजना चिनियाँ मूलका मान्छे आएर 'हु क्यान स्पिक इङ्गलिस' भनेर सोध्यो। म अगाडि सरेँ। उसले पाउरोटी र पानी दिएर पठायो।

अध्यागमनमा औँठाछाप दिनुपर्ने रहेछ। धेरै पटक गर्दा'गर्दा हैरान भएर त्यो मानिसले बेला'बेला हामीलाई गाली पनि गर्‍यो। बल्लतल्ल उसले हामीलाई बाहिर निकाल्यो। ोलीतुम्बा लिएर बाहिर निस्किएपछि सबैलाई शौचालय जान भनियो। मलेसियन भाषामा 'तान्दास' भनिने शौचालयको नाम मलाई थाहा भएकोले दुःख भएन साथीहरूले शौचालय नभेटेर हैरान। बल्लतल्ल घर छाडेको छैठौँ दिन राति हामीलाई होस्टल पुर्‍यायो ड्राइभरले। सानो प्याकेटमा एकएक प्याकेट खाना ल्याएर दियो। हाम्रो लागि त्यो 'हात्तीको मुखमा जीरा' भयो।
दुई दिनपछि हामीलाई कारखानामा बोलाइयो। हरेकलाई पेश्कीबापत १०० मलेसियन रिंगेट दिइयो। भोलिपल्ट कारखानाको कानून पढ्न लगाइयो। हामीलाई महिनाको ४८१ रिंगेट दिने भनेर लगिएको थियो। त्यहाँ पुगेपछि ३६० मात्रै दिने भनियो। हामीले सम्ौतामा कुनै हालतमा सही गर्दैनौँ बरु नेपाल फर्किन्छौँ भन्यौँ। त्यसपछि हामीलाई धम्क्याउन थालियो। कम्पनीले होस्टलबाट निकाल्ने, पुलिस बोलाएर पिटाउने भन्न थाल्यो। दुःखको कुरा कम्पनीको तर्फबाट यसरी धम्क्याउनेमा नेपाली नै थिए। हामीलाई खुरुक्क काम गर। फर्किने भए पाँच हजार मलेसियन रिंगेट तिरेर जाऊ भनियो। हामी २३ जनामध्ये दुईले “घरबारी राखेर महङ्गो ब्याजमा ऋण काढेर आएका छौँ। फेरि यिनीहरूलाई पाँच हजार मलेसियन रिंगेट कहाँबाट ल्याएर दिने” भन्दै काम गर्ने भनेर सही धसे।

मैले चाहिँ बीमा भए/नभएको, बिरामी बिदा भए/नभएको प्रश्न उठाएपछि महिला सापुरा (उनी मानव स्रोत विभागकी अधिकृत हुन्) ले 'नेपालमा के काम गर्थ्यौ भनेर सोधिन्। मैले ट्रेकिङ गाइड थिएँ भनेँ। उसले हामीसँग भएको त्यो एग्रिमेन्ट पेपर ूटो भएको, कम्पनीले 'फ्री भीसा'मा कामदार मगाएको, मलेसियाभरि नै कामदारहरू 'फ्री भीसा' मा मगाउने गरिएको र त्यसलाई 'कलिङ भीसा' भन्ने गरिएको बताइन्। कामदार यता आएपछि मात्रै मलेसियाको कम्पनीले 'भीसा चार्ज' सरकारलाई तिर्ने गर्दोरहेछ। यो सुनेर म छक्क परेँ। उनको भनाइ अनुसार मैले हिसाब गर्दा टिकटको १७ देखि २१ हजार, श्रम स्वीकृत ५ हजार र एकजना बराबर ५ हजार नै कमिशन र अफिस खर्च समेत जोड्दा पनि मलेसिया जान ३५ हजारभन्दा बढी पैसा लाग्दो रहेनछ। तर, हामी सबै रु.८५ हजार तिरेर गएका थियौँ।
हामी नौ जनालाई शुरुमा सानो सिल्वर (हलुङ्गे पनि भनिन्छ) को भाँडो र कन्ती (कराई) मात्रै दिइएको थियो। ३३ जनाको ˆल्याटमा दुइटा शौचालय थिए। त्यसैमा नुहाउने, लुगा धुने र दिसापिसाब गर्नुपर्थ्यो। पालो पाउनै गाह्रो। हामीले नुहाउने ठाउँ माग्ने सहमति गर्‍यौँ।

'होस्टल लिडर' भक्तबहादुर कार्की थिएम सहायक होस्टल लिडर। मानव स्रोत विभागमा मैले नुहाउने ठाउँ बनाइदिन भनेपछि त्यहाँको मानव स्रोत विभागका कर्मचारी पिताम्बोरो आएर हुन्छ भनेर गएको थियो। पछि एक जना नेपालीले नै चाकरी गरेर 'यति भए भइहाल्छ नि, अहिले यिनीहरूले बाथरुम मागे, कम्पनीले बनाइदियो; भोलि अर्को गु्रपले घर छुट्टै चाहियो भन्ला के कम्पनीले दिन सक्छ, भनेर उकासेपछि त्यो बनेन।

काम गर्दै जाँदा मलेसियन भाषा पनि सिक्दै गइयो, मलेसियाको बारेमा पनि जान्दै गइयो। त्योभन्दा पनि ठूलो कुरा 'हर्तालेगा' भित्र (शायद मलेसियाको हरेक कल कारखानामा) के के हुन्छ भन्ने पनि जान्ने मौका मिल्यो। कुरा कहाँसम्म रहेछ भने दिसापिसाब गर्न, पानी पिउन पनि एक दुईचोटि भन्दा बढी जान नपाइने रहेछ। काम पनि कहिले १४ देखि १७ घण्टासम्म गर्नुपर्ने; कहिले कामै नहुने रहेछ। कम्पनीले जे चाह्यो त्यही हुने। दुईपटक भन्दा बढी महिनामा 'अफ डे ओ.टी.' नदिने। 'अफ डे ड्युटी' नगरे पैसै नबच्ने। यस्तो दुःख खपेर नेपाली काम गरिरहेका छन्। के भन्नु र खै!

हामीलाई नेपालमा एक घण्टाको ३.४७ रिंगेट हुन्छ भनिएकोमा त्यहाँ १.५० रिंगेट मात्रै दिने, लेबी १०० रिंगेट तिर्नुपर्छ भने पनि १२१ देखि १३३ सम्म तिर्नुपर्ने, मेडिकल गरेको २२० काट्ने; केही बिग्रियो' जस्तो बत्ती, पंखा, धारा आदि भने त्यो बनाउँदा लागेको खर्च पनि काट्ने, कुनै प्रश्न गर्न नपाइने वातावरण रहेछ। वास्तवमा मान्छेहरू उकुसमुकुस भएर र साहुको ऋण काढेर गएको सम्िएर मात्रै रोएर काम गरिरहेका छन्। त्यसमाथि टार्गेट पुगेन भने ओ.टी.बाट पैसा काट्ने, मास्क, इयर प्रोटेक्टर, क्याप आदि हराएमा र पञ्जा (कोता) प्याक गर्ने कागजको भित्री बाकस च्यातिएमा सामान हेरी ६० पैसादेखि ३'४ रिंगेटसम्म काट्ने गर्थ्यो। दुई घण्टा दैनिक आराम भनिएकोमा १ घण्टा मात्रै। १५/१५ मिनेट दुईचोटि र आधा घण्टा एकचोटि आराम हुन्थ्यो। १५ मिनेट त खाना खानलाई लाइन लाग्दै बित्थ्यो।

दिक्क लागेर मैले नेपाल फर्कने निर्णय गरे। दलालले हदैसम्म ूठ बोल्दा रहेछन्। मलाई यस्तो लाग्यो उनीहरूलाइ जे गर्न पनि छूट छ। दलालको चङ्गुलबाट गाउँघरका सोासीधा नेपालीलाई नबचाउने हो भने वैदेशिक रोजगार एउटा बद्नामी बाहेक केही हुन्न। जस्तो कि मलाई ४८१ मलेसियन रिंगेट बेसिक तलब, त्यसमा ओ.टी., अन्य एलाउन्स गरी मासिक १६'१७ सय रिंगेट हुन्छ भनेका थिए र म गएँ। तर त्यहाँ मुस्किलले ७००'७५० हुन्थ्यो। हदै भएपछि ८ महिनापछि बिरामी भएको बहानामा घर फर्कन पाउँ भनेर निवेदन दिएँ। उनीहरूले घर जान स्वीकृति त दिए तर टिकट आफैँ काट्नुपर्छ भने, आफैँ टिकट काटेँ। एयरपोर्ट आउने खर्च नपुगेकोले मेरै होस्टल र अर्को होस्टलका साथीबाट १५० आर.एम. चन्दा उठाएँ। यसरी म ७ जनवरी (२३ पुस २०६३) मा नेपाल आएँ।

(लेखक मलेसियाको 'हर्तालेगा' नाम गरेको मेडिकल ग्लोव उत्पादन गर्ने कारखाना (सँगैको तस्बिर रातो घेरामा) मा १० महिना काम गरी फर्किएका हुन्।)