रिपोर्ट तन्नेरी
विश्वमै तेज नेपाली
'ए'लेभल' को अन्तर्राष्ट्रिय परीक्षामा सामेल
नेपाली विद्यार्थीहरू प्रकृति मिश्र र प्रणयशमशेर राणाले नेपालमै पढेर
विश्वलाई उछिनेका छन्।
 |
| किरण पाण्डे |
गएको
मे'जून र अक्टोबर'नोभेम्बरमा सम्पन्न युनिभर्सिटी अफ क्याम्ब्रिज इन्टरन्याशनलको
'ए'लेभल' परीक्षामा सहभागी करिब १५० देशका १० लाख परीक्षार्थीलाई उछिन्दै
'वर्ल्ड टपर' बनेका प्रकृति मिश्र र प्रणयशमशेर राणा नेपाली विद्यार्थीका
लागि सफलताको प्रतीक बनेका छन्। प्रकृतिले समाजशास्त्रमा र प्रणयले
मनोविज्ञानमा यो सफलता हासिल गरेका हुन्।
ललितपुरस्थित रातो बङ्गला स्कूलमा पढेर यो कीर्तिमान
बनाएका प्रकृति र प्रणय मानविकी तथा समाजशास्त्रको पढाइ हुने 'लिवरल
आर्टस्' बाटै नाम र दाम कमाउने ध्याउन्नमा छन्। लिवरल आर्टस्मा आकर्षित
हुनुमा दुवैका कारण पनि उस्तै उस्तै छन्' यस्तो विषयको अध्ययनले मान्छेको
दृष्टिकोणलाई फराकिलो बनाउँछ। प्रकृतिले जीव'विज्ञानमा 'नेपाल टप'
पनि गरेकी छन्, तर उनको लगाव भने मानविकीतिरै बढी छ। उनको घरेलु वातावरण
पनि लिवरल आर्टस्मय छ। प्रकृतिका बाबु चैतन्य मिश्र त्रिभुवन विश्वविद्यालयमा
समाजशास्त्र रआमा मीरा पद्मकन्या क्याम्पसमा 'विमन स्टडिज्' पढाउँछन्।
आˆनो निकट लक्ष्य बताउँदै प्रकृति भन्छिन्, “सामाजिक विज्ञानको अध्ययनबाट
जीवन'जगत बुझ्न सकिने र यसले भौतिक विज्ञानको अध्ययनमा समेत टेवा पुर्याउने
ठानेर म यसतर्फ आकर्षित भएकी हुँ। राजनीतिशास्त्रमा स्नातक गर्ने सोचाइ
छ।” विद्यार्थीहरूलाई १० कक्षादेखि नै कुनै विषयतिर एकोहोर्याउने
परिपाटीको अन्त्य गरेर 'मल्टिडिसिप्लिनरी' अध्ययनमा जोड दिनु बढी व्यावहारिक
हुने अनुभव गरेकी १९ वर्षीया प्रकृतिसँग विद्यालयमा छँदा द सर्कल पत्रिकाको
प्रधान सम्पादक बनेको अनुभव पनि छ।
अर्का वर्ल्ड टपर प्रणय मनोविज्ञानको पढाइले मानिसको
सोचाइ र व्यवहार बुझ्न सजिलो हुने बताउँछन्। उनले विद्यालयपछि कुनै
खास विषय लिएर पढ्नुभन्दा 'इन्टरडिसिप्लिनरी' विषय पढ्ने सोच बनाए
अनि मनोविज्ञान, जीवविज्ञान, हिसाब, भूगोल र अङ्ग्रेजी भाषा तथा साहित्यको
अध्ययन गरे। उनी भन्छन्, “ए'लेभलमा सबै विषय मिसाएर पढ्न पाइयो। प्लस
टुमा विज्ञान र वाणिज्यशास्त्रमा भर्ना भएको भए एकैचोटि मनोविज्ञान,
भूगोल र अङ्ग्रेजी साहित्य पढ्न पाइने थिएन।” कुनै विषयमा केन्द्रीकृत
भएको भए बहुआयामिक बन्न सकिन्नथ्यो भन्न रुचाउने १९ वर्षीय प्रणय अमेरिका
गएर मनोविज्ञान वा पत्रकारितामा स्नातक गर्ने सोचाइमा छन्।
क्याम्ब्रिजको अघिल्लो सत्रमा सहभागी नेपालका करिब
एकहजार विद्यार्थीमध्ये जनरल पेपर, थिङ्किङ् स्किल्स्, एकाउन्टिङ,
आर्ट एण्ड डिजाइन, वायोलजी, विजनेस् स्टडिज्, केमिस्ट्री, इकोनोमिक्स्,
म्याथमेटिक्स्, फिजिक्स्, साइकोलजी र सोसियोलजीमा नेपाल उत्कृष्ट भएका
अन्य नौ जना विद्यार्थीले हालै प्रकृति र प्रणयसँगै 'ब्रिलियन्स इन
नेपाल' पुरस्कार पाएका छन्। बूढानीलकण्ठ स्कूलका शैलेस ढुङ्गाना केमिस्ट्री,
म्याथमेटिक्स् र फिजिक्स्मा नेपाल प्रथम बने भने रातो बङ्गलाका राहुलरत्न
शाक्यले केमिस्ट्री, इकोनोमिक्स्, म्याथमेटिक्स् र फिजिक्स्मा नेपाल
टप गरे। द ब्रिटिस स्कूलकी मरिना लामा आर्ट एण्ड डिजाइन र साइकोलजीमा
नेपाल प्रथम बनिन् भने अघिल्लो सत्रमा बूढानीलकण्ठकी वर्षा धरेलले
पाएको समाजशास्त्रतर्फको उत्कृष्ट पुरस्कार अहिले रातो बङ्गलाकी प्रकृतिले
नै आˆनो पोल्टामा पारिन्।
शैलेस ढुङ्गानाले अमेरिकाको प्रिन्सटन कलेजमा फिजिक्स्
पढ्ने मौका पाइसकेका छन्। उपन्यास पढ्न र फूटबल हेर्न रुचाउने शैलेस
भन्छन्, “म फिजिक्स् र म्याथ नै पढ्छु।” ए'लेभलबाटै बेलायतको अक्सफोर्ड
विश्वविद्यालयमा पढ्न पुगेका शैलेसका दाजु सन्देश अर्को वर्षदेखि अमेरिकाको
विलियम्स कलेजमा अर्थशास्त्र पढ्ने तयारीमा छन्। नेपाल राष्ट्र ब्याङ्कमा
कार्यरत बाबु भीमानन्द र आमा बबिताका दुवै छोराले बूढानीलकण्ठ स्कूलबाट
'ए'लेभल' मा 'नेपाल टप' गरेका हुन्।
अघिल्लो सत्रमा समाजशास्त्रमा नेपाल उत्कृष्ट वर्षा,
बाबु हरि धरेलको पर्यटन व्यवसायलाई सहयोग पुर्याउने र 'अन्तर्राष्ट्रिय
सम्बन्ध' मा उच्च शिक्षा लिने तयारीमा छिन्। उनी भन्छिन्, “म कुशल
डिप्लोम्याट बन्न चाहन्छु।” पत्रकारितामा रुचि राख्ने वर्षा चित्रकला
र नृत्यमा पनि उत्तिकै रमाउँछिन्। समाजशास्त्रको अध्ययनले युवाहरूको
सोचाइलाई फराकिलो बनाउने प्रकृतिको तर्कसित वर्षा पनि सहमत छिन्।
िद्यार्थीहरूका यस्ता अठोटबाट क्याम्ब्रिजका परीक्षकहरूसमेत
प्रभावित देखिएका छन्। २ चैतमा राजधानीको बूढानीलकण्ठ स्कूलमा आयोजित
सम्मान कार्यक्रममा पुरस्कृत विद्यार्थीका अभिभावकहरूलाई धन्यवाद दिँदै
क्याम्ब्रिज इन्टरन्याशनल एक्जामिनेसनका दक्षिण एसिया प्रबन्धक विलियम
बिकरडाइक भन्दैथिए, “तपाइँका छोरा'छोरीका अनुहारमा देखिने चमक पनि
एउटा ठूलो पुरस्कार हो।”
विश्वका करिब १५० मुलुकका 'प्लस टु' उमेर समूहका विद्यार्थीहरू क्याम्ब्रिज
इन्टरन्याशनल एक्जामिनेसनमा सहभागी हुने गर्छन्। ए'लेभल उत्तीर्ण विद्यार्थीहरूलाई
संसारका विभिन्न विश्वविद्यालय, शैक्षिक संस्था र रोजगारदाताहरूले
रुचाएको पाइन्छ। अङ्ग्रेजी भाषा र प्रविधिका कारण विश्व जतिजति नजिकिँदैछ
त्यति नै ए'लेभलको आकर्षण पनि फैलिँदैछ। यद्यपि, यो शिक्षा खर्चिलो
भने छ।
ध्रुब सिम्खडा
|