समाचार फिनल्याण्डमा चुनाव
शान्त दल निश्चिन्त मतदाता
सय वर्षदेखि संसदीय निर्वाचनमा अभ्यस्त फिनल्याण्डमा
५ चैतमा भएको चुनावमा स्पष्ट बहुमत प्राप्त गर्न नसक्दा पनि दलहरू
शान्त छन्, मतदाता चिन्तित छैनन्किनकि त्यहाँको भावी सरकार पनि मिलिजुली
र सहमतिकै हुनेछ।
• शिव गाउँले, फिनल्याण्डमा
 |
| तस्बिरहरूः शिव गाउँले |
| चुनाव प्रचारको शैलीः कतै सूप बाँडेर |
नेपालको संसदीय
निर्वाचनमा कसैको पनि बहुमत नआएको अवस्था हुँदो हो त यहाँ ठूलै राजनीतिक
तनाव उत्पन्न हुनेथियो। मिलिजुली सरकार बनाउन ठूला दलहरूबीच आपसी टकराव,
साना दललाई मिलाएर आˆनो बहुमत सावित गर्ने अस्वस्थ होडबाजी हुनसक्थ्यो।
अनेकन् संवैधानिक र कानूनी विवादहरू निक्लिन सक्थे। तर, सय वर्षदेखि
संसदीय निर्वाचनमा अभ्यस्त फिनल्याण्डमा ५ चैतमा भएको चुनावमा कसैले
स्पष्ट बहुमत प्राप्त गर्न नसक्दा पनि दलहरू शान्त छन्, मतदाता चिन्तित
छैनन्। उनीहरू भावी सरकार पनि मिलिजुली र सहमतिकै हुनेछ भन्नेमा निश्चिन्त
छन्।
दुई सय सदस्यीय फिनिस संसदको निर्वाचनमा ५१ सिट जितेर
'सेन्टर पार्टी अफ फिनल्याण्ड' सबभन्दा ठूलो दल बन्यो। त्यसपछि 'नेशनल
कोअलिसन पार्टी' ५० र 'सोसल डेमोक्र्याटिक पार्टी' ४५ सिट जितेर क्रमशः
दोस्रो र तेस्रो स्थानमा आए। 'लेˆट विङ अलायन्स' १७ र 'ग्रीन लिग'
१५ स्थान जितेर चौथो र पाँचाँै स्थान हासिल गर्न सफल भए। अरू चार दलले
जम्मा २२ सिटमा चित्त बुाए भने निर्वाचनमा भाग लिएका १० वटा दलले एक
सिट पनि जित्न सकेनन्।
महिला सहभागिता फिनल्याण्डको चुनावको एउटा प्रमुख विशेषता
नै थियो। कुल २००४ उम्मेदवारमध्ये ७९९ जना महिला थिए र यही अनुपातमा
उनीहरूले चुनाव पनि जिते। चुनावका दिन बाक्लो हिउँ परेपनि ६७ प्रतिशत
मतदाताले मतदान गरे।
गैर राजनीतिक पृष्ठभूमिका, तर विभिन्न दलका तर्फबाट
उम्मेदवार भएकाहरू चुनावमा बढी चर्चित थिए। उनीहरूमध्ये कति त विजयी
पनि भए। पत्रकार, पूर्व पत्रकार, पूर्व फिनिस सुन्दरी, खेलाडी, कलाकारलगायतका
फिनिस समाजका चर्चित अनुहारले यस पटक चुनाव जितेका छन्। एक कूटनीतिज्ञ
भन्छन्, “राजनीतिक दलका कार्यकर्ता भन्दा यस्ता सेलिब्रिटीहरू बढी
लोकप्रिय हुनुको कारण मतदाताले उनीहरूका बारेमा धेरै कुरा चुनावअघि
नै थाहा पाउनु पनि हो।”
 |
| फिनल्याण्डको संसद भवन। |
फिनल्याण्डको चुनाव प्रचार शैली पनि अनौठो लाग्दो थियो।
शहरका भित्तामा कसैको प्रचार थिएन। माइकिङ्ग कसले सुनिदेओस् अनि सडक'बजारमा
अवरोध पुर्याएर 'विशाल आमसभा' गरेको देखिने कुरै भएन। उम्मेदवार र
प्रचारकहरू रेस्टुराँ, डबली, ठूल्ठूला डिपार्टमेन्टल स्टोर बाहिर आˆनो
वा उम्मेदवारको स्टिकर बोकेर बसेका भेटिन्थे। एक उम्मेदवार भन्छन्,
“म यही क्षेत्रमा जन्मिएको हुँ। यो क्षेत्रको मलाई बलियो समर्थन छ।
मैले दुई हजारप्रति त क्रिसमस कार्ड नै बाँडेको छु। उनीहरूको नामै
जान्दछु।”
चुनाव प्रचार र खर्चबारे फिनिस कानून उदार तर व्यवस्थित
छ। सबैले त्यसको पालना गर्छन्। दलहरूले चुनाव सकिनासाथ निर्वाचन आयोगसमक्ष
आˆनो आर्थिक अवस्था ल्किने प्रतिवेदन पेश गर्नुपर्छ। सांसदले प्रति
महिना पाउने ४२०० युरोमा ३९ प्रतिशत कर लाग्छ। यसबाट एउटा फिनिस नागरिक
जतिपल्ट सांसद वा मन्त्री बने पनि उसको सम्पत्ति कति छ र कहाँबाट आइरहेको
छ भन्ने जानकारी निर्वाचन आयोगलाई भइरहन्छ। चुनाव खर्चको स्रोतबारे
सोधिँदा एक उम्मेदवारको जवाफ थियो, “म चुनाव खर्च तीन किसिमले जम्मा
गर्छु' पहिलो, मेरो पार्टीले निश्चित खर्च दिन्छ; दोस्रो, म चुनाव
खर्च जुटाउनै भनेर सेमिनार र केही सानोतिनो व्यापार गर्छु; र तेस्रो,
अलिअलि म आफैँ पनि हाल्छु।”
राजनीतिक, आर्थिक, सामाजिक पक्षको विश्लेषण गरिएका
दर्जनौँ पृष्ठ लामा चुनावी घोषणापत्र पढ्न बानी परेका नेपालीका लागि
फिनल्याण्डको चुनावमा उठेका मुद्दाहरू साँच्चिकै अनौठा थिए। 'डेमोफिनल्याण्ड'
नामक संस्थाले आयोजना गरेको बहस कार्यक्रममा सबैजसो दलका युवा नेताहरूको
प्राथमिकता लगभग एकै किसिमको थियो' एशियाली देशमा प्रजातन्त्र र मानव
अधिकारको सुनिश्चितता तथा असल शासनका लागि मापदण्ड निर्धारण गर्ने,
अफ्रिकी देशमा मृत्युदर घटाउने, युरोपियन युनियनभित्र फिनल्याण्डको
उपस्थिति प्रभावकारी बनाउने, आदि। संसारको टाउकोदुखाइको विषय बनेको
मौसम परिवर्तनका असरबारे पनि चासो व्यक्त भएको थियो।
 |
| त कतै चक्लेट बाँडेर चुनाव प्रचार गर्दैछन्
समर्थकहरु। |
मतदान सकिएको चार घण्टापछि चुनावी परिणाम सार्वजनिक
हुँदा राजधानी हेलसिन्कीमा धेरैले नेशनल कोअलिसन पार्टीको विजयको अर्थ
र सोसल डेमोक्र्याटिक पार्टी अलि पछाडि पर्नुको कारण जान्न खोजिरहेका
थिए। कोअलिसन पार्टीले सन् २००३ को चुनावको तुलनामा १० सिट बढाएर ५०
पुर्याएको थियो भने सोसल डेमोत्र््कयाट आठ सिट गुमाएर ४५ मा रेको
थियो। निर्वाचन परिणामको विश्लेषण गर्दै त्यहाँका विश्वविद्यालयका
एक एसोसियट प्रोफेसर किमो ग्रनलुण्ड भन्छन्, “फिनल्याण्ड विशेष किसिमको
बहुदलीय व्यवस्था र सरकार भएको देश हो। सहमतिको राजनीति यसको परम्परा
हो।” हुन पनि ठूला दलमा अहम् र साना दलमा लघुताभास छैन। सरकारमा सँगै
बस्न सहमत हुनु, ठूला दलले सहमति जुटाउन पहल गर्नु र अरूले त्यसलाई
स्वीकार गर्नु फिनिस प्रजातन्त्रको विशेषता नै लाग्छ।
चुनाव प्रचारप्रसारको अन्तिम दिन २ चैतमा राजधानी हेलसिन्कीबाट
करिब ८० किलोमिटर परको एउटा गाउँमा आˆना समर्थकहरूलाई उत्साहित पार्दै
गर्दा भेटिएका प्रधानमन्त्री म्याटी भ्यान्हानेनले विपक्षीहरूको आलोचना
गर्नेतिर फिटिक्कै ध्यान दिएनन्। न अरूले नै प्रधानमन्त्रीको चर्को
आलोचना गरेको सुनियो। एक कूटनीतिज्ञ भन्छन्, “बहुमतको मिलिजुली सरकार
र अल्पमतको सम्मान अनि पार्टी'पार्टीबीच सहयोग फिनिस राजनीतिक प्रणालीका
विशेषता हुन्।” समग्रमा फिनल्याण्डको यो निर्वाचनले विगतमा ैँ मिलिजुली
सरकार चलाउने सहमतिको राजनीति गर्न दलहरूलाई बाध्य बनाएको छ।
|