पुस्तक | परिचय
जनताको इतिहास
किताबः उन्नाइस दिन (२०६३)
लेखकः विष्णु निष्ठुरी
पृष्ठः २१९+, मूल्यः रु.१७५
नेपालको
इतिहासमा उच्च महव राख्ने १९ दिन (२४ चैत २०६२' ११ वैशाख २०६३) वास्तवमै
जनताका दिन थिए। समस्त देश अधिनायकवादलाई धूलिसात् पार्ने महान् अभियानमा
होमिएको थियो। देशका सबै वर्ग, समुदाय आन्दोलित बनेको त्यो समयावधि
जनआन्दोलनको उत्कर्ष थियो। निरङ्कुशताका अनेकौँ प्रहारलाई निस्तेज
बनाउने काममा राजनीतिक नेतृत्वदेखि किसान, गृहिणीसम्मले अपूर्व भूमिका
निर्वाह गरेका थिए। जनता साँच्चिकै जागेका ती दिन, तत्कालीन घटनाक्रम
र जनप्रतिरोधलाई पत्रकार विष्णु निष्ठुरीले लिपिवद्ध गरेका छन् उन्नाइस
दिन मा। लोकतान्त्रिक आन्दोलनका अनेकौँ योद्धामध्ये एक निष्ठुरीले
हरेक सहयोद्धाको उच्च मूल्याङ्कन गर्दै जुटाएका तथ्य'विवरणहरूको यो
सँगालो उनकै शब्दमा जनआन्दोलनको डायरी हो। पाठकीय दृष्टिले यसलाई जनताको
इतिहास र बलिदानी चरित्रको सम्मान गर्ने प्रयास भन्न सकिन्छ।
देशलाई निरङ्कुशताले गाँजेकै बेला पत्रकारका नेता चुनिएका
निष्ठुरी आफैँ अधिनायकवादका प्रत्यक्ष/परोक्ष प्रहारसँग पटक'पटक जुेका
र आˆनो मोर्चाबाट लोकतान्त्रिक आन्दोलनको अगुवाई गरेका थिए। आन्दोलनमा
यस्ता अगुवा र दलहरूको जे जति भूमिका थियो, लोकतान्त्रिक आकाङ्क्षा
बोकेका आम नागरिकको सद्भाव/सक्रियता पनि उत्तिकै उल्लेख्य थियो। निष्ठुरीले
ती १९ दिनका देशभरिका घटना केलाउने क्रममा डोको र घाँसका भारी बोकेर
शहर छिर्दै लोकतन्त्र बहालीको माग गर्ने रुपन्देही र इलामका ग्रामीण
बासिन्दा, मकैको सातुका भरमा तीन'चार दिन नाराजुलुस गर्ने पर्वतका
आन्दोलनकारी, लाखेजात्रा निकालेर खबरदारी गर्ने धनकुटाका जुारु युवा,
गोरखाका कृष्ण राना, पाँचथरका सुमन थेवे, नेपालगञ्जका खेम तामाङ जस्ता
हजारौँ योद्धाको सक्रियता, संलग्नताको उच्च मूल्याङ्कन गरेका छन्।
“काठमाडौँका घरघरमा गएर तरकारी बेच्दै आएका रौतहट,
पोटियाही'९ का नरेन्द्र कलवारले आज थापागाउँका गल्लीहरूमा भोजपुरी
र मैथली भाषामा लोकतान्त्रिक जागरण गीत गाएर सर्वसाधारणलाई मौलिक अधिकारप्रति
सचेत गराए...”, “सुनसरी'तरहराका ९१ वर्षीय लक्ष्मीप्रसाद नेपाल जनताको
शासन आउँछ आउँछ, निरङ्कुश राजा ुक्नैपर्छ भन्दै प्रदर्शनमा सहभागी
भए” जस्ता दृष्टान्तहरूको रोचक सङ्ग्रह बनेको छ उन्नाइस दिन। पत्रकार
निष्ठुरीले देखे'भोगेका घटनाक्रमहरूको यो डायरीले आन्दोलनको आकाङ्क्षा,
स्वरुप, विस्तार र प्रभावको चित्रणसँगै आन्दोलनका सहभागी, शुभेच्छु
हरेक व्यक्ति/समूहको गाथा संयोजन गरेको छ। किताबले आन्दोलनका सहभागीहरूलाई
पटक'पटक गौरवबोध गराउँछ। शहीदहरूको महवबोध गराउने अभीष्टमा समेत लेखक
सफल छन्।
किताबले जनआन्दोलन र त्यसका योद्धामाथि भएको दमन र ज्यादतीलाई
समेत यथाप्रसङ्ग अनावृत्त गरेको छ। निरङ्कुशताविरोधी जनक्रान्तिका
हरेक घटना, पत्राचार, वक्तव्य र दस्तावेजलाई यथासम्भव संयोजन गर्ने
यो प्रयास विश्लेषणात्मक इतिहास'लेखनका निम्ति भरपर्दो सन्दर्भग्रन्थ
बन्न सक्छ। लेखक स्वयंले भनेका छन्, “जनआन्दोलनका घटनाक्रमको नालीबेली
थाहा पाउने भावी पुस्ताको अधिकार सुरक्षित गर्ने प्रयास पनि हो यो।”
आˆनो विचार, विश्लेषण र आग्रह नघुसाई घटनालाई जस्ताको तस्तै प्रस्तुत
गरेर निष्ठुरीले तथ्यपरक इतिहासको बाटो खोलिदिएका छन्।
प्रशस्तिमूलक, व्यक्तिकेन्द्रित इतिहास खोज्नेहरूलाई
उन्नाइस दिन ले धेरै उत्साहित नबनाउला, तर लोकतान्त्रिक चेतना बोक्ने
नागरिकहरूले पक्कै भन्नेछन्, “विष्णुले सार्थक काम गरेका छन्।” जनताको
जय चिताउने हरेकका लागि पुस्तक पठनीय, सङ्ग्रहणीय छ।
कर्मगाथा
किताबः प्रा. दिनेशराज पन्त, अक्षरको अभिवादन (२०६३)
सम्पादकः शेषराज सिवाकोटी
पृष्ठः २१०+, मूल्यः रु.१००
नेपालको इतिहास सच्याउने
…संशोधन मण्डल' का एक अभियन्ता प्रा. दिनेशराज पन्तमाथि विभिन्न विद्वान्का
दृष्टिकोण, मूल्याङ्कनहरूको सँगालो हो, यो किताब। नेपाली इतिहास, संस्कृति,
भाषा, लिपि, ज्योतिष, व्याकरणका ज्ञाता प्रा. पन्तलाई …संशोधन मण्डल'
को बिँडो थाम्ने कर्मजीवीका रूपमा समेत लिइन्छ। यो पुस्तक तिनै कर्मजीवीको
कर्मगाथा हो।
शासकहरूका जीवनी, काम र उपलब्धिलाई मात्र इतिहास सम्ने परिपाटीलाई
चुनौती दिँदै इतिहासलाई यथाशक्य जनमुखी र तथ्यपरक बनाउने अभियानमा
लागेका नयराज पन्तका उत्तराधिकारी दिनेशको इतिहास पुनर्लेखनमा के कस्तो
भूमिका र महव छ? समकालीन विद्वान्का आँखामा उनी कस्ता देखिन्छन्? यस्ता
धेरै प्रश्नको जवाफ पाइन्छ पुस्तकमा। लेखकहरूका निजी गन्थन र प्रशस्तिका
कारण प्रा. पन्त स्वयंले लज्जाबोध गर्नुपर्ने प्रसङ्गहरू समेत किताबमा
छन्, तर त्यत्तिकै भरमा सँगालोलाई प्रकाशकको रहर मात्र भनेर अवमूल्यन
गर्न सकिन्न। प्रस्तुति जे जस्तो भए पनि पुस्तकले सत्कार्यको कदर गरेको
छ।
तिम्ल्याहा काव्य किताबः
अन्तर्द्वन्द्व (पृ. ४६+, मूल्यः रु.१००),
चित्र'विचित्र (पृ. ५०+, मूल्यः रु.१००), जिन्दगी बुनलाई (पृ. ५६+,
मूल्यः रु.१००) (२०६३)
कवयित्रीः हरिकला अधिकारी
पत्रकार हरिकला अधिकारी
तीन कविता सङ्ग्रहका साथ सक्रिय कवयित्रीका रूपमा पनि उदाएकी छन्।
नेपाली वाङ्मय प्रतिष्ठानको हुट्हुटीमा एकैपल्ट तिम्ल्याहा काव्यकृति
(अन्तर्द्वन्द्व, चित्र'विचित्र, जिन्दगी बुझ्नलाई) लिएर पद्यकविहरूसँग
कुम जुधाउन आइपुगेकी हुन् उनी। कवयित्री अधिकारीले शार्दूलविक्रीडित
र स्रग्धरा छन्दलाई अभिव्यक्तिको माध्यम बनाएकी छन्। ण्डै अढाइ दशकअघि
लेखिएका श्लोकहरूलाई सामान्य परिष्कार र परिमार्जनपछि फरक'फरक विशेषतायुक्त
तीन काव्यमा प्रस्तुत गर्ने क्रममा उनले विभिन्न अवधारणाहरूलाई प्रतीकका
रूपमा उभ्याउँदै केही प्रयोगसमेत गरेकी छन्।
चिन्तनप्रधान काव्य अन्तर्द्वन्द्व ले नारी हुनुको गौरवलाई अभिव्यक्त
गरेको छ। चित्र'विचित्र मा कला र चित्रको मानवीकरणको सुन्दर प्रयोग
भेट्न सकिन्छ। जिन्दगी बुझ्नलाई लैङ्गिक समताको महवबोध गराउने काव्यकृति
हो, जो मनोगत कथनबाट उठ्दै स्वीडेनको एउटा सुन्दर टापुसम्म तन्किएको
छ। प्रयोग र प्रस्तुतिका दृष्टिले तीनवटै काव्यमा केही सामीप्य भेट्न
सकिन्छ। केही श्लोक अमूर्त लाग्छन्, तर दोहोर्याउँदै जाँदा रसपूर्ण
लाग्नु हरिकला अधिकारीका कविताका विशेषताहरू हुन्।
आˆनो कथा, आˆनै कलम
किताबः जिन्दगीका टिपोटहरू (२०६३)
लेखकः कृष्णचन्द्रसिंह प्रधान
पृष्ठः १०१+, मूल्यः रु. १४५
स्थापित व्यक्तित्वका
आत्मवृत्तान्त यसै पनि पठनीय हुन्छन्। त्यसमाथि लेखनकर्ममा कहलिएका
हस्तीका आत्मविश्लेषणहरूमा भेटिने स्वादको बेग्लै महव हुन्छ। यस्तै
स्वाद बोकेको छ, कृष्णचन्द्रसिंह प्रधानको दोस्रो आत्मवृत्तान्त जिन्दगीका
टिपोटहरू ले। लेखकले यसलाई पहिलो आत्मवृत्तान्त नफर्कने ती दिनहरू
का रहलपहलको सँगालो भनेका छन्। यी रहलपहलमा भेटिने रोचक घटनाक्रमहरूले
पाठकलाई इतिहासदेखि वर्तमानसम्म डोर्याउँछन्।
यो कृतिलाई प्रधानको व्यक्तिगत जीवनका विशिष्टताहरूको सँगालो भन्न
सकिन्छ। लेखकको जीवनमा आएका/देखिएका विभिन्न उतारचढावको यो दस्तावेजमा
घटनासँगै भावना र भावनासँगै गहिरा अनुभूतिहरूको टिपोट भेट्न सकिन्छ।
बाल्यकाल, ९० को भुइँचालो, यौवन र प्रेम, लेखनयात्रा, पारिवारिक जिम्मेवारी,
पत्नी'वियोग जस्ता प्रसङ्गहरूलाई उन्ने काममा देखिएको लेखकीय कौशल
लोभलाग्दो लाग्छ। “सँगै छँदा गुमाउनु पर्ला भन्ने डर थियो, गुमाइसकेपछि
त्यो डर अब रहेन,” पत्नी'वियोगपछि पलाएको यो अनुभूति जिन्दगीका टिपोटहरू
को एउटा उत्कर्ष हो। पुस्तकमा पारिवारिक तथा सामाजिक जमघटका तस्बिरहरू
पनि छन्। लेखकले प्रसङ्गविहीन भनेका कुराकानीमा समेत सार्वजनिक महवका
थुप्रै संस्मरणहरू भेट्न सकिन्छ। यस्ता सन्दर्भ, प्रसङ्गहरू सुरुचिपूर्ण
र मननीय पनि छन्।
मुटुको स्वास्थ्य
किताबः मुटुका रोगहरूको रोकथाम र नियन्त्रण (२०६३)
लेखकः डा. प्रकाशराज रेग्मी
पृष्ठः ११८+
 |
मुटुलगायत स्वास्थ्यसम्बन्धी
अनेकन् विषयमा थुप्रै लेखरचना र आधा दर्जनभन्दा बढी किताबहरू लेखेर
जनचेतना बढाउने तथा नीतिनिर्माता र सम्बद्ध पक्षलाई क्क्याउने काम
गर्दै आएका मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको अर्को किताब निस्केको
छ' मुटुका रोगहरूको रोकथाम र नियन्त्रण। कुनै मूल्य नराखी निःशुल्क
वितरण भइरहेको यो किताब स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले
प्रकाशित गरेको हो। किताबमा लेखकले स्वास्थ्यसँग सम्बन्धित जटिल विषयवस्तुलाई
सर्वसाधारणले बुझ्ने सरल भाषा र शैलीमा प्रस्तुत गरेका छन्। यसमा मुटु
के हो, यसले कसरी काम गर्छ, के कस्ता लक्षण देखिँदा मुटुरोग हुनसक्छ
र त्यो थाहा पाउन गर्नुपर्ने परीक्षण के के हुन् भन्नेदेखि जन्मजात
मुटुरोग, बाथ मुटुरोग, उच्च रक्तचाप र हृदयघातजस्ता प्रमुख रोग, रोग
लागेको बेला आउने इमर्जेन्सी अवस्था तथा ती रोगको रोकथाम र नियन्त्रणबारे
जानकारी छन्। यी कुरा मुटुरोगबाट बच्न चाहने, मुटुरोग हुने र तिनको
हेरचाह गर्ने मानिस तथा कुनै न कुनै तवरमा मुटुरोगीलाई स्वास्थ्य परीक्षण,
उपचार र सल्लाह'सुाव दिने काममा संलग्न चिकित्सकदेखि औषधि बिक्रेतासम्मलाई
उपयोगी छन्।
ज्ञानको संयोजन।
किताबः जे. कृष्णमूर्ति नेपालीमा पदार्पण (२०६३)
अनुवादकः चरण प्रधान
पृष्ठः १८६+, मूल्यः रु.२००
संसारमा जान्नुपर्ने,
बुझ्नुपर्ने धेरै विषय छन्। जीवनको महवलाई ज्ञानीहरूले प्रवचन, उपदेशहरूबाट
समेत बुाउने प्रयास गरेका छन्। जिद्दु कृष्णमूर्तिले त्यसरी नै मानिसको
जीवनदर्शनलाई आˆना अभिव्यक्तिहरूमार्फत् प्रस्ट्याएका छन्। तर उनका
विचार र अभिव्यक्तिबारे प्रायः नेपालीहरू अनभिज्ञ छन्। यो तथ्यलाई
महसुस गरेर अनुवादक चरण प्रधानले जे. कृष्णमूर्ति नेपालीमा पदार्पण
शीर्षक दिएर नेपाली भाषामा पुस्तक प्रकाशन गर्ने सत्कार्य गरेका छन्।
पुस्तकमा अनुवादकले कृष्णमूर्ति'विचारसँगालोका लामाछोटा अध्यायको अनुवाद
गरेका छन्। पछिल्लो खण्डमा कृष्णमूर्तिको संक्षिप्त जीवनीसमेत छापिएको
छ।
जसको हृदय संवेदनशील छैन अथवा जसमा प्रेम प्रवाहको क्षमता छैन, त्यस्तो
व्यक्तिले जस्तोसुकै ठूलो सामाजिक कार्य गरेपनि, जस्तोसुकै राजनीतिक
व्याख्यान छाँटेपनि वा जस्तोसुकै पुस्तक लेखेपनि तिनको कुनै अर्थ नरहने
जे. कृष्णमूर्तिको दृष्टिकोण छ। पुस्तकमा समाविष्ट यस्ता दृष्टिकोणले
मान्छेमा नैतिकताको पाठ सिकाउन र व्यावहारिक बन्न मद्दत पुर्याउँछन्।
कृष्णमूर्ति भन्छन्, “तपाईको सम्मानले माथिल्लो र तल्लो भनेर भेदभाव
गर्दैन भने त्यो सच्चा सम्मान हो र त्यो नै प्रेमको उपज हो...संवेदनाशून्य
भएको खण्डमा जीवन र जगतको सौन्दर्यबोध गर्न सकिँदैन...जबसम्म …म' को
भाव रहन्छ तबसम्म जीवनको गरिमा र सुन्दरतासित साक्षात्कार हुन सक्तैन...
दुःख भन्नु अज्ञानताको परिणाम मात्र हो... कुनै किसिमको …भय' भन्नु
नै मानसिक दुर्वलता हो ...,” यस्ता जीवन्त वाक्यले समेत पुस्तकको महव
बुाउँछन्।
|