| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“माओवादीका लडाकूहरू शिविरबाट बाहिर निस्केर जनतामा
त्रास फैलाउने र फेरि शिविरमै फर्कने कार्य केन्द्रीय निर्णयअनुसार
नै भइरहेको छ।”
जेम्स
एफ. मोरियार्टी
अमेरिकी राजदूत
दिशानिर्देश'नेटीभी, १२ चैत २०६३
“जेठमा चुनाव हुनेमा शङ्का उब्जिएको छ।”
रमेश लेखक
श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री
घटना र विचार साप्ताहिक, १४ चैत २०६३
अङ्क
र अर्थ
१८ हजार
नेपालमा एचआईभी सङ्क्रमित १९ वर्षमुनिका बालबालिका र किशोर'किशोरीको
सङ्ख्या।
२.८ प्रतिशत आगामी
दुईवर्षका लागि प्रक्षेपित नेपालको आर्थिक वृद्धिदर। यो दर दक्षिण
एशियाकै सबैभन्दा कम हो।
हिँड्दा-हिँड्दै
एकचालीस वर्षदेखि नेपाल बस्दै आएका जापानी मूलका
नेपाली नागरिक ताकासी मियाहाराले 'नेपाल
राष्ट्रिय विकास पार्टी' खोलेका छन्। पेशाले इञ्जिनियर तथा पर्यटन
व्यवसायी मियाहारा भन्छन्, “पार्टी खोल्नैका लागि नेपाली नागरिकता
लिएको हुँ।”
 |
| किरण पाण्डे |
कति भयो पार्टी खोल्नुभएको?
१४/१५ महिना।
पार्टी सदस्य कति छन्?
अहिले त्यति धेरै छैनन्। तर ११ चैतमा पत्रकार सम्मेलन गरेपछिका दुई/तीन
दिनमै ३०/४० जना युवा तपाईँलाई साथ दिन्छौँ भनेर आएका छन्।
पार्टी दर्ता गर्न १०
हजार मतदाता चाहिने संवैधानिक व्यवस्था छ नि!
पार्टी खोलेपछि त्यति समर्थक त पुर्याउनै पर्यो नि! तर यो प्रावधान
आठ दललाई पनि लागू हुनुपर्छ। सूचना आएपछि त्यो सङ्ख्या पुर्याउँछु
र पार्टी दर्ता गरेरै अगाडि बढ्छु।
पार्टी दर्ता मात्रै
गर्ने कि चुनावमा पनि उठ्ने?
ललितपुर दुई नम्बरबाट चुनावमा उठ्ने सोचाइ बनाएको छु। आफू उठिन भने
युवाहरुलाई उठाउँछु।
त्यसोभए तपाइँ सक्रिय
राजनीतिमा आउनुभयो हैन त?
राजनीति गर्ने होइन, विकास गर्ने विचारमा छु।
कसरी नि!
पूर्व'पश्चिम रेलमार्ग, अन्य भू'भागमा भूमिगत रेलमार्ग र उत्तर'दक्षिणका
प्रमुख शहरहरूलाई भारतीय रेलसँग जोड्ने तथा वीरगञ्ज'काठमाडौँ, नारायणगढ'काठमाडौँ
र नारायणगढ'पोखरा राजमार्ग तथा सुरुङमार्ग निर्माण र विस्तार गर्ने
मेरो लक्ष्य छ। यसबाहेक राजधानीलाई नारायणघाट सार्ने, सिमरामा अन्तर्राष्ट्रिय
विमानस्थल बनाउने; कोशी, गण्डकी, कर्णाली नदीमा बाँध बाँधेर यातायात,
सिंचाई, विद्युत्, माछापालन, पर्यटन आदिको विकास गर्ने योजना छ।
|