हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद महिला क्रिकेट

बाँकेबाट सीधै मलेशिया

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १२ चैतमा महिला क्रिकेटको विकासमा योगदान पुर्‍याएबापत ५ नम्बर क्रिकेट विकास क्षेत्र'नेपालगञ्ज (बाँके) लाई …ग्लोबल वुमन इनिसिएटिभ अवार्ड'२००६' बाट पुरस्कृत गरेको छ। यसबापत नेपालले ट्रफीसँगै दुई हजार अमेरिकी डलर मूल्यको कोकाबुरा कम्पनीको खेल सामग्री पनि प्राप्त गर्नेछ। यसअघि गत माघमा एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले पनि ५ नम्बर क्षेत्रलाई सोही विधामा पुरस्कृत गरेको थियो। समितिले तीन वर्षदेखि स्थानीयस्तरमा अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

लगातार दुइटा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हात पारेपछि बाँकेका महिला क्रिकेटरहरूका आँखा अब सीधै तीन महिनापछि मलेशियामा हुने प्रतियोगितामा परेको छ। एशियाली क्रिकेट परिषद (एसीसी) ले ११'१७ जुलाइमा आयोजना गर्ने टेष्टस्तर बाहिरका आठ राष्ट्र सहभागी हुने सो प्रतियोगितामा नेपाल पनि समावेश हुने पक्का भएपछि किशोरीहरू प्रतिस्पर्धा गर्न आतुर भएका छन्।

२५ फागुनदेखि ३ चैतसम्म सञ्चालित तेस्रो छात्रा क्रिकेट प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी मनीषा रावल यो पुरस्कारलाई निरन्तर मेहनतको प्रतिफल ठान्छिन्। उनी भन्छिन्, “अब हामी मलेशियामा गएर जित्न चाहन्छौँ, त्यहाँ सहभागी हुने टिमका लागि खेलाडी छनौट छिटो गर्नुपर्छ।”

बाँकेबाट शुरु भएको महिला क्रिकेटको सिको गर्दै अहिले रुपन्देही र काठमाडौँमा पनि महिला क्रिकेटर तयार हुन थालेका छन्, तर प्रतियोगिता आयोजना भएका छैनन्। महिला क्रिकेटको सुरुआत भएपनि प्रतियोगिता नहुनाले क्रिकेटरहरू भने चिन्तित देखिन्छन्। खेलाडी नैरी थापा भन्छिन्, “वर्षभर खेल्नै नपाएर बस्नुपर्ने अवस्था छ, नियमित रूपमा क्षेत्रीय र राष्ट्रियस्तरमा प्रतियोगिता गर्नुपर्छ।”

यस सम्मानबाट महिला क्रिकेटको विकासमा निरन्तर लागिपरेका क्षेत्रीय क्रिकेट विकास समितिका अध्यक्ष तथा पूर्व राष्ट्रिय कप्तान लेखबहादुर क्षेत्री पनि दङ्ग देखिन्छन्। क्षेत्री भन्छन्, “राम्रो काम गरेपछि मूल्याङ्कन हुँदोरहेछ, यो हौसला त्यसै मर्न दिनुहुन्न, राज्यले पनि महिला क्रिकेटमा लगानी गर्दै राष्ट्रियस्तरमै प्रतियोगिता थाल्नुपर्छ।”

नेपाल क्रिकेट एशोसिएसन (क्यान) का अध्यक्ष विनयराज पाण्डे पनि बाँकेका …फुच्ची' क्रिकेटरहरूको मेहनतका कारण नेपालले पाएको यो सम्मानलाई खेर जान नदिने बताउँछन्। पाण्डे भन्छन्, “चाँडै नै छनौट प्रतियोगिता गरेर मलेशियाका लागि टीम तयार गर्नेछौँ। त्यसपछि प्रशिक्षण शुरु हुनेछ।”

रामेश्वर बोहरा, नेपालगञ्ज


फूटबल

मोफसल स्टारः थि्-'स्टार

सोहन श्रेष्

कप्तान सुरेन्द्र तामाङले गरेको एक मात्र निर्णायक गोलको मद्दतले ललितपुरको नविल थि्र'स्टार क्लबले नवौँ टुबोर्ग बूढासुब्बा गोल्डकपको उपाधि हात पार्‍यो। १० चैतमा धरान रङ्गशालामा करिब २० हजार दर्शकमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा डिफेण्डिङ च्याम्पियन अफ्रिकन युनाइटेडलाई १'० गोल अन्तरले पराजित गर्दै थि्र'स्टारले दोस्रोपटक उपाधि माथि कब्जा जमाएको हो। यसअघि थि्र'स्टार २०६१ सालमा सम्पन्न साताँै बूढासुब्बा गोल्डकपमा पनि विजयी बनेको थियो। २९ फागुनदेखि १० चैतसम्म चलेको प्रतियोगिताको विजेता थि्र'स्टारले ट्रफीसँगै नगद रु.१ लाख र उपविजेता अफ्रिकन युनाइटेडले नगद रु.५० हजार जितेको छ।

प्राविधिक खेलमा निपुण मानिने थि्र'स्टार र पावर गेममा बढी खेल्ने अफ्रिकन युनाइटेडबीचको उक्त सङ्घर्षपूर्ण खेलको ४५ औँ मिनेटमा लोकबन्धु गुरुङको पासमा कप्तान सुरेन्द्र तामाङले गोल गर्दै थि्र'स्टारलाई अग्रता दिलाएका थिए। एक गोलले पछाडि परेको अफ्रिकन टोलीले उत्तरार्द्धमा गोल फर्काउन धेरै प्रयास गरे पनि थि्र'स्टारका गोलरक्षक सञ्जिव श्रेष्ठले सम्भव हुन दिएनन्। म्याच सकिन १७ मिनेट बाँकी छँदा थि्र'स्टारका अनिल ओालाई लडाएका कारण रेफ्रीले अफ्रिकन युनाइटेडको विपक्षमा फ्रिकिक दिएपछि जोला ओटेगवोलाले बल बाहिर ˆयाँकिदिएका थिए। जोलाले पुनः अपशब्द बोलेको र जर्सी फालेका कारण रेफ्री किरण गिरीले उनलाई रातोकार्ड देखाएपछि, त्यसको विरोधमा अफ्रिकन खेलाडीले मैदानमा तनाव उत्पन्न गर्दा खेल ३५ मिनेट अवरुद्ध हुन पुग्यो। स्थिति शान्त भएपछि पुनः सञ्चालन गरिएको खेलमा दुवैतर्फबाट कुनै गोल हुन नसक्दा थि्र'स्टार विजयी भयो।

फाइनल खेलको म्यान अफ द म्याच घोषित सुरेन्द्र तामाङले प्रतियोगिताभर सर्वाधिक पाँच गोल गर्दै सर्वाधिक स्कोररको ट्रफी र नगद रु.१५ हजारसमेत हात पारे। त्यसैगरी अफ्रिकन युनाइटेडका स्वस्तिकजङ्ग वशिष्ठले प्रतियोगिताको उत्कृष्ट खेलाडीको ट्रफीसँगै रु.२५ हजार प्राप्त गर्न सफल भए। यसअघि गत फागुनमा पोखरामा सम्पन्न पाँचौँ आहा गोल्डकप पनि थि्र'स्टारले नै जितेको थियो।

आनन्द कोइराला, धरान