देश | समाचार
'स्कूलमा राजनीति नगरौं'
काभ्रेपलाञ्चोकका ६ गाविसमा स्थानीयस्तरका सबै
राजनीतिक दल र निकाय मिलेर विद्यालयलाई राजनीतिक गतिविधिमुक्त गर्ने
काम भइरहेको छ।
 |
| चक्रेश्वर मावि, च्याम्राङबेंसी, काभ्रेका विद्यार्थीहरू। |
केही
महिनायता स्थानीय राजनीतिक कार्यकर्ता, सरकारी निकाय, अभिभावक र शिक्षक'विद्यार्थीको
सहमतिमा काभ्रेपलाञ्चोक, च्याम्राङबेंसी'२ स्थित चक्रेश्वर माध्यमिक
विद्यालयका भित्तामा लेखिएका माओवादीका नारा मेटिएका छन्। यति मात्रै
हैन; विद्यालयमा राजनीतिक पार्टीका भातृसङ्गठन खोल्न, कार्यक्रम गर्न
र १०'४ बजेको समयमा विद्यार्थीकै राजनीतिक गतिविधि पनि हुन नपाउने
सामूहिक निर्णय भएको छ। सो सहमतिअनुसार, अबदेखि विद्यालयमा मतदान केन्द्र
समेत राख्न पाइने छैन।
विद्यालयलाई शान्ति क्षेत्र बनाउने उद्देश्यले च्याम्राङबेंसीका
साथै जिल्लाका कात्तिके देउराली, सीसाखानी, फलामेटार, पोखरी नारायणस्थान
र वालुवापाटी गाविसका ३९ विद्यालयले यस्तो अभियान चलाएका छन्। बालबालिकालाई
सुरक्षित र भयरहित अवस्थामा विद्यालय गएर पढ्न'लेख्न सक्ने वातावरण
निर्माण गर्न यस्तो अभियान चलाएको स्थानीय बासिन्दाहरूको भनाइ छ।
सदरमुकाम धुलिखेलबाट दक्षिण'पश्चिम, ललितपुरसँग जोडिएको
च्याम्राङबेंसीका तीन प्रावि, एक निमावि र एक मावि गरी पाँच वटा विद्यालय
यो अभियानमा लागेका छन्। विद्यालयलाई राजनीति मुक्त क्षेत्र बनाउन
माओवादीसहित सबै दलको सहमतिमा आचारसंहिता समेत बनाइएको छ। चक्रेश्वर
मावि व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद दाहालका अनुसार, माओवादीका
स्थानीय नेताकै उपस्थितिमा विद्यालयका भित्तामा लेखिएका नारा मेटिएका
हुन् र सबै पक्षले आइन्दा कसैले नलेख्ने वाचा गरेका छन्। विद्यालयमा
गठन भएका राजनीतिक दलका विद्यार्थी सङ्गठनका इकाइहरू पनि खारेज भएका
छन्। अध्यक्ष दाहाल भन्छन्, “पहिले माओवादी, काङ्ग्रेस, एमालेका सङ्गठन
हुँदा विद्यार्थीबीच गडा र पढाइमा अवरोध हुन्थ्यो, अहिले पठनपाठनमा
कुनै बाधा छैन।”
नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यालय
इकाई अध्यक्ष रुपेश पाखि्रनले भने सबैको सहमति भए पनि विद्यालयमा विद्यार्थी
सङ्गठनका इकाई गठन गर्न नपाइने कुरामा आˆनो चित्त नबुेको बताएका छन्।
विद्यालयमा नारा'जुलुस, कार्यक्रम गर्ने, पर्चा'पोष्टर टाँस्ने, भित्तामा
लेख्ने जस्ता गतिविधि बन्द गरेपनि सङ्गठन नै नामेट पार्न भने नहुने
बताउँदै उनी भन्छन्, “विद्यार्थी माथि अन्याय भए र विद्यालयमा शैक्षिक
विकृति छाएमा त्यसको विरोध गर्ने सङ्गठन त चाहिन्छ नि!” अर्का विद्यार्थी
नेता जीवन लामा विद्यार्थी हकहितका लागि विद्यालय भित्र एउटै साा सङ्गठन
बनाउन पहल शुरु भएको बताउँछन्। उनी भन्छन्, “विद्यार्थीका जायज माग
र हकहितका लागि पार्टीको अलग'अलग सङ्गठन किन चाहियो भनेर एउटै साा
सङ्गठन बनाउन लागेका छौँ। धेरै सङ्गठन भएपछि धेरै कुरा हुने र विद्यालयमा
पढाइभन्दा राजनीति बढी हुने भएकाले यो नयाँ अभियानमा सहमत भएका हौँ।”
 |
सशस्त्र युद्ध होस् या राजनीतिक गतिविधि, विद्यालयमा
नारा पोत्ने होस् या छापामारलाई परेड खेलाउने, सबै काममा अगाडि देखिएको
माओवादीको स्थानीय नेतृत्व समेत विद्यालयबाट राजनीति हटाउन अघि सरेको
छ। माओवादीको काभ्रे १ नं क्षेत्रका सदस्य जमिन राम्रै चेतनामूलक अभियान
भएकोले यसमा सहमति जनाएको बताउँछन्। उनी भन्छन्, “लेखेका नारा मेटाउने
र अब नलेख्ने, कार्यक्रम नगर्ने र सङ्गठन नबनाउने कुरामा सहमति जनाएका
छौँ, तर अरू पार्टीले सहमति तोडेमा हामी पनि सबै गतिविधि गर्छौँ। केन्द्रीयस्तरबाट
त्यस्तो कुनै नीतिनिर्देशन नआए पनि स्थानीयस्तरमा हामीले निर्णय गरेका
हौँ। नेपालका सबै गाउँ'शहरका विद्यालयमा यस्तै अभियान चलाउनु राम्रो
हुन्छ।”
काभ्रेका गाउँमा चलाइएको अभियानका पछाडि युनिसेफको महिला
तथा बालबालिका केन्द्रित कार्यक्रम (डकाव) र पार्टनरसीप नेपालको विद्यालय
शान्ति क्षेत्र अभियान कार्यक्रमको भूमिका छ। पार्टनरसीप नेपालका कार्यक्रम
संयोजक भुषण श्रेष्ठ ६ गाविसका ३९ विद्यालयमा सञ्चालन भएको विद्यालय
शान्ति क्षेत्र अभियान अरू ठाउँका लागि समेत उदाहरणीय भएको बताउँछन्।
उनी भन्छन्, “स्थानीयस्तरमा सबै राजनीतिक दल र निकाय मिलेर विद्यालयलाई
राजनीतिक गतिविधिमुक्त गर्ने काम भइरहेको छ। यो बालबालिकाको उज्ज्वल
भविष्य र शिक्षा क्षेत्रका लागि निक्कै फलदायी हुनेछ।”
•
डम्बरकृष्ण श्रेष्ठ, काभ्रेमा
खोई प्रतिकारीका हतियार?
तीन
वर्षअघि माओवादी विरुद्ध प्रतिकारमा उत्रेका कपिलवस्तुका प्रितम पाण्डेसहित
३९ परिवारलेे ३ चैतमा आठ राजनीतिक दलको रोहबरमा सदरमुकाम तौलिहवाको
एक औपचारिक कार्यक्रमबीच प्रशासन'समक्ष आत्मसमर्पण गरेका छन्। उनीहरू
विस्थापित भएर भारतको सिद्धार्थनगर, नौगढमा बस्दै आएका थिए।
माओवादीसँग वारपारको युद्ध लड्ने भनेर
उत्रिएका प्रतिकारीहरूसँग धेरै आधुनिक हतियार थिए। त्यतिबेला उनीहरूले
आफूसँग एउटा एके ४७, नौ वटा चिनियाँ पेस्तोल, ३५ वटा बाह्रबोर बन्दुक
र हातेबमहरू भएकोे (हे. हिमाल १'१५ असार, २०६१) बताएका थिए। तर अहिले
एक'एक वटा बाह्रबोरको बन्दुक र कट्टा पेस्तोल गरी दुई थान हतियार मात्र
प्रशासनलाई बुाएका छन्, अरू हतियारबारे कुनै कुरा उठाइएको छैन। यसमा
माओवादी समेत मौन बसेका छन्।
हतियारबारे कुरा नउठ्नु गम्भीर चिन्ताको
विषय भएको बताउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कपिलवस्तु
प्रतिनिधि नन्दराम पौडेल भन्छन्, “देशका विभिन्न ठाउँमा फोरमका नाममा
यस्ता हतियारको दुरुपयोग भएैँ यहाँ पनि हुनसक्छ।” नवलपरास्ाीमा केही
महिनाअघि प्रतिकार समितिका आठ थान हतियार जलाइएको र केही प्रशासन तथा
माओवादीलाई बुाइएकोे बेला पनि सबै हतियारको खोजी भएको थिएन। नवलपरासीमा
प्रतिकारमा उत्रिनेहरू अहिले मधेशी जनअधिकार फोरमको नाममा सक्रिय रहेका
बताइन्छ।
कपिलवस्तुका प्रितम पाण्डेको वास्तविक
नाम सुखिनाथ पाण्डे हो। बहुदल आएपछि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका
पाण्डे प्रभावशाली ठेक्कापट्टाको काम मिलाउँथे। माओवादी जिल्ला नेता
रामलोटन तिवारी निकट पाण्डेको उनीसँगै कुरा नमिलेपछि दुई पक्षबीच 'ग्याङ्गफाइट'
शुरु भएको थियो।
पाण्डेविरुद्ध नेपाल र भारतमा एक दर्जनभन्दा
बढी चोरी, डकैती, हत्या र बलात्कारका मुद्दा थिए। तर, गत वर्ष माओवादी
आक्रमणमा ती मुद्दाका कागजपत्र समेत जलेर नष्ट भएकोले उनीविरुद्ध कुनै
प्रमाण नभएको कपिलवस्तुका एसपी जयबहादुर चन्द बताउँछन्।
•
मुकेश पोखरेल, भैरहवा
लथालिङ्ग
अस्पताल
नामले
'अञ्चल अस्पताल' भएपनि कामले प्राथमिक स्वास्थ्य केन्द्र जस्तै छ'
राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल। सप्तरी, उदयपुर, सिरहालगायत
भारतका सीमावर्ती गाउँहरूबाट दैनिक आउने सयभन्दा बढी बिरामीमध्ये अधिकांश
भर्ना भएको केही घण्टामै बाहिर 'रेफर' हुन्छन्। अस्पतालका पूर्व प्रमुख
डा. तारानन्द ा भन्छन्, “एक त डाक्टर छैनन्, भएका पनि प्रायः क्लिनिकमै
बस्ने हुनाले बिरामीलाई केही भइहाल्यो भने तोडफोड हुने डरले पनि रेफर
गर्ने गरिएको हो।”
१९ चिकित्सकको दरबन्दी भएको अस्पतालमा आठ जना मात्र
कार्यरत छन्। तीमध्ये तीन जना विदेशमा अध्ययन गरिरहेका छन् भने बाँकी
प्रायः निजी क्लिनिकमा व्यस्त हुन्छन्। अस्पताल अहेव, अनमी, स्टाफ
नर्स र सिकारु स्वयंसेवकका भरमा चल्दै आएको छ। अस्पताल विकास समितिका
अध्यक्ष निर्मल बराल चिकित्सकको अभावमा स्वयंसेवकहरूकै भरमा भए पनि
चलाउनु परिरहेको स्वीकार गर्छन्। २०५५ सालमा तत्कालीन स्वास्थ्यमन्त्री
डा. रामवरण यादवले थप ५० शैय्याको भवनको शिलान्यास गर्दै चिकित्सक
पठाउने आश्वासन दिएका थिए, तर भवन निर्माण भएको डेढ वर्ष बितिसक्दा
पनि न चिकित्सक आए, न भवन नै सञ्चालन भएको छ।
भारतको सहयोगमा २०२८ सालमा निर्मित सगरमाथा अञ्चल अस्पतालमा
सामान्य स्वास्थ्य परीक्षण, बालबालिकाको उपचार, चिरफार र प्रसूति सेवा
मात्र उपलब्ध छन्। दाँतको उपचार सुविधा भए पनि चिकित्सक नभएर चल्न
सकेको छैन। अल्ट्रासाउण्ड, एक्सरे उपकरणहरू चलाउने व्यक्ति नभएर थन्किएका
छन्। अनुभवी विशेषज्ञको अभावमा अस्पतालका प्याथोलोजी रिपोर्टहरू विवादमा
पर्ने गरेका छन्। मलेकपुर'५ की गर्भवती महिला नीलमदेवीको रगतमा अस्पतालको
प्रयोगशालाले ५.२ देखाएको हेमोग्लोविन निजी प्रयोगशालाले १०.८ देखाएको
थियो।
स्पतालको रिपोर्टका आधारमा बिरामीको ज्यान जानुपर्ने
बताउने डा. दीपा यादवले सो रिपोर्ट गलत भएको स्वीकार गरेकी छन्।
अस्पतालमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा बिरामीहरू अन्धकारमै बस्छन्।
अस्पताल सफा छैन। फोहोर फाल्ने कुनै निश्चित ठाउँ छैन। शौचालयहरू अत्यन्त
दुर्गन्धित छन्। पोष्टमार्टम गरिने कोठा वरिपरि दिशा'पिसाब गर्ने ठाउँ
बनेको छ। समस्यै समस्याको थुप्रोमा रहेको अस्पतालका निमित्त मेडिकल
सुपरिटेन्डेन्ट सत्यदेव गिरी 'आफू निमित्त मात्रै भएकाले केही भन्न
नमिल्ने' बताउँछन्।
•
श्रवणकुमार देव, राजविराज
अै बाँकी छन्
माओवादी बन्दी
माओवादीले
श्रीमतीको हत्या गरेको आरोप लगाएका मकवानपुर, कालिकाटारका केशबहादुर
भुजेलले उनीहरूको 'हिरासत' मा वर्ष दिन बिताइसके। शान्ति सम्ौता, 'जनअदालत'
विघटन र माओवादीको अन्तरिम संसद प्रवेश तथा सरकारमा सामेल हुने बेला
भइसक्दा पनि सशस्त्र युद्धकालमै, ८ चैत २०६२ मा हिरासतमा लिइएका भुजेललाई
न मुक्त गरिएको छ, न कानूनी कारबाहीका लागि सरकारलाई बुाइएको छ।
मकवानपुरको हर्नामाडी, रामधुनीस्थित माओवादी
जेलमा भुजेलसहित नौ जना बन्दी छन्। बेतिनी गाविसका पूर्वअध्यक्ष धनसिंह
पाखि्रनको हत्याको अभियोगमा कब्जामा लिइएका अमन थिङ ९ जेठ २०६२ देखि
पाँच वर्षको 'श्रमकैद' मा छन्। ड्केलो छोराको हत्याको अभियोग लगाइएका
छतिवनका जयबहादुर थिङ, शान्ति सम्ौतापछि १६ पुस २०६३ मा पश्चिम मकवानपुरको
राक्सिराङमा भएको माओवादीका क्षेत्रीय कार्यकर्ता कर्णबहादुर स्याङ्तानको
हत्याको अभियोगमा थुनिएका रामकृष्ण स्याङ्तान, बद्रीलाल स्याङ्तान,
निरशङ्कर स्याङ्तान र अनन्त स्याङ्तान तथा राजमार्गमा लुटपाट र चोरीको
आरोपमा समातिएका कालिकाटार, देउरालीका मदनकुमार मोक्तान र सरिखेतका
सुदीप स्याङ्तान पनि त्यहीँ छन्।
माओवादीले उनीहरूलाई राज्यसमक्ष बुाउन
गरेको प्रयास सफल नभएका कारण राख्नुपरेको बताएको छ। पार्टीका मकवानपुर
इन्चार्ज कुशल प्रधान भन्छन्, “बुाउन खोज्दा राज्य लिँदैन, छोड्न पनि
मिलेन। यो अनिकालमा पाल्नु परिराखेको छ। त्यसमाथि मानवअधिकार हनन्को
आरोपसमेत लाग्ने भइसक्यो।” यता प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद
न्यौपाने माओवादीले बुाउन चाहेपनि कुन शर्तमा बुझ्ने भन्ने कानूनी
समस्याका कारण बुझ्न नसकिएको बताउँछन्। उनी भन्छन्, “तिनका बारेमा
प्रहरीमा उजुरी र मुद्दा दर्ता छैन, के आधारमा कारबाही गर्ने? फेरि
अर्कोतिर आफूले गरेको फैसला उल्टाउन नहुने माओवादीको भनाइ छ।”
माओवादीका संखुवासभा, प्यूठानलगायत अन्य
जेलमा पनि मानिसहरूलाई थुनेर विभिन्न 'अपराध' मा कारबाही चलाइएका समाचार
प्रकाशमा आएका छन्। माओवादी व्यवहारका कारण तिनले गैरकानूनी हिरासतमा
बस्नु परेको छ भने अदालत जान पाएका छैनन्। मानवअधिकारकर्मी खेम बोलखे
भन्छन्, “यी व्यक्तिका बारेमा राज्य मौन बस्न मिल्दैन, कि छाड्नुपर्छ,
कि प्रक्रिया पुर्याएर अदालतमा कारबाही चलाउनुपर्छ।”
•
रामकुमार एलन, हेटौँडा
फोटो प्रतियोगिता
ाष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले फोटो कन्सर्नसँग मिलेर
'फोटो कन्सर्न एनएफपीजे प्रेस फोटो कण्टेष्ट'२००७' का लागि आवेदन खुल्ला
गरेको छ। सन् २००६ मा खिचिएका नेपालसम्बन्धी समाचारमूलक तस्बिरको यो
प्रतिस्पर्धामा स्वदेशी तथा विदेशी प्रोफेशनल, एमेच्योर र फ्रिलान्स
फोटो पत्रकारहरूले भाग लिन सक्नेछन्।
प्रतियोगिताको कुल पुरस्कार राशि रु.१ लाख ७० हजार छ। आयोजक समितिका
अध्यक्ष नरेन्द्र श्रेष्ठका अनुसार, वर्षको उत्कृष्ट एउटा तस्बिरले
रु.५० हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ। समाचार, फिचर, वातावरण र खेलकुद
चार विधामा आयोजना हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो तस्बिरलाई
रु.१५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ।
काम सकियो बिजुली बलेन
स्थानीय
विकास मन्त्रालयको दुर्गमक्षेत्र विकास समितिले ताप्लेजुङ्गको सुरुम्खिममा
रु.२९ लाख खर्च गरेर निर्माण गरेको लघु जलविद्युत् आयोजना सम्पन्न
भएको भनिए पनि गाउँमा बिजुली बलेको छैन। “बत्ती बाल्न हामीले पटक पटक
दुर्गमक्षेत्र विकास समितिको जिल्लास्थित कार्यालयमा निवेदन हाल्यौँ,
तर सुनुवाई भएन”, सुरुम्खिम लघु जलविद्युत् आयोजना उपभोक्ता समितिका
अध्यक्ष रामप्रसाद इम्बुङ्ग भन्छन्, “बिजुलीका खम्बा र तार लडेर खेतबारी
खनजोत गर्न र बाटो हिँड्न अप्ठेरो परेको छ।”
अध्यक्ष इम्बुङ्ग यो लापरबाहीमा ठेकेदार राधा स्ट्रक्चर
एण्ड इञ्जिनियरिङ्ग तथा दुर्गमक्षेत्र विकास समितिलाई जिम्मेवार ठहर्याउँछन्।
आयोजना बने पनि बत्ती नबलेपछि सामान लिएर आउँछौँ भनी गएका प्राविधिकहरू
फर्केर आएका छैनन्। दुई सय घरधुरी लाभान्वित हुने २० किलोवाट क्षमताको
आयोजनामा स्थानीय उपभोक्ताले कुलो खन्ने, खम्बा गाड्ने, तार टाँग्ने
र विद्युत्गृह बनाउनेलगायतका काममा रु.७ लाखभन्दा बढीको जनश्रमदान
गरेका स्थानीयवासी डीबी राई बताउँछन्।
•
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
वन फाँडेर बजार
 |
| वन अतिक्रमण गरेर विस्तार गरिएको बजार। |
सुर्खेत,
सहारे गाविसको बोटेचौरमा वन अतिक्रमण गरेर बसाइएको बजार तत्काल अन्यत्र
सार्नुपर्ने माग गर्दै स्थानीयवासी विरोधमा उत्रिएका छन्। उनीहरूले
सिमघाट बजारमा व्यवस्थित बसपार्क सञ्चालन गर्न माग गरेपछि त्यसको नाउँमा
बजार व्यवस्थापन समितिले वनक्षेत्रमा करिब डेढसय पसल सारिसकेको छ।
यस क्रममा वन क्षेत्रमा धेरै रूखबिरुवा काटिएकाले आफूहरूले घाँसदाउरा
गर्न नपाएको स्थानीय बासिन्दाको गुनासो छ।
घटनामा बजार व्यवस्थापन समितिको अध्यक्ष रहेका माओवादी
एरिया सदस्य हीराबहादुर थापाको प्रत्यक्ष संलग्नता रहेको भनिए पनि
उनले यो कुरा अस्वीकार गरेका छन्। जिल्ला वन कार्यालय, सुर्खेतले माओवादीकै
सक्रियतामा सरकारी वनक्षेत्रमा पसल राखिएकाले समस्या समाधान गर्न उनीहरूसँगै
छलफलको लागि पहल भइरहेको जनाएको छ।
•
तीला भण्डारी, सुर्खेत
पैसा नभएर थप पीडा
 |
| निर्मला खवास |
चार
वर्षअघि २९ पुस २०५९ मा संखुवासभा, दिङ्लाको टुँडिखेलमा तुम्लिङटार
सशस्त्र प्रहरी बेसक्याम्पबाट गस्ती गर्दै आएका सुरक्षाकर्मी र माओवादीबीच
भिडन्त हुँदा घाइते भएका केउरेनीपानी'७ का निर्मला, शर्मिला र प्रमिला
खवास पूर्ण उपचारको लागि पैसा नभएकोले शरीरभित्रै बम र गोलीका छर्रा
बोकेर थप पीडा भोगिरहेका छन्। उनीहरूलाई उपचार गर्न सरकारले धरान र
विराटनगर पुर्याएको र त्यहाँका डाक्टरले काठमाडौँ जान भनेपछि खर्च
नभएकोले घर फर्केको आमा मधुमाया बताउँछिन्।
सो घटनामा मधुमायाको घरमा खसेको सुरक्षाकर्मीले प्रहार
गरेको टुइञ्च मोर्टारको छर्रा लागेर विद्यालय जान लागेकी आठ वर्षीया
बालिका सविना खवासको मृत्यु भएको थियो। शर्मिला (१९) को टाउको र दायाँ
हातमा छर्रा लागेको थियो र उनी अहिले शरीर पोलेर कुनै काम गर्न सक्दिनन्।
निर्मला (१२) र प्रमिला (२४) बायाँ खुट्टा सुन्निएर हिँड्न सक्दैनन्।
उनीहरूको पढाइ बिग्रेको छ। भिडन्तमा घाइते मधुमायाको घर छाइरहेका ६३
वर्षीय लालबहादुर विश्वकर्माको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठानमा उपचार त भयो, तर अरूकहाँ आश्रय लिएर र गाउँमा बनिबुतो
गरेर सातजनाको परिवार धानिरहेका विश्वकर्मालाई गाउँवासीले चन्दा उठाएर
गरेको सहयोगले नपुगेर रु.१५ हजार ऋण काढ्नु पर्यो। अहिले उनी त्यही
ऋणको ब्याज तिरिरहेका छन्।
•
ज्ञानेन्द्र खडका, भोजपुर
|