अर्थ सङ्क्षेप
आरती स्ट्रिप्सलाई भारत नजान आग्रह
औद्योगिक सुरक्षाको
अभाव देखाएर यसै आर्थिक वर्षभित्र भारतको पश्चिम बङ्गालमा कारखाना
सार्ने निर्णय गरेको विराटनगरस्थित आरती स्ट्रिप्स प्रालिलाई सरकारले
त्यसो नगर्न आग्रह गरेको छ। अर्थमन्त्री रामशरण महत र सचिव विद्याधर
मल्लिकले पटक'पटक फोन गरेर निर्णय फिर्ता लिन आग्रह गरेको आरती स्ट्रिप्सका
महाप्रबन्धक रोषित उन्निथान बताउँछन्।
सरकारले भारत सार्नुपर्ने कारणहरू लिखित रूपमा मागेको स्पष्ट गर्दै
महाप्रबन्धक उन्निथान भन्छन्, “बोर्ड बैठक बसेर सरकारलाई लिखित जवाफ
पठाउँछौँ। सरकारले औद्योगिक सुरक्षाको प्रत्याभूति गर्छ भने निर्णय
परिवर्तन हुन पनि सक्छ।” उनले यताको खस्कँदो औद्योगिक सुरक्षाकै बीचमा
पश्चिम बङ्गाल सरकारले उद्योगलाई पाँच वर्षको कर मिनाहा, विद्युत्
महसुलमा सहुलियतलगायत विभिन्न सुविधा दिने भनेकोले पनि स्थानान्तरणको
निर्णय लिएको बताएका छन्।
रु.२ अर्ब ८० करोडको लगानीमा सन् २००१ मा स्थापना भएको र बर्सेनि
एक लाख टन कर्कटपाता उत्पादन गर्दै आएको आरती स्ट्रिप्सले वार्षिक
रु.२० करोडदेखि रु.२५ करोड राजस्व तिर्ने गरेको छ। उद्योगको कुल उत्पादनको
८० प्रतिशत भारत र २० प्रतिशत नेपालमा खपत हुन्छ। उद्योगले तीन सय
जनालाई रोजगारी दिँदै आएको छ र तीमध्ये अधिकांश भारतीय छन्।
मनोज श्रेष्ठ
'हात गुम्यो क्षतिपूर्ति पाइएन'
मोरङ, बनिगामा'३ का
ुरनलाल माीले सुनसरी, खनारस्थित रिलायन्स धागो उद्योगमा काम गर्दा
बायाँहात गुमाएको एक वर्ष बितिसक्दा पनि क्षतिपूर्ति पाएनन्। गत वर्ष
२ पुस बेलुकी सात बजे धागो बनाउन कपास मिसाउने मेसिन 'म्याक्सिन' मा
एक्कासि हात काटिएका ुरनलाल भन्छन्, “मेरो जग्गाजमिन छैन। मजदुरी गरिखाने
हात पनि गयो। अब के गरेर परिवार पाल्ने?” उनका अनुसार म्याक्सिनमा
काम गर्ने अधिकांश मजदुरले हात र औंलाहरू गुमाउने घटना रिलायन्समा
भइरहन्छन्, तर त्यस्ता घटना प्रायः बाहिर आउँदैनन्; केही पैसा दिएर
मजदुरलाई पन्छाइन्छ। रिलायन्समै दाहिने हातका पाँचैऔंला गुमाएका सुनसरी,
मधेलीका भोटेलाल चौधरीले न क्षतिपूर्ति पाए, न राम्रो उपचार। उनलाई
उद्योगले रु.५ हजार थमाएर बिदा दियो।
तीन हजार मजदुर कार्यरत रिलायन्समा मजदुरहरूको बीमा छैन। अधिकांश
ज्यालादारी मजदुर राखिएकाले दुर्घटना हुनेबित्तिकै पन्छाउने गरिएको
मिलमा कार्यरत एक मजदुर नेताले बताए। उद्योगका अधिकृत दीपकबाबु तिवारी
ुरनलाललाई क्षतिपूर्ति नभई उद्योगमा कुनै सजिलो काम दिन लागिएको बताउँछन्।
रु.२ अर्बको लगानीमा स्थापित रिलायन्सले एक्रेलिक धागो उत्पादन गरेर
भारत निकासी गर्दै आएको छ।
सुनसरी, नरसिंह'१ को बाबा पेपर मिलमा करिब साढेदुई वर्षअघि ९ कात्तिक
०६१ मा हात गुमाएका सोही गाविस, वडा नं.४ का सहदेव मेहतालाई पनि व्यवस्थापनले
क्षतिपूर्ति नदिएको नेपाल कारखाना मजदुर काङ्ग्रेसका सुनसरी अध्यक्ष
माधव चौधरी बताउँछन्। मेहताले नियमतः पाउनु पर्ने ४२ महिनाको तलब बराबर
रकम एकमुष्ट क्षतिपूर्ति दिनू भनेर श्रम विभागले समेत मिललाई पत्र
लेखेको बताउँदै चौधरी भन्छन्, “दैनिक ज्यालादारीमा करिब तीन सय मजदुर
काम गर्ने कम्पनी घाटामा गयो भनेर मिल व्यवस्थापनले अै मेहता जस्तालार्ई
क्षतिपूर्ति उपलब्ध गराएको छैन।”
अर्जुन उप्रेती, मोरङ
|