अर्थ बजार
बजारमा नेपाल आइस
ओरान्जेबूम र हेवार्ड्स ५००० बियरका उत्पादक सनगोल्ड
ब्रुअरी प्रालिले नेपाल आइस नामक नयाँ बियरको उत्पादन तथा बिक्री शुरु
गरेको छ। अष्ट्रेलियन माल्ट बाहेक सबै स्वदेशी कच्चापदार्थ प्रयोग
भएको बताइएको ६५० मिलि बोतलमा उपलब्ध उक्त बियरमा ५.५ प्रतिशत अल्कोहल
रहेको उत्पादकले जानकारी गराएको छ। हाल प्रमुख शहरहरूमा उपलब्ध नेपाल
आइस निकट भविष्यमा अन्य स्थानहरूमा पनि पुर्याइने कम्पनीले बताएको
छ।
आठकुने मच्छर धूप
लामखुट्टे धपाउन प्रयोग गरिने गोदरेज साराली लिमिटेडद्वारा उत्पादित
गुडनाइट अक्टागोनल मस्क्युटो क्वाइल धूप नेपाली बजारमा ल्याइएको छ।
वृत्ताकारमा उपलब्ध धूपहरूका तुलनामा आठ कुना भएको उक्त मच्छर धूप
प्रभावकारी भएको नेपालका लागि यसको अधिकृत बिक्रेता कनक न्यू ट्रेडर्सले
दाबी गरेको छ। सुगन्धित बास्नासमेत रहेको गुडनाइट अक्टागोनल को उपभोक्ता
मूल्य प्रतिबट्टा रु.१८ राखिएको छ। गोदरेज सारालीले यस उत्पादनको बजार
प्रबर्द्धनका लागि नेपाली सिने अभिनेत्री निरुता सिंहलाई 'ब्राण्ड
एम्बेसडर' बनाएको छ।
विकास ब्याङ्क हुँदैछ एस फाइनान्स
'ग' वर्गको वित्तीय संस्था रहेको एस फाइनान्स 'ख' वर्गको वित्तीय
संस्थाको रूपमा विकास ब्याङ्कमा परिणत हुँदैछ। रु.३२ करोड चुक्ता पूँजी
र रु.१ अर्ब १६ करोड निक्षेप रहेको एस फाइनान्सले विकास ब्याङ्क हुन
प्रचलित कानून र राष्ट्र ब्याङ्कको निर्देशनअनुरुप आवश्यक प्रक्रिया
पूरा गरेको जनाएको छ। राष्ट्र ब्याङ्कबाट स्वीकृत भए एस फाइनान्स 'ग'
वर्गबाट 'ख' वर्गमा परिणत हुने राष्ट्रियस्तरको पहिलो वित्तीय संस्था
हुनेछ।
प्रगतिउन्मुख लुम्बिनी ब्याङ्क
लुम्बिनी ब्याङ्क लिमिटेडले वर्षदिनअघि नयाँ व्यवस्थापन समूहले कार्यभार
सम्हालेपछि आˆनो वित्तीय अवस्थामा सुधार आएको जनाएको छ। ब्याङ्कका
अनुसार, गएको एक वर्षमा खराब कर्जा ४० बाट २१ प्रतिशतमा रेको र निक्षेप
सङ्कलन ३८ प्रतिशतले बढेको कारण मुनाफा रु.२१ करोड ७० लाख पुगेको छ।
ब्याङ्क अफ काठमाण्डूको शेयर वृद्धि
हालै सम्पन्न ब्याङ्क अफ काठमाण्डूको साधारणसभाले आˆनो ४६ लाख ३५
हजार ८०९ कित्ता जारी शेयरमा १३ लाख ९५ हजार ६०४ कित्ता बोनस शेयर
दिने निर्णय गरेको छ। बोनस शेयर नेपाल धितोपत्र विनिमय बजारमा सूचीकरण
गरिसकिएको ब्याङ्कले जनाएको छ। ब्याङ्कले आˆनो सेवा विस्तार गर्दै
शेयर दलाल तथा शेयर खरिदकर्ता'बिक्रेताहरूलाई ब्याङ्किङ सुविधा पुर्याउने
उद्देश्यले धितोपत्र बजार हातामा नयाँ काउन्टर सञ्चालन गर्न थालेको
छ।
९ प्रतिशत ब्याजमा बजाज
बजाज मोटरसाइकल तथा स्कुटर किस्ताबन्दीमा खरिद गर्ने ग्राहकलाई ९
प्रतिशत ब्याजदरमा एभरेष्ट ब्याङ्कले ऋण दिने भएको छ। ब्याङ्क र बजाज
मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीबीच सम्पन्न
सम्ौताअनुसार मोटरसाइकलको खरिदमा ब्याङ्कले ७० प्रतिशतसम्म ऋण दिनेछ।
मध्यमवर्गीय उपभोक्तामा लक्षित तीनवर्षे किस्ताबन्दी सुविधासहितको
यो योजनालाई हाल काठमाडौँ उपत्यकामा सीमित राखिएको छ।
मिडिया मार्केटिङको 'काठमाडौँ मीट'
विभिन्न सञ्चारमाध्यमको बजार व्यवस्थापन (मार्केटिङ) मा कार्यरत कर्मचारीहरूको
संस्था 'मिडिया मार्केटिङ एसोसिएसन' ले राष्ट्रियस्तरको सभा 'फर्ष्ट
काठमाडौँ मीट' सम्पन्न गरेको छ। सञ्चारमाध्यमको उत्थानको निम्ति मिडिया
मार्केटिङको विकास पनि आवश्यक हुने सोचका साथ स्थापित यस संस्थाले
आˆनो व्यवसाय व्यवस्थित गर्न विज्ञापन नीतिमा सुधार र आचारसंहिता निर्माणको
आवश्यकता औँल्याएको छ। आठ महिनाअघि अनौपचारिक रूपमा स्थापित मिडिया
मार्केटिङ एसोसिएसन पाँच महिनादेखि विधिवत् क्रियाशील छ। ११ सदस्यबाट
शुरु भएको सङ्गठनमा हाल देशभरका सय जना सदस्य रहेको सङ्गठनले जनाएको
छ।
|