हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

टिप्पणी निर्यात व्यापार

शान्तिमात्र पर्याप्त छैन

अर्थतन्त्रको समग्र विकासमा शान्ति र राजनीतिक स्वतन्त्रताको वातावरण सहायक हुन सक्दछ, पर्याप्त चाहिँ होइन। गएको र चालु आर्थिक वर्षका प्रथम पाँच महिनाको तुलना गर्दा नेपालको निर्यात व्यापारमा देखिएको ह्रास र घाटा वृद्धिले यही प्रमाणित गर्दछ।

कृष्णराज बजगाईं

शान्ति स्थापनापछि नेपालको अर्थतन्त्रले 'छलाङ हान्छ' भन्ने अर्थविद् र राजनीतिज्ञहरूको अनुमान विपरीत दुई हप्तायता मात्रै तीन वटा आर्थिक समाचार प्रकाशमा आए' गत आर्थिक वर्षका प्रथम पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपालको निर्यात व्यापारमा करिब तीन प्रतिशत ह्रास र व्यापार घाटामा १४ प्रतिशत वृद्धि; आर्थिक वृद्धिदरको लक्ष्य एक प्रतिशतले घटाएर ३.९ प्रतिशतमा ार्ने सरकारको निर्णय; र, प्रत्यक्ष विदेशी लगानीमा करिब ५० प्रतिशत ह्रास। समीक्षा अवधिमा भारत र तेस्रो मुलुकतर्फको निर्यातमा क्रमशः ०.३ र २.२ प्रतिशतले ह्रास आएको छभने आयात चाहिँ ८.५ प्रतिशतले वृद्धि भई व्यापार घाटा लगभग १४ प्रतिशतले बढेर रु.५२ अर्ब ७२ करोड पुगेको छ। गत आर्थिक वर्षको सो अवधिको व्यापार घाटा रु.४६ अर्ब २७ करोड मात्र थियो।

शान्ति स्थापनापछि उद्योग'व्यवसायका लागि अनुकूल वातावरण बन्ने विश्लेषकहरूको अपेक्षा विपरीत निर्यात व्यापारमा पहिलो स्थानमा रहेको नेपाली ऊनी गलैँचाको निर्यातमा समीक्षा अवधिमा ३.४१ प्रतिशतले ह्रास आएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको तयारी पोशाकको निर्यातमा १०.०५ र तेस्रो स्थानमा रहेको पस्मिनाको निर्यातमा १४.२१ प्रतिशतले ह्रास आएको छ। यसैगरी नेपाली कला, सीप र प्रविधिमा आधारित चाँदीका गहना तथा नेपाली हस्तकलाका सामानहरूमा पनि क्रमशः २६.८३ र ८८.९५ प्रतिशतले ह्रास आएको छ। भारततर्फको निर्यातमध्ये पनि खाद्यान्नमा ३१.०४ प्रतिशत, फलफूल तथा तरकारीमा ३१.९८ प्रतिशत, जुट र जुटका सामानहरूमा शतप्रतिशत, तयारी उत्पादनहरू (फिनिस्ड गुड्स) मा १८.८१ प्रतिशत, जनावरहरूमा ४४.३६ प्रतिशत, तथा सह'उत्पादनहरू (वाइप्रडक्ट) मा ५३.०९ प्रतिशतले ह्रास आएको छ।

माओवादी सशस्त्र द्वन्द्व र सात राजनीतिक दलहरूको आन्दोलनका कारण उत्पन्न असहज वातावरणको तुलनामा शान्त रहेको वर्तमान परिस्थितिमा पनि मुलुकको निर्यात व्यापार घट्नुलाई सबैतिर आश्चर्यको रूपमा लिइएको छ। त्योभन्दा पनि महवपूर्ण कुरा त निर्यातको उच्च तीन स्थानमा रहेका उनी गलैँचा, तयारी पोशाक र पस्मिना तथा नेपालकै मौलिक उत्पादन मानिने चाँदीका गहना तथा हस्तकलाका सामानको निर्यातमा आएको उल्लेख्य ह्रासले शान्ति स्थापना र राजनीतिक स्वतन्त्रता भएपछि औद्योगिक वातावरण स्वतः बन्छ भन्ने नेपाली अर्थविद्हरूको बुाइलाई गलत सावित गरिदिएको छ।

निर्यात घट्नुका कारण
नेपालको निर्यात घट्नुमा चार कारण प्रमुख रूपमा जिम्मेवार छन्' पहिलो; उद्योग'व्यवसायमा राजनीतिक हस्तक्षेप, बन्द, चक्काजाम, हड्ताल, चन्दा, युनियनवाद र राजनीतिक अन्योलका कारण अशान्त औद्योगिक वातावरण। सबै राजनीतिक पक्षहरूबाट औद्योगिक वातावरण शान्त बनाउने दृढ राजनीतिक प्रतिबद्धता नआई मुलुकको समग्र अर्थतन्त्र र निर्यात क्षेत्रमा प्रगति सम्भव छैन।

दोस्रो; विश्व बजारमा वस्तुको माग, गुणस्तर र शैलीमा दिनानुदिन परिवर्तनलाई बेवास्ता गर्दै अहिले पनि नेपाली उद्योगहरू विदेशी बजारमा सन् ८० कोे दशककै जस्ता उत्पादन बेचिरहेका छन्। यस्तो प्रवृत्तिलाई छोडेर नेपाली उत्पादनहरूलाई नयाँ समय र परिस्थितिमा बजारमा आकर्षक बनाइराख्न तिनको स्तर सुधार गर्नुपर्दछ। अनुसन्धान र स्तर विकासमा लगानी गर्ने संस्कार नबसालेसम्म जस्तोसुकै राम्रो व्यवस्था आए पनि र अमनचयन कायम भए पनि नेपालको निर्यात व्यापारमा सुधार आउन सक्दैन।

तेस्रो; निर्यात व्यापारको अभिवृद्धिमा प्रमुख भूमिका हुने तीन वटै पक्ष' उत्पादन, बजार र प्रतिस्पर्धीलाई सामञ्जस्यपूर्ण ढङ्गले सँगै लैजाने कौशल नभएको खण्डमा अरू वातावरण जतिसुकै राम्रो भए पनि निर्यात व्यापारमा सुधार आउन सक्दैन। हाम्रो उत्पादन परम्परावादी संस्कारमा आधारित छ, बजारको अध्ययन गर्ने र प्रतिस्पर्धीलाई बुेर नीति'रणनीति बनाउने जाँगर छैन।

चौथो र सबैभन्दा महवपूर्ण पक्ष हुन्' चीन र भियतनाम। यी देशले नेपालले निर्यात गर्ने वस्तुहरू सस्तो र स्तरीय रूपमा उत्पादन गरेर पश्चिमा राष्ट्रहरूमा निर्यात गर्न थालेकाले कच्चापदार्थदेखि मेशिनरी तथा मजदुरसमेत विदेशबाट आपूर्ति गर्नुपर्ने बाध्यता रहेको नेपालको निर्यात उद्योगलाई ठूलो मार परिरहेको छ। कमजोर उत्पादन क्षमता, स्थिर विश्व'माग र विश्व बजारमा सस्ता र स्तरीय चिनियाँ तथा भियतनामी उत्पादनको बाढीले गर्दा नेपालको निर्यात व्यापार घटेको हो। ती मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्ने गरी आफूलाई सुधार नगरेसम्म नेपालको निर्यात उद्योगका आगामी दिनहरू उज्ज्वल हुन सक्दैनन्।

अर्थतन्त्रको समग्र र दिगो विकास तथा दु्रततर आर्थिक वृद्धिका लागि शान्ति र राजनीतिक स्वतन्त्रता सहायक तत्व हुन सक्दछन्, तर पर्याप्त चाहिँ हुन सक्दैनन्। गएको आर्थिक वर्षको प्रथम पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपालबाट हुने निर्यात व्यापार घट्नु यसको प्रमाण हो। लोकतन्त्र स्थापनापछि नेपालका नीतिनिर्माता, अर्थविद् तथा राजनीतिज्ञहरूले यस पक्षलाई समयमै ध्यान दिन नसक्दा नेपालको निर्यात उद्योग क्रमशः ओरालो लागिरहेको छ।

नेपालबाट सबैभन्दा बढी निर्यात हुने ऊनी गलैँचा, तयारी पोशाक र पस्मिना तथा आˆनै मौलिक उत्पादन चाँदीका गहना र हस्तकलाका सामानको निर्यातमा उल्लेख्य ह्रास आउनुले शान्ति स्थापना र राजनीतिक स्वतन्त्रता भएपछि औद्योगिक वातावरण स्वतः बन्छ भन्ने बुाइलाई गलत सावित गरिदिएको छ।