विशेष रिपोर्ट सीमापार अपराध
वारि अपराध पारि आश्रय
पश्चिममा नेपालमा अपराध गर्नेहरू भारतमा र भारतबाट
भागेकाहरू नेपालमा बस्ने गरेका छन्। राजनीतिक'प्रशासनिक संरक्षणका
कारण दुवैतिरका प्रहरीले उनीहरूमाथि कारबाही गर्न सकेका छैनन्।
• मुकेश पोखरेल, भैरहवा
नेपाल'भारत सिमानाको दशगजादेखि सय मिटर भित्र पर्ने
कृष्णनगरको व्यस्त बजारस्थित श्याम रुँगटाको घरमा २९ पुस २०६३ सम्स्ााँै
डाँकाले लुटपाट गरे। चौबीसै घण्टा प्रहरी खटिने सीमाक्षेत्र नजिकै
यस्तो हुँदापनि प्रहरीले कसैलाई पक्रिन सकेन। इलाका प्रहरी कार्यालय,
कृष्णनगरका प्रहरी निरीक्षक कीर्तिबहादुर चन्दका अनुसार, लुटपाट गरेर
तत्कालै डाँकाहरू दशगजापारि भारततिर गएकाले पक्राउ गर्न नसकिएको हो।
दशगजा क्षेत्रमा जोडेरै घरहरू बनेका र हरदम मानिसहरूको बाक्लो ओहोरदोहोर
भइरहने गरेकोले डाँकाहरू उम्केको प्रहरीको भनाइ छ। यसरी नेपाल'भारत
खुल्ला सिमानामा हुने अपराधका धेरै घटनामा प्रहरीले केही गर्न सकिरहेको
छैन।
नेपाली र भारतीय प्रहरीले कहिलेकाहीँ आपसी सहमतिमा
एकअर्काका क्षेत्रमा गएर अपराधी पक्रने पनि गरेका छन्। नेपाल प्रहरीको
एक टोलीले जोखिम उठाउँदै भारत गएर लुटपाटमा संलग्न भारतीय नागरिक मनोज
पाण्डे र मुकेश गुप्ता तथा कपिलवस्तु, कृष्णनगरका केशरी बानियाँलाई
पक्रेर ल्याएको छ। टोलीका प्रहरी नायव निरीक्षक शम्भु उपाध्यायका अनुसार
उनीहरूलाई भारतको गोरखपुर र अर्को एक ठाउँबाट पक्राउ गरिएको थियो।
नेपालमा अपराध गरेर भारत जान र भारतमा अपराध गरेर नेपाल आउन सजिलो
हुने हुँदा सीमा आसपासमा धेरै अपराध हुने गरेको दुवैतर्फका प्रहरीको
भनाइ छ।
यस्तै क्रममा अपराधी गिरोहले २४ कात्तिक २०६३ मा कपिलवस्तुको
बहादुरगञ्ज प्रहरीचौकीका प्रहरी जवान नवीन गुरुङको हत्या गरेको थियो।
त्यस दिन त्यहाँ डाँकाहरू आएको सूचना पाएर सई महेश्वर उपाध्यायको नेतृत्वमा
गएको टोलीका जवान गुरुङलाई उनीहरूले चन्द्रौटा'कृष्णनगर सडकखण्डअन्तर्गत
बहादुरगञ्ज नजिकैको कल्भर्टमा गोली हानी मारेका थिए। डाँका आउने गौँडो
कुरेर बसेका गुरुङले उनीहरूसँग बम बनाउने बारुद र पेस्तोल भेट्टाएर
पक्रिन खोज्दा वकिल मुसलवानको नेतृत्वमा रहेको डाँकाहरूको टोलीले उनको
ज्यान लिएको थियो। घटनामा संलग्न परशुराम केवट, रामदास मुराउ र सोमइ
कहार लगायत पाँच जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार फरार रहेका
गिरोहका नाइके वकिल मुसलवानलगायत छांगुर पासी, राजेन्द्र यादव, विजय
धोवी, उमेश यादव, रामकेवल मुसलवान, धुरे मुसलवान भारतीय नागरिक हुन्र
यी सबै भारतमै रहेको आशङ्का छ। वकिल मुसलवान यसअघि पुनरावेदन अदालत
बुटवलको फैसलाअनुसार नेपालमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका
र तौलिहवामा माओवादीले आक्रमण गर्दा जिल्ला कारागारबाट भागेका थिए।
लुटेराहरूको पहिचान भइसक्दा पनि खुल्ला सीमाको फाइदा
उठाएर एकअर्को देशमा गएर बस्ने गरेकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई
ठूलो चुनौती भएको छ। यसरी पहिचान भएका, तर पक्राउ गर्न नसकिएका अपराधीहरूको
प्रहरीसँग लामै सूची भएपनि धेरै पक्राउ परेका छैनन्। माओवादी'सरकार
युद्धविराम नहुञ्जेलसम्म त लुटपाटका अधिकांश घटनामा माओवादी संलग्न
भएको भनेर प्रहरीले चासो देखाउँदैनथ्यो। तर युद्धविरामपछि पनि त्यस्ता
घटना नरोकिएकाले साँच्चै नै आपराधिक गिरोह फैलिएको चेत प्रहरीलाई भएको
छ। युद्धविरामअघि भैरहवा र बुटवलका अधिकांश पेट्रोलपम्पमा लुटपाट चल्दा
चासो नदेखाउने प्रहरीले २६ साउन २०६३ मा भैरहवाको सङ्गम आयल लुटिँदा
लुटेराहरूले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि यस्ता घटनामा
पेशेवर लुटेराहरूको संलग्नता रहेको चाल पाएको थियो।
सीमावर्ती जिल्लाहरूमा प्रत्येक दिनजसो यस्ता घटना भई
नै रहन्छन्। तिनमा माओवादी छोडेर भाग्नेहरू पनि संलग्न हुनेगरेको पाइएका
छन्। भैरहवाको सङ्गम आयल लुटपाटमा पूर्व प्रहरी हवल्दार नवलपरासीका
भोजबहादुर चौधरी र माओवादी भगौडा रुपन्देही, बाँसगढीका नारायण गौतम
संलग्न रहेकोप्रहरी स्रोतले बताएको छ। घटनामा रुपन्देही, कान्छीबजारका
रामप्रित मल्लाह, राधेश्याम मल्लाह पनि संलग्न थिए। माओवादीको दबाबले
प्रहरीको जागिर छोडेर अरू तीन जनासँगै केही समय माओवादीमा काम गरेका
गौतम पूर्व'पश्चिम राजमार्गको घोडाहा जङ्गलमा काठमाडौँ जाने रात्रिबस
लुटेकाले पार्टी कारबाहीमा पनि परेका थिए। कारबाहीपछि उनीहरू भारतको
सुनौलीमा डेरा गरी बसेर त्यहीँबाट लुटपाटका योजना बनाउन थाले। सङ्गम
आयलमा गोली चलाउँदा उनीहरूले लु १ प ९९४६ नम्बरको रातो वाईबीएक्स मोटरसाइकल
प्रयोग गरेको प्रहरीको भनाइ छ। रुपन्देहीमा हुने अधिकांश अपराधमा संलग्न
पञ्चम भर पनि भारतमै बस्दै आएका छन्। उनको ग्रामीण क्षेत्रमा हुने
डकैतीका घटनामा बढी संलग्नता रहने गरेको बताइन्छ।
राजनीतिक'प्रशासनिक संरक्षण
पहिचान भइसकेका अपराधीहरू पक्राउ गर्न नसकिनुको पछाडि अर्को कथा पनि
छ। नेपाल'भारत सीमावर्ती जिल्लाका अधिकारीहरूबीच हुने बैठकमा पटकपटक
अपराध नियन्त्रणका लागि सहकार्य गरेर अघिबढ्ने सहमति बन्छ। भारतबाट
वारेण्ट भई नेपालमा आएर बसेका अपराधीहरूको सूची भारतीय प्रहरीले नेपाली
अधिकारीलाई बुाउँछन्। नेपाली अधिकारीहरूले पनि त्यस्तै नामावली भारतीय
अधिकारीहरूलाई दिन्छन्। तर, त्यसको कार्यान्वयन हुँदैन। कपिलवस्तु
जिल्ला प्रहरी कार्यालयका एसपी जयबहादुर चन्द भन्छन्, “खुल्ला रूपले
काम गर्दा राजनीतिक हस्तक्षेपको सम्भावना बढी हुने हुनाले हामी दुवैतिरका
प्रहरीले गोप्य तरिकाले समन्वय गरेर काम गर्ने गरेका छौँ।” अपराधी
पक्रने कार्यमा खटिने प्रहरीहरू नेपाल र भारत दुवैतिर राजनीतिक संरक्षण
हुने भएकाले पक्राउ गर्न गाह्रो पर्ने गरेको बताउँछन्। आˆनो नाम उल्लेख
गर्न नचाहने एक प्रहरी भन्छन्, “बैठक चियाबिस्कुट खानका लागि मात्रै
हो, त्यसबाट कुनै उपलब्धि हुँदैन। स्थानीय नेताहरूले संरक्षण दिएपछि
केही गर्न सकिँदो रहेनछ।”
चार वर्षपहिले पोखरा उप'महानगरपालिकाका लेखनाथ न्यौपानेका ६ वर्षका
छोराको अपहरण गरेर भारतमा हत्या गर्ने मुडिलाका राजेश मुसलवानलाई नेपाल
र भारतको संयुक्त टोलीले पक्राउ गरेको थियो। तर त्यसलगत्तै उत्तरप्रदेशका
तत्कालीन मन्त्री अमरमणि त्रिपाठीको दबाबमा उनलाई नेपाली अधिकारीलाई
नसुम्पिई गोरखपुरस्थित गोण्डा जेलमा १५ दिन राखेर छाडिएको नेपाल प्रहरीको
भनाइ छ। पीडितका अनुसार, न्यौपानेको घर अगाडि मोटरस्ााइकल बनाउने राजेशले
बच्चालाई विद्यालय ल्याउने'पुर्याउने क्रममा अपहरण गरेका र फिरौतीका
रूपमा रु.५ लाख मागेका र परिवारले पैसा दिन नसकेपछि बच्चाको हत्या
गरिएको प्रहरी अधिकारी शम्भु उपाध्याय बताउँछन्। प्रहरी स्रोतको भनाइमा,
१० वर्षअघि लुम्बिनीमा जापानी भिक्षु नावातामेको हत्यामा संलग्न र
इन्टरपोलको खोजीको सूची र रेडकर्नर नोटिसमा समेत परेका अब्रहम मुसलवान
पनि तत्कालीन मन्त्री त्रिपाठीको संरक्षणमा भारतमै छन्।
भारतमा अपराध गरी नेपालमा कुनै न कुनै राजनीतिक संरक्षण पाएर बस्नेहरू
पनि छन्। भारतमा फरार रहेका र सरकारले पुरस्कारको समेत घोषणा गरेको
साकिर अलि मुसलवान (ढेला पहलमान) अहिले भैरहवामा छन्। प्रहरीका भनाइमा,
पहिले राप्रपाका नेता तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख
सागरप्रताप राणाको निकट मानिँदै आएका उनी पछिल्ला दिनमा माओवादी निकट
बन्न पुगेका छन्। बिहार प्रहरीले पक्रिन खोजेको र एक लाखको पुरस्कार
राखेको मुन्ना खाँ र राधे मुखिया नवलपरासीको सीमावर्ती इलाकामा बस्छन्।
शाही शासनकालमा उनीहरू नवलपरासी जिल्लाको प्रतिकार समितिमा सक्रिय
थिए। त्यसैगरी भारतको महाराजगञ्ज प्रहरीले वारेण्ट जारी र पुरस्कार
घोषणा गरेको करन सिंह कपिलवस्तु जिल्लामा खुलेआम देखिन्छन्। उनी कपिलवस्तु
प्रतिकार समितिका नाइके रामसेवक कुर्मीसँग लागेका थिए। १२ पुसमा विना
हतियार सादा भेषमा आएको भारतीय प्रहरीले कृष्णनगर नजिकै पक्राउ गर्न
खोज्दा सिंहको टोलीले आक्रमण प्रयास गरेको थियो। सिंहलाई पक्राउ गरेर
भारतलाई बुाउन सक्ने अवस्था नभएको बताउँदै कृष्णनगरका एक प्रहरी भन्छन्,
“पक्रेर बुाउने वित्तिकै सबै हामीमाथि खनिन्छन्। राजनीतिक संरक्षण
पाएकालाई पक्राउ गर्न गाह्रो छ। माओवादीको हतियार 'लकअप' भएपछि प्रतिकारको
पनि त 'लकअप' हुनु पर्यो नि!”
पछिल्लो पटक प्रहरीले बुटवलमा राजमार्ग, ब्याङ्क, वित्तीय संस्था
र निजी घरको लुटपाटमा संलग्न आठ जनालाई पक्राउ गरेको र उनीहरूले लुटेका
सात वटा मोटरसाइकल फेला पारेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा
कैलालीको निगालीका पदम धामी, नवलपरासी, कुश्माका गोरखनाथ धोवी, दाङ,
सिसहनियाका दानबहादुर चौधरी, रुपन्देही, रुद्रपुरका मुक्ति सिंजाली
र हर्नैयाका वेचन चौधरी छन्। उनीहरूको गिरˆतारीपछि प्रहरीले लुटपाटमा
संलग्न धेरैको पहिचान गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी
सुकदेव न्यौपानेका अनुसार, बाँसगढीका नारायण गौतम, मानमटेरीका सुनिल
चौधरी, देवदहका गुणाकर अधिकारी, गजेडीका रमन पुन, दूधराक्षका सुनिल
चौधरी र भक्त मगर तथा बुटवल दीपनगरका विक्रम वराल र देवीनगरका पप्पु
क्षेत्री अै फरार छन्।
लुटेराका मुख्य नाइके रुपन्देही, बाँसगढीका शम्भु गौतम भएको प्रहरीको
भनाइ छ। शम्भु २०५९ जेठमा बुटवलको प्रहरी हिरासत कक्ष फोरेर फरार भएका
र राजधानीका एकदर्जन भन्दा बढी लुटपाटमा संलग्न रहेका व्यक्ति भएको
प्रहरीको दाबी छ। गौतम भारतमा रहेको प्रहरीको अनुमान छ। उनी लगायत
अन्य लुटेरालाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय गरेर काम अगाडि
बढाइने बुटवलका प्रहरी नायव उपरीक्षक सुखदेव न्यौपाने बताउँछन्।
|