विशेष रिपोर्ट सीमापार अपराध
डकैती गर्न नेपाल
• २
कात्तिक ०६३ मा सुनसरी सतेरोडाका स्कूले विद्यार्थीहरू जीतेन्द्रकुमार
सरदार, जीतनारायण सरदार, प्रकाशकुमार ऋषिदेव र सञ्जय उरावलाई फकाई'फुल्याई
अपहरण गरेर भारतको ढकियापुर पुर्याइएको थियो। नेपाल र भारतका विभिन्न
सामाजिक संघसंस्था तथा सुरक्षा निकायको प्रयासमा २६ मङ्सिरमा उनीहरूलाई
नेपाल फर्काइयो। सुरक्षा निकायले उनीहरूलाई बाल मजदुरको रूपमा प्रयोग
गर्न लगिएको हुनसक्ने अनुमान गरेको छ।
• २० मङ्सिर ०६३ मा
विराटनगरका युवा उद्यमी पवनदास राठीलाई भारतीय हतियारधारी समूहले अपहरण
गरेर सीमावर्ती क्षेत्रमा पुर्याए। परिवारले रु.५० लाख फिरौती बुाएपछि
उनी २० पुसमा रिहा भए।
• १३ चैत ०६२, राति
१२ बजे सुनसरी, हरिनगरा'७ का उमेश मेहता, छुतहरू मेहता, डोमी मेहता,
बद्रम मेहता र चन्देश्वर मेहताको घरमा डकैती गरी भारतीय डाँकाले लाखौँ
रुपैयाँको धनमाल र चौपाया लुटे। डाँकाको गोलीबाट सोही ठाउँका २३ वर्षीय
श्रीलाल मेहताको घटनास्थलमै मृत्यु भयो।
• सोमनाथ बास्तोला, इनरुवा
 |
| भारतीय प्रहरीले फेला पारेको डाँकाहरूको एउटा भोजको भिडियो तस्बिरमा
देखिएका बिहार, सुपौलका धीरेन्द्र यादव |
पूर्वाञ्चलका ापा,
मोरङ र सुनसरीमा हुने लुटपाट र डकैतीमध्ये सबैजसोमा भारतीय समूहको
हात हुने गरेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख गोपाल भण्डारी
बताउँछन्। उनी भन्छन्, “खुल्ला सिमानाले भारतीय आपराधिक समूहलाई डकैती
र लुटपाट गर्न सजिलो बनाइदिएको छ।”
मोरङको दक्षिण पूर्वी क्षेत्रको महादेवाबाट गाईबस्तु चोरेर भारत लगिन्छ।
स्थानीयवासीहरू आˆना चौपाया भारतका विभिन्न स्थानबाट पैसा तिरेर फिर्ता
ल्याउँछन्। सुनसरी र मोरङमा बढेको मोटरसाइकल चोरीमा पनि भारतीय गिरोहकै
संलग्नता पाइएको छ। मानवअधिकारकर्मी रमेश भट्टराईले १७ असोज ०६२ मा
सुनसरी, इनरुवाबाट चोरी भएको आˆनो मोटरसाइकल सात महिनापछि रु.२० हजार
तिरेर भारतको बथनाहाबाट फिर्ता ल्याए। भट्टराई भन्छन्, “मैले भारतीय
प्रहरीको सहयोगमा मोटरसाइकल फिर्ता ल्याउन सकेको हुँ।”
मोरङ र सुनसरीका दक्षिणी सीमावर्ती क्षेत्रका गाउँहरूमा चोरी, डकैती
र लुटपाट नभएको दिनै हँुदैन। लामो समयसम्म सुरक्षा निकायको उपस्थिति
नभएको यस क्षेत्रका बासिन्दा भारतीय डाँकाबाट नराम्ररी पीडित छन्।
सुनसरीका प्रहरी प्रमुख यादवराज खनाल भन्छन्, “भारतीय डाँकाहरू एलएमजी
र एसएमजी लगायतका अत्याधुनिक हतियार लिएर डकैती गर्न नेपाल छिर्छन्।”
बिहारका कतिपय गाउँमा बासिन्दाको प्रमुख काम नै नेपाल आएर डकैती र
लुटपाट गर्नु हुने गरेको प्रहरीको बुाइ छ। नेपालमा अपराध गरेर उनीहरू
भारतमा सुरक्षितसँग बस्छन्।
सुनसरी र मोरङमा डकैती र लुटपाट मच्चाउने समूहले नै अनुकूलता हेरेर
ापाका दक्षिणी गाउँमा समेत लुटपाट गर्ने गरेको ापाका प्रहरी प्रमुख
योगेन्द्र कटुवाल बताउँछन्। उनका अनुसार, ापाको खजुरगाछी, कोहबरा,
गौरीगञ्ज, कुमरखोद र महेशपुर डकैतीबाट सबैभन्दा पीडित गाउँ हुन्। भारतीय
डाँका समूहले २९ माघ ०६३ को राति गौरीगञ्ज'८, ठेकीटोलका धान व्यापारी
बाबुलाल मण्डलको घरमा डकैती गरी रु.३ लाख बराबरको धनमाल लुटेको थियो।
सुरक्षा स्रोतका अनुसार ापा, मोरङ, सुनसरी र सप्तरीका दक्षिणी गाविसहरूमा
अपहरण, डकैती र लुटपाट गर्न बिहारको सुपौल जिल्ला, अचराका धीरेन्द्र
यादवको समूह सक्रिय छ, जोसँग एसएमजी र एलएमजीलगायतका हतियार समेत छन्।
धीरेन्द्र र पिन्टु यादवको नाम नेपाल प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा
छ। तर, भारतीय प्रहरीले सहयोग नगरेसम्म उनीहरूलाई पक्राउ गर्न सम्भव
नभएको प्रहरी अधिकारीहरू बताउँछन्।
बढ्दो अपहरण
भारतीय अपराधी समूहका लागि लुटपाट र डकैतीभन्दा सजिलो भएको छ, उद्योगपति
तथा धनाढ्यहरूको अपहरण। हतियारसहित नेपाल छिरेर अपहरण गर्ने र मोटो
रकम फिरौती लिएर रिहा गर्ने क्रम शुरु भएको छ। भारतीय अपहरणकारीहरूको
एउटा समूहले २० मङ्सिर ०६३ बिहान १० बजे विराटनगरबाट सुनसरी आउँदै
गरेका उद्योगी पवनदास राठीलाई नरसिंह'३ स्थित बाबा पेपर मिल नजिकैबाट
अपहरण गरेर परिवारसँग रु.१ करोड फिरौती मागे। एक महिनापछि रु.५० लाख
तिरेर परिवारले राठीलाई छुटायो। राठीभन्दा ण्डै तीन साताअघि अपहरण
गरी बेपत्ता बनाइएका सुनसरी, भुटाहाका व्यापारी सूर्यकिरण बोथरा रु.७
लाख फिरौती बुाएर मुक्त भएका थिए।
मोरङका प्रहरी प्रमुख भण्डारी भन्छन्, “एकजनालाई अपहरण गर्न सके पनि
लाखौँ रुपैयाँ हातपार्न थालेपछि, उनीहरू यो धन्दामा आकर्षित भएका छन्।”
सुनसरीका प्रहरी प्रमुख खनाल सार्वजनिक नगर्न धम्की दिइएका कारण अपहरणका
घटनाहरू सबै सार्वजनिक जानकारीमा नआउने गरेको बताउँछन्।
मानव बेचबिखन
 |
| र उनको टोली। |
कतिपय नेपाली दलालहरूसँग मिलेर तराईमा मानव बेचबिखन गर्ने भारतीय
गिरोह पनि सक्रिय छ। उनीहरू तराईका गरीब बस्तीका बालबालिकालाई भारतका
विभिन्न शहरमा लैजान्छन् र बेचेर कमिसन खान्छन्। सुनसरी, सतेरोडाका
स्कूले बालक जीतेन्द्रकुमार सरदार, जीतनारायण सरदार, प्रकाशकुमार ऋषिदेव
र सञ्जयकुमार उरावलाई दिल्लीमा काम लगाइदिने भनेर बिहार, मुरादावाद
जिल्लाको ढकियापुर पुर्याइएको थियो। २ कात्तिक ०६३ मा हराएका यी चार
बालकलाई २६ मङ्सिरमा नेपाल फिर्ता ल्याइएको थियो।
सतेरोडाका यी बालकहरूलाई भारत पुर्याउन सुनसरी, हासपोसाका जोगिन्दर
ऋषिदेवले पनि सहयोग गरेका थिए। पीडितहरूको उजुरीका आधारमा पक्राउ परेका
ऋषिदेवले एउटा बालकको रु.५०० पाउने लोभमा यो काम गरेको बयान दिएका
छन्।
सुनसरीकै सोनापुरस्थित बालकुण्ड र भरौल गाविसबाट कम्तीमा पनि २०
जना बालबालिका यसरी नै बेचिएको अनुमान मानवअधिकारवादी वीरेन्द्र साहको
छ। ढकियापुरबाट बालक ल्याउने टोलीका अगुवा रहेका साह थुप्रै नेपाली
बालबालिका सीमा आसपासका गाउँमा कठिन घरेलु कामदारका रूपमा काम गरिरहेको
अवस्थामा भेटिन सक्ने बताउँछन्। यसबाहेक चेलिबेटी बेचबिखन र लागूऔषध
ओसारपसार जस्ता अपराध अहिले पनि जारी छन्।
आर्थिक अपराध
सीमावर्ती क्षेत्रतर्फ आर्थिक अपराध त नै तीब्र भएको छ। भारतबाट भन्सार
छलेर विभिन्न सामानहरू चोरी पैठारी गरी ल्याउने क्रममा कुनै कमी नआएको
सुनसरीका प्रहरी प्रमुख यादवराज खनाल बताउँछन्। मोरङ र ापाका विभिन्न
चोरबाटो हुँदै सामान ल्याउने'लैजाने काम नियमित हुने गरेको छ। विभिन्न
नाकाका छोटी भन्सारहरूको पुनर्स्थापना नभएकाले पनि आर्थिक अपराध बढिरहेको
मोरङका प्रहरी प्रमुख गोपाल भण्डारी स्वीकार गर्छन्।
ापामा सबैभन्दा बढी सुपारीको तस्करी हुने गरेको प्रहरी प्रमुख कटुवाल
बताउँछन्। उनका अनुसार, नकलबन्द र कुमरखोदबाहेक बाहुनडाँगी, सतिघटा,
केचनाका छोटी भन्सारहरू प्रभावकारी नभएकाले ती क्षेत्रबाट भन्सार छलेर
सरसामानको चोरी पैठारी बढी हुने गरेको छ। ापाको काँकडभिट्टामा एक डीएसपीको
कमाण्डमा ८० जना सशस्त्र प्रहरीलाई राजस्व गस्तीमा खटाइएको छ, तर पनि
सो नाका र आसपासका चोरबाटो हुँदै ठूलो मात्रामा लत्ताकपडा नेपाल भित्रिने
गर्दछ।
भारतीय गिरोहले खुल्ला सिमानाको फाइदा उठाउँदै पछिल्ला दिनमा नक्कली
नोट नेपाली बजारमा ल्याउने काम पनि गरेका छन्। गएको दशैँ र तिहारमा
सुनसरी र मोरङमा नक्कली भारतीय नोटहरूको आतङ्क नै फैलिएको थियो।
|