हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रतिक्रिया

सेनाः समावेशी भएर मात्रै पुग्दैन

लोकतन्त्र दर्ुघटनामा पर्नु नपर्नुमा परोक्ष वा प्रत्यक्ष रूपमा सेनाको भूमिका निर्ण्ाायक हुने देखिएकाले सेनालाई समावेशी बनाएर मात्रै पुग्दैन, यसको लोकतन्त्रीकरण पनि गर्नर्ुपर्छ  ।

गेजा शर्मा वाग्ले

नेपाल अहिले संविधानसभाको निर्वाचनमार्फ् समावेशी र लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रक्रियामा छ । लोकतान्त्रिक संविधानले मुलुकका के कस्ता मुद्दाको के कसरी समाधान खोज्नर्ुपर्छ भन्ने सम्बन्धमा गर्नुपर्ने काममध्ये एउटा राष्ट्रिय सेनाको पर्ुनर्संरचना पनि हो । द्वन्द्व व्यवस्थापनका अन्तर्रर्ााट्रय सिद्धान्त र सूत्रका दृष्टिले राजनीतिक समस्या समाधान भएपछि दुवै सेनाको एकीकरण गरेर राष्ट्रिय सेनाको स्थापना गर्नु शान्ति प्रक्रियाका र्सवस्वीकृत मान्यता हुन् । तर, नेपालमा नेपाली र माओवादी सेना एकीकरण गरेर नयाँ सेना निर्माण गर्न विशेषतः माओवादीले उठाउने गरेको प्रस्ताव नेपालको राजनीतिक, आर्थिक तथा सामरिक विशिष्टताको परिवेशमा विश्लेषण गर्दा कठिन मात्रै होइन, प्रत्युत्पादक समेत हुनसक्ने देखिन्छ  ।

संविधानसभा भयरहित र शान्तिपर्ूण्ा वातावरणमा सम्पन्न गर्न राज्य तथा व्रि्रोही दुवैतर्फा सेना र हतियारको व्यवस्थापन अपरिहार्य छ । यसनिम्ति सामन्ती संरचना अन्त्य गर्दै समावेशीकरण र लोकतन्त्रीकरणका आधारमा नेपाली सेना र माओवादी सेनाको एकीकरण गरी राष्ट्रिय सेना बनाउनुको विकल्प देखिन्न । तर, दुवै सेना स्थापनाको पृष्ठभूमि, प्रशिक्षण, राजनीतिक आस्था, लोकतन्त्र र मानवअधिकारप्रतिको प्रतिबद्धता र अर्थतन्त्रको सापेक्षतामा विश्लेषण गर्दा यसो गर्नु जोखिमपर्ूण्ा हुने संभावना पनि देखिन्छ ।

ाजनीतिशास्त्री स्यामुएल पी. हन्टिङ्गटनको विश्लेषण त केसम्म छ भने- अत्यधिक राजनीतिकरण भएको, अधिक सङ्ख्या गैरव्यावसायिक भएको सेना लोकतन्त्र मात्रै होइन, जुनसुकै व्यवस्था भएपनि संस्थापन पक्षकै लागि चुनौती हुनपुग्छ ।

नेपाली र माओवादी दुवै सेना राजनीतिक दृष्टिले स्थापित, प्रशिक्षित र परिचालित छन् । माओवादी सेना प्रजातन्त्रलाई सशस्त्र सङ्र्घष्ाबाट विस्थापित गरी जनवादी गणतन्त्र स्थापना गर्न स्थापना भएको हो । त्यसैले ऊ राजनीतिक आस्थाका दृष्टिले प्रजातन्त्र, कानूनी राज्य र मानवअधिकारप्रति भन्दा पनि साम्यवाद र माओवादप्रति प्रतिबद्ध हुनु स्वाभाविक छ । समग्रमा माओवादी सेना पर्ूण्ा रूपमा राजनीतिक रूपले प्रशिक्षित र दल विशेषप्रति प्रतिबद्ध सेना हो । नेपाली सेना तुलनात्मक रूपमा राजनीतिकरण कम भएको पेशागत मर्यादा निर्वाह गर्ने संस्था हो  । तर, परम्परागत 'स्कुलिङ्ग' र वफादारिता, संस्थागत संरचना तथा कार्यशैलीका दृष्टिले अहिलेसम्म यो पनि राष्ट्रिय सेना बन्न सकेको छैन ।

२००७ सालमा स्थापना भएको प्रजातान्त्रिक व्यवस्थालाई अपदस्थ गरी ०१७ मा निरङ्कुश शासन लाद्ने राजा महेन्द्रको कदमलाई नेपाली सेनाले साथ दिएको थियो । ०६१ मा राजा ज्ञानेन्द्रको निरङ्कुश शासन लाद्ने शाही कदममा पनि सेनाको सक्रिय सहभागिता थियो ।

ोकतन्त्रका लागि भएको जनआन्दोलन दमन गर्न पनि सेनाको प्रयोग भयो । त्यसबाहेक ०४७ को संविधानको पालनामा पनि तत्कालीन शाही नेपाली सेनाले किचलो गरेकै हो । माओवादी सशस्त्र व्रि्रोह नियन्त्रणका लागि सरकारले परिचालन गर्न खोज्दा सेना परिचालन नभएकै हो । राजनीतिक उद्देश्यले स्थापित तथा परिचालित 'शाही' र 'माओवादी' सेना मिलाएर राष्ट्रिय सेना निर्माण गर्नु सजिलो काम होइन । वफादारिताका हिसाबले मात्रै होइन, लोकतन्त्र, कानूनी राज्य र मानवअधिकारप्रतिको प्रतिबद्धताको दृष्टिले पनि दुवै सेनाप्रति गम्भीर प्रश्न उठाउने ठाउँ छन् । दुवै सेनाले युद्धको समयमा कानूनी राज्य र मानवअधिकारको उल्लङ्घन मात्रै होइन, उपहास समेत गरेका छन् । तिनले गरेको मानवताविरोधी अपराधको सूची लामो हुनपुग्छ।

यो कठोर वास्तविकताबाट शिक्षा लिएर नेपालको इतिहासमा पहिलोपटक सेनालाई जनता, संसद र सरकारप्रति जवाफदेही र उत्तरदायी बनाउन खोजिएको छ । प्रधान सेनापतिको नियुक्ति अब मन्त्रिपरिषद्ले गर्नेछ भने सेनापतिको शपथग्रहण प्रधानमन्त्रीले गराउनेेछन् ।

त्यसैले अब संविधान र कानूनतः सेनामा दरबारको कुनै नियन्त्रण छैन । ४ जेठको प्रतिनिधिसभाको ऐतिहासिक घोषणाले 'शाही नेपाली सेना' लाई 'नेपाली सेना' बनाएको छ । तर चिन्तन, कार्यशैली र संस्कार परिवर्तन भएको छैन भन्ने बुझन एक पृतनापतिले लोकतन्त्र र दलहरुविरुद्ध हालै गरेको राजनीतिक भाषण हेरे पुग्छ ।

जनताप्रति समर्पित र लोकतन्त्र र मानवअधिकारप्रति प्रतिबद्ध राष्ट्रिय सेना बनाउने हो भने केही जाति, वर्ग वा समुदायलाई सहभागी गराएर समावेशी संरचना बनाउँदैमा पुग्दैन; उसको सामन्ती विचार र संरचनाको अन्त्य गरेर संस्थागत रूपमै लोकतन्त्रीकरण गर्नु अपरिहार्य छ । नाम मात्र परिवर्तन गरेर शताब्दियौँदेखि निरङ्कुश शासनको आदेश पालन गरी निरङ्कुश शासन टिकाउने सेनाको रातारात लोकतन्त्रीकरण हुनसक्दैन । उसले अवलम्बन गर्ने नीति र सिद्धान्तमा आमूल परिवर्तन गर्नु अपरिहार्य छ।

जनसङ्ख्या र अर्थतन्त्रको दृष्टिले पनि ९० हजारभन्दा बढी रहेको सेनाको अहिलेको सङ्ख्या ठूलो छ भने माओवादी अस्थायी शिविरमा रहेका करिब ३० हजार सेनालाई समेत मिलाउँदा यो सङ्ख्या १ लाख २० हजारभन्दा बढी हुन्छ । राजनीतिक तथा सामरिक कुनैपनि दृष्टिले देशलाई यति सङ्ख्यामा सेना आवश्यक छैन र नेपाली अर्थतन्त्रले यसलाई धान्न सक्दैन ।

सन् १९९० पछि जतिवटा देशमा लोकतन्त्र स्थापना भयो र सशस्त्र सङ्र्घष्ा गरेका दलहरु मूलप्रवाहमा प्रवेश गरे, प्रायः सबैमा सशस्त्र समूहलाई सेनामा समायोजन गरिएको र एकीकृत सेनालाई लोकतन्त्रीकरण गर्दै त्यसको सङ्ख्या कटौती गरिएको छ । दक्षिण अप्रिmका, केन्या, सियरालियोन, कङ्गो, हाइटी, बोलिभिया, इष्टटिमोर, मोजाम्बिकमा यही सूत्र अनुसरण गरिएको छ । लोकतन्त्र स्थापनापछि जुन देशमा सेनाको लोकतन्त्रीकरण गरिएको छ, त्यहाँ लोकतन्त्र संस्थागत भएको छ । तर, जहाँ गरिएको छैन, त्यहाँ लोकतन्त्र दर्ुघटनामा परेको छ । लोकतन्त्र दर्ुघटनामा पर्नु नपर्नुमा परोक्ष वा प्रत्यक्ष, सेनाकै भूमिका निर्ण्ाायक देखिन्छ ।