हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्‌मि

मूहूर्त

 

 


भनेको/सुनेको

“खल्तीमा बन्दूक बोकेर कोही पनि संसदमा छिर्र्दैनन् तर नेपालका माओवादीले हालै यस कुरालाई गलत सावित गरिदिएका छन्। यो दुःखपूर्ण र उदेकलाग्दो छ।”

हेनरिटा एच. फोर
अमेरिकी उप'विदेशमन्त्री
अन्नपूर्ण पोष्ट दैनिक, २७ फागुन २०६३


अङ्क र अर्थ

१० करोड हाल इन्टरनेटमा उपलब्ध वेबसाइटको सङ्ख्या। इन्टरनेटको प्रारम्भिक अवस्थामा (सन् १९९४) सो सङ्ख्या दश हजार थियो।

४३ लाख नेपालमा रहेका बाल तथा बधुवा श्रमिकहरूको सङ्ख्या।

स्रोतः इकोनोमिस्ट/ने.ट्रे.यु.का.


हिँड्दा-हिँड्दै

शहीद स्मारक सानमिगल फूटबल लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेबापत रु.२६ लाखको यारिस कारबाट पुरस्कृत राष्ट्रिय टीमका कप्तान, ापा चन्द्रगढीका हरि खड्का (३२) भन्छन्, “नेपाली फूटबलको अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार पाउँदा निकै खुसी लागेको छ।”

किरण पाण्डे

यस्ता पुरस्कार दिँदैमा खेलाडीको मनोबल बढ्ला त?
पक्कै पनि बढ्छ। आकर्षक पुरस्कार पाउने भएपछि खेलाडीले बढी मेहनत गर्छन्।

फूटबल खेलबाट सन्न्यास लिने भएपछि तपाइँलाई यो पुरस्कार दिएको भनिन्छ नि!
त्यस्तो हल्ला रुपक स्मृति पुरस्कार पाउँदा पनि भा'थ्यो। तर मैले यसपालिको लिगमा पनि खेलेरै देखाइदिएँ। स्वास्थ्यले साथ दिए अै एउटा राष्ट्रिय खेल खेल्ने चाहना छ।

तपाइँको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन चाहिं कुन हो नि!
अन्तर्राष्ट्रियमा, सन् १९९८ मा नेपालमा भएको साफ गेम र राष्ट्रियमा, यारिस कार जित्न सफल भएको ०६३ को लिग।

यसबाहेक अन्य सम्ानालायक पुरस्कार?
२०५८ मा 'वेष्ट प्लेयर अफ दि इअर' भएर मोटरसाइकल पाएँ, २०६२ मा रुपक स्मृति पुरस्कार स्वरुप रु.१ लाख नगदसहित मोटरसाइकल, आठौँ साफमा चाँदीको जुत्ता र गोरखा दक्षिणबाहु चौथा पनि पाइसकेँ।

खेलेरै जीवन निर्वाह गर्न सकिने भयो हैन?
शुरुमा एनआरटीबाट खेल्दा रु.१५०० मासिक पाइन्थ्यो भने अहिले मेरो स्तरका खेलाडीलाई क्लबहरूले रु.२५'३० हजार दिन थालेका छन्। यसले पनि देखाउँछ खेलेरै बाँच्न सक्ने स्थिति।