हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्वास्थ्य पाठ्यपुस्तक

गलत सन्देश गइरहेछ

आज हाम्रा विद्यार्थीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पढिराखेका गलत कुरा तत्कालै नसच्याउने, नसुधार्ने हो भने समाजमा धेरै नराम्रो सन्देश जानेछ।

डा. प्रकाशराज रेग्मी

कक्षा ६ मा पढ्ने मेरी छोरीले मलाई एकदिन धेरै मिठाई, चकलेट, आइसक्रिम, बर्फी ल्याइदिन भनिन्। मैले किन चाहियो र यस्ता स्वास्थ्य बिगार्ने खानेकुरा भनी सोध्दा उनले आˆनो किताबमा यी कुरा स्वास्थ्यका लागि ज्यादै उपयोगी हुने लेखिएको बताइन्।

बालबालिकाहरूको उपचार गर्दा म मिठाई, चकलेट, आइसक्रिम धेरै खानुहुँदैन, दाँत कीराले खान्छ, घाँटीको इन्फेक्सन हुन र पछि गएर बाथ मुटुरोग लाग्न सक्छ भनी सम्ाउने'बुाउने गर्दछु। पहिले त मैले विद्यालयका किताबमा त्यस्तो कुरा लेखिएन होला, बरु छोरीले नै बुिनन् कि भन्ठानेँ। म अल्मलिएको देखेर उनले नपत्याए पढ्नोस् न भन्दै पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले प्रकाशित गरेको कक्षा ६ को 'हाम्रो स्वास्थ्य तथा शारीरिक शिक्षा' भन्ने किताब ल्याइदिइन्। नभन्दै किताबको पृष्ठ १३ मा लेखिएको रहेछ' “... दूधबाट बनेका परिकारहरू जस्तै मिठाई, चकलेट, आइसक्रिम, बर्फी ... हाम्रो स्वास्थ्यका लागि ज्यादै उपयोगी खाद्य पदार्थ हुन्।” किताब पल्टाउँदै जाँदा अरू थुप्रै गम्भीर प्राविधिक र विषयगत त्रुटिका साथै भाषागत गल्तीहरू फेला परे। कक्षा ६ का विद्यार्थीले जण्डिस् (कमलपित्त) कलेजोमा लाग्ने रोग हो, पित्ताशयले पित्त उत्पादन गर्छ भनेर पढ्दा रहेछन्। वास्तवमा जण्डिस् कलेजोको रोग होइन, कलेजोलगायत अन्य कतिपय रोगको एउटा लक्षण मात्र हो। पित्ताशयमा पित्त उत्पादन हुँदैन, जम्मा भएर बस्छ मात्र। किताबमा मलेरिया, विषमज्वर, एचआईभी/एड्स, लागूपदार्थ, नाथ्री फुट्ने, सर्पले डस्ने आदि विषयहरूमा पनि कैयौँ विषयगत त्रुटि रहेछन्।

कतै अरू कक्षाका पाठ्यपुस्तक पनि यस्तै त छैनन् भन्ने जिज्ञासाले मैले पाठ्यक्रम विकास केन्द्र, एकता बुक्स्, मिलेनियम पब्लिकेशन, नेपाल साहित्य प्रकाशनबाट नेपाली र अङ्गे्रजीमा प्रकाशित कक्षा ६ देखि १० सम्मका स्वास्थ्य विषयका २० वटा जति पुस्तक जम्मा गरेर एक'एक गर्दै पल्टाएँर मुटुरोगको उपचार, रोकथाम एवं जनचेतना अभियानमा लागेको नाताले मुटुबारे के के लेखिएको रहेछ भन्ने कुरामा बढी ध्यान दिएर हेरेँ। पाठ्यपुस्तक लेख्नु कठिन र चुनौतीपूर्ण कार्य हो। त्यसमा पनि स्वास्थ्य जस्तो विषयको पाठ्यपुस्तक लेख्न अघि सर्नुभएकोमा डा.ए.के. ा, डा.आर.के. शाह, डा. उमाकान्त राय यादव, डा.रामकृष्ण महर्जन, श्यामकृष्ण महर्जन, लोकेन्द्र शेरचन आदि लेखकहरू धन्यवादका पात्र हुनुहुन्छ। सबैले पुस्तकमा समयसापेक्ष परिमार्जन गर्न र त्रुटिहरू सच्याउन सल्लाह एवं सुाव पनि माग्नुभएकाले मुटुका सम्बन्धमा भेटिएका केही गम्भीर विषयगत त्रुटि औँल्याएको छु। एकता बुक्स्, काठमाडौँबाट अङ्ग्रेजीमा प्रकाशित 'आवर हेल्थ एण्ड फिजिकल एजुकेसन' र 'हेल्थ एजुकेसन' नामका पुस्तकहरूको आवरण पृष्ठमै मुटुको ठूलो चित्र देख्दा म अत्यन्तै खुशी र उत्साहित भएको थिएँ। तर, किताब पढ्दै जाँदा तिनमा छापिएका कुराहरू अपर्याप्त र त्रुटिपूर्ण पाएँ। अन्य संस्थाद्वारा प्रकाशित स्वास्थ्य विषयका पाठ्यपुस्तकहरूको स्थिति पनि त्यस्तै थियो।

पाठ्यक्रम विकास केन्द्रको कक्षा ७ को पुस्तकको पृष्ठ ४० मा धेरै चिल्लो, बोसो, मसलादार र उच्च पौष्टिक तत्व भएको खानाबाट मुटुरोग लाग्छ भनी लेखिएको रहेछ। धेरै चिल्लो, बोसो, गुलियो र नुन भएको खानाले मुटुलाई बेफाइदा गर्छ, तर सबै मसलादार र उच्च पौष्टिक तत्व भएका खानाले त्यस्तो गर्दैनन्। पुस्तकमा मुटु रोगका लक्षण र तिनबाट बच्ने उपाय पनि सही र पर्याप्त छैनन्। केन्द्रकै कक्षा ८ को किताबको पृष्ठ २ मा स्वस्थ व्यक्तिको मुटुको धड्कन प्रति मिनेट ७२/७७ हुन्छ भनी लेखिएको छ, जबकि यो ६० देखि १०० सम्म हुन्छ।

ृष्ठ ४३ र ४४ मा हृदयघातलाई औषधि उपचार नभएको रोग भनिएको छ, जुन सरासर गलत हो। हृदयघातका कारणमध्ये शरीरमा रगत पम्प गर्दा मुटुको भल्व वा भेन्ट्रिकललाई बढी दबाब तथा बो पर्नु हो भन्ने तथ्य पनि आधारहीन छ। हृदयघातको एक नम्बर कारण धुमपान तथा अन्य प्रमुख कारण मधुमेह, उच्च रक्तचाप, रगतमा चिल्लो पदार्थ (कोलेस्टेरोल) वृद्धिबारे केही उल्लेख छैन। सबैभन्दा गम्भीर त्रुटि हृदयघातका लक्षणहरूको वर्णनमा छ। विद्यार्थीले सास फेर्न गाह्रो भएर शरीरमा पसिना आउनु, रोगीको आँखा एकोहोरो भएर स्थिर हुनु, शरीर चिसो हँुदै जानु, मूर्छा पर्नु आदिलाई हृदयघातका लक्षण भनी पढ्ने गरेका रहेछन्, जुन सबै गलत हुन्। छातीको बीच भागमा अत्यधिक दुख्ने यसको प्रमुख लक्षणबारे एक शब्द पनि लेखिएको छैन। एकता बुक्स्द्वारा प्रकाशित कक्षा ९ र १० को पुस्तकमा 'मुटुका रोगहरू' (पृष्ठ १५८'१६०) शीर्षकमा हृदयघात र उच्च रक्तचापबारे लेखिएका गलत कुराको उल्लेख गरेर साध्य नै छैन।

कतिपय पाठ्यपुस्तकमा कम रक्तचापलाई समेत रोग भनिएको छ। यो रोग नै होइन र यसबारे स्कूलका विद्यार्थीलाई पढाउनु आवश्यक पनि छैन। मेरो विचारमा स्कूलका किताबमा केटाकेटीलाई नै धेरै हुने खालका विभिन्न सङ्क्रमण, दाँतका समस्या, जन्मजात मुटुरोग, घाँटी दुख्ने समस्याबाट उत्पन्न हुने ˆयारिन्जाइटिस्, टन्सिलाइटिस्, बाथज्वरो र बाथ मुटुरोगका साथै मधुमेह, हृदयघात, क्यान्सर, एचआइभी/एड्स, आदि प्रमुख रोग, स्वास्थ्य समस्या र तिनको रोकथाम तथा नियन्त्रणसम्बन्धी सामग्री राख्नुपर्दछ। स्कूलमा पढाइने शिक्षण सामग्री सम्बन्धित कक्षाको विद्यार्थीले बुझ्ने सरल र शुद्ध भाषामा लेख्नु तथा प्रमुख कुरालाई कम महवका कुराले ओेलमा नपार्ने गरी उचित महव दिएर बुँदागत रूपमा प्रस्तुत गर्नुपर्दछ। छाप्नुअघि सम्बन्धित विषयका विज्ञहरूबाट समयसापेक्ष परिमार्जन गरेर मात्र किताब विद्यार्थीको हातमा पुर्‍याउनुपर्दछ।

स्वस्थ र सचेत नागरिक तयार पार्न शिक्षाको अत्यन्तै ठूलो भूमिका हुने कुरामा दुईमत छैन। विद्यार्थीहरूले आˆना पाठ्यपुस्तकमा प्रमुख स्वास्थ्य समस्या र तिनबाट बच्ने उपायबारे सही शिक्षा पाउन सके भने विभिन्न रोगहरूको रोकथाम र नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ। तर आज हाम्रा विद्यार्थीहरूले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पढिराखेका गलत कुरा तत्कालै नसच्याउने, नसुधार्ने हो भने समाजमा धेरै नराम्रो सन्देश जानेछ।

(मुटु रोग विशेषज्ञ डा. रेग्मी नेपाल हृदय रोग निवारण प्रतिष्ठानका महासचिव हुन्।)