हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

पुरुषले सघाउनेछन्

'किन उठेन महिला आन्दोलन' (रिपोर्ट/१६'३० फागुन) ले एकैपल्ट धेरै प्रश्न उठाएको छ। यथार्थ के हो भने जबसम्म महिलाशिक्षाले छलाङ मार्दैन, तबसम्म महिला आन्दोलनले अपेक्षित गति लिन सक्दैन। महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन्। एउटा पाङ्ग्रा बिग्रियो भने रथ चल्न सक्दैन। हाम्रो देश पछिपरेको कारण पनि महिलाको पाङ्ग्रा बिग्रिएर हो। यसले पुरुषलाई पनि निकै गाह्रो भएको छ। यो तथ्य बोध गर्ने पुरुषहरूले महिलाहरूलाई हरेक क्षेेत्रबाट साथ दिने पक्का छ।

महिलाहरूले शहरमा महिला दिवस मनाएर मात्र समस्याको अन्त्य हुने छैन, त्यसका लागि महिला जागरण कार्यक्रमलाई व्यापक बनाइनु आवश्यक छ। शहरमा गोष्ठी गरेर समाधान भेटिँदैन, गाउँमा जानुपर्छ र स्थानीय मुद्दाहरूमा हातेमालो गर्नैपर्छ।

ब्ाालकृष्ण घिमिरे
ढाडमैदान'५ घाँसखोला
जिल्ला'अघाँखाची


अधुरो संरक्षण

डा. तीर्थबहादुर श्रेष्ठको गैँडाको संरक्षण बारेको लेख (विज्ञानविचार, १'१५ फागुन) ले धेरै कुरा बोलेको छ। शुरुका केही अनुच्छेदहरूले त मनैै रुवाए। मानिसहरू किन यति निर्दयी भएका होलान्? दिनानुदिन गैँडाको बढ्दो अवसान देख्दा यस्तो लाग्छ' एकदिन यो देशमा गैँडा भन्ने जीव एकादेशको कथा हुनेछ तर त्यतिबेला पनि यो देशका नीतिनिर्माताहरूको चेत खुल्नेछैन। त्यसैले संरक्षणका दृष्टिले मात्र हैन, तिनीहरूको बाँच्न पाउने हकको सुरक्षाको ग्यारेन्टी गर्ने दृष्टिकोणबाट पनि अब गैँडा संरक्षणलाई हेरिनुपर्छ।

समुद्र खनाल
काठमाडौँ
ocean_tgreat@msn.com


शुभकामना!

'समुदायकै गौरव' (जनता, १'१५ फागुन) मा मायासिंह नेपालीको प्रतिभा पढेँ। जातीय भेदभावले जरो गाडेको देशमा समाजको अति पिछडिएको वर्गबाट सञ्चारमाध्यममा लागिपरेकी मायालाई प्रगति तथा सफलताको शुभकामना छ।

कुसंस्कार'अन्धपरम्परालाई समाप्त पारी समतामूलक समाजको निर्माणमा लागिपरेकी मायाले अर्को बाटो नहिँडी दलित वर्गको हितका लागि अै सक्रिय हुनुपर्छ। हरेक मानिसले जीवनमा पाएका उपेक्षाहरू उसका चुनौती हुन्। मायाले पनि रेडियो कार्यक्रम 'ए काइँला बाजे' चलाउँदा पाएको उपेक्षा उनको चुनौती हो। त्यही चुनौतीको सामना गर्न उनले आज प्रगतिको पाइला चालेकोमा साधुवाद! उपेक्षित तथा पछाडि पारिएका वर्गहरूले मायासिंह नेपालीबाट थुप्रै आशा र अपेक्षा राखेका छन्।

हेमबहादुर बिक
सचिव, दलित समाजसेवा संघ, ओखलढुङ्गा


वास्तै नगर्नु बेस
१६'२९ माघको ऋतुविचार रमाइलो लाग्यो। अहिले राजासँग कतै भेट भए के साइनो लाउने होला भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो। तर मलाई लाग्छ, साइनो लगाएर बोलिरहनुको सट्टा, देखे पनि नदेखेैँ गरी एकातिर हिँडिदिनु बेस होला। आखिर उनीसँग हाम्रो चित्त दुखेकै छ। राजाका जुँगा चले के कुरा बुझ्ने भन्ने प्रश्न पनि सान्दर्भिक नै छ। राजाले जुँगा'दारी पाल्दै गए भने, उनी जोगी'सन्न्यासी भएर कतै हिँडिदिन बेर छैन। त्यसो भए जनता खुसी नै हुनेछन्।

कल्पलता श्रेष्ठ
अँधेरी, दियाले'३, ओखलढुङ्गा


आश्चर्य लाग्यो

त्रिभुवन आदर्श आवासीय मावि, फर्पिङका बारेमा 'बन्द हुन मात्र बाँकी' शीर्षकको समाचार (देश/ समाचार, १६'२९ माघ) प्रति हाम्रो ध्यानाकर्षण भएको छ।

प्रजातन्त्रको सुनौलो बिहानीसँगै २००८ सालमा स्थापित नेपालको जेठो आवासीय विद्यालय स्थापनाकालदेखि नै विभिन्न क्षेत्रका विद्यार्थीलाई स्तरीय शिक्षा प्रदान गर्दै आˆनो महान् लक्ष्यमा अगाडि बढेको छ। सुन्दर एवं शान्त र सुरक्षित वातावरण भएको, भौतिक सुविधासम्पन्न यो विद्यालयमा २३ शिक्षक/शिक्षिका, १० कर्मचारी र ५०० जना विद्यार्थी रहेका छन्। विद्यालय सञ्चालनमा कहीँ कतैबाट हस्तक्षेप भएको छैन र विभिन्न संस्था, स्थानीय अभिभावक समेतको विश्वासमा निरन्तर प्रगतिको पथमा बढिरहेको छ। २०५० सालतिर विविध कारणले खस्किएर कक्षा १ देखि १० सम्म न्यून विद्यार्थी हुँदा समेत सञ्चालन भएको यो विद्यालयलाई हाल ५०० विद्यार्थी हुँदा कसरी 'बन्द हुन मात्र बाँकी' भनियो, हामी आश्चर्यचकित छौँ।

प्रधानाध्यापक
त्रिभुवन आदर्श आवासीय मावि परिवार
फर्पिङ्ग, काठमाडौँ


बिर्सेका हुन् कि!

नेपालमा विमानसेवाहरूको दुर्गति देख्दा (रिपोर्ट/एयरलाइन्सको दुर्गति, १'१५ माघ) 'विचरा' भन्न मन लाग्यो। बुद्ध तथा यती एयरको सेवा हेरेर अरू विमानसेवाले पनि उनीहरूको देखासिकी गर्नुपर्ने हो। धेरै जसो विमानसेवामा सञ्चालक, कर्मचारीहरू मोटाउँदै गएका, संस्था चाहिँ चाउरिँदै गएको देखिएको छ। संस्था मोटाए मात्र आफू सुरक्षित होइन्छ भन्ने कुरा विमानसेवामा काम गर्ने कर्मचारी, सञ्चालकहरूले भुसुक्कै बिर्सेका हुन् कि!

हिमाल को सोही अङ्कमा 'पूर्व जान पश्चिमको बाटो' शीर्षकमा हेटौँडादेखि काठमाडौँ सुरुङमार्ग हुँदै जाने बाटोका बारेमा सटिक विश्लेषण गर्नुभएकोमा लेखक कुन्द दीक्षितलाई बधाई! यो बाटो तुरुन्त सञ्चालन गर्ने कार्यमा सरकारको ध्यान जाओस्।

हृदयप्रसाद श्रेष्ठ
जोमसोम, मुस्ताङ


सच्याइएको
गताङ्कको आवरण ('नत्र जेठमा चुनाव हुन्न') मा निर्वाचन आयोगका सहसचिव नरेन्द्रमान श्रेष्ठको भनाइमा, “चुनावका निम्ति पाँच वटा ऐन र बीस वटा निर्देशिका बन्न बाँकी” हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ '

सं