अर्थ
संक्षेप
प्रिज्मालाई एबी
विगत ४० वर्षदेखि एड् क्लब अफ बम्बईद्वारा आयोजना गरिँदै
आएको एबी अवार्डबाट यस वर्ष नेपाली विज्ञापन एजेन्सी प्रिज्मा एड्भरटाइजिङ
पनि पुरस्कृत भएको छ। विज्ञापन क्षेत्रमा सिर्जनात्मक कलाका लागि प्रदान
गरिने सो प्रतियोगितामा नेपाली विज्ञापन एजेन्सी पुरस्कृत भएको पहिलो
अवसर हो।
१९ फागुनमा सम्पन्न पुरस्कार समारोहमा प्रिज्मा एड्भरटाइजिङ
बालश्रम विरुद्ध 'तपाईं के चाहनुहुन्छ?' नामक सामाजिक सन्देश र 'नेपालमा
सर्वोत्कृष्ट' विशेषता पुरस्कार अन्तर्गत पुरस्कृत भएको थियो। यो पुरस्कारले
स्वदेशी विज्ञापन एजेन्सीहरूलाई हौसला मिलेको जनाउँदै प्रिज्माका प्रमुख
कार्यकारी अधिकृत रञ्जित आचार्य भन्छन्, “यसले सिर्जनाका हिसाबले नेपाली
विज्ञापन एजेन्सी पनि अन्तर्राष्ट्रियस्तरका छन् भन्ने पुष्टि गर्दछ।”
यस वर्षको प्रतियोगितामा २६ विधाका लागि भारत, पाकिस्तान,
श्रीलङ्का, बाड्लादेश र नेपालका ४० विज्ञापन कम्पनीका ३,१३० वटा विज्ञापन
छनौटमा परेका थिए।
सूर्य नेपाल सम्मानित
'
डेट नोर्कस् भेरिटास' ले सामाजिक उत्तरदायित्व प्रत्याभूति गरेबापत
सूर्य नेपाल प्रा.लि.लाई 'एसए ८०००ः २००१' प्रमाणपत्रद्वारा सम्मानित
गरेको छ। बितेका वर्षमा वातावरण संरक्षण, समुदाय सशक्तिकरण, सामुदायिक
स्वास्थ्य सेवा, खेलकुद, पर्यटन प्रबर्द्धनलगायत कार्यस्थलमा मानवअधिकारको
पूर्ण पालना गरेबापत सो प्रमाणपत्र पाएको कम्पनीले जनाएको छ।
एभरेष्ट ब्याङ्कको २० औँ शाखा
आˆनो सेवा विस्तार गर्दै जाने क्रममा एभरेष्ट ब्याङ्कले बालाजुमा
२० औँ शाखा खोलेको छ। उक्त शाखाको सञ्चालनसँगै मुलुकमा स्थापित निजी
क्षेत्रका ब्याङ्कहरूमध्ये आफू सबैभन्दा ठूलो ब्याङ्किङ सञ्जाल भएको
एभरेष्टको दाबी छ। सेवा विस्तारसँगै आˆनो नाफाको परिमाणसमेत बढ्दै
गएको ब्याङ्कले जनाएको छ। गत पुस मसान्तसम्म ब्याङ्किङ कारोबार २६
प्रतिशतले बढेको स्पष्ट गर्दै एभरेष्टले निक्षेप सङ्कलनमा २३ प्रतिशत
र कर्जा लगानीमा ३० प्रतिशत वृद्धि भएको जानकारी गराएको छ।
सिटी कार्गो बजारमा
एएम इन्टरनेसनल प्रा.लि.ले चीनको चाङ्गन अटोमोवाइल कम्पनी लिमिटेडद्वारा
उत्पादित सिटी कार्गो ढुवानी भ्यान बजारमा ल्याएको छ। पेट्रोलबाट सञ्चालन
हुने ८०० सीसी इञ्जन क्षमताको उक्त भ्यानले ६०० केजी भार वहन गर्न
सक्ने कम्पनीले जनाएको छ। प्रतिलिटर १६.५ किमि गुड्ने यो गाडीमा सिटी
रेडियो, क्यासेट, हिटरजस्ता सुविधा उपलब्ध छन्। बजार मूल्य रु.६ लाख
९५ हजार तोकिएको सो भ्यानमा एक वर्ष वा १२ हजार किमि वारेण्टीका साथै
चार पटकसम्म निःशुल्क सर्भिसिङको सुविधा पनि दिइने कम्पनीले स्पष्ट
गरेको छ। |