| वात्स्यायन
|
 |
यस पटक

भनेको/सुनेको
“नेपालीको मागअनुसार हतियारको व्यवस्थापन र संविधानसभाको
निर्वाचनको अनुगमन गरी शान्ति–प्रक्रियालाई अघि बढाउन सहयोग गर्नु
मेरो टोलीको एकमात्र कर्तव्य र उद्देश्य हुनेछ।”
इयान मार्टिन
संयुक्त राष्ट्रसंघ, महासचिवका नेपाल प्रतिनिधि
अन्नपूर्ण पोष्ट दैनिक, १४ भदौ २०६३
अङ्क
र अर्थ
रु.२९ अर्ब महालेखा
परीक्षकको ४२ औँ प्रतिवेदन (२०६२) मा प्रकाशित बेरुजु। ४१ आँै प्रतिवेदनमा
उक्त अङ्क रु.३४ अर्ब थियो।
२३ औं अमेरिकामा
उच्च शिक्षाका लागि विद्यार्थी पठाउने देशहरूमा नेपालको स्थान। सन्
२००४ र २००५ मा नेपालबाट ४,८६१ विद्यार्थी अमेरिका गएका थिए।
५,२८,५७० आ.व.
२०६२/०६३ मसान्तसम्म नेपालमा सवारी साधनको सङ्ख्या। गत आ.व. को तुलनामा
यो सङ्ख्या ११.८ प्रतिशतले बढी हो। नयाँ दर्ता भएकामध्ये दुईतिहाइ
अंश मोटरसाइकलको रहेको छ।
हिँड्दा-हिँड्दै
अन्तरिम संविधान मस्यौदा समितिकी सदस्य/अधिवक्ता
शान्ति राई (पप–गायक धिरज राईकी आमा)
सरकार–माओवादीलाई बुझाएको मस्यौदा संविधानबाट सन्तुष्ट छैनन्। भन्छिन्,
“ठूला पार्टीका यथास्थितिवादीहरूका कारण गणतान्त्रिक संविधान बनाउन
सकिएन।”

डम्बरकृष्ण श्रेष्ठ |
तपाइँ कुन दलसँग नजिक
हुनुहुन्छ?
म कुनै पार्टीको सदस्य छैन। जाति, भाषा र संस्कृतिको
उत्थानमा संलग्न छु।
'त्यसो भए कसको सिफारिसमा
संविधान मस्यौदा समितिमा पर्नुभयो त?
आदिवासी जनजाति महासंघले शान्तिकुमारी राई भनेर सिफारिस गर्यो। माओवादीले
बोलाउने नामका आधार (शान्ता राई) मा सिफारिस पठाएछन्।
संविधानमा के लेख्नुभयो?
मुख्यतः आदिवासी जनजातिको सवालमा जोड दिएँ। नेपालमा बोलिने सबै भाषालाई
राष्ट्रभाषा भन्ने लेखियो। पहिले प्राथमिक तहसम्म मात्र मातृभाषामा
पठन–पाठन गर्न पाउने व्यवस्था थियो, तर अहिले त्यो बन्देज हटाइयो।
संस्कृति र महिला हकहितका कुरा अघि सारेँ। संसदले पारित गरेको धर्म
निरपेक्षताको विषयलाई लिपिबद्ध गरियो।
समितिमा क–कसले
के–के कुरामा जोड दिए?
ठूला पार्टीका प्रतिनिधिहरूले पुरानो संविधानमा
धेरै परिवर्तन गर्न चाहेनन्। यथास्थितिवादमै रहन रुचाए। माओवादी निकट
र हामी जनजातिका प्रतिनिधिहरू भने परिवर्तनको पक्षमा रह्यौँ। त्यसले
गर्दा छलफलमै ३०–३५ दिन बित्यो।
संविधानले पूर्णता
त पाएन नि!?
ठूला पार्टीका साथीहरूले राजतन्त्रको
छिनोफानो संविधानसभा वा जनमतसङ्ग्रहबाट गर्नुपर्ने अडान राखे। र, लोकतन्त्रात्मक
संविधान लेख्न जोड दिए। माओवादी र हामीहरूले चाहिँ राजतन्त्रको अन्त्य
भएको उल्लेख गर्दै गणतन्त्रात्मक संविधान लेख्नुपर्ने कुरामा जोड दियौँ।
कुरा मिलेन, अनि संविधानले पूर्णता पाउन सकेन।
|