अर्थ | बजार
कृष्ण नेपालका तेल
कृष्ण नेपाल टेडिङ्ग प्रा.लि.ले भारतीय फर्चुन ब्राण्डका
प्रशोधित सोयाबिन, प्रशोधित सनफ्लावर, फिल्टर शुद्ध तोरीको तेल र 'कच्चिघानी'
शुद्ध तोरीको तेल बजारमा ल्याएको छ। शतप्रतिशत शुद्ध भनिएका यी उत्पादनहरू
स्वस्थकर रहेको दाबी कम्पनीको छ।
खुला पछि प्याकेटमा
“डिलक्स मसलाको स्वाद सधैँ रहन्छ याद” भन्ने नाराका
साथ काठमाडाँैस्थित तुलसी स्पाइसेस् एण्ड फुड प्रोडक्ट्स प्रा.लि.ले
विभिन्न स्वादमा टीएसएफ डिलक्स ब्राण्डका मसलाहरू बजारमा ल्याएको छ।
विभिन्न खाद्य सामग्री उत्पादक कम्पनीहरूमा मसला बिक्रीको एकदशक लामो
अनुभव प्राप्त कम्पनीले घरायसी प्रयोजनका लागि उत्पादित मसला उपभोक्तामाझ
लोकप्रिय हुने विश्वास लिएको छ।
घरैमा गर्भधारण परीक्षण
महिलाका लागि घरैमा आफूले गर्भधारण गरेको नगरेको पत्ता
लगाउन 'ईजी होम प्रिग्नेन्सी टेष्ट किट' बजारमा आएको छ। इन्टेक प्रोडक्ट
इङ्कको अधिकृत बिक्रेता ओम सर्जिकल कन्सर्नद्वारा बिक्रीवितरण शुरु
गरेको उक्त किट (बट्टा) अमेरिकी स्वास्थ्य विभागको मापदण्ड अनुसार
निर्माण गरिएको कम्पनीको दाबी छ। उक्त उत्पादकको उपभोक्ता मूल्य रु.२५
तोकिएको छ।
इन्भेष्टमेण्टको नयाँ एटीएम
एटीएम सेवामार्फत् ग्राहकहरूलाई चौबीसै घण्टा ब्याङ्किङ
सेवा उपलब्ध गराउँदै आएको नेपाल इन्भेष्टमेण्ट ब्याङ्क लिमिटेडले ललितपुरको
मङ्गलबजारमा नयाँ एटीएम काउण्टर खोलेको छ। सबै प्रकारका भिसा कार्डमार्फत्
रकम झिक्न मिल्ने उक्त ब्याङ्कको यो नवौँ एटीएम शाखा हो।
सुजलगम बजारमा
सुजल फुड्स प्रा.लि.ले सुजलगम नामक चुइङ्गम बजारमा ल्याएको
छ। केरा, 'स्पेयरमिन्ट' र कागतीको स्वादमा उपलब्ध यो चुइङ्गमले सास
सुगन्धित राख्ने र दाँत बलियो बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ।
पाँच वटा चुइङ्गमसहितको एक प्याकेटको उपभोक्ता मूल्य रु.५ रहेको छ।
स्पेक्ट्रमको वेबसाइट
'
स्वस्थ्य जीवन नै परम धन हो' भन्ने नाराका साथ शारीरिक
सुगठन तथा तन्दुरुस्तीका विभिन्न सामग्री बिक्रीवितरण गर्दै आएको स्पेक्ट्रम
मर्चेण्डाइस प्रालिले ग्राहकहरूलाई आफ्ना उत्पादनका बारेमा सहज जानकारी
होस् भन्ने उद्देश्यसहित धधध।जभबतिजतचबअपलभउब।िअय्क।लउ नामक वेबसाइट
शुरु गरेको छ। उक्त वेबसाइटमार्फत् ग्राहकहरूले शोरुममा भएका सम्पूर्ण
सामग्रीहरूबारे जानकारी घरबाटै लिन सक्छन्। स्पेक्ट्रम मर्चेण्डाइसले
कोरिया र ताइवानमा निर्मित ट्रेडमिल, मल्टिजिम, साउनावाथलगायतका सामग्री
बिक्रीवितरण गर्दै आएको छ।
वाइवाईमा थप क्याल्सियम
आफ्नो उत्पादनलाई बढी स्वस्थकर बनाउने उद्देश्यले चौधरी
ग्रुपद्वारा उत्पादित वाईवाई तयारी चाउचाउमा क्याल्सियम थप गरेर बजारमा
ल्याएको छ। विगतमा थप प्रोटिनसहित परिष्कृत गरिएको भनिएको वाईवाईमा
अन्य चाउचाउमा भन्दा चार गुणा बढी क्याल्सियम रहेको कम्पनीको दाबी
छ।
|