हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

नयाँ प्याकमा तीन पेय

दुगड फुड्स एण्ड वेवरेज प्रालिले तीन विभिन्न पेय पदार्थहरू नयाँ प्याकमा बजारमा ल्याएको छ। भारतको पार्ले ग्रोको प्राविधिक सहयोगमा उत्पादित स्याउको स्वादमा रहेको ऐप्पी २०० मिलिको स्लिम प्याक तथा ३०० मिलि र ५०० मिलिको बोतलमा बजारमा ल्याइएको छ। यसको मूल्य आकारअनुसार क्रमशः रु.१६, रु.३५ र रु.५५ तोकिएको छ। त्यसैगरी कागजको प्याकमा उपलब्ध हुँदै आएको फ्रूटी अबदेखि 'पेट' बोतलमा पनि पाइने भएको छ। आधा लिटर र एक लिटरको बोतलमा उपलब्ध फ्रूटी को मूल्य क्रमशः रु.४२ र रु.७५ तोकिएको छ।


हिमालय डिष्टिलरीको नर्थ स्टार

हिमालय डिष्टिलरीको पछिल्लो उत्पादन नर्थ स्टार एक्स्ट्रा ड्राई जीन बजारमा आएको छ। १८०, ३७५ र ७५० मिलिलिटरका तीन प्रकारका बोतलमा उपलब्ध यस उत्पादनको उपभोक्ता मूल्य क्रमशः रु.१०८, २१० र ४२५ तोकिएको छ। दश विशिष्ट प्रकारका वनस्पति प्रयोग गरी स्टार को उत्पादन गरिएको कम्पनीको दाबी छ।



निशानको टीडा बजारमा

निशान गाडीको अधिकृत वितरक दुगड ब्रदर्स एण्ड सन्स्ले चार सिलिण्डर युक्त १८०० सीसीको टीडा कारको बिक्रीवितरण शुरु गरेको छ। सेडान र ह्याचव्याक गरी दुई मोडलमा उपलब्ध टीडामा कम्प्युटर नियत्रित सी–भीटीसी इन्जिन जडान गरिएको बताइएको छ। सीडी प्लेयर, पावर विन्डोज जस्ता आधारभूत सुविधाका साथै एअर तथा कर्टेन व्याग, कुशल ब्रेकिङ प्रणाली रहेको उक्त कारको न्यूनतम मूल्य रु.२७ लाख तोकिएको छ।


सिद्धार्थ ब्याङ्कको पाँचौँ शाखा

चार वर्षअघि स्थापित सिद्धार्थ ब्याङ्कले पोखराको न्यूरोडबाट कारोबार शुरु गर्दै आफ्नो पाँचौँ शाखा सञ्चालनमा ल्याएको छ। अन्य शाखामा दिँदै आएको एटीएम सुविधा, सन्ध्याकालीन तथा ३६५ दिने ब्याङ्किङ सेवा यस शाखाबाट पनि प्रदान गरिने ब्याङ्कले जनाएको छ।


बानेश्वरमा नयाँ डिपार्टमेन्ट स्टोर

'निश्चित मूल्यमा खाद्यान्य, कस्मेटिक्स, इलेक्ट्रोनिक्स, भान्साका सामान, रेडिमेड लुगा, जुत्ता–चप्पललगायतका घरायसी प्रयोजनका वस्तुको बिक्री खुल्ला गर्दै क्रिष्टल भिजन ग्रुपले पुरानो बानेश्वरमा डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएको छ। घरैमा बसी इन्टरनेटबाट अनलाइन सपिङको समेत व्यवस्था रहेको उक्त स्टोरले होम डेलिभरीको सुविधा पनि दिने जनाएको छ।


युनियन मनीको नयाँ सुविधा

'नेपाल भित्रने रेमिट्यान्सको प्रक्रियालाई अरू सहज बनाउने उद्देश्यका साथ युनियन मनी ट्रान्सफर कम्पनी लिमिटेड (युएमटीसीएल) ले स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कको संलग्नतामा भिसा कार्ड सेवा शुरु गरेको छ। विदेशबाट रकम पठाउने र नेपालभित्र रकम पाउने दुवैलाई प्रदान गरिने उक्त कार्डमार्फत् नजिकको एटीएम मेसिनबाट सहजै रकम झिक्न सक्ने जानकारी कम्पनीले दिएको छ। हाल नेपाल र कतारबीच मात्र उक्त सेवा शुरु गरिएतापनि निकट भविष्यमा मलेसिया, साउदी अरब, अमेरिका, भारत आदि देशमा सेवा विस्तार गर्ने कम्पनीले विश्वास लिएको छ।


अब हर्बल केश रंग

ारतीय कम्पनी ग्रीनल्याब हेल्थ केयरले हिना, अमला, शिकाकाई, भृगराज जस्ता जडिबुटीयुक्त रेडिको हर्बल हेयर कलरस् नेपाली बजारमा ल्याएको छ। सम्पूर्ण रूपले प्राकृतिक उक्त रंगले कपाललाई पोषण गर्नुका साथै कपाल झर्नबाट समेत रोक्ने दाबी कम्पनीको छ।


चन्दनको वासनायुक्त साबुन

चन्दन र बेसारको मिश्रणबाट बनेको भारतीय कम्पनी विप्रो ग्रुपको उत्पादन सन्तुर साबुन नेपालमा पाइन थालेको छ। “चोखो बनौँ सधैँ पवित्र पूजाको लागि” नाराका साथ बजारमा ल्याइएको उक्त साबुनले छालामा गोरोपना र चमक प्रदान गर्ने दाबी कम्पनीको छ। यसको प्रति गोटा रु.२० पर्छ।


इमामीका नयाँ ब्राण्ड एम्बेसडरः शाहरुख

भारतको इमामी लिमिटेडले आफ्नो उत्पादन हिमानी नवरत्न तेलको नयाँ ब्राण्ड एम्बेसडरको रूपमा बलिउडका सुप्रसिद्ध अभिनेता शाहरूख खानलाई नियुक्त गरेको छ। अनिद्रा, टाउकोदुखाइ, शरीरदुखाइ जस्ता समस्या निदान गर्ने दाबी गरिएको उक्त आयुर्वेदिक तेलले घाउ तथा जलन पनि ठीक पार्ने कम्पनीको कथन छ। यसैगरी सोही कम्पनीले महिला तथा पुरुषका लागि मिस्टर व्लाक र मिसेस व्लाक नामक छुट्टाछुट्टै हर्बल केश रंग बजारमा ल्याएको छ।


मोबाइलले गर्ने भयो गाडी र घरको सुरक्षा

सवारी साधन र घरमा हुनसक्ने अनधिकृत गतिविधिको जानकारी टाढै रहेर मोबाइल फोनमार्फत् प्राप्त गर्न सकिने प्रविधि काठमाडौँस्थित एक्टिभ सोलुसनले प्रस्तुत गरेको छ। भारतीय सफ्टवेयर कम्पनी माईक्रो टेक्नोलोजीद्वारा विकास गरिएको यो प्रविधि होम सेक्युरिटी सिस्टम तथा भेहिकल व्लाक बक्समा मोबाइल सिमकार्ड जडान गरेपछि सक्रिय हुन्छ। यो प्रविधिले एसएमएसमार्फत् घरको विद्युतीय उपकरण खोल्न, बन्द गर्न ग्यास लिक वा आगलागीको जानकारी र गाडीको इञ्जिनलगायत झ्यालढोका खोल्न, बन्द गर्न र गाडीमा अनधिकृत प्रवेशको जानकारी उपलब्ध गराउँछ।यसको उपभोक्ता मूल्य न्यूनतम रु.४० हजार तोकिएको छ।