हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्मि

मुहूर्त

 

 


भनेको/सुनेको

“माओवादीहरू हत्या, हिंसा र हतियार पूर्ण रूपले त्यागेर दिगो शान्तिका लागि अग्रसर भए भने उनीहरूको क्षमता र योग्यताको आधारमा शाही नेपाली सेनामा समाहित गराउन सकिन्छ।”

प्यारजङ्ग थापा, प्रधान सेनापति
सीएनएन, १२ वैशाख २०६३

“हामीले देखाउने कला, नाटकमा विशुद्ध मनोरञ्जन हुन्छ। तर, राजाले १९ माघ २०६१ पछि देखाएको नाटकका झाँकीहरूले त जनतालाई सास्ती मात्रै दिए।”

मनोज गजुरेल, हास्य कलाकार
देशान्तर साप्ताहिक, १० वैशाख २०६३


अङ्क र अर्थ

१४५०० अघिल्लो वर्ष (सन् २००५) मा संसारभर ११ हजार आतङ्ककारी हमला भए र त्यसबाट १४५०० को ज्यान गयो, २५ हजार घाइते भए, ३५ हजार अपहरित भए। यीमध्ये ३६० वटा आत्मघाती बम आक्रमण थिए।

१७ जना जनआन्दोलन २०६३ को क्रममा पुलिस/सेनाको गोलीबाट मारिएको आन्दोलनकारीको संख्या। २०४६ सालको जनआन्दोलनमा करिब ५० जनाले शहादत प्राप्त गरेका थिए।

स्रोतः अमेरिकी विदेश मन्त्रालय

हिँड्दा-हिँड्दै

एमालेका प्रवक्ता प्रदीप नेपाल राजा 'नागरिक राजा' भएर बस्न तयार भए राजतन्त्रको आयु लम्बिने बताउनुहुन्छ।
जनआन्दोलन त पूरै लोकतन्त्र र गणतन्त्रमय भा'थ्यो नि? यसपालिको जनआन्दोलनमा आम जनताको लोकतन्त्रप्रतिको चेतना र सजगता अनुपम र उदाहरणीय नै रह्यो। आगामी दिनमा पनि लोकतन्त्रको संस्थागत विकासका लागि जनताले यसैगरी खबरदारी गरिरहनुपर्छ। र, जागेका जनताले यो भूमिका पक्कै निर्वाह गर्नेछन्।


मीन बज्राचार्य

तपाइँलाई गणतन्त्र आउलाजस्तो लाग्छ?
आउन त आउँछ तर समय लाग्छ।

किन?
माओवादी, राजा र राजनीतिक दलहरूमा विद्यमान सामन्ती सोच र प्रवृत्तिका कारण गणतन्त्र आउन ढिलाइ भइरहेको छ। तत्काल गणतन्त्र नआउनुमा चाहिँ दलहरूभित्र रहेको सामन्तवाद जिम्मेवार छ।

यी तीनमध्ये कुनलाई बढी जिम्मेवार ठान्नुहुन्छ?
प्रचण्ड र राजा बढी सामन्तवादमा विश्वास गर्छन्। राजनीतिक दलहरूमा पनि यो सोच कायमै छ। माओत्सेतुङ विचारधारा भन्नु सामन्ती चेतनाकै परिणाम हो। 'प्रचण्डपथ' भन्नु पनि सामन्ती सोचकै परिणाम हो। हामी त्यसबाट थोरबहुत मुक्त छौँ।

कसरी?
हामीले मदन भण्डारीले अघि सार्नुभएको प्रजातन्त्रीकरणको सिद्धान्तलाई 'मदनपथ' भनेनौँ। जनताको बहुदलीय जनवाद भन्यौँ।

अब राजतन्त्रको स्थान कस्तो होला?
कुनैपनि कुरा वा संस्थाको क्षय त्यसमै अन्तर्निहित हुन्छ। राजतन्त्रको विनाश राजतन्त्रभित्रै छ। जनताप्रति राजाले गर्ने व्यवहारमा नै राजतन्त्रको भविष्य निर्भर रहन्छ। लगानीको कर तिर्ने, राज्यसँग कमभन्दा कम खर्च माग्ने र सम्पूर्ण अधिकार जनतालाई सुम्पेर राजा 'नागरिक राजा' भएर बसे भने राजतन्त्र लामो समयसम्म जान सक्छ।