हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ | बजार

नर्वेको सहयोग सुचारु

नर्वेले १९ माघ २०६१ को शाही कदमप्रति असहमत भई रोक्का गरेको आर्थिक सहायता कार्यक्रम प्रतिनिधिसभा पुनःस्थापना गर्ने ११ वैशाखको शाही घोषणासँगै पुनः सुचारु गर्ने भएको छ। काठमाडौँस्थित नर्वेको दूतावासद्वारा मङ्गलबार जारी विज्ञप्ति अनुसार गत वर्ष रोकिएको रु.१ अर्ब ६१ करोडका अतिरिक्त थप रु.१६ करोड समेत दिइने प्रतिबद्धता व्यक्त गरिएको छ़।

वैकल्पिक उर्जा प्रबर्द्धन कार्यक्रममा नर्वेले हात झिकेपछि साझेदार डेनमार्कले पनि सहयोग नगर्ने जनाएको थियो।

नयाँ खाजा

तयारी खाजाको उत्पादक एशियन थाई फुड्स प्रालिले दुई नयाँ उत्पादन बजारमा ल्याएको छ। खासगरी बालबालिकालाई लक्षित गर्दै बजार प्रबर्द्धन गरिएको मामा चिज बल्स र फुच्चे चिकेन क्र्याकर स्वास्थ्यकर र स्तरीय खाद्य पदार्थ प्रयोग गरी उत्पादन गरिएको कम्पनीको दाबी छ। दुवै उत्पादनको उपभोक्ता मूल्य रु.५ तोकिएको छ।

मुनाफा वृद्धि ७७ प्रतिशत

२०६२ फागुन मसान्तसम्म अघिल्लो वर्षको तुलनामा सञ्चालन नाफा ७७ प्रतिशतले बढेको सार्वजनिक गर्दै एस फाइनान्स कम्पनी लिमिटेडले १० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। चुक्ता पूँजी रु.९ करोड तथा जगेडा कोष रु.४ करोड ७० लाख रहेको यस वित्तीय कम्पनीले उद्यमी तथा व्यवसायीहरूलाई वार्षिक व्याजदर ९.५220 देखि १३220 सम्ममा विभिन्न शीर्षकमा कर्जा लगानी गर्दै आइरहेको छ भने मुद्दती निक्षेपमा वार्षिक ४220 देखि ६.२५220 र बचतमा ५220 ब्याज प्रदान गर्दै आएको जनाएको छ। वित्तीयसेवा बाहेक एस फाइनान्सले काठमाडौँ नक्सालमा आवास भवन निर्माण तथा बिक्री पनि गर्दै आएको छ।