| तन्नेरीका कुरा | भूमिगत संगीत
सङ्गीतको अर्कै धार
अण्डरग्राउण्ड
मञ्चमा लामो कपाल, बोके दाह्री र कन्भर्स जुत्तामा
'म सानो प्रकाश पिउँदैछु... बोलको गीत गाइरहेका 'अटोमिक बुस ब्याण्डका
२०–२२ वर्षका पाँच जना केटाहरू तथा दर्शकदीर्घामा उप्किंदै र टाउको
झुलाएर 'हेड व्याङगिङ गर्दै सुनिरहेका युवाहरू।
•
शैली बस्नेत
मञ्चमा लामो
कपाल, बोके दाह्री र कन्भर्स जुत्तामा 'म सानो प्रकाश पिउँदैछु...'
बोलको गीत गाइरहेका 'अटोमिक बुस' ब्याण्डका २०–२२ वर्षका पाँच जना
केटाहरू तथा दर्शकदीर्घामा उपिँ्र्कदै र टाउको झ्ुलाएर 'हेड व्याङगिङ'
गर्दै सुनिरहेका युवाहरू।
नेपाली 'अण्डरग्राउण्ड सङ्गीत'को एक झ्लक हो यो। अण्डरग्राउण्ड
अर्थात् भूमिगत भनेर यो लुकिछिपी हुने, कुनै राजनीतिक वा अन्य विद्रोहीले
गाउने–बजाउने सङ्गीत भने होइन। विगतमा दासताको पीडा भोगेका अफ्रिकीहरूको
कुण्ठाको रूपमा 'हिपहप' र 'र्याप' संगीत निस्कियो भने विभिन्न युद्ध
व्यहोरेका पश्चिमा मुलुकका जनताहरूको भावना विभिन्न सांगितिक स्वरूपमा
आए। औपनिवेशिक शासक र युद्धका विरोधी तथा मूलधारको सङ्गीतमा नपर्ने
भएकोले यसले 'अण्डरग्राउण्ड सङ्गीत'को परिचय पाएको हो। सञ्चारमाध्यममा
खासै ठाउँ नपाउने यो सङ्गीतका थोरै, तर प्रतिबद्ध श्रोता र प्रशंसक
हुन्छन्।
२० वर्षदेखि मुलधार बाहिरको नेपाली सङ्गीतमा संलग्न
इमानविक्रम शाह त्यतिबेलाका ब्याण्डहरूबीच कसले अङ्ग्रेजी गीत जस्ताको
तस्तै गाउने भन्नेमा प्रतिस्पर्धा हुने गरेको बताउँछन्। तर ती ब्याण्डले
गीत रेकर्ड गराउन नसकेकाले कुनै ठोस रचना छाडेनन्। १९९० को दशकको शुरुवाततिरै
देखिएको 'झिल्के एण्ड द रकसर्' नेपालको पहिलो पंक रक ब्यान्ड हो। सन्
२००१ मा आएर मात्र नेपाली अण्डरग्राउण्ड सङ्गीतको पहिलो अल्बम 'उग्र
कर्म' ब्याण्डको हिमालयन मेटल अफ डेथ निस्केको थियो। सन २००० यता नेपालको
अण्डरग्राउण्ड सङ्गीतमा पंक र मेटलकै चल्ती छ। सन २००२ र २००३ मा दुई
भागमा निस्केको 'म्युजिक आइल्स' नामक कलेक्शन अल्बमले नेपाली अण्डरग्राउण्ड
सङ्गीत निकै श्रोता माझ फैलायो।
नब्बेको दशक अन्त्य सम्म ठमेलको स्टेशन पब, जम्प बार,
जीएए हलमा अण्डरग्राउण्डका कन्सर्टहरु बढी हुन्थे। त्यस पछि महेन्द्र
पुलिस क्लबमा यस्ता कन्सर्ट थुप्रै भए। पछिल्लो समयमा पुलिस क्लबले
रोक लगाएकाले भूतपूर्व सैनिक हल यस्ता कन्सर्ट हुने लोकप्रिय थलो बनेको
छ। यी कन्सर्टमा ३०० देखि ५०० सम्म दर्शक हुन्छन्। धरान र पोखरामा
पनि फाट्टफुट्ट ब्याण्डहरू देखापरेका छन्। अण्डरग्राउण्ड ब्याण्डहरूमा
महिला सहभागिता निकै कम देखिन्छ। दुई वर्ष अगाडि देखिएको 'क्रमशः'
नामको महिला ब्याण्ड अहिले निष्त्रि्कय छ। हाल 'राईको रिस' नामक चर्चित
पंक ब्यान्डमा सरिना राई ब्यासिस्ट एवं गायिका छिन।
 |
नेपाली अण्डरग्राउण्ड सङ्गीतका साधक र पारखीहरूको साझा
थलोको रूपमा 'केटीएमरक्स् डट कम' (ktmrocks.com)
भन्ने वेबसाइट पनि खुलेको छ। पाँच वर्षअघि यो साइट शुरु गरेका उमेश
श्रेष्ठले डेढ वर्षदेखि केटिएमरक्स पत्रिका र रेकर्ड लेबल पनि चलाइरहेका
छन्। केटिएमरक्स ले ३० वटाभन्दा बढी कन्सर्ट समेत आयोजना गरेको छ।
कान्तिपुर एफएम ले दुई वर्षदेखि अण्डरग्राउण्ड सङ्गीतसम्बन्धी 'द एक्सटि्रम
शो' कार्यक्रम चलाइरहेको छ भने इमेज च्यानल ले 'प्ल्याटफर्म' नामक
टेलिभिजन कार्यक्रम शुरु गरेको छ।
भूमिगत सङ्गीतकर्मीहरूलाई आफू मूलधारको सङ्गीतभन्दा
भिन्न भएकोमा घमण्ड पनि छ। 'मुकुट' ब्याण्डका गिरिश सुवेदी भन्छन्,
“अरूहरू अरूको सन्तुष्टिका लागि गाउँछन्, हामी आफ्नो सन्तुष्टिका लागि
गाउँछौँ। हामी अरूलाई मन परे पनि, नपरे पनि ठीकै छ।” अटोमिक बुसका
एलेक सियामा अण्डरग्राउण्ड ब्यान्डहरूले वाद्यवादनमा बढी ध्यान दिनुपर्ने
र शास्त्रीय सङ्गीतमा जत्तिकै परिश्रम गर्नुपर्ने बताउँदै एउटा गीत
बनाउन पाँच–पाँच जनाको मेहनत र महिनौँको समय लाग्ने गरेको सुनाउँछन्।
'कालचक्र' ब्याण्डका सनी महत आफूहरूले मृत्युका बारेमा गाउने र मेटल
सङ्गीत बजाउने गरेको बताउँछन्। 'अल्बाट्रोस'का सनी मानन्धर थप्छन्,
“हामी राजनितिका बारेमा गाउछौ।” रिस, आवेग, नैराश्य, मृत्युका बारेमा
मूलधारका गीतमा खासै केही सुनिँदैन, तर अण्डरग्राउण्डमा यस्ता गीत
धेरै हुन्छन्। 'क्रुएनसस' ब्याण्डले निकालेको अल्बम असन्तुष्ट आत्मा
मा माया–प्रेमको एउटै गीत छैन। अण्डरग्राउण्डको अर्को विशेषता दर्शाउँदै
प्ल्याटफर्म कार्यक्रमका निर्माता आसिफ शाह भन्छन्, “यिनीहरूको कन्सर्टमा
झ्गडा पनि हुँदैन।”
भूमिगत ब्याण्डहरूले विदेशमा समेत देशको साङ्गीतिक
प्रतिनिधित्व गर्न थालेका छन्। हालसालै भारतको नयाँदिल्लीमा १५ वटा
भारतीय ब्याण्डसँगको 'एभालान्च २००६' नामक सङ्गीत प्रतिस्पर्धामा नेपाली
ब्याण्ड 'प्रकाण्ड बिम्ब' दोस्रो भएको थियो। अल्बाट्रोस ब्याण्डका
पूर्व सदस्य दिवस गुरुङ 'आयुर्वेद' ब्याण्डसँग आवद्ध भएर हाल अमेरिकामा
कन्सर्टहरूमा भाग लिइरहेका छन्। 'राईको रिस ' ब्यान्डले मलेशिया र
फ्रान्समा सांगितिक भ्रमण गरिसकेको छ।
 |
मूलधारको सङ्गीतमा मनमा लागेको कुरा स्वतन्त्र रूपमा
भन्न नपाइने, अरूको इच्छा अनुसार गाउनुपर्ने र त्यस्तो सङ्गीत थोरैले
मात्र बुझनसक्ने हुनाले आफूहरू भूमिगत धारमा लागेको सङ्गीतकर्मीहरूको
भनाइ छ। अर्कोतर्फ रविन एण्ड लुजा, एक्स मन्त्र, नेप्साइडज जस्ता ब्यान्डहरु
भुमिगत रुपमा शुरु भएर बढ्दो लोकप्रियतासंगै मुलधारमा प्रवेश गरेका
छन्। तर यतातिर लागेका युवाहरूलाई धेरैले बिग्रिएका केटाहरूको रूपमा
लिने गरेका छन्। आफूहरू ठूलो स्वरले चिच्याउने र उफ्रिने हुनाले सतहबाट
मात्र हेर्नेलाई त्यस भित्रको कला बुझन गाह्रो भएको हुनसक्ने अण्डरग्राउण्डमा
संलग्न सङ्गीतकर्मीहरूको धारणा छ। 'इनसाइड टु स्टुपिड ट्रायङ्गल' ब्याण्डका
ड्रमर अनिल शाक्यको विचारमा अण्डरग्राउण्ड सङ्गीतकर्मीहरू स्वच्छन्द
हुने, आफ्नो सन्तुष्टिका लागि बजाउने र असामान्य रुपरङ्गमा देखापर्ने
हुनाले पनि अरूलाई सजिलै बुझन गाह्रो पर्ने गरेको छ। विदेशमा सरकार,
धर्म, समाज र संस्थापनाको विरोध गरेका कारण लोकप्रिय यस्ता ब्याण्डहरूलाई
नेपालमा भने धेरैले नबुझ्ेको यी सङ्गीतकर्मीहरूको गुनासो छ। कान्तिपुर
एफएम का प्रस्तोता समीरको अनुभवमा पाको पुस्ताले यो सङ्गीतलाई स्वीकारेको
छैन।
यिनीहरूका गीतमा यदाकदा 'अश्लील' शब्दहरूको प्रयोग
पनि भेटिन्छ। तर अनील शाक्य भन्छन्, “साथीभाइसँग कुरा गर्दा ढुक्कसँग
बोलिने र समाजले दैनिक पचाइरहेको शब्दलाई नै हामी गानामा प्रयोग गर्छौँ।
त्यसैले यसलाई लिएर विवाद गरिरहनु आवश्यक छैन।” अण्डरग्राउण्ड सङ्गीतमा
लागूऔषध 'ड्रग्स'को समेत प्रयोग हुने आरोप लाग्ने गरेको छ। बेलाबखत
गाँजा तानिरहेका दर्शक र कलाकार देखिन्छन् पनि। तर यसबारे एलेक सियामाको
धारणा फरक छ। उनी भन्छन्, “गाँजा र ड्रग्सको प्रयोग काठमाडौँभरि नै
बढेको छ। अण्डरग्राउण्डमा पनि ड्रग्स लिने र नलिने दुवै छन्। तर यो
बेग्लै सामाजिक समस्या हो, यससँग सङ्गीतलाई मुछ्न मिल्दैन।”
नेपाली अण्डरग्राउण्ड सङ्गीतमा ब्याण्डहरूको निरन्तरता
मुख्य समस्याको रूपमा देखापरेको छ। केही सदस्य विदेशिएपछि 'मंकी टेम्पल',
'उग्र कर्म', 'अन्तिम ग्रहण', 'नास्तिक', 'थर्ड वर्ल्ड केओस' जस्ता
नाम कमाइसकेका ब्याण्डहरू निष्त्रि्कय भएका छन्। उमेशका अनुसार ब्याण्डहरू
औसतमा दुई वर्ष मात्र सक्रिय हुने गरेका छन्। “देशको अवस्थाले गर्दा
राति कन्सर्ट गर्न, काठमाडौँका ब्याण्डलाई बाहिर लैजान र बाहिरका ब्याण्डलाई
काठमाडौँ ल्याउन सकिएको छैन,” उनी भन्छन्। सिमित श्रोताका कारण यो
क्षेत्रमा आम्दानी पटक्कै नहुने उल्टो खर्च मात्र हुने कुरा 'स्यानन
स्काम' ब्यान्डका बलेश बताउँछन। विशुद्ध आत्मसन्तुष्टिको लागि अपनाइएको
कला हुनाले आम्दानी नभए पनि एउटा सिंगै संगीत क्षेत्रको रुपमा विकास
भैरहेको उनीहरुको भनाइ छ।
यस्तै समस्या अण्डरग्राउण्ड सङ्गीतको प्रचार–प्रसारमा
लागेकाहरूले पनि भोगिरहेका छन्। वेबसाइट केटीएमरक्स डट कमले एउटै विज्ञापन
पाएको छैन भने केटिएमरक्स पत्रिकामा पनि विज्ञापनको खडेरी छ। आसिफ
गुनासो गर्छन्, “कस्ता–कस्ता कार्यक्रमले प्रायोजक पाउँछन्, तर प्ल्याटफर्ममा
विज्ञापन दिन अहिलेसम्म कोही इच्छुक छैन।” एक्सटि्रम शोका प्रस्तोता
समीर भन्छन्, “५० प्रतिशत श्रोता मोफसलका रहेको एक्सटि्रम शो साँझ्
७ बजे बजाउँदा समेत प्रायोजक आउँदैनन् । तैपनि एउटा कलाको प्रोत्साहनका
लागि कार्यक्रम चलाइरहेका छौँ।”
|