| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
“रक्तपात रोक्न गरेको अपील राजाले नसुने हामी
राष्ट्रसंघलाई आवश्यक कारबाहीका लागि दबाब दिनेछौँ।”
युरोपियन
युनियन,
कान्तिपुर दैनिक, ३० चैत, २०६२
“अब पनि राजाले केही भाटहरूको स्तुतिगान सुनेर
मुलुकको यथार्थतर्फ आँखा चिम्लने हो भने मुलुक र राजतन्त्रका लागि
समेत यो भन्दा ठूलो दुर्भाग्य अरू केही हुने छैन।”
श्रीभद्र
शर्मा, पुराना राजनीतिज्ञ
अन्नपूर्ण पोष्ट दैनिक, २९ चैत, २०६२
अङ्क
र अर्थ
१,५२४
जना सन् २००५ भरिमा हिंसात्मक द्वन्द्वका कारण मारिएका नेपालीहरूको
सङ्ख्या। यीमध्ये राज्यद्वारा ८१५ र माओवादीद्वारा ७०९ जना मारिएका
थिए।
१५५०
वस्तु चीनले शून्य भन्सार दरमा नेपालबाट पैठारी गर्न स्वीकार गरेका
नेेपाली वस्तुको सङ्ख्या।
७५ हजार
संसारमा हरेक दिन सिर्जना हुने नयाँ ब्लग साइटको सङ्ख्या। दुई महिनाअघि
कुल ब्लग २ करोड ८९ लाख थियो। प्रत्येक साढे पाँच महिनामा यो सङ्ख्या
दोब्बर हुने गर्छ।
स्रोतः इन्सेक
हिँड्दा-हिँड्दै
राजपरिषद् स्थायी समितिका सदस्य पूर्व प्रधानसेनापति
सच्चित शमशेर राणा दलहरूले उद्देश्यविहीन
आन्दोलन गरिरहेको बताउनुहुन्छ।

किरण पाण्डे |
अहिलेको आन्दोलनलाई कसरी हेर्दै
हुनुहुन्छ?
सरकारमा छँदा काङ्ग्रेस र एमालेले नै माओवादीलाई आतङ्ककारी घोषणा गरे,
'रेड कर्नर नोटिस' जारी गर्न लगाए र टाउकाको मूल्य तोके, तर अहिले
दिल्लीमा गई उनीहरूसँगै अँगालो हालेर कुर्सीको लागि हिंसात्मक आन्दोलन
गरिरहेका छन्। त्यसैले यो उद्देश्यविहीन आन्दोलन हो।
आन्दोलनकारीमाथि बढी नै दमन
भएजस्तो लाग्दैन?
लाग्दैन। चक्रपथबाहिर गर्न छूट छँदैछ, तर सरकारले निषेधित गरेको स्थानमा
पस्न खोजेपछि त रोक्नै पर्यो नि!
शान्तिपूर्ण आन्दोलनमा उत्रिएकाहरूलाई
गोली हानेर मार्नु ज्यादती भएन र?
यत्रो ठूलो आन्दोलनमा ५–६ दिनमा पाँच जना मर्नु त ठूलो हैनजस्तो लाग्छ।
दक्षिणतिरको छिमेकी मुलुकमा सुरक्षाकर्मीको कारबाहीमा धेरै मारिन्छन्।
आफूलाई ठूलो प्रजातन्त्रवादी भनेर दाबी गर्नेहरूले पनि सङ्कटकालका
बेला त्यहाँ पत्रकार र मानवअधिकारवादी कसैलाई जान दिँदैनन्। तर यहाँ
त सबै कार्य पारदर्शी छ।
केही वरिष्ठ मन्त्रीहरू नै आन्दोलन
दबाउने नाउँमा बल प्रयोग गर्नुहुँदैन भन्दैछन् नि?
बल प्रयोग गर्नुपर्छ भनेर त कसैले पनि भन्दैन नि! दलहरूको आन्दोलनमा
माओवादी हिंसा मिसिएकोले पो बल प्रयोग गर्नु परेको हो।
आजभोलि श्री ५ को सोचाइ कस्तो
पाउनुभएको छ?
पाँच, छ महिना भइसक्यो महाराजाधिराजको दर्शनभेट पाएको छैन।
तत्कालै संसदको चुनाव घोषणा
होला?
महाराजाधिराजले यसअघि नै ०६३ सालभित्र निर्वाचन गराउने घोषणा गरिबक्सेको
छ यसमा सबै दलहरूले भाग लिनुपर्छ। पाँच/सात वर्षअघि जितेको भनेर हुँदैन।
बहिष्कार गरे भने त्यो माओवादीले गोली हानेसरह हो।
|